अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

न्यूयोर्क अमेरिकाका ५० वटै राज्यमा चीनबाट शंकास्पद प्याकेट आइ पुगेका छन् । आफुले अर्डर नै नगरेको प्याकेट घरमा आइपुगेपछि स्थानियले प्रशासनलाई जानकारी गराएका थिए । सबै प्याकेटमा फलफूल एवं विभिन्न वनस्पतीको बियाँ (बीउ) पाइएको छ । बिभिन्न राज्यका एग्रीकल्चर डिपार्टमेन्टहरुले सार्वजनिक गरेका तस्वीर अनुसार प्याकेटमा चीनको सरकारी हुलाक सेवा चाइना पोष्टको लेवल लगाइएको छ ।… Continue reading अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन् डोनट्सले ८ सय स्टोर बन्द गर्दै

न्युयोर्क       अमेरिकामा चर्चित कफी स्टोर डन्किन् डोनट्सले आफ्नो ८ सय पसलहरुलाई स्थायीरुपमा बन्द गर्ने भएको छ । कम्पनीले बिहिबारको आफ्नो दोश्रो त्रैमासिकको रिपोर्टको आधारमा ती पसलहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । कम्पनीले बिक्रीमा साह्रै गिरावट आएका कारण ती स्टोरहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । अमेरिका भरमा गत बर्षको… Continue reading अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन् डोनट्सले ८ सय स्टोर बन्द गर्दै

एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

न्युयोर्क एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कोभिड—१९ महामारीको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरेको हो । कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरिएको थियो । नेपाल भिजन इंक, … Continue reading एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

न्युयोर्क       रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति उम्मेद्वार हरम्यान केनको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । पूर्व राष्ट्रपति उम्मेद्वार तथा चर्चित गड फादर पिजाका मालिक केनको मृत्‍यु भएको खबर केनको भेरिफाइड ट्विटर एकाउन्टको हवाला दिदै सिएनएनले पुष्टी गरेको छ । ७४ बर्षीय केन कोरोना संक्रमित भएपछि यसै महिनाको सुरुमा अस्पताल भर्ना भएका थिए… Continue reading अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

सत्ता लम्ब्याउने खेलमा राष्ट्रपति ट्रम्प; भन्छन् नोभेम्बरको चुनाव सार्नु पर्छ

न्युयोर्क अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचन सार्न प्रस्ताव गरेका छन् ।  अमेरिकी अर्थतन्त्रको दोश्रो त्रैमासिक अप्रिलदेखि जुनसम्म ३३ प्रतिशतले गिरावट आएको समाचार सार्वजनिक भए लगत्तै ट्रम्पले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचन सार्नु पर्ने प्रस्ताव गरेका छन् । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन ईतिहासमा नै सबैभन्दा अपारदर्शी र धाँधलीपूर्ण हुने भन्दै आफ्नो… Continue reading सत्ता लम्ब्याउने खेलमा राष्ट्रपति ट्रम्प; भन्छन् नोभेम्बरको चुनाव सार्नु पर्छ

अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

न्युयोर्क अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या  १ लाख ५० हजार नाघेको छ । मृतकको संख्या १ लाख ५० हजार कटेको मात्र होईन संक्रमितको संख्या बेलुन फुले झैं लगातार फैलिरहेको छ । अस्पतालहरु भरिएका छन् ।  बिगत केही हप्तादेखि दैनिक १ हजार भन्दा धेरैको दरमा मृत्‍यु भै रहेको छ । मृतकको यो बढ्दो संख्या जुन महिनाको… Continue reading अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

न्युयोर्क मंगलबार न्युयोर्कस्थित एक संघीय अदालतले उबर तथा लिफ्ट ड्राइभरहरुको लागि वकालत गर्दै आएको एक गठबन्धनको पक्षमा मुद्दाको फैसला गरेको छ ।न्युयोर्कमा उबर र लिफ्टको याप मार्फत काम गर्दै आएका ड्राईबरहरुको बिषयमा वकालत गर्दै आएको ‘न्युयोर्क ट्याक्सी वर्कर्स अलाईन्स’ले जारी कोरोना महामारीमा ती ड्राइभरहरुलाई बेरोजगारी बीमाको पैसा दिन ढिलाई गर्नुको साथै पाउनु पर्ने भन्दा थोरै… Continue reading न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा

एजेन्सी फ्लोरिडास्थित एक ब्यक्तिले झुट्ठा विवरण पेश गरी झन्डै ४० लाख अमेरिकी डलर’पे चेक प्रोटेक्सन प्रोग्राम’ (पिपिपी) ऋण प्राप्त गरी ल्याम्बोर्गिनी गाडी किनेपछि संघीय अभियोजकले पक्राऊ गरेर मुद्दा चलाएका छन् ।कोरोना महामारीले गिर्दो अर्थ ब्यबस्था र रोजगारी सिर्जना गर्न अमेरिकी सरकारले ब्यबसायीहरुको राहतको लागि प्रदान गरेको पि पि पि ऋण प्राप्त गर्न २९ वर्षीय डेभिड… Continue reading अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा

न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

न्युयोर्क न्युयोर्क सहरमा आईतबार एकै दिन गोली प्रहारका घटनाबाट ७ जनाको मृत्‍यु भएर रक्तपातपूर्ण दिन बनेको छ । न्युयोर्कमा गत जुलाई ५ पछि एकै दिनको गोली प्रहारका घटनामा मृत्‍यु भएको मानिसको यो संख्या सबैभन्दा उच्च हो । यसअघि गत जुलाई ४ स्वतन्त्रता दिवसको भोलिपल्टको रात अर्थात जुलाई ५ का दिन न्युयोर्कमा ९ जनाको गोली प्रहारका… Continue reading न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनलाई कोरोना संक्रमण भएको छ । ओब्रिएनलाई भएको कोरोना संक्रमण ट्रम्प सरकारको हालसम्म कै सबैभन्दा माथिल्लो तहको अधिकारीलाई भएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रिएन कोरोना संक्रमित भएको ह्वाईट हाऊसले पुष्टी गरेको छ ।   ह्वाईट हाऊसले सोमबार प्रकाशित  बिज्ञप्तीमा भनेको छ; ‘राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनमा… Continue reading राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पास गर्न भएको ढिलाईका सम्बन्धमा अमेरिकाले चासो राखेको छ । अमेरिकी राजदूत रेण्डी बेरी आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्रालयका अनुसार भेटमा अमेरिकी राजदूतले एमसीसीका सम्बन्धमा भइरहेको प्रक्रियाबारेमा जानकारी लिएका थिए । एमसिसी पास गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल… Continue reading एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

एजेन्सी हिन्दू, बुद्धिष्ट र जैन धर्ममा ईश्वर र आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई अर्को केही बर्ष वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द लगाईएको छ । शनिबारको उक्त घटनाको मिनियासोटा वालमार्टले पुष्टी गरेको छ । सन् १९३० सम्म पश्चिमा देशहरुमा समेत शुभ संकेत… Continue reading अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

महामारीपछि सपनाको नगरी न्युयोर्क मानिसको रोजाई बाहिर; बढन थाल्यो न्युयोर्क छाड्नेको भिड

न्युयोर्क संसारकै ब्यस्त सहर मध्येको एक सहर न्युयोर्क कुनै बेला बसोबासका लागि मानिस लालायित हुन्थ्ये ।तर कोरोना महामारीपछि न्युयोर्कको त्यो तस्बिर बद्लिन थालेको छ ।मार्चमा महामारी सुरु हुने बित्तिकै करिब ४ लाख धनाढ्य न्युयोर्क बासी आफ्नो भेकेसन होम वा अन्य कुनै सुरक्षित सहर तिर भागे ।हाल जुलाईको अन्त्य भयो, कोरोना संक्रमण दर न्युयोर्कमा निकै कम भएको… Continue reading महामारीपछि सपनाको नगरी न्युयोर्क मानिसको रोजाई बाहिर; बढन थाल्यो न्युयोर्क छाड्नेको भिड

तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

न्युयोर्क       विस्कन्सिन राज्यका एक ब्यक्तिले झन्डै ३० बर्षअघि एक साथीसँग गरेको अनौपचारिक प्रतिबद्धताका आधारमा दुई करोड १० लाख अमेरिकी डलरको चिट्ठा जितेपछि आधा भाग दिने भएका छन । सन् १९९२ मा थोमस कुक र टम फेनिले अमेरिकाकै चर्चित चिट्ठा ‘पावर बल’ सुरुवात हुँदा यदि कुनै दिन दुई जना मध्ये एकलाई चिट्ठा पर्‍यो… Continue reading तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

न्युयोर्क कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि… Continue reading संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द

न्युयोर्क कोरोना महामारीले केही महिना बन्द रहेको न्युयोर्क अहिले चौंथौं चरणमा समेत खुलिसकेको छ । मार्चपछि कोरोना संक्रमणको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्क सहर ३ महिना अस्वाभाविक रुपमा सुनसान रह्यो । गत जुलाई २० तारिख चौथौं चरणमा समेत अर्थतन्त्र  खुली सकेपछि न्युयोर्कमा भिडभाड बढ्न थालेको छ । लामो समय घर भित्रै थन्किएका न्युयोर्कबासी बजार ब्यबसायमा जान… Continue reading नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द

कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले  निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी  एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड… Continue reading कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक

न्यूयोर्क लामो समय रिपब्लिकन राज्यको रुपमा रहेको टेक्सासमा यसपाली रोचक प्रतिश्पर्धा देखिएको छ । बुधबार सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका हुन् । ८८० रजिष्टर्ड भोटरबीच गरिएको सर्भेक्षणमा ४५ प्रतिशतले बाइडेनलाई मत दिने बताएका छन् भने ४४ प्रतिशतले ट्रम्पप्रति आफ्नो झुकाव देखाएका छन् । गत जुनमा ट्रम्प… Continue reading नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक

कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले

Coronavirus Update

न्युयोर्क कोरोना संक्रमितको कुल संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ ।  क्यालिफोर्नियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार ७ सय ६३ पुगेको छ भने कुनै बेलाको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्कमा हालसम्म ४ लाख १५ हजार ९४ कुल संक्रमित छन् । हाल कोरोना नियन्त्रित न्युयोर्क राज्यमा मृतकको हालसम्मको जम्मा संख्या भने ३३ हजार ३ सय… Continue reading कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले

पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

न्युयोर्क गत जुलाई १० तारिख क्यालिफोर्नियास्थित एक क्याफे ‘पनेरा ब्रेड’मा खाना खरिद गर्न जाँदा मास्क लगाउन अस्विकार गर्ने एक स्वेत महिलाले अनौठो तर्क दिएर मास्क लगाउन अस्विकार गरेको भिडियो सार्वजनिक भएको छ । खानेकुरा खरिद गर्न लाईनमा बसेकी ती महिलालाई क्याफेका कर्मचारीले मास्क नलगाएको भन्दै उनको अर्डर लिन मानेन ।खानेकुरा खरिद गर्न नपाएपछि ती महिलाले;… Continue reading पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप

यसअघि अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको थियो । अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्। उनीहरूले सूचना चोर्न सरकारी सूत्रबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ। चिनियाँ साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियान अन्तर्गत अहिले मुद्दा… Continue reading कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप

फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

न्युयोर्क महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्‍यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय ७९ को मृत्‍यु भएको अमेरिकामा गत मंगलबार जुलाई २१ का दिन १ हजार २९ को मृत्‍यु भएको… Continue reading फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश

अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो । अमेरिकन जनताका ब्यक्तिगत सुचना र अमेरिकन नागरिकका सम्पत्तिको सुरक्षाका लागि नियोगलाई बन्द गर्ने आदेश… Continue reading अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश

डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा

न्युयोर्क       न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यले थप १० राज्यबाट आउनेहरुलाई पनि बाध्यकारी क्वारेन्टिन लागू गरेको छ । यसअघि दक्षिण पश्चिमका २१ वटा राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुको हकमा मात्र क्वारेन्टिनको नियम लगाईएको थियो ।अब आसपासका थप १० राज्यलाई पनि क्वारेन्टिनको सुचीमा राखेपछि जम्मा ३१ राज्यबाट आउनेहरु क्वारेन्टिनमा बस्नु पर्ने भएको छ… Continue reading डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा

विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३

File Photo

काठमाडौं । विदेशमा समस्यामा रहेका ३१ हजार नेपाली चार्टर्ड उडानबाट घर फर्किएका छन् । यसरी फर्कनेहरु विदेशबाट कम्पनीले टिकट काटेर पठाएका, सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरेर पठाएका र आफै टिकट काटेर आएकाहरु हुन् । यसपछि अब सरकारले आफ्नो खर्चमा समस्यामा रहेका नेपालीको उद्दार गर्नेछ । चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट मात्र करीव ३१ हजार नेपाली… Continue reading विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३

गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त… Continue reading गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार… Continue reading अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

न्युयोर्क राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो पोष्ट गरे लगत्तै ब्यापक आलोचना भएपछि बुधबार राष्ट्रपति ट्रम्प स्वयमले ओभल अफिस कै टेबलमा गोया ब्रण्डका बोडी, सिमी, चनाका लगायतका बट्टालाई लहरै राखेर प्रदर्शन गरेका छन् ।  राष्ट्रपति कार्यालयकी सल्लाहकारले कुनै पनि कम्पनीको सामानलाई प्रोत्साहन र… Continue reading राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

न्युयोर्क मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ ।   फहिमलाई… Continue reading नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

न्युयोर्क अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई  पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको  “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित… Continue reading अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ