साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन् । प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । कार्कीका परिवारजनसँगको भेटमा… Continue reading साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

काठमाडौं । नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारले प्रतिष्ठित इशा अवार्ड प्रदान प्रदान गरेको छ । सरकारको तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले अवार्ड हस्तान्तरण गरेका हुन् । मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान… Continue reading बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

बाइक राइडर र टयाक्सी ड्राइभरमा श्रम स्वीकृति नपाइने

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो । विभागका अनुसार वैदेशिक रोजगारीका लागि यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका… Continue reading बाइक राइडर र टयाक्सी ड्राइभरमा श्रम स्वीकृति नपाइने

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुगेको छ ।संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूतरस्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी–मोलान्डेले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कमा गत बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर… Continue reading नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

इकोनोमिक्स ओलम्पियाडमा नेपालबाट भाग लिने विद्यार्थी छानिए

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ ।ललितपुरमा आइतबार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् । जसमा बूढानीलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर… Continue reading इकोनोमिक्स ओलम्पियाडमा नेपालबाट भाग लिने विद्यार्थी छानिए

मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

काठमाडौं । मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै… Continue reading मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

file

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेका हुन् । उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । चिकित्सकीय भाषामा… Continue reading वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

दूतावासमा श्रमिक डेक्स राखिने

काठमाडौं ।  नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ… Continue reading दूतावासमा श्रमिक डेक्स राखिने

टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट प्रभावितहरुका लागि नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ ।टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने… Continue reading टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

टर्की भूकम्पपछि २१ जना नेपाली सम्पर्कमा

काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली दूतावासको सम्पर्कमा आएका हुन् । दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल छन् । ‘अहिलेसम्म भूकम्पमा परेर नेपाली हताहत भएको खबर छैन,’ दूतावासले भन्यो । दूतावासको सम्पर्कमा आएका… Continue reading टर्की भूकम्पपछि २१ जना नेपाली सम्पर्कमा

टर्की भूकम्पमा नेपाली सुरक्षित

काठमाडौं । टर्कि र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो सङ्कटको घडीमा नेपाल सरकार टर्किए र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको… Continue reading टर्की भूकम्पमा नेपाली सुरक्षित

साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका(७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ बस्‍ने ३० वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि… Continue reading साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत भएका छन् । विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक भएका हुन् । नेकपा (माओवादी… Continue reading आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने

गैंडाको संरक्षणमा ५ मुलुकबीच सहकार्य हुने

काठमाडौं । गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति जुटेको छ । गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो । चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो… Continue reading गैंडाको संरक्षणमा ५ मुलुकबीच सहकार्य हुने

इयू आयुक्त जुट्टा नेपाल भ्रमणमा आउने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् । ईयूको काठमाडौंस्थित दूतावासका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्न आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने छिन् ।आयुक्त उर्पिलेनेनले भ्रमणका क्रममा नेपाली नेताहरुसँग भेटघाट गर्ने र ईयूका विभिन्न कार्यहरूको सुरुआत गर्ने बताइएको… Continue reading इयू आयुक्त जुट्टा नेपाल भ्रमणमा आउने

श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री राईको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग भेटवार्ता गरेकी छिन् । उनीहरुबीच शनिबार साँझ शिष्टाचार भेटवार्ता भएको हो । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् । मन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।… Continue reading श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री राईको भेटवार्ता

कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिट्टा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेको कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट… Continue reading कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका छन् । “मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि… Continue reading मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेको पाइएको छ । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उल्लेख छ । बेचबिखनमा परेकी किशोरी कुवेतमा पुर्याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको… Continue reading भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

काठमाडौं । कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले त्यहाँका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन भइरहेको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार… Continue reading सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

rss

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । सो क्रममा स्थानीयले भब्य स्वागत गरेका छन् । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला नेपालबाट लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका… Continue reading नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलमा ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी दुबईबाट आएका थिए । युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जनाइएको छ । मोहमदको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको हो । ती क्यानेडियन नागरिकले कम्मरमा फल्स… Continue reading त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको राजधानी कोलम्बो जाँदैछिन् । उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने भएको छ । श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको… Continue reading परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

काठमाडौं । नेपालमा जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक भित्रिएका छन् । यसमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र… Continue reading जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

काठमाडौं\एजेन्सी । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छिन्। नाइनन्युज सिड्नीले यसबारे समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको छ । एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट दिएका थिए ।… Continue reading बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण सम्पन्न गरेकी छिन् । उनले नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?

परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल पहिलो विदेश भ्रमणकारुपमा श्रीलंका जाने भएकी छिन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् । नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएकी छिन् । कार्यवाहक राजदूत डिल्मिनीले… Continue reading परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने

कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट

कनेक्टिकट । अमेरिकास्थित कनेक्टिकट राज्य आसपास बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेप्लिज एशोसिएशन अफ कनेक्टिकटमा नयाँ नेतृत्व छनोट भएको छ । समाज सेवामा आधारित रहेर यो संस्था क्रियासिल रहेको छ । संस्थाले आगामी दुई वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरेको हो । वेस्ट हार्टफोर्डस्थित एल्मवुड कम्यूनिटी हलमा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ… Continue reading कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट

रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?

काठमाडौं\बीबीसी । रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि कतिपय गैरआवासीय नेपालीहरूले नेपालमा आफूहरूले पाउने अधिकार खुम्चिएको चिन्ता व्यक्त गरिरहेका छन्। अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्ति नगरेको सर्वोच्चको ठहरपछि रवि लामिछानेले शुक्रवार गृहमन्त्री, सांसद र पार्टी प्रमुखको पद गुमाएका थिए। अदालतको फैसलापछि गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त सङ्घको… Continue reading रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा सोमबार सम्म रहने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुदैछ । भ्रमणमा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल हुने बताइएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै