नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा ४७ अर्ब ३५ करोड रुपैयाँ विदेश पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को मंसिर मसान्तसम्म भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै… Continue reading नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनको भ्रमण स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिने छन्… Continue reading प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु… Continue reading अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु निःशुल्क रूपमै… Continue reading विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

काठमाडौं । भारत र माल्दिभ्सबीच चर्किएको वाकयुद्धले माल्दिभ्सको पर्यटनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ । माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरिसकेको छ । तर, भारतमा ब्वाइकट माल्दिभ्स अभियान चलाइएको छ । यस अभियानलाई क्रिकेट र बलिउड सलिब्रेटीले समेत साथ दिएका छन् । माल्दिभ्स भारतीय भीआइपी… Continue reading माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल… Continue reading सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

काठमाडौं । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर आफुखुसी युरोप गइरहेका नेपालीका लागि सरकारले सहजीकरण गरिदिएको छ । सरकारले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार पठाउन कानुनी बाटो खोलिदिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ सार्वजनिक गर्दै संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको छ ।… Continue reading यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु रुस जान पाउने छैनन् । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै… Continue reading नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

१० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् । रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका हुन् । ‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर… Continue reading १० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा… Continue reading नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउने भारतीय विदेशमन्त्री एस जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई आजै भेट्ने छन् । काठमाडौंस्थित… Continue reading जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक… Continue reading भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोक्दा उडान अवरुद्ध बन्न पुगेको छ । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए । कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा… Continue reading विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएको विभागले निकालेको सूचनामा उल्लेख छ । यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८… Continue reading पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने

काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् । संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।… Continue reading भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने

पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् । मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई… Continue reading पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छुु भन्दै २६ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन्। उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो। उनीविरूद्ध कृतेश खरेल समेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको वैदेशिक… Continue reading अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने

काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । यसअघि ईपीएस शाखाले मंसिर… Continue reading कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने

दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

business-standard

काठमाडौं । नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको… Continue reading दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो । गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो… Continue reading दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने बताएका छन् । मंगलबार आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्ने बताएका हुन् । ‘म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि… Continue reading कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल

काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम… Continue reading यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल

कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

काठमाडौं । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो । शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन… Continue reading कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

काठमाडौं । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच… Continue reading नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

काठमाडौं । कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो । यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका… Continue reading कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ… Continue reading प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

काठमाडौं । रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो । रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो ।… Continue reading रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

काठमाडौं । नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्। उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ… Continue reading नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको छ,’ मन्त्रालयले… Continue reading रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु