आज संविधान दिवस, सार्वजनिक बिदा

काठमाडौं । नेपालमा आज संविधान दिवस, २०८० विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम… Continue reading आज संविधान दिवस, सार्वजनिक बिदा

संविधान दिवसमा प्रधानमन्त्रीको सन्देश : जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने अभियानमा छौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि… Continue reading संविधान दिवसमा प्रधानमन्त्रीको सन्देश : जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने अभियानमा छौं

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जिवनी नेपालीमा अनुवाद

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। अनुवादक विप्लव प्रतीक र लेखक–अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ सुनीति अमात्यले सो पुस्तकको विमोचन गरेका छन् । विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेका थिए । कमला ह्यारिसलाई कसरी सत्यको… Continue reading अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जिवनी नेपालीमा अनुवाद

नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्टी गर्दै

;+ljwfg lbj; g]Djfª sf7df8f}F, ! c;f]hM ;+ljwfg lbj;sf ;Gbe{df /fli6«o ;dfrf/ ;ldlt -/f;;_nfO{ cGtjf{tf{ lbFb} tTsfnLg ;+ljwfg;efsf cWoIf ;'jf; g]Djfª . g]kfnsf] ;+ljwfg hf/L ug]{ P]ltxfl;s e"ldsfdf /xg'ePsf pxfF ;+ljwfg sfof{Gjog ug]{ Ifdtf ;/sf/ / /fhgLlts bnn] b]vfpg' k5{ eGg'x'G5 . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा (एमाले) ले मंगलबारदिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो। शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा… Continue reading नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्टी गर्दै

यस पटक अस्करमा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ। नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए। ‘प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको… Continue reading यस पटक अस्करमा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ले गर्ने

यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो। ‘‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको… Continue reading यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय

कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने

काठमाडौं । फिल्म, फेसबुक, टिकटक भिडिओ, टेलिशृंखला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने नेपाल प्रहरीले जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडिओको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले यसबारे बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा… Continue reading कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने

समाजवादी मोर्चाले हेटौडामा आज सन्देश सभा गर्दै

काठमाडौं । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा गर्ने भएको छ । सात वटै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भए अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुन लागेको हो । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने कार्यक्रम छ। सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,… Continue reading समाजवादी मोर्चाले हेटौडामा आज सन्देश सभा गर्दै

आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस… Continue reading आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

समाजवादी मोर्चाको आज बुटवलमा आमसभा

काठमाडौं । समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा आयोजना गर्ने भएको छ । दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यस्तो सभा गरिने छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका… Continue reading समाजवादी मोर्चाको आज बुटवलमा आमसभा

आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सो कार्यक्रम हुन लागेको हो । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् । संसद सचिवालयका अनुसार एक… Continue reading आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

समाजवादीको सदस्यता फोनबाटै लिन सकिने

काठमाडौं । एकीकृत समाजवादीले पार्टी सदस्यता लिनका लागि आवेदकले फोनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्ने भएको छ । मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने भएको छ । एकीकृत समाजवादील पार्टीमा कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कसले कुन दिन कुन… Continue reading समाजवादीको सदस्यता फोनबाटै लिन सकिने

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने(दिने काम हुने बताए । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले… Continue reading राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज

आजबाट संसद चल्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ । सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय… Continue reading आजबाट संसद चल्दै

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई आज

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएकोछ… Continue reading प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई आज

आज नागपञ्चमी, के छ महत्व ?

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाउँदैछन् । श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर… Continue reading आज नागपञ्चमी, के छ महत्व ?

राष्ट्रपतिले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । अहिले जारी संसद अवरुद्ध… Continue reading राष्ट्रपतिले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक

आज बस्दैछ संसद बैठक, हट्ला एमालेको अवरोध ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेका कारण आजको बैठकबारे पनि अन्यौल कायमै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न… Continue reading आज बस्दैछ संसद बैठक, हट्ला एमालेको अवरोध ?

रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने भएको छ । रास्वपाले आयोगमा रहने पदाधिकारी र सदस्य मागेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७… Continue reading रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने

कक्षा १२ को परिक्षाफल सार्वजनिक

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने… Continue reading कक्षा १२ को परिक्षाफल सार्वजनिक

माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

काठमाडौ. । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए । मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने… Continue reading माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ। प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेको बताइएको छ । जनमतले यसअघि… Continue reading माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ । यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो । यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको… Continue reading नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको उनको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई… Continue reading सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

न्युयोर्क आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति जुम तथा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा आयोजित प्रत्यक्ष समारोहका साथ विमोचन सम्पन्न भएको छ ।सो कार्यक्रममा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संस्थापक एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई… Continue reading पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी… Continue reading ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

पीएचडी गर्न बालेनलाई काठमाडौं विश्वविद्यालयको फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद… Continue reading पीएचडी गर्न बालेनलाई काठमाडौं विश्वविद्यालयको फेलोसिप

रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो । पार्टी महामन्त्री मुकुल ढकालका… Continue reading रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य

रास्वपाले के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। सैनामैना नगर र्‍यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन… Continue reading रास्वपाले के निर्णय गर्यो ?

प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शनिवारबाट अवकाश पाउँदै छन्। संसद्‌को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्‌मा… Continue reading प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस