काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई पक्राउ गरेको छ । उनको पृष्ठभूमि अपराधसँग जोडिएको छ । उता, आफ्ना नेता पक्राउको विरोधमा तरुण दल जिल्ला समिति, धादिङले २४ घण्टे अल्टिमेटम दिँदै बिहीबार आन्दोलन गरेको छ । तरुण दलले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गर्दै राधेको रिहाईको माग… Continue reading गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा
Author: Vishwanews.com
बलियो टोली चाइनिज ताइपेईसँग नेपालको बराबरी
काठमाडौं । नेपालले बलियो टोली चाइनिज ताइपेइलाई १\१ गोलको बराबरीमा रोकेको छ । बिहीबार साँझ चाइपेईको घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले चाइनिज ताइपेसँग १\१ गोलको बराबरी खेलेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । उनले डेब्यू गरेको दोस्रो खेलमै गोल गरी उज्वल भविश्यको संकेत देखाएका छन् । बिहीबार खेलको पहिलो… Continue reading बलियो टोली चाइनिज ताइपेईसँग नेपालको बराबरी
म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित
काठमाडौं, २३ जेठ । सरकारले म्यानपावर कम्पनीले नियुक्त गर्ने सबै एजेन्ट (दलाल)हरुलाई अवैधानिक घोषणा गरेको छ । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मार्फत सरकारले वैदेशिक रोजगारी व्यवसायीले प्रतिनिधि राख्ने पाउने व्यवस्थालाई हटाएको हो । सरकारको यस निर्णयपछि अब सबै दलालहरु अवैधानिक बनेका छन् । नेपालमा सरकार स्वयमःले म्यानपावर कम्पनीको दलाल बन्न लाइसेन्स दिने… Continue reading म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित
शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा
काठमाडौं । हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ । मार्टमा नेपालसहित ४१ देशका ७ सय पर्यटन व्यवसायी भेला भएका छन् । मार्टको तेस्रो संस्करण अहिले संचालन हुँदैछ । हिमालयन ट्राभल मार्ट सन् २०१७ देखि नेपालमा शुरु भएको हो । अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा मेला सहयोगी हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल… Continue reading शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा
संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको संविधानसभा पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । गृह मन्त्रालयका अनुसार २०६४ र २०७० सालको संविधानसभाका सभासद्लाई यो पदक दिने निर्णय भएको थियो । गणतन्त्र दिवसको भोलीपल्ट अर्थातः जेठ १६ मा पदक बाँडियो । तर, यस पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै प्रमुख प्रतिपक्षी दल… Continue reading संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति
पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद
काठमाडौं । भगवान पशुपतिनाथ मन्दिर विश्वभरका हिन्दु धर्मावलम्बीका ठूलो तीर्थस्थल हो । धार्मिक आस्थाका लागि भक्तजनले यस मन्दिरमा मन खोलेर दान गर्छन् । द्रब्य चढाउँछन् । सरकारले इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल(अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरेको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययन… Continue reading पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद
विश्वकपको पहिलो खेलमा भारतको प्रभावशाली जीत
काठमाडौं । रोहित शर्माले शतकीय इनिङ खेलेपछि विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकामाथि ६ विकेटको प्रभावशाली जीत निकालेको छ । बुधबार राति भएको खेलमा भारतले विश्वकपको पहिलो खेलबाटै विजयी शुरुवात गरेको हो । २२८ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको भारतले ४७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । भारतका लागि प्रारम्भीक ब्याट्सम्यान… Continue reading विश्वकपको पहिलो खेलमा भारतको प्रभावशाली जीत
अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ । आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन… Continue reading अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
१ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी
काठमाडौं । ठेकेदारहरुले १ साउनदेखि सम्पूर्ण निर्माण ठप्प पार्ने निर्णय गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघ बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरी आन्दोलन घोषणा गरेको हो । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का प्रावधानमा विमति राख्दै ठेकेदारहरु अहिले आन्दोलनमा छन् । निर्माण ठप्प पार्ने दिन १ साउन भन्दा अघि व्यवसायीले आफ्नो आफ्नो इजाजत पत्र… Continue reading १ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी
नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने
काठमाडौ । नेपाल वायुसेवा निगमको जापान उडानको तालीका तत्कालका लागि स्थगित भएको छ । निगमले यात्रु नपाएपछि जापान उडान सार्न लागेको हो । निगमले असार १९ गतेबाट जापानको ओशाकामा नियमित उडान गर्ने योजना बनाएको थियो । तर, बजारिकरणमा पर्याप्त ध्यान दिन नसकेपछि निगमले यात्रु पाएन । सोहीकारण जापान उडानको योजना स्थागित गरिएको निगमका अधिकारीहरु बताउँछन्… Continue reading नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने
अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ
काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको ९९ प्रतिशत काम सम्पन्न भएको छ । यससँगै अब नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ पुग्ने लगभग निश्चित भएको हो । नेपाल आयका निगमका अनुसार भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ । यसले परियोजनाको ९९ प्रतिशत कार्य प्रगति भइसकेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका… Continue reading अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ
मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
काठमाडौं । आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् । शेर्पाले गत जेठ १३ मा ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको पायोनियर एडभेन्चरले जानकारी दिएको हो । शेर्पा संखुवासभाका स्थानीय हुन् । उनले सगरमाथा र ल्होत्से हिमालको सबैभन्दा… Continue reading मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता
भारतमा सोमबारदेखि हराइरहेको यात्रुबाहक सैन्य जहाज अझै फेला परेको छैन । भारतीय सेनाका सबै संयन्त्रले जोजि जारी राखेपनि जहाज फेला नपरेको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ । भारतीय नौसेनाको एएन ३२ जहाजमा ९ जना यात्रु सवार थिए । भारतको आसमबाट उडेको केही मिनेटमै जहाज बेपत्ता भएको थियो । यो जहाज भारतकै अरुणाञ्चल प्रदेशतर्फ उडेको थियो ।… Continue reading हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता
विश्वकपमा ठूला टीमसँग निरिह अफगानिस्तान, श्रीलंकाले हरायो
विश्वकप क्रिकेटमा नयाँ टोली अफगानिस्तान ठूला र बलिया टीमसामू निरिह देखिएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकासँग हारेको श्रीलंकालाई यसअघि पहिलो खेलमा अष्ट्रेलियासँग हारेको थियो । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको हो । यी दुई टोलीको खेल हुँदै गर्दा पानी पर्यो । त्यसपछि ४१ ओभरमा खेल छोट्याइएको… Continue reading विश्वकपमा ठूला टीमसँग निरिह अफगानिस्तान, श्रीलंकाले हरायो
नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्। बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ… Continue reading नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे
काठमाडौं । सामान्यतया जहाजमा विस्फोटक पदार्थ भरिएको या जहाज अपहरणकारीले कब्जा गरेको अवस्थामा अन्य सामान्य पार्किङ स्थलभन्दा त्यस्ता जहाजलाई केही पर या छुट्टै राख्ने गरिन्छ । संसारभरका अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो व्यवस्था हुन्छ । तर, नेपालमा भने थिएन। त्रिभुवन विमानस्थलमा अब भने रिमोर्ट पार्किङ वे संचालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज… Continue reading त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे
बुधबार सार्वजनिक बिदा
काठमाडौं । नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्वीहरुको पर्व इद ऊल फित्रको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारको यस निर्णयसँगै विदेशस्थित कूटनीतिक नियोगका कार्यालयसमेत बुधबार बन्द हुनेछन् । सरकारले बिदा कटौती गरेपनि इदका अवसरमा भने बिदा थपेको हो । पछिल्लो समय धेरै… Continue reading बुधबार सार्वजनिक बिदा
ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार एकै दिन तीन सवस्टेशन निर्माण सम्पन्न गरी संचालनमा ल्याएको छ । कुलमान घिसिङको सफल नेतृत्वमा प्राधिकरणले आफूलाई निरन्तर कार्यसम्पादन हुने संस्थाका रुपमा परिणत गरिरहेको छ । यसैक्रममा सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण सम्पन्न भएका ३३ / ११ केभी सवस्टेसन परीक्षण गरी संचालनमा ल्याइएको प्राधिकरणले जानकारी दिएको छ ।… Continue reading ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन
साझा बसमा अब कार्डबाटै भुक्तानी
काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ । यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली नयाँ नै भएका कारण अपेक्षित सफलता भने हात नपरिरहेको कम्पनीको भनाई छ । साझा यातायातले… Continue reading साझा बसमा अब कार्डबाटै भुक्तानी
भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ
काठमाडौं । भूकम्प आउने ठोकुवा गर्दै यूट्यूव च्यानलमा प्रचार गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छछ । आफूलाई ज्योतिषी बताउने क्षेत्रीलाई प्रहरीले मंगरबार नियन्त्रणमा लिएको हो । उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्प आउने ठोकुवा गर्दै आएका थिए । उनको सम्बन्धमा विपदसम्बन्धी अफवाह फैलाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी… Continue reading भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ
कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन
बुटवल । द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीले निकै प्राथमिकताका साथ उठाउने गरेको गोलमेच सम्मेलनलाई अब राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउन थालेको छ । राप्रपा अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलनको माग गरेका हुन् । सम्मेलनमा पूर्वराजादेखि विप्लव समूह समेत सहभागी गराउनु पर्ने उनको प्रस्ताव छ । अझ रोचक के छ भने विगतमा… Continue reading कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन
प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको १५ महिना मात्र भएको छ । तर, यसबीचमा उनले ७ मुलुकको औपचारिक भ्रमण गरिसकेका छन् भने आगामी जेठ २५ बाट थप तीन मुलुकको भ्रमणमा निस्कदैछन् । त्यसो त प्रधानमन्त्रीले भारतमा दोहोर्याएर भ्रमण गरिसकेका छन् । उनी जेठ १६ देखि दुई दिने भारत भ्रमण गरी नेपाल फर्किएका हुन्… Continue reading प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण
नेकपा शीर्ष नेताबीच आज छलफल, जिल्ला इन्चार्जको टुंगो लाग्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको छलफल सकारात्मक रहेसँगै मंगलबार शीर्ष तीन नेताबीच छलफल हुने भएको छ । नेकपा एकिकरणका दौरान जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाउन सोमबार दुई नेताबीच छलफल भएको थियो । मंगलबार माधव नेपालसहित बैठक बसेर नाम टुंग्याउने तयारी नेकपाको रहेको छ । सोमबार अध्यक्षद्वय केपी… Continue reading नेकपा शीर्ष नेताबीच आज छलफल, जिल्ला इन्चार्जको टुंगो लाग्दै
महासंघको जम्बो टोली यूरोप प्रस्थान
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोली यूरोप भ्रमणमा निस्किएको छ । नेपाल र यूरोपेली राष्ट्र बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महासंघको व्यवसायिक प्रतिनिधीमण्डल यूरोप प्रस्थान गरेको महासंघले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न यूरोप भ्रमणलाई लक्षित गरी महासंघको टोली यूरोप लागेको हो । महासंघका… Continue reading महासंघको जम्बो टोली यूरोप प्रस्थान
अमेरिकी राजदूत बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित : भीम रावल
काठमाडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले अमेरिकी राजदुत र्याण्डी बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले उनका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे । अमेरिकी राजदूत बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गरेपछि नेपालको उनको व्यापक आलोचना भइरहेको छ । राजदूतको यस्ता गतिविधि नियन्त्रण गर्न… Continue reading अमेरिकी राजदूत बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित : भीम रावल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने छुटे
काठमाडौं । चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने व्यक्तिहरु सोमबार छुटेका छन् । उनीहरुलाई धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षा गर्न लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ गरिएको थियो । १८ जना पक्राउ परेकोमध्ये सोमबार मध्ये १४ जना मात्र छुटेका हुन् । उनीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने छुटे
सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड
काठमाडौं । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन(जीपीजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् । अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर(इपीआई) र यूके एडले… Continue reading सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड
यूरोपमा नेपालको सेल्स मिशन
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ । बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनी द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालले भाग लिएका थिए । सेल्स… Continue reading यूरोपमा नेपालको सेल्स मिशन
नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट
काठमाडौं । नेपाललाई हिमालय गन्तब्यको प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना हुने तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा… Continue reading नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट
चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित विस्तारित चक्रपथमा अधिकतम गतिको सीमा तोकेको छ । यसैसाता सडक खण्डमा मोटरसाइकल स्कार्पीयो दूर्घटनामा गरी दुई पत्रकारले ज्यान गुमाएपछि सरकारले अधिकतम सीमा तोकेको हो । महाशाखाका अनुसार अब कलंकी कोटेश्वर सडक खण्डको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र सवारी चलाउन पाइनेछ । सर्भिस लेनको अधिकतम सीमा… Continue reading चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट