यूरोपमा नेपालको सेल्स मिशन

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ । बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनी द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालले भाग लिएका थिए । सेल्स… Continue reading यूरोपमा नेपालको सेल्स मिशन

नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट

काठमाडौं । नेपाललाई हिमालय गन्तब्यको प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना हुने तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा… Continue reading नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट

चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित विस्तारित चक्रपथमा अधिकतम गतिको सीमा तोकेको छ । यसैसाता सडक खण्डमा मोटरसाइकल स्कार्पीयो दूर्घटनामा गरी दुई पत्रकारले ज्यान गुमाएपछि सरकारले अधिकतम सीमा तोकेको हो । महाशाखाका अनुसार अब कलंकी कोटेश्वर सडक खण्डको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र सवारी चलाउन पाइनेछ । सर्भिस लेनको अधिकतम सीमा… Continue reading चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट

सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण

काठमाडौं । आइतबार राती सोलुखुम्बुको विकट गाउँमा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लव समुहले प्रहरी चौकी आक्रमण गरेको समाचारले दिनभर नेपालमा चर्चा पायो । विप्लवका कार्यक्रताले सोलुको महाकुलुङ गाउँपालिकास्थित छेक्कामा प्रहरी चौकि आक्रमणको प्रयास गरेको प्रहरी स्रोतको भनाई छ । आक्रमणको सूचना पाएलगत्तै उक्त प्रहरी चौकिका सुरक्षाकर्मी भने अन्यत्रै भागेको बताइएको छ । हतियारधारी समूह गाउँ पसेको… Continue reading सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण

आजबाट नेकपाको सचिवालय बैठक शुरु, पूर्वसन्ध्यामा ओली र प्रचण्डबीच भेट

काठमाडौं । नेकपाका दुई अध्यक्षबीच सम्बन्ध चिसिएको हल्ला चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको नेकपा स्रोतले जानकारी दिएको छ । सोमबारदेखि नेकपाको सचिवालय बैठक बस्दैछ । त्यसको पूर्वसन्ध्यामा भएको दुई बीचको भेटले असहमति निवारणको प्रयास गरेको बताइएको छ… Continue reading आजबाट नेकपाको सचिवालय बैठक शुरु, पूर्वसन्ध्यामा ओली र प्रचण्डबीच भेट

नेपाल र चाइनिज ताइपेई मैत्रीपूर्ण फूटबल खेल्ने, मलेसियासँग पराजित

काठमाडौं । नेपाल र चाइनिज ताइपेईबीच आगामी ६ जुनमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार फूटबल चाइनिज ताइपेईको घरेलु मैदानमा हुँदैछ । अहिले नेपालको आधिकारिक फूटबल प्रतियोगिता नभएका कारण मैत्रीपूर्ण फूटबल खेलिरहेको छ । यसैबीच मलेसियाले मैत्रिपूर्ण फूटबलमा नेपाललाई हराएको छ । आइतबार मलेसियाले घरेलु मैदानमा भएको खेलमा नेपाललाई… Continue reading नेपाल र चाइनिज ताइपेई मैत्रीपूर्ण फूटबल खेल्ने, मलेसियासँग पराजित

काठमाडौं उपत्यकामा दिउसो मालबाहक सवारी चलाउन रोक, नाकामै रोकिने

काठमाडौं । नेपाल सरकारले काठमाडौं उपत्यका भित्र सबै प्रकारका मालबाहक सवारी साधनलाई दिउसो चलाउन रोक लगाउने भएको छ । अब यस्ता सवारी रातको समयमा मात्र उपत्यका भित्रको सडकमा गुड्न पाउनेछन् । यातायात व्यवस्था विभागका अनुसार असार १ बाट यो नियम लागु हुँदैछ । काठमाडौं उपत्यकामा ट्राफिक जाम नियन्त्रण तथा सडक सुरक्षा बढाउन दिनकाृ समयमा मालबाहक… Continue reading काठमाडौं उपत्यकामा दिउसो मालबाहक सवारी चलाउन रोक, नाकामै रोकिने

कोइराला निवासमा तैनाथ सुरक्षाकर्मी फिर्ता

विराटनगर । सरकारले विराटनगरस्थित कोइराला निवासमा तैनाथ रहने सुरक्षाकर्मीलाई फिर्ता गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति द्धय विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको निवासमा लामो समयदेखि सुरक्षाकर्मी तैनाथ थिए । उनीहरुलाई सरकारले फिर्ता बोलाएको हो । गत विहिबार सबै सुरक्षाकर्मी फिर्ता भएका हुन् । उक्त घरमा सशस्त्र प्रहरीको करीव एक दर्जनको सुरक्षा दस्ताले सुरक्षा… Continue reading कोइराला निवासमा तैनाथ सुरक्षाकर्मी फिर्ता

मेलम्चीको काम अब नयाँ ठेकेदारमार्फत

काठमाडौं । नेपाल सरकारले अलमलमा रहेको मेलम्ची खानेपानी आयोजना अगाडी बढाउन नयाँ ठेकेदारलाई जिम्मा दिने भएको छ । इटालियन कम्पनी सीएमसीले काम अधुरै छाडि भागेपछि काठमाडौं बासीको प्यास मेट्ने खानेपानी आयोजना आफै अलमलमा परेको थियो । अब भने सरकारले विभिन्न १० प्याकेजमा यस आयोजनाको कामलाई अगाडी बढाउने तयारी गरिरहेको छ । आयोजनाले २ वटा प्याकेजको… Continue reading मेलम्चीको काम अब नयाँ ठेकेदारमार्फत

रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् । क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो । त्यसक्रममा कुन्जना घिमिरे (सुन्तली)ले स्थानीयप्रति दिएको अभिव्यक्तिको सामाजिक संजालमा व्यापक विरोध भएको थियो । धुर्मुसले… Continue reading रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि अमेरिकी राजदूतलाई कूटनीतिका बहुआयामिक सिद्धान्तलाई नबिर्सन आग्रह गरेका छन् । नेपालमा अमेरिकी राजदूत र्याण्डी बेरीले “अमेरिकी राजदूतसँग गफगाफ” नामक कार्यक्रम शुरु गरेपछि उनको आलोचना भएको छ । राजदूतको यस कदमप्रति नेपाल सरकारले समेत असहमति राखेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कूटनीतिका अन्तरराष्ट्रिय… Continue reading अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली

प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री ओलीले आगामी जुन ८ देखि १९ सम्म यूरोपका विभिन्न मुलुकको भ्रमण गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको यूरोप भ्रमणको सम्पूर्ण तयारी पुरा भएको समेत जानकारी दिए । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार… Continue reading प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै