एजेन्सी२५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२… Continue reading अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल
Category: अमेरिका
अमेरिकामा एकै घरका चार जना मृत फेला, नेपाली नागरिक रहेको पुष्टी
काठमाडौं । अमेरिकामा चार नेपाली मृत भेटिएको स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन्। घटनामा प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद समेत गरेको खबर सार्वजनिक भएको छ । बिहीबार राति भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एउटा घरमा दुई बालबालिका, एक महिला र एक पुरूष मृत भेटिएका हुन् । चारै जनामाथि गोली प्रहार गरिएको अवस्थामा मृत भेटिएको पाइएको छ ।… Continue reading अमेरिकामा एकै घरका चार जना मृत फेला, नेपाली नागरिक रहेको पुष्टी
गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि
एजेन्सी२४ जेठ, काठमाडौं । चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको… Continue reading गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि
अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर
एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दर स्थिर रहेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरै कम हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमा कायम रहेको छ… Continue reading अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर
इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी
एजेन्सी२३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा सिटीका केही भागका बासिन्दालाई आक्रमणको पूर्वसन्ध्यामा स्थानान्तरण गर्न आदेश दिएको छ । सेनाका प्रवक्ताले उक्त क्षेत्रलाई ‘खतरनाक युद्ध क्षेत्र’ भन्दै बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । यो आदेश मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व इद अल–अधाहको अवसरमा आएको छ, जसले गाजा सिटीका बासिन्दामा थप तनाव र अनिश्चितता सिर्जना… Continue reading इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी
नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
२३ जेठ, अमेरिका । अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ । खारेजीको यो निर्णयसँगसँगै आगामी अगष्ट ५ उप्रान्त सोही स्टाटसमा बसेका नेपालीहरु अवैध हुनेछन् । यस अघि डिसेम्वर २४… Continue reading नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो। मार्चको… Continue reading ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
एजेन्सी२२ जेठ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसले उनको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ । “हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने… Continue reading ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति
२२ जेठ, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्छ’ भनेका छन् ।वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा वार्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई भने, “चीन–अमेरिका सम्बन्धको ‘विशाल जहाज’को दिशा सुधारगर्न दुवै… Continue reading अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति
ट्रम्प र सीबीच यस हप्ता वार्ता हुँदै
एजेन्सी२१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ताको अन्त्यमा लामो समयदेखि प्रतीक्षित फोन वार्ता गर्ने सम्भावना रहेको ह्वाइट हाउसले सोमबार बताएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापारिक तनाव फेरि बढ्दै गएको छ । गत हप्ता विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै ट्रम्पले चीनसँगको… Continue reading ट्रम्प र सीबीच यस हप्ता वार्ता हुँदै
विश्वव्यापी आर्थिक अनिश्चितताबीच अमेरिकी भन्सार नीतिले ऊर्जा सङ्कट निम्त्याउने सम्भावनाः अध्ययन
एजेन्सी२१ जेठ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागू गरेको भन्सार नीतिले अमेरिकाको ऊर्जा क्षेत्रमा ‘खानी तेल’ उत्पादनदेखि लिएर नवीकरणीय ऊर्जा विकाससम्म गहिरो क्षति पु¥याइरहेको एक नयाँ अनुसन्धानले देखाएको छ । ऊर्जा तथा प्राकृतिक स्रोत विश्लेषणमा अग्रणी परामर्श संस्था वुड म्याकेन्जी (वुडम्याक) को ताजा अध्ययन अनुसार ट्रम्प प्रशासनको भन्सार नीति उल्टो असर देखाउँदैछ, जसले व्यापार… Continue reading विश्वव्यापी आर्थिक अनिश्चितताबीच अमेरिकी भन्सार नीतिले ऊर्जा सङ्कट निम्त्याउने सम्भावनाः अध्ययन
सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
एजेन्सी२१ जेठ, काठमाडौं । रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा भएको रेल विस्फोटको पछाडि युक्रेन रहेको बताएको छ । शनिबार राति ब्रायान्स्क क्षेत्रमा भएको विस्फोटले सडक पुललाई भत्काउँदै रेलमा दुर्घटना गराएको थियो जसमा सात जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । रुसको अनुसन्धान समितिले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किएभ शासनको आदेशमा काम गर्ने… Continue reading सातको मृत्यु भएको रेल विस्फोटमा युक्रेन संलग्न भएको रुसको दाबी
विद्युतीय युगमा नर्वे : पाँच महिनामा बिक्रि भए ९२ प्रतिशत इभी गाडी
१९ जेठ, काठमाडौं । युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो । नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु… Continue reading विद्युतीय युगमा नर्वे : पाँच महिनामा बिक्रि भए ९२ प्रतिशत इभी गाडी
२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी
एजेन्सी१८ जेठ, काठमाडौं । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो । ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले… Continue reading २५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
एजेन्सी\रासस१७ जेठ, काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा… Continue reading चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
गाजामा करिब ११ हजार क्यान्सर रोगी उपचार अभावमा तड्पिँदै
एजेन्सी१७ जेठ, काठमाडौं । गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बीचमा करिब ११ हजार क्यान्सर पीडितलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवाको पर्याप्त अभाव भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूद्वारा सार्वजनिक गरिएको वक्तव्यमा तीमध्ये लगभग पाँच हजार जना बिरामीहरूलाई तत्काल विदेशी उपचारको आवश्यकता रहेको उल्लेख गरिएको छ, जुन प्रारम्भिक परीक्षण, किमोथेरापी… Continue reading गाजामा करिब ११ हजार क्यान्सर रोगी उपचार अभावमा तड्पिँदै
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई अत्यन्तै गम्भीर बताएको छ । निरन्तर बम आक्रमण, कुपोषण, ठूलो सङ्ख्यामा जनताको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति सङ्कटपूर्ण भएको बताइएको छ । उक्त कार्यालयका अनुसार चार दिनपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाहरूले पठाएको पाँचवटा राहत सामग्री बोकेका सवारीसाधन… Continue reading गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सवोच्च अदालतद्वारा अनुमति
एजेन्सी\रासस१७ जेठ, अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको कानुनी हैसियत तत्कालका लागि रद्द गर्न ट्रम्प प्रशासनलाई शुक्रबार अनुमति दिएको छ। यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘प्यारोल’ कार्यक्रम (अध्यागमन हिरासतबाट रिहाइ) अन्तर्गत अमेरिका बस्दै आएका करिब पाँच लाख ३२ हजार व्यक्तिलाई देश निकालाको जोखिममा पारेको छ । प्यारोल… Continue reading ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सवोच्च अदालतद्वारा अनुमति
अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का
एजेन्सी१६ जेठ, काठमाडौं । अमेरिकी सङ्घीय अदालतले बुधबार डोनाल्ड ट्रम्पको व्यापक आयात भन्सार शुल्कहरूलाई प्रभावमा आउनबाट रोकेको छ । राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त कदम रोकेको हो । कडा नयाँ भन्सार शुल्कहरूमार्फत सरकारहरूलाई वार्ताको टेबलमा ल्याएर संसारसँग अमेरिकी व्यापारिक सम्बन्धलाई पुनः आकार दिने प्रयास गरिरहनुभएका राष्ट्रपति ट्रम्पका लागि… Continue reading अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का
नयाँ अमेरिकी सम्झौता प्रस्ताव अध्ययन गर्दै हमास
१६ जेठ, काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले मध्यपूर्वका लागि अमेरिकी दूतले प्रस्ताव गरेको नयाँ सम्झौताको अध्ययन गरिरहेको बिहीबार जनाएको छ । इजरायलले गत मार्चमा युद्धग्रस्त क्षेत्रमा केही बेरको युद्धविरामपछि पुनः सैन्य कारबाही सुरु गरेयता १८ महिनादेखि जारी विनाशकारी युद्ध अन्त्यका लागि युद्धविरामको वार्ताले सार्थकता पाउन सकेको छैन । अमेरिकी राजदूत विटकोफले बुधबार आशावादी हुँदै… Continue reading नयाँ अमेरिकी सम्झौता प्रस्ताव अध्ययन गर्दै हमास
जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव
एजेन्सी१५ जेठ, काठमाडौं । मस्कोलाई उसको तीन वर्षे आक्रमण रोक्न बाध्य पार्न खोजिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको आह्वान गरेका छन् । रुसी राष्ट्रपति पुटिनले यस महिनाको सुरुमा टर्कीमा जेलेन्स्कीलाई भेट्ने आह्वानलाई अस्वीकार गरे र क्रेमलिनले दुई नेताबीच कुनै प्रकारको ‘सम्झौता’ भएपछि मात्र बैठक… Continue reading जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव
राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘मस्क निरास
एजेन्सी१५ जेठ, काठमाडौं । दशौं हजार मानिसलाई बर्खास्त गरेर अमेरिकी सरकारको खर्च कटौती गर्ने आफ्नो भूमिकाबाट पछि हटेका अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयकको हस्ताक्षरलाई लिएर आलोचना गरेका छन् । प्रतिनिधि सभाबाट पारित भएर अहिले सिनेटमा जाने ‘एउटा विशाल सुन्दर खर्च विधेयक’ ले ट्रम्पको नयाँ ‘सुनौलो समय’ को परिकल्पनालाई कानुनी दायरामा ल्याउनेछ ।… Continue reading राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘मस्क निरास
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
एजेन्सी१४ जेठ, काठमाडौं । इजरायलले गाजायुद्ध भड्काउने अक्टोबर २०२३ मा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता तथा याह्याका भाइ मोहम्मद सिनवारको मृत्यु भएको बुधबार जनाएको छ । सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध ६०० औँ दिनमा प्रवेश गरेको दिन नेतान्याहुले आफ्नो सेनाको उपलब्धिको प्रशंसा गर्दै उक्त घोषणा… Continue reading गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका अपोइन्टमेन्ट स्थगन, सामाजिक सञ्जाल निगरानी गरिँदै
एजेन्सी१४ जेठ, डोनाल्ड ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको छ। उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो। कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले थप निर्देशन नआएसम्मका लागि ती कार्य स्थगन हुने भनेका छन्। उनको सन्देशमा… Continue reading अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका अपोइन्टमेन्ट स्थगन, सामाजिक सञ्जाल निगरानी गरिँदै
अमेरिकी बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने
एजेन्सी१४ जेठ, काठमाडौं । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन् । गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीहरूले महामारी अन्त्यका लागि महत्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा… Continue reading अमेरिकी बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने
हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनकोे प्रयास जारी
एजेन्सी१४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको अधीनमा राख्न बाध्य पार्ने पछिल्लो प्रयासस्वरुप अमेरिकी सरकारले हार्वर्डसँग बाँकी रहेका सबै वित्तीय सम्झौता रद्द गर्न चाहेको एक वरिष्ठ अधिकारीले मङ्गलबार बताएका छन्। नाम नबताउने शर्तमा ती अधिकारीले भने, “प्रशासनले आज सङ्घीय निकायहरूलाई हार्वर्डसँग कुनै पनि सम्झौताको पहिचान गर्न र ती रद्द गर्न… Continue reading हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनकोे प्रयास जारी
इयुमाथि लगाउने भनिएको ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा
एजेन्सी१३ जेठ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् । यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो । अमेरिकी राष्ट्रपतिका अनुसार… Continue reading इयुमाथि लगाउने भनिएको ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा
गाजामा युद्धका कारण पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : संयुक्त राष्ट्रसङ्घ
एजेन्सी१३ जेठ, काठमाडौं । युद्धका कारण गाजा क्षेत्रमा केवल पाँच प्रतिशतभन्दा कम मात्र कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सोमबार जनाएको छ । यो अवस्था यस क्षेत्रका जनतामा खाद्य सङ्कट र भोकमरीको जोखिमलाई थप गम्भीर बनाउने सङ्केत हो । इजरायलले हमासविरुद्ध गाजामा आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ ।… Continue reading गाजामा युद्धका कारण पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : संयुक्त राष्ट्रसङ्घ
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
एजेन्सी१२ जेठ, काठमाडौं । गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका छन् ।’ उनका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कूल’मा भएको… Continue reading गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै
एजेन्सी११ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ। गाजा क्षेत्र… Continue reading गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै