Category: विश्व

  • रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

    रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

    काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराइएको छ । उनले राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै विश्व समुदायलाई घटनबारे जानकारी गराए ।

    एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताए । भिडियो फुटेजमा एउटा भवनका झ्याल बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ। विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको छ । मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताएको बीबीसीले लेखेको छ ।

  • च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

    च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक गरेपछि नतिजा रियलको पक्षमा आएको हो ।

    पिएसजी ३–१ गोलले हारेको छ । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । सान्टियागो बर्नबेउमा बुधबार राति खेलको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १(० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । उनले ६१, ७६ र ७८ औं मिनेटमा गोल गरे ।

  • बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

    बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा कुनै अमेरिकी नागरिक बसोबास गरिरहेको भए तत्काल सो मुलुक छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोले युक्रेन कब्जा गरेमा त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने स्पष्ट पारेका हुन् । बीबीसीका अनुसार उनले युक्रेनको अवस्था चाँडै खतरनाक बन्नसक्ने भन्दै अमेरिकी नागरिकहरूलाई तत्काल उक्त देश छाड्न आह्वान गरेका हुन् ।

    इस्टोनिया, लाट्भिया र लिथुआनियाका नेताहरूले पूर्वी युरोपमा सैन्य सहयोग बढाउन आफ्ना नेटो साझेदारलाईआह्वान गरे लगत्तै बाइडनको उक्त भनाइ आएको हो। मस्कोले युक्रेनलाई कब्जा गर्ने योजनालाई अस्वीकार गरेको छ । पश्चिमा देशहरूलाई युद्ध उन्माद फैलाएको आरोप समेत रुसको छ । तर, यसअघिका सूचना स्रोत मिलेका कारण बाइडनको यो चेतावनीलाई गम्भीरताका साथ लिइएको छ ।

  • शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

    शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

    काठमाडौं । साथिहरुसँग बिदा मनाउन थाइल्याण्ड आएका अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको शव अस्ट्रेलिया लगिएको छ । अस्ट्रेलिया सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । उनको मृत्युबारे आंशका भइरहेको समयमा थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

    उनी बिदा मनाउन थाईल्यान्डको कोह सामुई टापु गएका थिए। तर गत शुक्रवार उनलाई मृत अवस्थामा फेला पारिएको थियो। थाई प्रहरीका प्रवक्ताले वार्नको परिवारलाई पोस्टमार्टमको प्रतिवेदन उपलब्ध गराइएको र उनीहरूले त्यसलाई स्वीकार गरेको बताएका छन्। उनकी पूर्वपत्नी सिमोन कालाहनबाट वार्नका तीन सन्तान छन्।

  • अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

    अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

    काठमाडौं । युक्रेनसँग लड्न रुसले आफ्ना फौज रिजर्भ राखि सिरियाबाट लडाकु भर्ति गरिरहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रीट जर्नल’मा अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै यस्तो खुलासा गरिएको हो । रूसले सिरियाबाट भाडामा लड्ने गरि लडाकु आफ्नो फौजमा भर्ति गरिरहेको खुलासा भएको हो । यसमा गुप्तचार अधिकारीहरुले संख्या भने खुलाएका छैनन् ।

    तर, लडाकुहरु केही रुसमा रहेको र केहीलाई युक्रेनमा खटाइएको समेत खुलासा गरिएको छ । रुसले ६ महिनाका लागि उनीहरुलाई भर्ति गरेको बुझिएको छ । सिरियामा एक दशक भन्दा लामो समय चलेको युद्धका कारण यहाँका मानिसमा लड्ने क्षमता रहेको भन्दै उनीहरुलाई भर्ति गरिएको हो । यसले रूस अब छापामार युद्धमा समेत होमिने संकेत गरेको अनुमान गरिएको छ ।

  • अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

    अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

    काठमाडौं । रुसको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकी कंग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले युक्रेनी सेनाले ठूलो व्याकअप प्राप्त गर्नेछ । रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले त्यसको डटेर प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ। अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ। युक्रेनले भने पश्चिमा मुलुकसँग निरन्तर सहायता मागिरहेको छ । राजधानी कब्जा गर्ने अभियानमा रुस अगाडी बढिरहँदा तेस्रो मुलुकबाट प्रतिकार हुन सक्ने र यस अवस्थामा विश्वयुद्धको समेत खतरा उत्पन्न हुने छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कदम नचाल्न चेतावनी दिइरहेका छन् ।

  • युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन

    युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन

    काठमाडौं । रूस र युक्रेनबीचको युद्ध ११ औं दिनमा प्रवेश गरेको छ । रुसले सोचेभन्दा फरक परिणामका बीच युक्रेनी सेनाले शक्तिशाली मुलुकको डटेर मुकाविला गरिरहेको छ । उता, युक्रनेको राजधानी कीएभको उत्तर पश्चिम क्षेत्रमा रहेका शहरहरुमा रूसी सेनाको धन्दाधुन्ध कारवाही जारी छ । यी स्थानमा फसेका नागरिकलाई बाहिर निकाल्न रुसले आक्रमण केही मथ्थर पार्ने बताइएको थियो । तर, त्यसो नभई निरन्तर आक्रमण भइरहेको युक्रेनको आरोप छ । ती भुगमा मानिसहरु पैदल वा सवारी साधनका माध्यमबाट भए पनि बाहिर निस्कने प्रयासमा छन् । रुसी सेना युक्रेनको राजधानी कब्जा गर्ने मिसनमा छ ।

    यसलाई त्यहाँको सेनाले रोकिरहेको छ । शनिबार यस भेगमा निरन्तर गोली हानिएको समाचारमा जनाइएको छ । राजधानी प्रवेश गर्ने सडकहरुमा युक्रेनी सेनाले गरेको अवरोधका कारण रुसी सैनिकले केही पछाडी हट्नु परेको थियो । युक्रेनी अधिकारीहरुका अनुसार शनिवार रुस आफैले घोषणा गरेको अस्थायी युद्धबिरामको नियम एक घण्टा पनि पालना भएको छैन । सोहीकारण हजारौं गैरसैनिक मानिस युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।

  • रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण

    रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको बताएका छन्। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए। “तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भनेका छन् ।

    बीबीसीका अनुसार यसअघि पुटिनले सैन्य कानुन लागु गर्न लागेको भन्ने चर्चाहरू सुरु भएका थिए। त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्। उनले ‘ठूलो आकारको बाह्य त्रास’ भएमा प्रयोग गर्न सकिने अन्य आपत्कालीन उपायहरू रहेको बताए। तर तिनको समेत प्रयोग गर्ने कुनै योजना नभएको बताए। उनले युक्रेनमाथि नो फ्लाई जोन लागु गर्ने जुनसुकै देश युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिने समेत बताएका छन् ।

  • युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला

    युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला

    काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपोल र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनी पक्षले भने यसको पुष्टी गरिसकेको छैन ।

    बीबीसीका अनुसार यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रूर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए। झन्डै चार लाख ५० हजार जनसङ्ख्या भएको मारिओपोमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ। रुस(क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी सहर हो। भोल्नोभाखा भने कमै परिचित सानो सहर हो। यो मारिओपोलको उत्तरतर्फ पर्छ जहाँ हमला सुरु भएदेखि ठूला मुडभेड भइरहेको छ।

  • रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती

    रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती

    काठमाडौं । रुसको राष्ट्रिय विमान कम्पनी एरोफ्लटले मार्च ८ देखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। आफ्नो सेवा अवरुद्ध गर्नुलाई उसले ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ। बीबीसीका अनुसार उक्त विमान सेवाका अनुसार आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन।

    युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाउँदा त्यसले उपलब्ध अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ। रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रुसको उड्डयन क्षेत्रमाथि समेत लक्षित छन्। जसले गर्दा एरोफ्लट र अन्य रुसी विमान कम्पनीहरूलाई सामान्य रूपमा सेवा दिन कठिन भएको छ।

  • पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु

    पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु

    कराँची । पाकिस्तानको पेशावर शहरमा भएको एक शक्तिशाली बम विष्फोटमा कम्तिमा ५६ जना मारिएका छन् । पेशावरको क़िस्सा ख़्वानी बजार इलाकामा शुक्रवार नमाज पढ्ने समयमा एक शिया मस्जिदमा यस्तो बम हमला भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार घटनामा १९४ जना घाइते छन् । जसमा ९ जनाको अवस्था गम्भीर रहेको छ ।

    लेडी रीडिङ्ग अस्पतालका प्रवक्ता मोहम्मद आसिमले बताए अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको छ । निजी टिभि च्यानल जियो न्यूजका अनुसार हमला आत्मघाती थियो । हमलाकारीले पहिला गेटमा रहेका प्रहरीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा एक पुलिस अधिकृतको समेत ज्यान गएको छ । शुरुमा धन्धाधुन्ध गोली चलाएको हमलाकारीपछि आफैलाई बमले उडाएको थियो ।

  • युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा

    युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा

    काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेको यूरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र कब्जा गरेको छ । रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्।

    रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो। रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्। रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।


    युक्रेनको आपत्कालीन सेवा निकायले आगो निभाएको थियो। सो आगो परमाणु केन्द्रको परिसर बाहिर रहेको भवनमा लागेको थियो। पछि रुसी फौजले उक्त केन्द्र कब्जामा लिए। यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले रुसको ‘लापरवाहपूर्ण’ हमलाले‘पूरै युरोपको सुरक्षाका प्रत्यक्ष खतरा’ आइपर्ने बताए। अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोलाई उक्त केन्द्र वरपर सैन्य गतिविधि रोक्न भनेका छन्।

    क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले रुसबाट भइरहेका ‘भयानक’ हमला तत्काल रोकिनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले युक्रेनमा एउटा परमाणु ऊर्जा केन्द्रमा भएको आक्रमण र आगलागीपश्चात् त्यहाँ विकिरण नफैलिएको जनाएको छ। रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।

  • युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने

    युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने

    काठमाडौं । रुसको आक्रमणबाट विस्थापित भई अन्य मुलुक पुगेका शरणार्थीलाई युरोपेली सङ्घमा आबद्ध देशले विशेष सुविधा दिन सहमत भएका छन् । ती मुलुकका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्म विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसमा आप्रवासीको अवस्था के हुन्छ भन्ने बारे भने उल्लेख छैन ।

    सहमतिअनुसार उनीहरूलाई रोजगारी बजारमा पहुँच,स्वास्थ्य तथा शिक्षालगायतका सेवासुविधासहित बसोबासको अनुमति दिइनेछ। संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमा अतिक्रमणयता दश लाखभन्दा बढी मानिसले देश छोडिसकेका छन्। यो संख्या अझ बढ्ने सक्ने बताइएको छ । रुसले युक्रेनमा आक्रमण गरेको आज आठौं दिन हो । रुसले युक्रेनका धेरै भूभाग कब्जामा लिने क्रममा हताहती समेत ठूलो भएको छ ।

  • रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक

    रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धले महंगी बढाउने विश्व बैंकले बताएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपाससँग बीबीसीले लिएको प्रतिक्रियामा उनले जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् ।

    युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि हुने देखिएको मालपासले उल्लेख गरेका छन् । रुसी आपूर्ति बन्द भएका कारण विश्वमा तेल र ग्यासको मूल्य बढ्ने चेतावनी पनि उनले दिए। आगामी केही दिनभित्र विश्व बैंकले युक्रेनलाई लाखौँ डलर बराबरको सहायता प्याकेज उपलब्ध गराउने अपेक्षा गरिएको समेत समाचारमा उल्लेख छ ।

  • युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने

    युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने

    काठमाडौं । रुसविरुद्ध युक्रेनले रणनीतिक निर्णय लिएको छ । युक्रेनको संसदले बिहीबार कानून पारित गर्दै रुसी नागरिकको सम्पत्ति जफत गर्न सरकारलाई मन्जुरी दिएको हो । राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले यो निर्णयलाई ऐतिहासिक भनेका छन् । संसदमा उपस्थित सबै सांसदले राष्ट्रिय गान गाएर जनतालाई हौसला प्रदान गरेको रोयटर्सले लेखेको छ । यसअघि संसदमा राष्ट्रपतिले गत मंगलबार सम्बोधन गरेका थिए ।

    उनले युक्रेनी जनतामाथि रुसले बर्साएको सिमाइलबारे त्यहाँका जनताले कहिले पनि माफी नदिने बताएका थिए । अहिले संसारभरबाट रुसमाथि असहयोग शुरु भएको छ । उसमाथि प्रतिवन्धहरु कडा गरिएका छन् । यद्दपी रुसले भने आक्रमण जारी रहने बताएको छ । आक्रमणमा दुबै मुलुकतर्फ ठूलो मानवीय क्षति भए पनि हताहतीको यकिन संख्या बाहिरिएको छैन ।

  • रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन

    रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन

    नयाँ दिल्ली । रुस र युक्रेनबीच युद्ध हुरु भएको एक साताको अवधिमा १८ हजार भारतीय नागरिकले युक्रेन छाडेका छन् । भारतीय विदेश मन्त्रालयले यस्तो आंकडा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउन अपरेशन गंगा चलाइरहेको छ । अहिलेसम्म हरेक दिन न्यूनतम १५ वटा उडानबाट ३ हजार भारतीय नागरिकलाई भारत ल्याउने काम जारी छ ।

    विदेशी नागरिकलाई युक्रेनका छिमेकी मुलुकहरुले शरण दिइरहेका छन् । युक्रेनमा एक जना भारतीयको ज्यान गएको पुष्टी भएको छ । भारतीय विदेश मन्त्रालयले जति सक्दो छिटो युक्रेन छाड्न समेत आफ्ना नागरिकलाई भनेको छ । किनकी युक्रेनमा अहिले हवाई उडानको सुविधा छैन । छिमेकी मुलुकमा पुगेका नागरिकलाई मात्र उद्धार गर्न सम्भव भएको हो ।

  • पुटिन भन्छन् : रुसले आफ्नो उद्देश्य प्राप्त गरिछाड्ने छ

    पुटिन भन्छन् : रुसले आफ्नो उद्देश्य प्राप्त गरिछाड्ने छ

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न गरिने बताएका छन् । बीबीसीका अनुसार उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनको तर्क थियो । साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।

    सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए। उता, फ्रान्सले भने बिहीबार एक एडभाइजरी जारी गरेको छ । जसमा रुसबाट आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनिएको छ । यसले युद्ध अझ चर्कने संकेत गरेको विश्लेषकहरुले बताएका छन् । बिहीबार समेत रुसी सेनाले युक्रेनमा आक्रमणलाई तिब्रता दिएको छ ।

  • संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित

    संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा रुसले गरेको युक्रेन आक्रमणको विरुद्धमा नेपालसहित विश्वभरबाट १४१२ मुलुक उभिएका छन् । ५ मुलुक रुसको समर्थनमा देखिएका छन् । भारत र पाकस्तानसहित ३५ देशले भने कुनै पनि मुलुकको पक्षमा भोट दिएनन् । उनीहरु अनुपस्थित भए । कुल १९३ मुलुक संयुक्त राष्ट्रसंघमा आवद्ध रहेका छन् । मतदानमा भाग नलिने मुलुकमा चीन, श्रीलंका, बंगलादेश समेत सामेल छन् । संयुक्त राष्ट्रसंघले विशेष महासभा बोलाएर आक्रमण विरुद्धको जनमत लिएको हो । यस महासभामा कुल १२० देशका प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

    २४ फेब्रुअरीमा रुसले युक्रेनमा हमला थालेसँगै विश्वभर तेस्रो विश्वयुद्धको आशंका मडारिएको हो । यस अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण मानिन्छ । नेपालको दुबै छिमेकी मुलुक चीन र भारत तथस्त बस्दै अप्रत्यक्ष रुपमा रुसको समर्थन गरेका छन् । किनकी भारत र रुसबीच ठूलो सैन्य व्यापारको मामला रहेको छ । चीन भने पश्चिमा मुलुकको विरोधी भएका कारण समेत स्वभाविक रुपमा उ रुसको पक्षमा रहन्छ । यस पटक नेपालले भने खुलेरै रुसको विरोध जनाएको हो ।

  • रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए

    रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए

    काठमाडौं । युक्रेनमाथि आक्रमण गरेयता रुसले ठूलो संख्यामा सैनिक गुमाएको स्वयमः स्वीकार गरेको छ । यसअघि दावि भए पनि रुसले स्वीकार भने गरेको थिएन । युक्रेनमाथि आक्रमण गरेको एक सातामा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको हो । बीबीसीले लेखे अनुसार आक्रमणका दौरान करिब पाँच सय सैनिक मारिएका छन् । १,६०० सैनिक घाइते भएका छन्।

    तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी हुनसक्ने आंकलवन गरेका छन् । यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ।

    रुसी सैनिकलाई युक्रेनी सैनिक तथा स्वयमसेवक दलले दिएको कडा टक्करका कारण रुसले अनुमान गरेभन्दा कठिन परिस्थितिको सामना गर्नु परेको बताइएको छ । सोहीकारण रुसी राष्ट्रपतिले आणविक हतियार चलाउने चेतावनी दिन थालेका छन् ।

  • युक्रेनबाट १० लाख मानिस विस्थापित

    युक्रेनबाट १० लाख मानिस विस्थापित

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण युक्रेनबाट मात्र १० लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाइएको हो । बीबीसीका अनुसार दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेका छन् । सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।

    सन् २०१५मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए। युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ। राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्।

  • युक्रेनसँग जोडिएको सीमामा बेलारुसको सैन्य उपस्थिति दोब्बर हुने

    युक्रेनसँग जोडिएको सीमामा बेलारुसको सैन्य उपस्थिति दोब्बर हुने

    काठमाडौं । बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताएका छन्। सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरेका छन् ।

    ‘यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्,’ उनले आफ्नो देशको सुरक्षा परिषद्लाई भने। बेलारुसले रुसको समर्थन गरिरहेको छ । उसले सेनौ नै खटाएर रुसलाई सघाएको छ ।

  • रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा

    रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा

    काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। बीबीसीका अनुसार साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।
    त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनीहरुले अपिल गरेका छन्। स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीले लेखेको छ ।

  • रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए

    रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए

    काठमाडौं । युक्रेन र रुसबीचको युद्धमा भारत रुसको पक्षमा लागेको छ । उता, युक्रेनमा रुसकै आक्रमणमा परि एक भारतीय विद्यार्थीको ज्यान गएपछि भने भारत सरकारको व्यापक आलोचना शुरु भएको छ । रूसको आक्रमणमा परि युक्रेनमा बसिरहेका एक भारतीयको मंगलबार मृत्यु भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको पुष्टी गरेका हुन् ।

    युक्रेनमा २० हजार बढी मेडिकल विद्यार्थी रहेको अनुमान छ। तीमध्ये पाँच हजार जति युक्रेनबाट बाहिरएको अनुमान छ । घटनापछि विद्यार्थीका बुबासँग टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले दुखः व्यक्त गरेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

  • रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

    रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाईअन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा फुटबलका ठूला नियामककारी निकायले अनिश्चितकालका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यसबाट कतार विश्वकप र महिला युरो २०२० मा रुसको सहभागिता अनिश्चित भएको छ ।

    प्रतिवन्ध कायम रहेमा रुसले विश्वकप गुमाउने छ । युईएफले फिफा र युईएफले आफू अन्तर्गत हुने सबै खाले प्रतियोगिता, राष्ट्रिय वा क्लब स्तरीय, त्यसबाट रुसको सहभागिता अनिश्चित समयका लागि प्रतिबन्ध लगाएको पुष्टी गरेको हो । दुवै संस्थाले युक्रेनमाथि रुसी हमला विश्व खेलकुदको भावनाविरुद्ध रहेको पनि बताएका छन् । युरोपा लिगको अन्तिम १६ मा आरबी लाइपजिगले स्पार्टक मस्कोबाट वाकओभर पाएको छ ।

  • रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

    रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

    काठमाडौं । युद्धविराम गर्न रुस र युक्रेनबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जसका कारण युक्रेनमा रुसी हमला जारी छ । यद्दपी युक्रेनको कडा प्रतिवादका कारण रुसी सैनिकको गतिमा भने कमी आएको बीबीसीले लेखेको छ । मंगलबार पनि युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्। अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्।


    उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्। रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्। युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।

  • युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस

    युक्रेनमा रहेका नेपालीलाई सरकारको आह्वान : छिमेकी मुलुकको सीमामा जानुहोस

    काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी मुलुकको सीमा क्षेत्रमा जान आह्वान गरेको छ । राजधानी किभमा कर्फ्यु खुकुलो पारिएसँगै नेपालीहरुलाई समेत छिमेकी मुलुकको सीमानामा जान भनिएको हो । जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा आउन आग्रह गरेको हो ।

    युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित स्थानमा आउने उपयुक्त मौका रहेको नेपाली दूतावासको भनाई छ । दूतावासले केही समस्या परेमा सम्पर्क गर्न दूतावासका अधिकारी र गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको टेलिफोन नम्बरहरु समेत दिएको छ । पछिल्लो समय सम्पर्कमा आएको २ सय भन्दा बढी नेपाली भने सुरक्षित रुपमा युक्रेनबाट अन्य मुलुक प्रवेश गरिसकेका छन् ।

  • रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

    रुसी आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त

    काठमाडौं । रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ-२२५’ क्षतिग्रस्त भएको छ । रुसी आक्रमणमा परी युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको उक्त जहाज क्षतिग्रस्त भएको हो ।

    युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी आक्रमणमा परी ‘एन्टोनोभ–२२५’ विमान क्षतिग्रस्त भएको जानकारी गराएका छन् ।६ वटा इन्जिन भएको ८४ मिटर लामो एन्टोनोभ कार्गो विमान विश्वकै ठूलो हो । यो विमानले सन् १९८८ मा पहिलो पटक उडान भरेको थियो ।

    एन्टोनोभको व्यवस्थापन गर्दै आएको युक्रेनको सरकारी रक्षा कम्पनी युक्रोबोरोनप्रोमका अनुसार विमानको मर्मतका लागि ५ वर्षभन्दा बढी समय र ३ अर्ब अमेरिकी डलर लाग्न सक्नेछ ।

    युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा रुसले जानाजान क्षति पुर्याएको भन्दै विमानको सम्पूर्ण मर्मत लागत रुसले बेहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ । एजेन्सी

  • बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

    बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

    काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्।

    अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख अमेरिकी डलर बराबर बिटकोइन सहयोग दिएका छन्। धेरैले भने ९५ अमेरिकी डलर वरपर चन्दा दिएका छन्। शनिवार दिउँसो युक्रेन सरकारले आधिकारिक ट्विटरमा लेखेको सन्देश यस्तो थियो, ‘युक्रेनको नागरिकलाई साथ दिनूस्। अब क्रिप्टोकरेन्सी चन्दा लिन थाल्यौँ।’

    सो ट्टिटरमा क्रिप्टोकरेन्सी ठेगाना राखिएको थियो, जसमा आठ घण्टामा ५४ लाख अमेरिकी डलर बराबर रकम जम्मा भएको थियो। युक्रेनी डिजिटल मन्त्रालयले युक्रेनको सशस्त्र सेनालाई सघाउन सहयोग मागिएको बताए पनि त्यो पैसा कसरी खर्च हुन्छ भनेको छैन।

  • रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो

    रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो

    काठमाडौं । रुसी फौजले युक्रेनको लगभग सबै दिशाबाट हमला थालेको युक्रेनी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको बताए । उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरको भनाई छ ।

    बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनको दाबी छ। यद्यपि यसको पुष्टि हुन सकेको छैन। ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाएको छ । ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।

    युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्। रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ।

  • चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी

    चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी

    काठमाडौं । रुसको भिषण आक्रमणका बीच युक्रेनमा ठूलो मानवीय क्षति हुने आंकलन गरिएको छ । युक्रेनको जनसंख्या चार करोड रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि सेनाले युक्रेनको धेरैजसो सीमा क्षेत्रबाट आक्रमण गरेको छ । रुसी फौज राजधानी किएभ नजिकै आएको छ । जसलाई युक्रेनको सेनाले प्रतिरोध गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छाड्न अश्विरकार गर्दै त्यहाँका जनतालाई रुसविरद्ध प्रतिकारमा उत्रन प्रोत्साहित गरिरहेका छन् । तर, उनले अपेक्षा अनुसार अन्तर्राष्ट्रिय सहायता भने पाउन सकेका छैनन् । युक्रेनलाई युद्धमा होमिन उक्साइरहेको अमेरिका मौन बसेको छ । गत राति राष्ट्रपति स्वयमःलाई रुसले पक्राउ गर्न खोजेको थियो । जसलाई त्यहाँको सेनाले असफल बनाएको छ ।

    उनलाई अमेरिकाले युक्रेनबाट उनलाई उद्धार गर्ने प्रस्ताव गरेको थियो । युक्रेनका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरेको विवरण अनुसार रुसको आक्रमणयता १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको पुष्टी भइसकेको छ । युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी समेत गरेको छ। यसको भने पुष्टी भइसकेको छैन ।