मुक्तकमा ‘लिम्पियाधुरा’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट… लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२) सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु । किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२) ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।। सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो… Continue reading मुक्तकमा ‘लिम्पियाधुरा’

रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका रिजउडमा बन्ने भनिएको दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भई निर्माण कार्य प्रक्रिया अघि बढेको छ । रिजउड नेप्लिज सोसाइटिले आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महापूराणमा दान कबुल गर्ने दाताहरुलाई जतिसक्दो चाँडो रकम दिन आग्रह गरेको छ । न्यूयोर्कमा नेपालीहरुको सामुदायिक भवन र दुर्गा मन्दिर स्थापना गर्ने उदेश्यले… Continue reading रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ । नेजा कार्यसमितिको गत डिसेम्बर ८ मा बसेको कन्फ्रेन्स कल बैठकले आगामी अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति सदस्य र नेजाका सल्लाहकारहरु सहितको बैठकले आगामी अधिवेशनस्थल न्यूयोर्क… Continue reading नेजाको सातौं अधिवेशन न्यूयोर्कमा गरिने

अमेरिकामै हिंसा भोग्दै महिला

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकामा बसोबास गर्दै आएका नेपाली तथा दक्षिण एसियाली महिलाले बिभिन्न किसिमका हिंसा खेपिरहेको यथार्थ बाहिर आएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) न्यूयोर्क च्याप्टरले गत शनिबार आयोजना गरेको महिला सम्मेलनमा महिला र मानव अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीले अमेरिकामा रहेर पनि नेपाली महिलाहरु हिंसाको शिकार हुनुपरेको बताएका हुन् ।… Continue reading अमेरिकामै हिंसा भोग्दै महिला

सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन

न्यूयोर्क/अमेरिका भारतले पछिल्लो समय गरेको सीमा अतिक्रमण बिरुद्ध अमेरिकामा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन् । नेपालको पूर्वीक्षेत्रको सीमानामा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा आइतबार वासिङटन डिसी स्थित ह्वाइट हाउस अगाडि प्रदर्शन गरिएको हो । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज अमेरिका (वाना)का पूर्व अध्यक्ष तथा ट्रष्टी सभापति कुलमणी आचार्यको… Continue reading सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन

किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

न्यूयोर्क/अमेरिका युनाइटेड शेर्पा एसोसिएसन (शेर्पा किदुग)ले एक कार्यक्रम आयोजना गरी बौद्ध दर्शनका गुरु खेन्पो साङगे राङज्युङ रिन्पोक्षे द्वारा महत्वपूर्ण अभिषेक र आगम प्रदान गराएको छ । किदुगको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा अभिषेक ग्रहण गर्न बौद्ध धर्मावलम्बीहरुको ठूलो घुँइचो लागेको थियो । नेपाली भाषामा व्याख्या सहितको अभिषेक, आगम र प्रवचन सुन्नका लागि बिहानैदेखि भक्तजनहरु जम्मा भएका… Continue reading किदुगमा खेन्पो साङगे राङज्युङ रिन्पोक्षेबाट प्रवचन

डाहालाग्दो इलिनोइको एकता

कल्पना घिमिरे स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको पातलो, फुर्तिलो शरिर र दमदार नृत्य देख्दा लाग्थ्यो उनी भर्खरै कलेज जान थालेकी युवती हुन्… Continue reading डाहालाग्दो इलिनोइको एकता

बिदेशिएका नेपालीको आक्रोस

मिनबहादुर पण्डित (दुबई) घर परिवार बाट टाडा २० बर्ष बिदेश बसेर अरबको तातो गर्मीमा काम गरी खाइ नखाइ बनाएको जम्मा एउटा घर छ । त्यसमा पनी नगरपालिका कर, तिरो आदि बाहेक १०५ मासिक घर बाहाल कर पनि तिर्नु पर्ने रे । तिर्छु यदी मैले तिरेको पैसाले देश विकास हुन्छ भने । तिर्छु यदी मैले तिरेको… Continue reading बिदेशिएका नेपालीको आक्रोस

आइसिसि उपाध्यक्ष लामालाई बधाई

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन आइसिसि)को नवौं महाधिबेशनमा अमेरिकाबाट केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित सोनाम लामालाई बधाइ तथा सम्मान गरियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका (एनआरएनए अमेरिका) न्यूयोर्क च्याप्टरले गत शनिबार एक बिशेष कार्यक्रम गरी लामालाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको हो । आगामी डिसेम्बर… Continue reading आइसिसि उपाध्यक्ष लामालाई बधाई

‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा दर्शकको घुँइचो

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका थुप्रै कलाकारहरुको जमघट गराएर वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ सम्पन्न गरिएको छ । गत शनिबार राती होटल लगौडिया प्लाजामा गरिएको कार्यक्रममा नेपालबाट आएका ६ कलाकार, अमेरिकामैै बसोबास गरिरहेका थुप्रै कलाकार र नेपाली समुदायको बाक्लो उपस्थिति थियो । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालले आयोजना गरेको… Continue reading ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा दर्शकको घुँइचो

नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

कल्पना घिमिरे न्युयोर्क/अमेरिका नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन अमेरिकाको न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने भएको छ । न्युयोर्कस्थित नेपाली महाबाणिज्य दुतावासले आइतबार नेपाली समुदायसंग छलफल गर्दै आगामी दिनमा गरिने कार्यक्रम तालिकाबारे जानकारी गराएको हो । सन् २०२० को मे महिनामा १५ र १६ गते न्युयोर्कमा पर्यटकीय र सांस्कृतिक कार्यक्रम गर्ने तय भएको छ ।… Continue reading नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका ‘हामी नेपाली ग्लोबल’ ले शान्ती पदयात्रा गर्दै अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । एक वर्ष अघि सबै जाती बर्ग क्षेत्र र राजनीतिबाट माथि उठ्दै ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाको न्यूयोर्कमा औपचारिक उद्घाटन भएको थियो । स्थापनाको प्रथम बार्षिक उत्सबका अवसरमा आगामी नोभेम्बर २३ मा ज्याक्सन हाइटको ड्राइभरसिटि प्लाजाबाट शान्ती पद यात्रा गर्ने… Continue reading ‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

न्यूयोर्क/अमेरिका बिरामी, अशक्त, गर्भवती महिला तथा सुत्केरीलाई स्वास्थ्य चौकी तथा अस्पताल लैजान सहज होस भन्ने उदेश्यले बलेवा समाज अमेरिकाले ३० वटा स्टेचर बितरण गरेको छ । बाग्लुङ जिल्लाको पैयुँपाटा, अमलाचौर र नारायणस्थान गरी ३ गाबिसमा ३० वटा स्टेचर बितरण गरिएको हो । जिल्लाका दुर्गम गाउँमा अझै मोटर बाटो पुगेको छैन । मोटर बाटो नपुगेका गाउँका… Continue reading बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

न्युयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ गरिने भएको छ । नेपाली सांगितिक इतिहासमै पहिलो पटक विश्वभरका कालाकारहरु समेटेर यस्तो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा विश्वभर छरिएर बसेका प्रतिभाशाली कलाकारलाई प्रतिस्पर्धा गराएर उत्कृष्ठ छानिनेछ । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालको सहकार्यमा आयोजना गर्न लागिएको वर्ल्ड… Continue reading वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

न्युयोर्क/अमेरिका आगामी वर्ष ‘भिजिट नेपाल २०२०’ लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले दोलखा श्यामा शेर्पा समाज अमेरिकाले पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि नेपाल सरकारले बिदेशी पर्यटकलाई आर्कषित गर्ने खालका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाईड तथा इन्स्ट्रक्टर पासाङ्… Continue reading ‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

‘हाइज्याकिङ फर डेमोक्रेसी’ बृतचित्र प्रदर्शनी

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका पञ्चायती शासन विरुद्ध शसस्त्र क्रान्ति गर्नका लागि रकम जुटाउन के कसरी योजना बनाइएको थियो भन्ने बारे ‘हाइज्याकिङ फर डेमोक्रेसी’ नामक बृत चित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगार्थ गत शुक्रबार न्यूयोर्कमा बृतचित्र प्रदर्शन गरिएको हो । पत्रकार जगत नेपालले तयार पारेको बृतचित्रमा नेपाली कांग्रेसले २०३० साल जेठ २८ गते… Continue reading ‘हाइज्याकिङ फर डेमोक्रेसी’ बृतचित्र प्रदर्शनी

अमेरिकी जनगणनाका लागि नेपाली समुदायको ‘कम्प्लिट काउन्ट कमिटी’ गठन

कल्पना घिमिरे /न्यूयोर्क,अमेरिका अमेरिकामा हुन लागेको राष्ट्रिय जनगणना २०२० (सेन्सस २०२०)मा सबै नेपालीलाई सामेल गराउने उदेश्यले ‘कम्प्लिट काउन्ट कमिटी’ गठन गरिएको छ । शेर्पा किदुगको पहलमा गत शनिबार जनगणना सम्बन्धी नेपाली समुदायसंग गरिएको छलफल पछि उक्त कमिटि गठन गरिएको हो । किदुग र कमिटिले सेन्सस ब्यूरोको अफिसियल पार्टनको रुपमा काम गर्दै नेपाली समुदायलाई सक्रियता पूर्वक… Continue reading अमेरिकी जनगणनाका लागि नेपाली समुदायको ‘कम्प्लिट काउन्ट कमिटी’ गठन

सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

कल्पना घिमिरे न्युयोर्क/अमेरिका साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी… Continue reading सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका सन् २०२० मा धेरै भन्दा धेरै बिदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचारात्मक अभियान सुरु गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसर पारेर विश्वकै चर्चित व्यावसायिक पर्यटन गन्तव्य न्यूयोर्कको टाइम्स स्क्वायरबाट नेपाल भ्रमण वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ को प्रचारात्मक अभियान शुरु गरिएको हो । यस अभियानलाई… Continue reading टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’

मुलधारको राजनीतिमा प्रतिनिधित्व गर्न दक्षिण एसियालीहरुको जोड

न्यूयोर्क/अमेरिका दक्षिण एशियाली आप्रवासीहरुलाई एक्यबद्ध गर्ने, सहकार्य, विकास र उनीहरुले अमेरिकामा गरेको योगदानबारे अमेरिकी सरकारका प्रतिनिधिलाई सुनाउने उदेश्यले ‘साउथ एसियन कन्भेन्सन २०१९’ सम्पन्न भएको छ । दक्षिण एसियाली मुलुकबाट आएका आप्रवासीहरुलाई संगठित गर्दै आफ्नो समुदायलाई सुदृढ बनाउनका लागि गत वर्षदेखि साउथ एसियन कन्भेन्सन गरिदै आएको हो । साउथ एसियन अमेरिकन भोटर्स एसोसिएसनले आइतबार साँझ आयोजना… Continue reading मुलधारको राजनीतिमा प्रतिनिधित्व गर्न दक्षिण एसियालीहरुको जोड

महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यब्यस्तता र केही अस्वस्थताका कारण सहभागी हुन नसकेपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आइपुगेका हुन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी साहित्यकार सरस्वती ज्ञवाली, राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट,… Continue reading महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा

शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

न्यूयोर्क/अमेरिका शेर्पा किदुगको २३ औं खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । युनाइटेड शेर्पा एसोसिएशनले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसै अन्तरगत दुई साता अघि ग्रीष्मकालीन खेलकूद प्रतियोगिता सम्पन्न भएको हो । बिभिन्न खेलमा भएको प्रतियोगितामा यस वर्षको भलिबल उपाधि सिन्धु समाजले हात पारेको थियो । भने तमु समाज न्युयोर्क दोश्रो भएको थियो… Continue reading शेर्पा किदुगको खेलकूद प्रतियोगिता सम्पन्न

शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई

न्यूयोर्क/अमेरिका शेर्पा किदुगको आयोजनामा ज्याक्सन हाइट वरपर सरसफाई गरिएको छ । नेपालीे लगायत दक्षिण एसियाली मुलकका आप्रवासीहरुको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट वरपरका सडक असाध्यै फोहोर भएकाले गत वर्षदेखि किदुगले सरसफाई कार्यक्रम गर्दै आएको हो । गत शनिबार गरिएको सरसफाई कार्यक्रममा क्विन्स बोरोका डिस्ट्रिक २५ का काउन्सिलम्यान ड्यानियल ड्रोम, क्विन्सबोरोका काउन्सिलमेम्बर कोष्टा कन्स्ट्यानटिनिडिस र न्यूयोर्क… Continue reading शेर्पा किदुगको पहलमा ज्याक्सन हाईट्स सफाई

बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’

न्यूयोर्क/अमेरिका प्रतिष्ठित ब्यवसायी तथा साहित्यकार बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ अन्तरगत १९ औं श्रृंखला न्यूयोर्कमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)न्यूयोर्क च्याप्टरको आयोजनामा गरिएको कार्यक्रममा गत बुधबार साँझ चौधरीले आफ्ना काब्यकृति बाचन गरेर सुनाएका थिए । कार्यक्रममा नेपाली, नेवारी, तामाङ, हिन्दी, अंग्रेजी, बंगाली, मैथिली, भोजपुरी, मारवाडी भाषामा लेखिएकोे कबिता संग्रह ‘बसन्त’ को… Continue reading बसन्त चौधरीको ‘बिश्व काब्य यात्रा’

एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

न्यूयोर्क, अमेरिका आगामी अक्टोबरमा नेपालमा हुन गइरहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तीन दिने विश्व सम्मेलनमा अमेरिका स्थित गैर आवासीय नेपालीको नेतृत्व र भूमिकाबारे छलफल गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको पूर्ब क्षेत्रीय समिति तथा न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा न्यूयोर्कमा गरिएको टाउन हल बैठकमा आगामी निर्वाचनमा अमेरिकाबासी नेपालीको सबैभन्दा… Continue reading एनआरएनएको टाउनहल बैठक न्यूयोर्कमा 

ज्याक्सनहाइटमा नेवारी बालिकाको बेलविवाह

कल्पना घिमिरे न्यूयोर्क, अमेरिका न्यूयोर्कको ज्याक्सन हाइटमा नेवारी समुदायको बिशेष महत्वको चाड बेल बिवाह सम्पन्न भएको छ । नेवाः नखः न्यूयोर्कको आयोजनामा शनिबार गरिएको बेल बिवाह कार्यक्रममा रुखमा फल्ने फल बेललाई साक्षी राखेर बालिकाहरुको विवाह गरिएको हो । नेवाः नखः संस्थाको सहयोगमा विगत छ वर्ष यता न्यूयोर्क र आसपासमा बस्ने नेवारी समुदायले सामुहिक बेल बिवाह… Continue reading ज्याक्सनहाइटमा नेवारी बालिकाको बेलविवाह

शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

न्यूयोर्क/अमेरिका शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा किदुग अमेरिका गल्फ प्रतियोगिता गत शनिबार सम्पन्न गरेको छ । खेल प्रतियोगिता न्युयोर्कको ब्रुकलिनस्थित मरीन गल्फ कोर्षमा सम्पन्न भएको थियो । हिमालयन समुदायका गल्फ खेलाडीबिच एकता, पारस्परिक सम्बन्ध र गल्फ खेलप्रति समुदायको अभिरुची जगाउने उदेश्यले किदुगले १२ वर्षदेखि आयोजना गर्दै आएको हो । नेपाल, भुटान,… Continue reading शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

न्यूयोर्क/अमेरिका न्यूयोर्कमा बसोबास गर्दै आएको नेवारी समुदायको संस्था ‘नेवाः गुठी न्यूयोर्क’ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । गत शनिबार ज्याक्सन हाइटको ड्राइभरसिटी प्लाजामा नेवारी समुदाय, आदीवासी जनजाती लगायत सम्पूर्ण नेपालीको सहभागितामा बिभिन्न प्लेकार्ड र ब्यानर लिएर सरकार बिरुद्ध नारावबाजी गरिएको… Continue reading गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’

कल्पना घिमिरे न्यूयोक/अमेरिका अमेरिकामा टिपीएस प्राप्त गरेकाहरुलाई स्टेट आइडी कार्ड र ड्राइभर लाइसेन्स नबीकरण गर्न नदिएको र निकै झण्झटिलो भएको गुनासो बढिरहेको छ । टिपीएस प्राप्त गरेकाहरुले आगामी जुन २५ सम्म स्टेट आइडी र ड्राइभर लाइसेन्स नबीकरण गरिसक्नु पर्नेछ । नबीकरण गराउन नेपालीलाई सहयोग गर्ने उदेश्यले महिला र मानब अधिकारका क्षेत्रमा न्यूयोर्कमा कार्यरत संस्था अधिकारले… Continue reading सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’