भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति अनावरण गरिएको छ । बुद्धको मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएका कारण महंगो परेको बताइएको छ । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो । बीबीसीका अनुसार उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ ।… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो साढे २ अर्बको बुद्धमुर्ती
Category: मनोरञ्जन
मुक्तिनाथ दर्शनमा राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन तथा पूजाआजा गरेकी छिन् । यो सिजनमा मुक्तिनाथका लागि ठूलो संख्यामा भक्तजन जाने गर्छन् । राष्ट्रपतिको भ्रमणले यस भेगको विकासमा अझ टेवा पुग्ने विश्वास लिइएको छ । मुस्ताङमा पर्ने पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शन गर्न राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम जोमसोम हुँदै मुक्तिनाथ… Continue reading मुक्तिनाथ दर्शनमा राष्ट्रपति
नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा
सुपेन्द्र बस्नेत, बोष्टन तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु… Continue reading नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा
तिहारको पूर्वसन्ध्यामा जावलाखेलमा शुरु भयो पुष्प प्रदर्शनी
काठमाडौं । तिहारको पुर्वसन्ध्यामा ललितपुरको जावलाखेल खेल मैदानमा पुष्प प्रदर्शनी शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार १४ औं गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गरेका छन् । कोभिड–१९ महामारीका कारण गत वर्ष मेला हुन सकेको थिएन । तिहारमा सबैभन्दा बढी फूलको खपत हुने गर्छ । तर, कोरोनाका कारण प्रभावित भएको व्यवसाय पुरानै अवस्थामा फर्कन भने… Continue reading तिहारको पूर्वसन्ध्यामा जावलाखेलमा शुरु भयो पुष्प प्रदर्शनी
तिहारमा फूलको माग स्वदेशी उत्पादनले नथेग्ने, ५० हजार माला आयातको तयारी
काठमाडौं । नजिकिएको नेपालीहरुको दोस्रो महान चाड तिहारमा फूलको माग स्वदेशी उत्पादनले थेग्न नसक्ने भएको छ । सोहीकारण तिहारका लागि यस वर्ष पनि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । राससका अनुसार फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका… Continue reading तिहारमा फूलको माग स्वदेशी उत्पादनले नथेग्ने, ५० हजार माला आयातको तयारी
आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै
काठमाडौं । मंगलबार दशैको अन्तिम दिन अर्थात, कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गर्ने दिनका रुपमा कोजाग्रत पुर्णिमालाइ मनाउने प्रचलन रहेको छ ।५ दिन सम्म दशैको टीका जमरा लगाउने प्रचलन रहेको स्थानमा आज अन्तिम दिन टीका र जमरा लगाइन्छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल… Continue reading आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै
गोकर्णेश्वरका युवा समुहद्वारा ३०० वर्ष पुरानो संस्कृतिको जगेर्ना
अमृता के सी (रोनी) काठमाडौँ, असोज ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित ऐतिहासिक स्थान ‘देसे’ मा दशैँको टीकाको दिन ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ । विजया दशमीको टिकाको दिन असत्यमाथि सत्यको जित भएको भन्दै देखाइदै गरेको देवि नाच ३७ वर्षसम्म यो नाच नाच्ने मानिसहरू नभएपछि देखाइएको थिएन । ४ वर्षअघि… Continue reading गोकर्णेश्वरका युवा समुहद्वारा ३०० वर्ष पुरानो संस्कृतिको जगेर्ना
आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना
काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरि मनाइदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकका रुपमा मानिन्छ । देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने… Continue reading आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना
परदेशीको पिडा गीत बजारमा
न्यूयोर्क नेपालीको महान चाड दशैँलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक बिष्णुहरी भण्डारीको दशैँ कोसेली ‘परदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ । घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । गायक तथा सर्जक बिष्णुहरी भण्डारीको शब्द तथा लय रहेको मौलिक दशैँ गीत… Continue reading परदेशीको पिडा गीत बजारमा
आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं । बडा दशैंको आज दोस्रो दिन आज देशभर ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठ तथा दशैं घरहरुमा देवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने प्रचलन रहेको छ । दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिन्छ । राजधानीका तलेजु भवानी,… Continue reading आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
कांग्रेसले यो वर्ष पनि चियापान आयोजना नगर्ने
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले हरेक वर्ष दशैं, दीपावली र छठको अवसरमा कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक पनि नगर्ने भएको छ । गत वर्ष समेत कोरोनाका कारण चियापान आयोजना भएको थिएन । बिहीबार काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी एक विज्ञप्तिमा कोरोना महामारीबाट बच्न सबैले उच्च सतर्कता… Continue reading कांग्रेसले यो वर्ष पनि चियापान आयोजना नगर्ने
आजबाट बडा दशैं शुरु, जमरा राखिँदै
काठमाडौं । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरि जमरा राखिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जानकारी गराएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री… Continue reading आजबाट बडा दशैं शुरु, जमरा राखिँदै
बलिउडका चर्चित कलाकारहरु काठमाडौंमा, फिल्म उँचाईको छायांकन गरिँदै
काठमाडौं । बलिउडका केही चर्चित कलाकारहरु यतिबेला काठमाडौंमा छन् । फिल्म ‘उँचाई’को छायांकनका दौरान बलिउडका चर्चित अनुहारहरु यतिबेला काठमाडौं आइपुगेका हुन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका छन् । उनीहरुमध्ये अनुपम खेर पशुपतिनाथ दर्शनमा पुगेका छन् । उनले यो भूमिमा आउँदा आफुले शान्ती प्राप्त गर्ने बताएका छन् । यो… Continue reading बलिउडका चर्चित कलाकारहरु काठमाडौंमा, फिल्म उँचाईको छायांकन गरिँदै
जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने
टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्न शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। बीबीसीका अनुसार जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बनेको थियो । उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यसै महिना विवाह गर्ने तयारी गरेको समेत समाचारमा उल्लेख छ । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह… Continue reading जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग्ने
नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो । समितिका अनुसार नेपालमा भने असोज २९ गते… Continue reading नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?
काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक
काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला-महोत्सव र सभा-जुलुस गर्न नपाउने गरि प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्म यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घर बाहिर मानिस जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न… Continue reading काठमाडौंमा मेला, महोत्सव, सभा-जुलुसमा रोक
मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु
गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडेली आरोहीको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर… Continue reading मनास्लु हिमाल आरोहणका दौरान क्यानेडेली आरोहीको मृत्यु
अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन
प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ कीर्तिपुरको चिलम्हो विहारमा एक जोडी आए । महिला मिसालं र हाकुपटासीमा गुटमुटिइन भने पुरुष तपालं र सुरुवालमा । केटोले बाँसुरी फुके भने केटीचाँहि राधिका बनेर फुर्किइन । कीर्तिपुरको माटोको त्यो एक टुक्रा, एकक्षणको लागि बृन्दावन भयो । त्यो रमाइलोलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा हालेर छुट्टै मजा लिइरहेका छन् यहाँका युवाहरु ।… Continue reading अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन
पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै
पोखरा । नेपालको पर्यटकीय नगरि पोखरामा यस वर्षको विश्व पर्यटन दिवस पृथक तरिकाबाट मनाइने भएको छ । गण्डकी प्रदेश सरकारले एक दर्जन मुलुकका राजदूतलाई आइतबार पोखरामा स्वागत गरेको छ । सोमबार परेको विश्व पर्यटन दिवसका अवसरमा राजदूतहरुले पदयात्रा गर्ने भएका छन् । पदयात्रा र पोखरा नेपाली पर्यटनका विश्वव्यापी पहिचान हुन् । नेपालमा पर्यटक आगमन खुला… Continue reading पर्यटन दिवसको अवसरमा एक दर्जन मुलुकका राजदूत पोखरामा पदयात्रा गर्दै
मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण
काठमाडौं । जारी आरोहण सिजनमा मनास्लु हिमालमा सर्वाधिक आरोही पुगेका छन् । करीव ५ सय आरोही विभिन्न क्याम्पमा रहेको समयमा शुक्रबार चुचुरोसम्म डोरी पुगेको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएको हो । सेभेन समिट ट्रेकका अनुसार आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा… Continue reading मनास्लु चुचुरोमा पुग्यो डोरी, आजबाट धमाधम आरोहण
दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२… Continue reading दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा
चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना निर्माण गरेको छ । अब विभिन्न स्थानमा सुृरक्षाकर्मीको निगरानी बढाइने छ । साथमा सादा पोशाकमा रहेका सुरक्षाकर्मीले समेत निगरानी बढाउने भएका छन् । महाशाखाले दशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीको… Continue reading चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने
भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२
काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ घोषित भएका छन् । विक्की अग्रवाल र सन्तोष थापासहित फाइनल पुगेका उनले सर्वाधिक भोट पाएर विजेता बनेका हुन् । फाइनल शनिबार राति सम्पन्न भएको हो । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुतिका कारण उनी चर्चामा आएका थिए । पौडेलले कार र २५ लाख… Continue reading भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२
चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका… Continue reading चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै
काठमाडौं । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज देशभर पूजा आराधनासहित मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । यो दिनमा घरमा रहेका हातहतियारको समेत पूजा गरिन्छ । कृषकले कृषि औजारको पूजा गर्छन् । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो… Continue reading आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै
चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत
काठमाडौं । नेपालीको महत्वपूर्ण चाडबाड नजिकिएका छन् । यसले भिडभाड बढ्ने र कोरोना भाइरसको संक्रमण फैलने जोखिम रहेको छ । सरकारले यस परिस्थितिमा कोरोना संक्रमण कायमै रहेको भन्दै चाडपर्वमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक आदेश जारी गरि चाडपर्वमा धेरै जना जम्मा नहुन र चाडपर्वलाई सांकेतिक रुपमा… Continue reading चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत
पोखरामा खुल्यो लकडाउन, रात्रिकालिन व्यवसाय समेत चल्ने
पोखरा । पोखरामा सबै प्रकारका पर्यटकीय गतिविधि शुरु भएको छ । बैशाख तेस्रो सातादेखि पोखरामा जारी भएको लकडाउन अब पूर्ण रुपमा खुलेको हो । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। यससँगै पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबारलगायत सबै गतिविधि खुलाउने निर्णय भएको हो… Continue reading पोखरामा खुल्यो लकडाउन, रात्रिकालिन व्यवसाय समेत चल्ने
१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार… Continue reading १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक युवति वेपत्ता भएकी छिन् । प्रहरीका अनुसार घटना मङ्गलवार भएको हो । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा… Continue reading टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
हलेसी मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला
खोटाङ । कोरोना भाइरसको महामारीका कारण चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारबाट सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । खोटाङ जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र को आइतबार बसेको बैठकले मन्दिर खुलाउने निर्णय लिएको हो । मन्दिर ५ वैशाखदेखि बन्छ ।… Continue reading हलेसी मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला