उत्तर कोरियाी ध्वजाबाहक विमान कम्पनी एयर कोर्योले आफ्नो चौथो गन्तब्य मकाउमा उडान गर्ने भएको छ । मकाउको नागरिक उड्डयन प्राधिकरणले उत्तर कोरियाली कम्पनीलाई आफ्नो मुलुकमा उडानको अनुमति दिएको अन्तरराष्टिय संचारमाध्यमले उल्लेख गरेका छन् । आगामी साता प्योङयाङ-मकाउ सिधा हवाई संजालमा जोडिने निश्चित भएको हो । मकाउले करीव १५ वर्ष पछि उत्तर कोरियाली जहाजलाई आफ्नो मुलुकमा… Continue reading उत्तर कोरियाली जहाजको चौथो गन्तब्य मकाउ
Category: विश्व
भारतीयको नेपाली नागरिकता रद्द
काठमाडौं । सरकारले भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गरिदिएको छ । भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । तराई क्षेत्रमा भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम तीब्र छ । सरकारले भारतीयको नागरिकता रद्द गरी सम्बन्धित कर्मचारीमाथि पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने… Continue reading भारतीयको नेपाली नागरिकता रद्द
फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना
अमेरिकाको केन्द्रिय व्यापार आयोग (एफटीसी)ले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना सुनाएको छ । फेसबुकको गोपनीयतासम्बन्धी मुद्दामा करीव १ वर्षको अनुसन्धानपछि आयोग उक्त निर्णयमा पुगेको अंतरराष्ट्रीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो जरिवाना सम्भवतः फेसबुकमाथि लगाइएको सबैभन्दा ठूलो हो । संसारभर फेसबुकको गोपनीयतासम्बन्धी विषयले अहिले निकै चिन्ताका रुपमा हेरिएको छ । फेसबुकले व्यक्तिको गोपनीयतासँग सम्बन्धी कानूनको… Continue reading फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना
ब्रिटेनमा बोरिस जनसन प्रधानमन्त्री बन्ने पक्का
ब्रिटेनको कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। कन्जर्भेटिभ पार्टिका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भए पछी बोरिस जनसन ब्रिटेनको प्रधानमन्त्री बन्ने पक्का भएको हो ।दलका सदस्यहरूले साढे दुई साता लगाएर पत्रमार्फत् मतदान गरेका थिए।जनसनले निकटतम प्रतिद्वन्दी जेरेमी हन्टलाई पछाडि पार्दै ब्रिटिश सरकारको नेत्रित्व गर्ने… Continue reading ब्रिटेनमा बोरिस जनसन प्रधानमन्त्री बन्ने पक्का
कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू
कोस्टारिकामा विषाक्त रक्सी सेवन गर्दा १९ जनाको मृत्यु भएको छ भने निक्कैको संख्यामा मानिसहरु बिरामी भएका छन् । कोस्टारिकास्थित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यू हुनेमा ३२ देखि ७२ वर्षसम्म उमेर समुहका १४ जना पुरुष र ५ जना महिला छन् । मन्त्रालयका अनुसार ती मानिसहरुले सेवन गरेको रक्सीमा मिथानोलको मात्रा अत्याधिक धेरै हालिएको थियो । कोस्टारिकामा बिक्री… Continue reading कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू
मानिसले चन्द्रमा माथि विजयी प्राप्त गरेको ५० वर्ष पुरा
मानिसले चन्द्रभुमीमा पाइला टेकेको ५० वर्ष पुगेको छ । २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा मानव पाइला राख्ने कीर्तिमान कायम गरेका थिए । यो परिघटना मानव इतिहासकै सफलतम प्रयास मध्ये एक मानिन्छ । नासाको प्रयासमा पहिलो पटक चन्द्रमामा मानव पाइला पुगेपछि अन्तरिक्षबारे वैज्ञानिकहरुले गरेको लामो अनुसन्धानले सफलता हात पारेको… Continue reading मानिसले चन्द्रमा माथि विजयी प्राप्त गरेको ५० वर्ष पुरा
भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान
मुम्बई । भारत विश्वको ठूलो रेल सञ्जाल भएको मुलुकमध्ये एक हो । भारतको यातायातको मूख्य साधन पनि रेल हो । बढ्दो सञ्जाल, अधिक जनसंख्या र कमजोर व्यवस्थापनका कारण भने यहाँको रेल संजाल असुरक्षित बन्दै गएको छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार भारतमा दैनिक १० जना मानिसको मृत्युको कारण रेल बनिरहेको छ । बिहीबार मात्रै मुम्बईमा… Continue reading भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान
जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा
लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ । राजनीतिक हस्तक्षेपको शिकार भएको जिम्बावे क्रिकेट संघलाई निम्बन गर्ने निर्णय आइसीसीले गरेको हो । लण्डनमा सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई दिँदै आएको सबै प्रकारका अनुदान समेत रोक्ने निर्णय गरेको छ । निलम्बनमा परेसँगै उक्त मुलुकले अब आइसीसीद्धारा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा… Continue reading जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा
धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध
केन्या । केन्या एथलेक्सिका विभिन्न विधामा एक सफल मुलुक हो । खासगरी दौडका विभिन्न इभेन्टमा यस मुलुकले ठूला प्रतियोगिताबाट थुप्रै पदक भित्राइसकेको छ । तर, खेलाडीहरु भने बेला बेला विवादमा तानिन्छन् । त्यो पनि डोपिङ टेस्ट प्रकरणमा । चर्चित धाविका सलोम बिवोट ८ वर्षको प्रतिबन्धमा परेकी छिने । डोपिङ टेस्टमा असफल भएपछि उनीमाथि प्रतिवन्ध लगाइएको… Continue reading धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध
लण्डनका बसमा चम्किदै नेपाल
लण्डन । बेलायतको लण्डनमा विभिन्न १८ रुटमा चल्ने सार्वजनिक बसमा नेपाल चम्कन शुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र बेलायतस्थित नेपाली दूतावासको पहलमा ६० वटा बसमा नेपाल प्रवद्र्धन हुने पोस्टर राखी प्रवद्र्धन शुरु भएको बोर्डले जानकारी दिएको छ । सन् २०२० का लागि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० नजिकियसँगै विदेशमा नेपाल प्रवद्र्धनको… Continue reading लण्डनका बसमा चम्किदै नेपाल
जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्यु
जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगलागिमा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै भनेका छन् – एक जना ४१ बर्शिय मानिस ‘क्योटो एनिमेशन को’ स्टुडियोमा प्रवेश गरेको र ति सन्धिग्द ब्यक्तीले नै आगो लगाईदिएका हुंन् । नाम नखुलाईएका ति सन्धिग्द ब्यक्तीलाई… Continue reading जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्यु
इयूको नेतृत्वमा पहिलो पटक महिला
फ्रान्स । यूरोपेली आयोगको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ । जर्मनीकी रक्षामन्त्री उर्सुला भन डर लियेन अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मंगलबार सम्पन्न मतदानबाट उनी आयोगको अध्यक्षमा निर्वाचित भएकी हुन् । अन्तरराष्टिय संचारमाध्यमले जनाएअनुसार उनी आयोगको नेतृत्व गर्ने पहिलो महिला पनि बनेकी छिन् । इयूमा अहिले २८ मुलुक सदस्य छन् । ७… Continue reading इयूको नेतृत्वमा पहिलो पटक महिला
हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु
चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती… Continue reading हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु
विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद
लण्डन । दर्शनीय फाइनलमा न्यूजील्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधी घरमा राखेको इंग्ल्याण्डले पुरस्कारस्वरुप नगद ४ मिलियन डलर (झण्डै ४४ करोड रुपैयाँ) समेत हात पारेको छ । इंल्याण्डलाई क्रिकेटको जननी मानिन्छ । तर, अहिलेसम्म विश्वकप उचाल्न सकेको थिएन् । आइतबार साँझ लण्डनको लर्डस् रंगशालामा सम्पन्न फाइनलमा इंङ्ल्याण्डले सुपर ओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको हो ।… Continue reading विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद
व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो
बेइजिङ । शक्तिशाली मुलुकहरुसँगको व्यापार युद्धको असर चिनियाँ आर्थिक वृद्धिमा देखिन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पछिल्लो तीन दशक यताकै कम दरमा पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दैसंचारमाध्यमले अमेरिका–चीन व्यापार युद्ध र विश्वभर आइरहेको आर्थिक मन्दिको असर चिनियाँ अर्थतन्त्रमा देखिएको उल्लेख गरेका… Continue reading व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो
यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने
काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूइए)मा काम गरिरहेका नेपालीले अब भ्रमण भिसामा आफ्ना सबैभन्दा नजिकका आफन्तलाई पनि उक्त देशमा बोलाउन नपाउने भएका छन् । यसअघि कामदारले नजिकका आफन्त (श्रीमान, श्रीमती, छोराछोरी, बुबाआमा वा सासुससुरा)लाई भ्रमण भिसामा यूएइ लगेर भ्रमण गराउन चाहे त्यहास्थित नेपाली दूतावासले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउँदै आएको थियो । एनओसी उपलब्ध… Continue reading यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने
अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि
अफगानिस्तानमा शुक्रबारदेखि शुरु सरकारी फौज र तालिबान समथर्क लडाकुबीच भएको भिडन्तमा २६ जना मारिएको सरकारी अधिकारीहरुले दावि गरेका छन् । अन्तराष्टिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानका उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा फौज र तालिबान लडाकुबीच झडप भएको हो । तालिबान समर्थक लडाकूले जावजान प्रान्तस्थित एक जिल्ला कब्जा गर्न खोजेपछि भयानक आक्रमण भएको बताइएको छ । यसरी… Continue reading अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि
बार्सिलोना आए एन्टोनी ग्रिजम्यान
विश्व विजेता फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान बार्सिलोनामा अनुबन्ध भएका छन् । यसअघि उनी स्पेनिस क्लब एट्लेटिको माड्रिडमा थिए । उनी एथलेटिकोका सफल खेलाडी मानिन्छन् । २८ वर्षिय ग्रिजम्यान लियोनल मेसीको कप्तानीमा रहेको ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्ध भएका हुन। बार्सिलोनाले ग्रिजम्यानको रिलिज मूल्य १२० मिलियन एट्लेटकोलाई बुझाउँदै क्लबमा अनुबन्ध गरेको हो । फ्रान्सका फरवार्ड ग्रिजम्यानले… Continue reading बार्सिलोना आए एन्टोनी ग्रिजम्यान
साउदी अरेबियामा अब महिलाले विदेश जान र राहदानी लिन पुरुषको सिफारिस लिनु नपर्ने
साउदी महिलाहरुले जिवनमा पहिलो पटक आफ्नो पतिको स्विकृती बिना विदेश भ्रमणमा जान पाउने कानून पास भएको छ । यसभन्दा अगाडी साउदी अरेबियन जुन सुकै उमेरका महिलाले विदेश भ्रमणमा जाँदा होस् वा राहदानी लिंदा नजिकका पुरुष नातेदारको स्विकृती लिनै पर्ने कानूनी ब्यवस्था रहदै आएको छ । अभिभावकत्व सम्बन्धि नयाँ ब्यबस्था भने यसै वर्षदेखि तत्काल लागू हुने… Continue reading साउदी अरेबियामा अब महिलाले विदेश जान र राहदानी लिन पुरुषको सिफारिस लिनु नपर्ने
न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो
म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ । बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो । न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो
क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड लिक हुँदा ४६ घाईते
क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड ग्यांस लिक हुँदा ४६ जना असक्त भै अस्पताल भर्ना गरिएको छ जस मध्ये १५ जनाको अवस्था चिन्ता जनक छ । ५२ जना मानिस र एउटा कुकुर रहेको अवस्थामा क्यानडाको विनिगेप स्थित सुपर ८ होटलमा स्थानिय समय बिहान सवा दशबजे कार्बन मोनोअक्साईड लिक हुँदा फायर अलार्म बजेको थियो । कार्बन… Continue reading क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड लिक हुँदा ४६ घाईते
टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो
सुपर मार्केटमा बिक्री गर्न राखेको अाईस क्रिम जिब्रोले चाटेर फेरी जेफ्रिजरेटरमा नै राखिदिएको कारण एक महिलाले २० बर्षसम्म जेलमा बस्नु पर्ने सम्भावना भएको छ । गत जुन २८ तारिख अन्दाजी ११ बजे राती टेक्सस् राज्यस्थित लफकनमा रहेको वालमार्टमा बिक्रिमा राखेको अाईस क्रिम चाट्ने ति महिलालाई उपभोक्ता खाद्यान्न सम्बन्धी कानून अन्तर्गत दोश्रो दर्जाको अपराध अन्तर्गत प्रहरीले… Continue reading टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो
भारतमा २७८ खर्ब भारुको बजेट
नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो । वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् । बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च… Continue reading भारतमा २७८ खर्ब भारुको बजेट
लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि
काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमण र हताहतीमा एक नेपाली पनि परेका छन् । इजिप्टको कायरो स्थित नेपाली दूतावासले आक्रमणमा परी एक नेपालीको निधन भएको पुष्टी गरेको हो । आक्रमणमा नेपाली सन्तोष श्रेष्ठको ज्यान गएको दूतावासले पुष्टी गरेको हो । आक्रमणमा परी घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ… Continue reading लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि
नाईजेरियामा ट्यांकर बिस्फोट हुँदा ५० को ज्यान गयो
न्युयोर्क नाइजेरियामा ईन्धन बोकेको एक ट्यांकर बिस्फोट हुँदा ५० जनाको ज्यान गएको छ भने १०१ जना घाईते भएका छन् । ईन्धनले भरिएको ट्रकले सडकमा भएको खाडल छल्न खोज्दा ट्यांकर पल्टिएर बिस्फोट भएको हो । घटना बेनुई राज्यको अंबुही गाँऊमा सोमबार दिंउसो घटेको हो ।पल्टिएको ट्यांकरबाट पोखिएको ईन्धन उठाएर लैजान भिड जम्मा भएको समयमा ट्यांकर… Continue reading नाईजेरियामा ट्यांकर बिस्फोट हुँदा ५० को ज्यान गयो
हङकङस्थित बिधायक भवन तोडफोड गरी प्रदर्शनकारीले घण्टौ कब्जामा लिए
सार्वभौमसत्ता हस्तान्तरणको वर्षगाँठमा शान्तिपूर्ण प्रदर्शनको सोमवार योजना गरिएको हङ्कङमा प्रदर्शनकारीहरुले विधायक परिषद्को भवनका सिसा फोरेर प्रबेश गरी घण्टौँसम्म कब्जामा लिएका हुन् । ब्रिटेनबाट हङकङको सार्वभौमिकता चीनलाई सुम्पिएको वर्षगाँठको अवसर पारेर प्रदर्शनमा उत्रिएका हङ्कङ स्थित प्रदर्शनकारीहरुले बिधायक परिषद भवन भित्र प्रवेस गरी भित्तामा रङ समेत पोतेर नारा लेखेका थिए । प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिएका… Continue reading हङकङस्थित बिधायक भवन तोडफोड गरी प्रदर्शनकारीले घण्टौ कब्जामा लिए
१५२ यात्रु बोकेर उडेको जहाजको चक्का पड्किए पछी
न्युयोर्क तेल अभिभस्थित एक बिमानले ल्याण्डिङ गेयरमा समस्या आए पछी आकस्मिक अवतरण गरेको छ ।जर्मनीको कोलोनबाट १५२ जना यात्रु लिएर उडेको बिमानको एउटा चक्का टेक अफ गर्दा नै पड्किएको थियो । ईलेक्ट्रा एयरको बोईङ ७३७ ले ईजरायलको तेल अभिभस्थित बेन गुरियन एयरपोर्टमा अवतरण गर्नु अगाडी बिमानमा भएको सम्पूर्ण ईन्धन रित्तो पारेको जेरुसेलम पोस्टले जनाएको छ… Continue reading १५२ यात्रु बोकेर उडेको जहाजको चक्का पड्किए पछी
ईतिहास रच्दै पुगे राष्ट्रपती ट्रम्प उत्तर कोरिया
राष्ट्रपती डोनाल्ड ट्रम्पले उत्तर कोरियन भुमिका पाईला राख्ने पहिलो बहालवाला अमेरिकन राष्ट्रपतीको ईतिहास् रचेका छन् ।राष्ट्रपती ट्रम्प आज अाईतबार उत्तर कोरिया पुगेका हुँन् । राष्ट्रपती ट्रम्पको साथ भ्रमणमा रहेका संचारकर्मीहरुका अनुसार उत्तर र दक्षिण कोरियाको सिमाना छुट्याएको सिमेन्टको स्ल्याब कट्ने बित्तिकैको विध्वंसित क्षेत्र(डिमेलिटराइज जोन)मा अमेरिकी राष्ट्रपती ट्रम्प र उत्तर कोरियाका राष्ट्रपती किम जोन ऊनले हात… Continue reading ईतिहास रच्दै पुगे राष्ट्रपती ट्रम्प उत्तर कोरिया
पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।
अमेरिकाका एक पूर्व राष्ट्रपतिले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनधिकृत राष्ट्रपतिको संज्ञा दिएका छन् । बर्तमान राष्ट्रपतिलाई अबैधानिक राष्ट्रपति भन्ने ब्यक्ती जिमी कार्टर हुन् । कार्टर अमेरिकाको ३९ औ राष्ट्रपति हुन् भने उनले सन् १९७७ देखि१९८१ सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए । पूर्व राष्ट्रपति जिमी कार्टरले शुक्रबार बिहान मानव अधिकार सम्बन्धी एक कार्यक्रममा भने “रसियाको… Continue reading पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।
जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण
भारतको मुम्बईबाट अमेरिकाको न्यूयोर्क जान उडेको एयर इण्डियाको जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण गरिएको छ । उक्त जहाज बेलायतको लण्डनमा आकस्म्कि अवतरण गरिएको हो । एआई१९१ विमान उत्तर पश्चिमी लण्डनको स्टेनस्डेड विमानस्थलमा बिहीबार अवतरण गराइएको थिया । जहाज अवतरण गराई हरेक यात्रुको एक एक गरी सुरक्षा जाँच गरिएको थियो । तर, बमको पुष्टी भने हुने… Continue reading जहाजमा बमको हल्लापछि आकस्मिक अवतरण