Category: विश्व

  • मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार

    मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार

    काठमाडौं (बीबीसी) । मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ। आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो। युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्। रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन्। मस्कोले सोमवारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ। कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको छ।


    तर मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले बीबीसीसँग कुरा गर्दै मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताएका हुन् । दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसले हप्तौँदेखि घेराबन्दी तथा निरन्तर आक्रमण गरिरहेको छ। राजधानी किएभस्थित सम्वाददाता लीज डुसेटले त्यसलाई पूरै सहरलाई भोकभोकै पारेर आत्मसमर्पणका निम्ति बाध्य पार्ने सैन्य रणनीति भनेकी छन्।

    यसबीच मस्कोस्थित रक्षा मन्त्रालयले मारिओपोलमा डरलाग्दो मानवीय सङ्कट उत्पन्न भइरहेको स्वीकारेको छ। रुसी बमबारीका कारण मारिओपोल सहर लगभग ध्वस्त भइसकेको बताइएको छ। आइतबार राजधानी किएभमा पनि ठूल्ठूला विस्फोटहरू भएका छन्। त्यहाँका मेयरका अनुसार कैयन् घरहरू तथा एक किनमेल केन्द्र समेत निसानामा परेका छन्।

  • एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

    एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

    काठमाडौं । एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई रियलकै घरेलु मैदानमा रवाफिलो जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हरायो । पछिल्लो समय बार्सिलोना उच्च लयबाट गुज्रिरहेको छ । सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गरे । रोनाल्ड अराउजो र फेरान टोरेसको नाममा १-१ गोल रह्यो ।

    पहिलो हाफमा २-० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दई गोल थपेको हो । जितपछि बार्सिलोनाले रियलसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा कायम छ । रियल म्याड्रिड २९ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा छ , दोस्रो स्थानमा रहेको सेभिल्लाको २९ खेलमा ५७ अंक छ।

  • युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु

    युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु

    काठमाडौं । रुसले युक्रेनमा गरेको हमलायता त्यहाँ कम्तिमा ६४ जना बालबालिकासहित ८४७ जनाको मृत्यु भएको पुष्टी गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी निकायले युक्रेनमा आक्रमण सुरु भएदेखि हालसम्म उक्त मानवीय क्षतिको पुष्टी भएको जनाएको छ । अन्तर्राष्ट्रिंय संचारमाध्यमहरुका अनुसार यो संख्या अझ ठूलो पनि हुन सक्छ । किनकी युद्ध जारी रहेका कारण सबै स्थानमा स्वतन्त्रपूर्वक खोजी हुन सकेको छैन ।

    ज्यान गुमाएका गैरसैनिकमध्ये अधिकांश गोलाबारी र हवाई आक्रमणबाट मारिएको जनाइएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले ३३ लाखभन्दा बढी शरणार्थी युक्रेनको पश्चिमी सीमा पार गरेर अन्यत्र भागेको बताएकी छिन् । उनका अनुसार करिब २० लाखभन्दा बढी मानिस देशभित्रै विस्थापित भएका छन्। उता, रुसले विभिन्न सहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनसँग अविलम्ब वार्ताका लागि अघि सर्न आह्वान गरेका छन्।

  • युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

    युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

    लण्डन (बीबीसी) । बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको दावि गरेको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा मात्र रुस भर पर्नु परेको जनाएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो। तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको त्यहाँको रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

    यद्यपि माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका छन्। त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ। सडकहरूमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ। बुधवार रुसले उक्त नाटकघरमा बम आक्रमण गरेको थियो। त्यहाँ अझै पनि सयौँ मानिसहरूले आश्रय लिइरहेका बताइएको छ।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए। तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बताएका छन् । नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ। उनले त्यहाँका हजारौँ बासिन्दालाई रुस पठाइएको जानकारी दिए।

  • अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध

    अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध

    काठमाडौं । रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उडानमा प्रतिवन्ध लगाएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान समेत प्रतिवन्धमा परेको छ । ५५ वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यो विषय अस्वीकार गरिरहेका छन् ।

    अमेरिकी वाणिज्य मन्त्रालयले ती विमानलाई रुससहित विश्वमा जुनसुकै स्थानमा सेवा उपलब्ध गराएको पाइए ठूलो जरिवाना र जेल सजाय हुनसक्ने चेतावनी दिएको छ। रुसमाथि लगाइएका प्रतिबन्धका कारण ती विमानमा पनि प्रतिबन्ध लगाइएको अमेरिकाको भनाई छ । अमेरिकाले रुसविरुद्ध प्रत्यक्ष युद्धमा भनग लिएको छैन । तर, आर्थिक प्रतिवन्धका माध्यमबाट दवाव भने बढाइरहेको छ ।

  • युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

    युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

    काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन,’ उनले भनेका छन् ।

    यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्। मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।

    तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, ‘हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।’ उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। तर ती शव जम्मा गर्ने कोही छैन। रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ। दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्।

  • अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

    अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

    प्रधानमन्त्री देउवाले कोभिड १९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको बताए । विदेशी फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको उनको भनाइ छ। सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकता उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय र जनताको हितको संरक्षण तथा प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ।’

    उच्च र समतामूलक आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारशिला निर्माण, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरे । उदार, नियममा आधारित, न्यायोचित, निष्पक्ष र सहकारी विश्वव्यापी व्यवस्थाको वकालत गर्न जारी राख्ने प्रधानमन्त्रीको भनाइ छ।

  • कच्चा तेलको मूल्यमा भारी गिरावट

    कच्चा तेलको मूल्यमा भारी गिरावट

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै आकासिएको कच्चा तेलको मूल्य पछिल्लो एकसाता यता लगातार गिरावट आएको हो ।

    मार्च ७ (फागुन २३)मा कच्चा तेलको मूल्य डेढ दशक यताकै उच्च प्रतिब्यारेल १३९ डलर पुगेको थियो । पछिल्लो दुई साता यता घट्न थालेको कच्चा तेलको मूल्य शुक्रबार यो समाचार तयार पार्दासम्म घटेर १०९ डलरमा झरेको छ ।

    पछिल्लो दुई साताको अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलर अर्थात् २१ प्रतिशत) घटिसकेको छ । युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो । युद्ध घोषणा भएको दिन (२५ फेब्रुअरी) प्रतिब्यारेल ९५ डलर थियो ।

    नेपालमा पेट्रोलियम पदार्थ शतप्रतिशत विदेशबाट ल्याइन्छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा यहाँ पनि बढ्ने र घट्दा यहाँ पनि घट्ने गरेको छ ।

    यद्यपि, बुधबार निगमलाई भारतबाट आएको पत्र अनुसार इन्धनको मूल्य उच्च रुपमा बढेर आएको । अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार नेपालमा पनि इन्धनको भाउ दिनदिनै घटबढ नहुने भएकाले तत्काल भाउ घट्ने देखिँदैन् ।

    साथै, नेपाल आयल निमले अहिले पेट्रोलियम पदार्थमा ठूलो घाटा खाँदै बेचिरहेकाले अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि नेपालमा तत्काल घट्ने सम्भावना कम देखिन्छ ।

  • रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

    रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

    काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । बीबीसीका अनुसार वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरेकी छिन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गर्दैछन्। संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले वार्ताहरूमार्फत्‌ शान्ति बहाली गर्नुपर्ने पक्षमा बेइजिङ रहेको बताएका छन्। रुस र युक्रेनबीचको युद्धले मानवीय संकट गहिरिँदै जाँदा पश्चिमा मुलुकहरु रुसलाई चीनले सहयोग नदिओस भन्ने चाहन्छन् ।

  • पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

    पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

    काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।
    बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।

    कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।

    युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ। यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए। तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।

    नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ। दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।

  • रुसलाई महँगो पर्‍यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी

    रुसलाई महँगो पर्‍यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी

    काठमाडौं । अफगानिस्तान र सिरिया युद्धभन्दा पनि क्षतिको हिसाबले रुसलाई यूक्रेन युद्ध महँगो बनेको छ । बिबिसीको रिपोर्टअनुसार यूक्रेनमा मानवीय र आर्थिक हिसाबले रुसले धेरै मूल्य चुकाइरहेको छ । रुस–यूक्रेनबीचको युद्ध तत्कालै अन्त्य नहुने देखिएको बेला रुसलाई थप क्षति हुने सम्भावना छ ।

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा पनि रुस फिर्ता हुने अवस्थामा रहेको बताए । “रुसी सेनाले युक्रेनमा जति क्षति बेहोर्नु परेको छ, त्यो न सिरियामा न चेचन्यामा।

    सोभियत सेनाले अफगानिस्तानमा पनि यति क्षति बेहोरेको थिएन”, रूसी भाषामा सम्बोधन गर्दै जेलेन्स्कीले भने, “रुस सेना यूक्रेनबाट फिर्ता हुनुको विकल्प छैन, उनीहरु ज्यान जोगाउन पनि फिर्ता हुनुपर्छ ।”

    युक्रेनी राष्ट्रपतिको विश्लेषण रुस सबै हिसाबले हारिसकेको छ । चौतर्फी प्रतिबन्धको सामना गरिरहेको रुस बाध्यतात्मक रुपमा फिर्ता हुन्छ ।

    यूक्रेन युद्धमा कुन पक्षलाई कति क्षति भयो भन्ने त स्पष्ट छैन तथापि दुवै पक्षका थुप्रै सैनिक मारिएका छन् । सञ्चार माध्यमका अनुसार यूक्रेन युद्धमा रुसी पक्षका झण्डै ७ हजारभन्दा बढी सैनिक मारिएका छन् ।

    अन्य तथ्यांकका अनुसार अफगान युद्ध ९१९७९–८९० मा करिब १५,००० सोभियत सैनिक मारिएका थिए र चेचन्या युद्धमा कम्तिमा १३,००० रुसी सैनिक मारिएका थिए। सिरियामा यो संख्या सयौंमा छ ।

  • रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

    रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

    काठमाडौं । अमेरिका र युरोपेली देशहरुको प्रतिबन्ध सामना गरिरहेको रुसले सयौं व्यवसायिक विमान कब्जा गरेको छ । रुसले आफ्नो देशका वायु सेवा कम्पनीहरुले भाडामा ल्याएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जामा लिएको हो ।

    युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौती सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपबाट भाडामा ल्याएका विमानहरु कब्जा गरेको हो ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रुसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रुसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।

    अमेरिका र युरोपका अधिकांश देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ ।

    तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रुसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनः दाबी गर्न कठिन भएको छ ।-एजेन्सी

  • बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

    बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

    काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यससँगै रुस एक पटक पुनः भड्किएको छ । रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको छ ।

    बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा विना तयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए। पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक हो। पछि ह्वाइट हाउसले राष्ट्रपति बाइडनले आफ्नो मनबाट बोलेको जनाएको थियो।

    पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भने, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ।’ बुधवार एक जना सञ्चारकर्मीले बाइडलाई सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए।

    सुरुमा बाइडनले छैन भन्ने जवाफ फर्काए। तर उनलाई प्रतिप्रश्न गरिएपछि आफ्नो जवाफ फेरे र भने ः तपाईँले मलाई के मैले ‘ भन्नेछु भनेर सोध्नु भएको हो ? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन्।’ पछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको बर्बर तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नु भन्दा पनि आफ्नो मनबाट बोलेको बताइन्।

  • जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

    जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

    टोकियो (एपी) । उत्तरी जापानको फुकुशिमाको तटमा बुधबार साँझ आएको शक्तिशाली ७.३ म्याग्निच्युडको भूकम्पपछि सुनामीको सूचना जारी भएको छ । भुकम्पका कारण विद्युत आपूर्ति बन्द हुँदा टोकियो क्षेत्रमा रहेका २० लाखभन्दा बढी घरमा अन्धकार छाएको छ । भुकम्प गएको यो क्षेत्र उत्तरी जापानको भाग हो जुन ११ वर्षअघि ९.० रेक्टर स्केलको भूकम्प र सुनामीले क्षतिग्रस्त भएको थियो ।

    भूकम्पले फुकुशिमा प्रीफेक्चरलाई असर गरेको एसोसिएटस् प्रेसको लागि मारी यामागुचीले जनाएका छन । प्रीफेक्चर एउटा ठूलो आणविक उर्जा केन्द्र हो जहाँ २०११ को भूकम्पले ठूलो विपत्ति ल्याएको थियो । बुधबार गएको शक्तिशाली भूकम्पले भवनहरू हल्लाएको थियो । यहाँ रेल सेवा समेत अवरुद्ध भएको छ ।

  • शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

    शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका पनि नेता हुनु हो,” उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने।


    भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्स्कीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके “जीवनको अर्थ नदेखेको” बताएका थिए। अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने(“त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ।” उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए।

  • सुनसान बन्यो कीभ, निरन्तर सुनिँदै बम आक्रमणको आवाज

    सुनसान बन्यो कीभ, निरन्तर सुनिँदै बम आक्रमणको आवाज

    काठमाडौं । रूसले यूक्रेनकाे राजधानी कीभ कब्जाकाे अन्तिम तयारी गरिरहेकाे छ । जसका लागि उसले चाैतर्फी घेराबन्दी गर्दै आक्रमण जारी राखेकाे छ । नागरिकलाई कीभ छाड्न भनेकाे रूसले आवासीय भवनमा समेत आक्रमण गर्न थालेकाे छ ।

    बीबीसीका युक्रेन सम्वाददाता जेम्स वाटरहाउसका अनुसार किभ बुधबार चराहरूको चिरबिर सुनिने गरी सुनसान बनेकाे छ । तर, सहरको उत्तर-पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै रहेकाे उनले बताएका छन् ।

    रुसी फौज उक्त क्षेत्रबाट किएभको भित्री क्षेत्रतर्फ अघि बढ्न खोजिरहेको आकंलन गरिएको छ। रूसले बिहानै सिभचेन्को जिल्लाको १२ तल्ले आवासीय घरमा हमला गरेकाे थियाे ।

    मंगलबार बिहान सहरमा गुड्दा सिधा क्षेप्यास्त्र प्रहारबाट वा आकाशमा क्षेप्यास्त्र नष्ट गरिँदा सहरमा क्षति पुगेको देखिएको थियाे । समाचार एजेन्सीका अनुसार मेट्रो स्टेसनमा बम हानिएको, अग्ला घरहरूको अग्र भाग विस्फोटमा परेको र झ्यालहरू धुजाधुजा भएको देखिन्छ।

    आगामी दुई दिन अझै भीषण लडाइँ हुने अनुमान गरिएको छ र मानिसहरू प्रतिरक्षाका लागि जम्मा भएर बसेका छन्। अझैसम्म थोरै युक्रेनी सहरहरू मात्रै रुसी नियन्त्रणमा पुगेका छन्।

  • युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे

    युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धपछि निरन्तर रुससँग लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग पहिलो पटक अन्तर्राष्ट्रिय नेताले औपचारिक रुपमा भेट गर्न सफल भएका छन् । बीबीसीका अनुसार रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ।

    मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका थिए। ‘हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ,’ भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखेका छन्, ‘हामीलाई थाहा छ तपाईँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ। तपाईँहरू एक्लो हुनुहुन्न। हाम्रा देशहरू तपाईँका साथमा छन्।’

    पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन्। मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन्।

    किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो। युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए।

  • यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

    यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

    काठमाडौं । भीषण बमबारीका वावजुत युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनको विश्लेषण छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्। बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ। दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।

    युक्रेनको उत्तर पश्चिम क्षेत्रमा एउटा टेलिभिजन च्यानलमा भएको हवाई हमला पश्चात् भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार कार्यमा अधिकारीहरू खटिएका छन्। फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन।

    युक्रेनमाथि आक्रमण गरेसँगै लगाइएका प्रतिबन्धबाट जोगिन रुसलाई मद्दत गरे त्यसको परिणाम चीनले भोग्नुपर्ने अमेरिकाले चेतावनी समेत दिएको छ । चिनियाँ विदेशमन्त्रालयले भने अमेरिकामाथि मिथ्या सूचना फैलाएको आरोप लगाएको छ। रुसले पनि चीनसँग सैन्य सहायता मागेको अस्वीकार गरेको छ।

  • चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

    चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

    काठमाडौं । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। बीबीसीका अनुसार रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो।

    तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन। ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ। वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।

  • युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए

    युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएको बीबीसीले लेखेको छ । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए। रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ।

    अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ। केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो। मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको थियो। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्या भन्दा तीन गुना हुने गर्छ।

  • इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

    इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

    काठमाडौं । इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला भएको छ र इराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यसको पुष्टी गरेका छन् । इराकको उत्तर क्षेत्रम अवस्थित स्वायत्त कुर्द इलाकास्थित इरबिल शहरमा यस्तो आक्रमण भएको हो । अमेरिकी वाणिज्य दूतावासको भवनमा मिसाइल गिरेको पाइएको छ । सामाजिक संजालमा समेत वाणिज्य दूतावास नजिकै शक्तिशाली विष्फोटको आवाज सहितका सामग्री पोष्ट भएका छन् ।

    मिसाइलको निसानाकहाँ थियो भन्ने चाँही नखुलेको समाचारमा उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इराक भन्दा अन्य मुलुकबाटै मिसाइल आक्रमण भएको पाइएको छ । हमलाबाट मानवीय क्षतिको भने विवरण आएको छैन । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यस घटनालाई क्रुरको संज्ञा दिएका छन् । थप विवरण आउन बाँकि छ ।

  • रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान

    रोनाल्डोले गरे ह्याट्रिक, बन्यो कीर्तिमान

    लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । शनिबार भएको यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे । यससँगै उनको नाममा एक अर्को गोलको कीर्तिमान बनेको छ । रोनाल्डो पछिल्ला १० खेलमा गोलविहिन थिए । तर, आलोचकको मुख थुन्दै उनले सुन्दर गोल गरेका छन् । क्लब र देशका लागि रोनाल्डाले गरेको गोल संख्या ८ सय ७ पुगेको छ । यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि यो सर्वाधिक बढी गोल हो ।

  • साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

    साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

    काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् । बिबिसीका अनुसार शनिबार उनीहरूलाई फाँसी दिइएको छ । मृत्युदण्ड पाउनेमा सात जना यमनका नागरिक र एक जना सिरियाली छन् । स्लामिक स्टेटमा आवद्ध भई आतंकवादी गतिविधि गरेको अभियोग उनीहरुमाथि लागेको थियो ।

    मृत्युदण्ड पाउनेहरुले साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको योजना बनाएको, सुरक्षाकर्मीलाई हत्या गरेको, अपहरण, बलात्कार र हतियारको अवैध कारोबार गरेको आरोप समेत रहेको छ । साउदी संसारमै बढी मृत्युदण्ड दिने मुलुकमध्ये एक हो । खासगरी आलोचकहरुलाई साउदीले दवाउने गरेको आरोप लाग्छ ।

  • रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव

    रुस-युक्रेन युद्ध जारी, युद्धविराम गर्न पुटिनलाई तिब्र दवाव

    काठमाडौं । युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शनिवार पनि आक्रमण जारी रह्यो । शनिबार निकोलेभ, निप्रो र क्रोपीभीन्टस्की शहरमा बम विस्फोट भएका खबर प्राप्त भएको बीबीसीले लेखेको छ । जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन द्वन्द्वमा तत्काल युद्धविरामका लागि सहमति जनाउन आग्रह गरेका छन्।

    युक्रेनमा जारी युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलको क्रममा उनीहरूबीच शनिवार ७५ मिनेट लामो टेलिफोन वार्ता भएको सोल्जका प्रवक्ताले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धविराम नभएसम्म रुससँग कुनै पनि छलफल अघि बढ्न नसक्ने बताएका छन्। पत्रकार सम्मेलनमा उनले १,३०० युक्रेनी फौजको मृत्यु भएको जानकारी दिए। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

    रुसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेको समेत बताएका छन् । राष्ट्रपति जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस आतङ्क नयाँ चरणमा अघि बढेको आरोप लगाए ।

  • भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

    भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

    नयाँ दिल्ली । परम्परागत राजनीतिक शक्तिलाई चूनौति दिँदै वैकल्पिक शक्तिका रुपमा उदाए्का अरविन्द केजरीवालले आफ्नो शक्तिलाई अझ मजवुत बनाउन सफल भएका छन् । भारतको राजधानी शहर नयाँ दिल्ली राज्यमा लगातार दुई कार्यकाल मूख्यमन्त्री पद सम्हालिरहेका उनले आफ्नो पार्टीलाई पंजाव राज्यमा समेत ऐतिहासिक जित दिलाएका छन् ।

    कुल ११७ सीट रहेको यो राज्यमा आम आदमी एक्लैले ९२ पदमा जित निकालेको छ । जुन दुई तिहाई बहुमत हो । सोहीकारण पूर्वघोषित उमेदवारका रुपमा भगवंत मान यो प्रदेशका मूख्यमन्त्री बन्ने निश्चित भएको छ । उनले राज्यपालसँग आज आफ्नो सरकारको दावा पेश गर्नेछन् । त्यसपछि राज्यपालले उनलाई मूख्यमन्त्री पदमा नियुक्ति दिने भएका छन् ।

    भारतीय संचारमाध्यमहरुका अनुसार आइतबार अरविन्द केजरीवालसमेतको सहभागितामा आमआदमी पार्टीले पञ्जावमा विशाल विजयी ¥याली गर्ने भएको छ । त्यसपछि भगवंतले मूख्यमन्त्री पदको सपथ लिनेछन् । पञ्जाव कांग्रेसको गढ हो । तर, आमआदमको झाडुले यस पटक राष्ट्रिय पार्टीहरु नराम्रोसँग बढारिएका छन् । जसले गर्दा कांग्रेस भित्रै आन्तरिक कलह चुलिएको छ । यस पटक आम आदम पार्टीले गोवामा समेत दुई सिटमा जित निकाल्दै आफ्नो उपस्थिति देखाएका छ ।

    राजनीतिक गुरुहरुले अरविन्दको यही क्रेज कायम रहेमा केही वर्ष भित्रै उनी राष्ट्रिय दलको मान्यतासहित शक्तिशाली बन्ने संकेत गरेका छन् । उनले खासगरि जनजिविकालाई आफ्नो शासनकालको मूख्य हतियार बनाइरहेका छन् । यसमा जनतालाई विजुली, पानी निशुल्क गर्नेदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमो उनले क्रान्ती नै ल्याएका छन् ।

  • रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

    रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

    काठमाडौं । रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार यस्तो बताएका हुन् । उनले अमेरिका रूससँग लड्न यूक्रेनमा आफ्नो सेना पठाउने पक्षमा नरहेको बताए । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । यद्दपी नेटोलाई सक्षम बनाएर नेटो क्षेत्रको हर भूमी रक्षाका लागि भने प्रतिवद्ध रहेको उनले बताएका छन् । उता, युक्रेनले नेटाको सदस्यता नलिने बताइसकेको छ । एक संयुक्त र मजबूत नेटोको क्षमताबाटै नेटो क्षेत्रको रक्षा गर्ने उनको भनाई छ ।

    अमेरिका युक्रेन पुगेर रूससँग युद्ध लड्नु भनेको तेस्रो विश्व युद्ध सरह हुने उनको भनाई छ । बाइडनले आफ्नो सेना युक्रेन नजाने विषय पटक पटक दोहोर्याइरहेका छन् । उता, यूक्रेनका राष्ट्रपति भ्लादिमिर ज़ेलेन्स्कीले भने अमेरिकासँग पटक पटक सैन्य सहयोगको आग्रह गरिरहेका छन् । युक्रेनले आफ्नो मुलुकलाई नो फ्लाइ जोन घोषणा गर्न समेत नेटोसँग माग गरिरहेको छ ।

  • युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

    युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

    काठमाडौं । रुस युक्रेन युद्धका कारण युक्रेनबाट विस्थापित हुनेको संख्या २५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले यस्तो जानकारी गराएका हुन् । बीबीसीका अनुसार तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिक हुन् । समाचार संस्था एएफपीका अनुसार झण्डै २० लाख मानिसहरू युक्रेन भित्रै विस्थापित बनेका छन् । रुसले युक्रेनेका लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको छ ।

    शुक्रवार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको विवरणहरू आएका छन्। युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर(पश्चिममा रहेको लुट्स र मध्य(पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन्। लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।

    नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानोफ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्।

  • पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

    पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुस माथि लगाएको प्रतिवन्धले रुसलाई सकारात्मक प्रभाव नै पार्ने बताएका छन् । पुटिनले रुसको एक मुख्य साझेदार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग मस्कोमा भेट्दै यस्तो बताएका हुन् । उनले रुसविरुद्ध लगाइएका प्रतिबन्धले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् । अर्थतन्त्र र प्रविधिको सम्प्रभुतालाई बलियो बनाउन यस्तो प्रतिवन्धको समय अवसरका रुपमा रहेको उनको दावि छ ।

    रुसी र युक्रेनी अधिकारीहरूबिच जारी वार्तामा ‘सकारात्मक’ विकासक्रम देखिएको समेत उनले बताएको अतर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । केही सकारात्मक संकेत आफुले पाएको भन्दै उनले आशा व्यक्त गरेको समेत समाचार छ । युक्रेन(बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका छन् । उता, बिहीबार युक्रेन र रुसका विदेशमन्त्रीबीच टर्कीमा भेट वार्ता भएको छ । यी वार्ता निष्कर्षमा भने पुगेको छैन ।

  • किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

    किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

    काठमाडौं । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।

    ‘बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज(ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको’ सीमा सेवाले उल्लेख गरेको छ ।

    घटनाको थप विवरण आउन बाँकी छ ।

  • रुसी फौज किएभ कब्जाको तयारीमा हो ?

    रुसी फौज किएभ कब्जाको तयारीमा हो ?

    काठमाडौं । युक्रेन र रुसबीचको युद्ध केही दिनयता मथ्थर भएजस्तै देखिएको छ । यद्दपी पश्चिमा मुलुकहरुले भने रुसी फौज अब युक्रेनको राजधानी किएभ कब्जा गर्न त्यसतर्फ लागिरहेको बताउँछन् । राजधानी नजिकै पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको बीबीसीले लेखेको छ । त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ। म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको छ।

    त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको छ । रुसले युक्रेनमा सोचेभन्दा ठूलो सैन्य क्षति बेहोरेको छ । सोहीकारण उसले केही दिन युद्ध कम गरि आफ्नो शक्ति बढाउन चाहन्थ्यो । त्यो पुरा भएसँगै रुसी फौज राजधानी कब्जाका लागि अगाडी बढेको अनुमान गरिएको छ ।