सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल, को-को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाए । ओलीले आफ्नो क्याविनेटमा दुई उपप्रधानमन्त्री बनाएका छन् ।यस्तो छ कार्यविभाजन १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ,… Continue reading सपथ ग्रहणकै दिन २२ सदस्यीय मन्त्रिमण्डल, को-को बने मन्त्री ?

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु मन्त्रालयमा को को ?

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने एमालेको तयारी छ । गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । शिक्षा… Continue reading एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु मन्त्रालयमा को को ?

कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको बताइएको छ । अन्य मन्त्रीको टुंगो आज लगाइने छ । पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरिएको कांग्रेसको भनाई छ… Continue reading कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का

प्रधानमन्त्री ओलीले आज सपथ लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई राष्ट्रपति पौडेलले संविधानको… Continue reading प्रधानमन्त्री ओलीले आज सपथ लिने

एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगियो

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ… Continue reading एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगियो

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको पत्र राष्ट्रपति कार्यालय पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका थिए । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल… Continue reading केपी ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका… Continue reading एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने

काठमाडौं । नयाँ प्रधानमन्त्री दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्त आइतबार हुने भएको छ । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताएको छ । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ .(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाई पदमुक्त भएपछि… Continue reading प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने

मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार मध्यरातमा राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६… Continue reading मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश

पदमुक्त भएपछि बालुवाटारबाट निजी निवास सरे प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेट्न पुगेका थिए । त्यसपछि उनी बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड… Continue reading पदमुक्त भएपछि बालुवाटारबाट निजी निवास सरे प्रचण्ड

राष्ट्रपतिबाट भयो नयाँ सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन… Continue reading राष्ट्रपतिबाट भयो नयाँ सरकार गठनको आह्वान

प्रचण्डले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा… Continue reading प्रचण्डले पाएनन् विश्वासको मत

एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । ‘ पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टीम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो’, सचिव पद्‍मा अर्यालले भनिन्, ‘आफ्नो टिममा काम गर्न… Continue reading एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

संसद बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् ।

रविविरुद्ध आक्रामक मुकुल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने समेत बताए । उनी करीव ४५ मिनेट एकतर्फी बोले ।… Continue reading रविविरुद्ध आक्रामक मुकुल

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । असार २८मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत समेत नदिने निर्णय गरेको छ । प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड… Continue reading नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

मनोरन्जन कर बुझाउन महानगरको ताकेता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको छ । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा… Continue reading मनोरन्जन कर बुझाउन महानगरको ताकेता

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज बोलाइएको छ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि फरक… Continue reading एमाले सचिवालय बैठक आज बस्दै

रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार… Continue reading रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक मंगलबार बस्दैछ। दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन… Continue reading एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

रास्वपाको बैठक आज, मुकुल ढकालबारे के होला निर्णय

काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आजै बिहान बैठक बस्न लागेको हो । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं ।… Continue reading रास्वपाको बैठक आज, मुकुल ढकालबारे के होला निर्णय

त्रिविका उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत समय लिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिन सकिने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ । त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा।डा केशरजंग बराललाई… Continue reading त्रिविका उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत समय लिन सकिने

प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार… Continue reading प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिने

गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको मत बाझियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ । अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ । न्यायाधीशद्वयको इजलासमा यो मुद्दामा सुनुवाई भएर राय बाझिएको आदेश आएको हो । अधिवक्ता… Continue reading गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको मत बाझियो

नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए। बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो। उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ… Continue reading नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री… Continue reading लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले

प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय लिएको छ । प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्ता लिएसँगै उनी कामचलाउ हैसियतमा पुगेका छन् । अबको ३० दिनमा उनले संसदबाट विश्वसको मत नलिए उनको पद स्वतल्ः निष्कृय हुनेछ । बिहीबार रास्वपका मन्त्रिहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए । बालुवाटार पुगेका उनीहरुसँग प्रधानमन्त्रीले… Continue reading प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा

नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । नेकपा एसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।… Continue reading नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान

कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई कारवाही गरेको छ । उनी निलम्बनमा परेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनसम्म निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो… Continue reading कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल