काठमाडौं । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटसत्रमा सहभागी… Continue reading राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर
Category: डायस्पोरा
मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान
काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले मातृभूमी नर्बिसन आह्वान गरेका छन् । जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो । सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली… Continue reading मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान
प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका… Continue reading प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट
थाइ–नेपाल मैत्रीसङ्घ गठन
काठमाडौं । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहेको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा नेपाली राजदूत… Continue reading थाइ–नेपाल मैत्रीसङ्घ गठन
जर्मनी पुगे राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति… Continue reading जर्मनी पुगे राष्ट्रपति पौडेल
नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी
काठमाडौं । आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो । बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएका थिए । नेपाली टोली बिहीबार दिउँसो वेस्ट… Continue reading नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी
राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । राष्ट्रपतिको सचिवका… Continue reading राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता
कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय
काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन्… Continue reading कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय
कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते
काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र… Continue reading कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते
नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले… Continue reading नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह
विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ
काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका… Continue reading विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ
यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय… Continue reading यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत
राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका… Continue reading राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान
अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको… Continue reading अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारत सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले… Continue reading प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता
अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । च्याप्टरका अध्यक्ष सपना सेढाई थपलियाले तुलसालयका अध्यक्ष सरूँ सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गरेकी हुन् । ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र… Continue reading अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई
अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु
काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा सरप्राइज प्रदर्शनको तयारीमा छ । किनकी नेपाल भएको समूहमा बलियो नेदरल्यान्ड्ससँगै टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलका र बंगलादेश छन् । यी खेलमा नेपालले जित्ने हरेक खेल महत्वपूर्ण हुनेछ । आज नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५… Continue reading अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो। जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत… Continue reading राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणमा जाने
सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने
काठमाडौं । सामाजिक सुरक्षा कोषले नयाँ स्किम थप गरेको छ । अब कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधोपचार सुविधा पाउने भएका छन् । बिहीबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् । यसअघि २०७९… Continue reading सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने
चीनसँग जोडिएका १४ नाका एकसाथ पुनः सञ्चालनको घोषणा
काठमाडौं । संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै… Continue reading चीनसँग जोडिएका १४ नाका एकसाथ पुनः सञ्चालनको घोषणा
थाई एयरवेजले नेपाल उडानको आधिकारिक घोषणा गर्यो
काठमाडौं । थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण २०२२ मार्चमा रोकिएको थियो । थाई एयरवेजले… Continue reading थाई एयरवेजले नेपाल उडानको आधिकारिक घोषणा गर्यो
केप कडका नेपालीले साकेला उभौली मनाएँ
म्यासाचुसेट्स केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो । केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of… Continue reading केप कडका नेपालीले साकेला उभौली मनाएँ
चीनको ग्वान्जाओमा नेपाली पर्यटनको प्रवर्द्धन
काठमाडौं । चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको ग्वान्जाओमा नेपालको प्रचार प्रसार गरेका छन् । ३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको… Continue reading चीनको ग्वान्जाओमा नेपाली पर्यटनको प्रवर्द्धन
सन्दीपलाई अमेरिकाले दिएन भिसा
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सार्वजनिक भएको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराए । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल… Continue reading सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेजाको १७औं साधारण सभाको तयारी अन्तिम चरणमा
म्यासाचूसेट्स अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन्।उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४… Continue reading नेजाको १७औं साधारण सभाको तयारी अन्तिम चरणमा
बेलायतमा नेपाली समुदायसमक्ष प्रधानमन्त्री ऋषि सुनक
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्। नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको चर्चा गर्दै… Continue reading बेलायतमा नेपाली समुदायसमक्ष प्रधानमन्त्री ऋषि सुनक
किर्गीस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन आह्वान
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका… Continue reading किर्गीस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन आह्वान
क्यानडामा डडेलोको कहर, ६ हजार भन्दा धेरै विस्थापित
काठमाडौं । क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको सिबिसी न्यूजले बताएको छ । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली… Continue reading क्यानडामा डडेलोको कहर, ६ हजार भन्दा धेरै विस्थापित
कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान
काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट… Continue reading कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान
नेजाको १७औं साधारण सभामा सहभागी हुन रजिस्ट्रेशन खुला
बोष्टन । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७औं साधारण सभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको छ। उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) गर्ने निधो गरिएको छ। नेजाले उक्त साधारण सभालाई व्यवस्थित… Continue reading नेजाको १७औं साधारण सभामा सहभागी हुन रजिस्ट्रेशन खुला