गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

न्यूयोर्क । स्वस्ति इण्टटेनमेण्टको ब्यानरमा रचनाकार अनिता थापाले न्यूयोर्कको ज्याक्सन हाइट्समा ‘स्वस्ति साँझ’ आयोजना गर्ने भएको छ । यही मार्च १४ तारिख शनिबार साँझ ७ बजेदेखि ज्याक्सन हाइट्सस्थित ‘ह्वाइट हल’मा करिब १२ सयको हाराहारीमा नेपाली गीतहरु रेकर्ड गराइसकेका गायक जगदीश समालद्वारा गाइएका लोकप्रिय नेपाली सुगम संगीतहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक ओम कर्माचार्यले बताएका छन् ।… Continue reading गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

तराईका जिल्लामा आज होली मनाइँदै

वसन्तपुरमा होलीको रौनक काठमाडौँ, १८ फागुनः रङ्गहरूको पर्व फागुपूर्णिमा (होली)का अवसरमा सोमबार काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा रङ खेलेर मनोरञ्जन लिन आएका नागरिक । तस्बिरः हरिराम भेटुवाल/रासस

राससमध्यविन्दु (नवलपरासी), १९ फागुनः रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,… Continue reading तराईका जिल्लामा आज होली मनाइँदै

होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

होलीमा रमाउँदै पर्यटक कास्की,१८ फागुनः होली पर्वका अवसरमा पोखराको लेकसाइडमा सोमबार रङ लगाएर मनोरञ्जन लिएका विदेशी पर्यटक । तस्बिर ः कृष्ण दवाडी ÷रासस

राससकाठमाडौँ, १८ फागुनः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व… Continue reading होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।… Continue reading फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

गण्डकीमा पनि भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी, १५ फागुन । प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ ।निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचीत गरेको हो । कार्यालयले आज जारी गरेको सूचनामा फागु… Continue reading गण्डकीमा पनि भीडभाड गरेर फागु खेल्न नपाइने

यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

काठमाडौँ, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ । कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा… Continue reading यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

धर्मेन्द्र झा र टिकाराम सुनार/रासस काठमाडौँ, १५ फागुनः “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो”, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् । जनकपुरधाम–जहाँ प्रत्येक गल्लीमा कथा छ, प्रत्येक मन्दिरमा स्मृति छ, प्रत्येक आँगनमा अरिपनको रेखा छ र प्रत्येक आवाजमा… Continue reading जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?

काठमाडौँ, १३ फागुनः चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन ९ गतेसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु ११ करोड २४ लाख छ… Continue reading प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?

भक्तपुरमा पनि होली पर्व सुरु

प्रतिकात्मक तस्वीर: गोपाल दाहाल–रासस

भक्तपुर, १३ फागुनः भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका रुपमा काठको मुढाबट बनेको तीन हात लामो, ३० इञ्च गोलाइको काठको लिङ्गलाई आज कमलपोखरीमा पखालेर सफा… Continue reading भक्तपुरमा पनि होली पर्व सुरु

वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

काठमाडौँ, १२ फागुन : काठमाडौँको वसन्तपुरमा मङ्गलबार बिहान शुभ साइतमा चीर ठड्याए यो वर्षको फागुपर्वको विधिवतरूपमा सुरुवात गरिँदै । वसन्तपुरमा आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो । तस्बिर :गोपाल दाहाल–रासस

काठमाडौँ, १२ फागुनः काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास… Continue reading वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

रासस

काठमाडौँ, ८ फागुन । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएको टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सकिने भएको छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने… Continue reading निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

काठमाडौँ, ६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना… Continue reading पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ६ फागुन । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से… Continue reading आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

RSS

काठमाडौँ, ५ फागुनः महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर… Continue reading पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

विदेश पलायनको कथा रहेको ‘पहाड’ नयाँ वर्षमा प्रदर्शन

काठमाडौँ, ४ फागुनः वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिए ।… Continue reading विदेश पलायनको कथा रहेको ‘पहाड’ नयाँ वर्षमा प्रदर्शन

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति पौडेल काठमाडौँ, ३ फागुन : महाशिवरात्रि २०८२ का अवसरमा आइतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हालगायत । तस्बिर सौजन्य : राष्ट्रपतिको कार्यालय / रासस

काठमाडौँ, ३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष… Continue reading राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

तस्वीर : रासस

काठमाडौँ, ३ फागुनः महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आज पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका थिए ।

महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा

महाशिवरात्रि २०८२ का अवसरमा आइतबार चन्द्रागिरिस्थित भालेश्वर महादेवको मन्दिरमा सन्ध्याकालीन आरती गर्दै पुजारी । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, ३ फागुनः महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा आराधना एवं दर्शनका लागि भक्तजनको लामो लाम लागेको छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।… Continue reading महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा

आज २६३औँ सेना दिवस मनाइँदै

काठमाडौँ, ३ फागुनः नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति छन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा… Continue reading आज २६३औँ सेना दिवस मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौँ, ३ फागुनः महाशिवरात्रिका अवसरमा आइतबार पशुपतिनाथ मन्दिरमा पूजा आराधनाका गर्न आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, ३ फागुन । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व… Continue reading आज महाशिवरात्रि पर्व मनाइँदै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

RSS

काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका… Continue reading महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ, २९ माघः नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे । सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट… Continue reading टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

राष्ट्रियसभामा चलचित्र विधेयक पेस हुँदै

rss

काठमाडौँ, २८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छिन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी,… Continue reading राष्ट्रियसभामा चलचित्र विधेयक पेस हुँदै

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

rss

राससकाठमाडौँ, २६ माघः यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीका लागि मूल… Continue reading पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

डान्सलाई ‘हेप्ने सोच’प्रति चुनौती दिँदै ईशा, नाचेरै बनाइन् आमाका लागि घर

दुबई, यूएई । ‘डान्स गरेर केही पाइँदैन’ भन्ने सामाजिक सोचलाई व्यवहारमै चुनौती दिँदै नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय कलाकार ईशा परियारले डान्समार्फत कमाएको आम्दानीबाट आफ्नी आमाका लागि घर निर्माण गरेकी छन् । सुनसरीको कालाबन्जर स्थायी ठेगाना भएकी परियार सन् १९९९ मा जन्मिएकी हुन् । ५ फिट ३ इन्च उचाइकी उनले कक्षा १२ सम्म अध्ययन गरेकी… Continue reading डान्सलाई ‘हेप्ने सोच’प्रति चुनौती दिँदै ईशा, नाचेरै बनाइन् आमाका लागि घर

कविता : युद्ध रोकिएपछि…

सुरज गैह्रे ‘विवश’ युद्ध…एक दिन रोकिन्छ ।हातमा हतियार होइन,अनि मुटुमा माफ गर्ने आँसु लिएरमानिस फेरि मानिस हुन सिक्छ । तर…युद्ध रोकियो भन्दैमासबै ठिक हुन्छ भनेर नसोच ।तपाईंले देख्नु हुनेछःसहर बाँकी छन्– तर मानिस छैनन् । कतै बास्ना हराएको हुन्छ…कतै छायाँ मात्र हिँडिरहेको हुन्छ ।मानव सभ्यताको किताब खुल्लै हुन्छ–तर त्यहाँ अक्षर छैन, केवल खरानी । ‘युद्ध… Continue reading कविता : युद्ध रोकिएपछि…

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ, २५ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौँ महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य… Continue reading महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा, २३ माघ । जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले विवाह सम्पन्न गरेका छन् । बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् । “मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ”, स्थानीय मार्सिङ गुरुङले भने, “यसपालि माघ… Continue reading गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौँ, ९ माघः राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा… Continue reading राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज सोमबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौँ, ९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक… Continue reading राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना