रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा दिने भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने तयारी छ । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको… Continue reading रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै

कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेकपा (एमाले) सँग सहमति भएको औपचारिक रुपमा सार्वजनिक गरेको छ । असार १७ गते सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच यो सहमतिमा हस्ताक्षर भएको र बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको कांग्रेसले जनाएको छ। ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ असार… Continue reading कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्

एमालेका नेताले दिए सामुहिक राजिनामा

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाए । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी… Continue reading एमालेका नेताले दिए सामुहिक राजिनामा

कांग्रेस कार्य सम्पादन समितिको बैठक

काठमाडौं । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई… Continue reading कांग्रेस कार्य सम्पादन समितिको बैठक

रास्वपा केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने छ । काग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा… Continue reading रास्वपा केन्द्रिय समिति बैठक बस्दै

बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

काठमाडौं । नेकपा एमालेले बुधबारसम्म राजीनामा दिई मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो । एमालेले कांग्रेससँग भएको सहमति अनुसार… Continue reading बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक… Continue reading एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।’ उनले सोही स्टाटसको मुनी गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्ग एकपल्टलाई… Continue reading कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार मध्यरातमा नेपाल कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले आज दिउँसो सचिवालय बैठक बोलाइएको हो । कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ । हिजो राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा सहमतिको हस्ताक्षर भएको छ । उनीहरुबीचमा… Continue reading कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक आज बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको हो । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको छ । समझदारीलाई अन्तिम रुप… Continue reading एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सममति बनेको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने सहमति जुटेको नेताहरुले बताएका छन् । संविधानको धारा ७६ (२) अन्तर्गतबाटै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेको… Continue reading संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । यससँगै प्रचण्ड सरकार ढल्ने भएको छ । सोमबार मध्यराति दुई दलबीच सत्ता सहकार्य गर्ने बारे सहमति जुटेको हो । ललितपुरमा एक होटलमा दुई दलका दोस्रो तहका नेताले लिखित सहमतिको मस्यौदा बनाएका छन् । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो… Continue reading कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

काठमाडौं । सत्ता समीकरणमा उथलपुथल हुने चर्चाले सोमबार राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । तर, सत्तारुढ घटकका शीर्ष नेताले भने यसको खण्डन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको बताए । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे । सोमबार… Continue reading के प्रचण्डको कुर्सी हल्लिएकै हो ?

नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । गंगा चौधरीलाई… Continue reading नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता… Continue reading इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

एसईईको पुरक परीक्षा २३ साउनबाट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो । ‘२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ,’ मन्त्रालयका… Continue reading एसईईको पुरक परीक्षा २३ साउनबाट

रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको जानकारी दिएका छन् । आफुलाई सभापतिबाहेक अरुले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले पत्र भने बुझेका छैनन् । महामन्त्री ढकालले ३८ जिल्ला… Continue reading रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण

रास्वपाले बोलायो केन्द्रिय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ । महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए… Continue reading रास्वपाले बोलायो केन्द्रिय समिति बैठक

मदिरा सेवन गरी जहाज चढ्न लाग्दा गायक राजेश पायल राई फर्काइए

काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका हुन् । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो । अ त्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेको थियो । उनी नर्मल अवस्थामा भएपछि दुबई जान सक्ने बताइएको… Continue reading मदिरा सेवन गरी जहाज चढ्न लाग्दा गायक राजेश पायल राई फर्काइए

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको… Continue reading एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो… Continue reading नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए बधाई

निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने प्रावधान छ । यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत… Continue reading निमित्त मूख्यसचिवको जिम्मेवारी गतडौलालाई

नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

सांकेतिक तस्वीर

काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२–२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो । साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर… Continue reading नेपालको साक्षरता दर ७७.४ प्रतिशत, मधेशमा कम साक्षरता

पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा तोकिएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ । १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । असार २२ गते बिहान ९ बजेदेखि… Continue reading पत्रकार महासंघको निर्वाचन २२ असारलाई तोकियो

कांग्रेसका सांसदलाई संसदमा अनिवार्य उपस्थिति हुन निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो । प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’

भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

file

काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि… Continue reading भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

आज सगरमाथा दिवस मनाइँदै

काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका… Continue reading आज सगरमाथा दिवस मनाइँदै

हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समिति बनेसँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्‍यो । एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा कांग्रेसका बद्री पाण्डे र… Continue reading हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति

आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना… Continue reading आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी

file

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडानमा छ । गत शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका… Continue reading सदनमा कांग्रेसलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारी