भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

२२ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार… Continue reading भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

२२ भदौ, मुग्लिन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन्… Continue reading आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

२१ भदौ, लुम्बिनी । भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । लुम्बिनी आगमनलाई उनले विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताएका छन् । गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य… Continue reading लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, २१ भदौ : राष्ट्रपति पौडेल-अवलोकन काठमाडौँको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा ऐतिहासिक इन्द्रजात्रा पर्वको अवलोकन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री केपी शर्मा ओलीलगायत।तस्बिर : किरणराज विष्ट/रासस

२१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका थिए । विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका छन् । उनीसँगै… Continue reading राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

१८ भदौ, काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य… Continue reading चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

१७ भदौ, ढोरपाटन । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड… Continue reading ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

काठमाडौँ, १५ भदौ : कांग्रेस सभापति देउवा निवासमा गौरा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बुढानिलकण्ठस्थित निवासमा गौरा पर्व मनाउने क्रममा। तस्बिरः नवीन पौडेल

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गरे । साथै उनीहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गरे । सो… Continue reading कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

दोधारा चाँदनी (कञ्चनपुर), १४ भदौः गौरा पर्वको तेस्रो दिन शनिबार गौराघरमा गौरा भित्र्याएर गौरादेवीको पूजा गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानका ब्रतालु महिला । आजको दिन ब्रतालु महिलाहरु गोराघरमा जम्मा भई ब्राह्मणलाई बोलाइ गोरामा अभिशेष गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन्। धागोमा विशेष किसिमका सात गाँठा भएको धागोलाई गौरामा चढार्इ अभिशेष गरेपछि महिलाले घाँटीमा धारणा गर्ने गर्दछन् । तस्बिरः महादेव अवस्थीरासस

१५ भदौ, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्… Continue reading सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

१५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । गौरापर्व, २०८२ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि… Continue reading गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

१५ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ । यो… Continue reading भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

१२ भदौ, बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताए ।… Continue reading सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

अब ठूलो पर्दामा ‘हरिबहादुर’

१२ भदौ, काठमाडौं । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उनले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि… Continue reading अब ठूलो पर्दामा ‘हरिबहादुर’

तीज रमझम तस्वीरमा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीस्थित शिव मन्दिरमा तिजको दिन मङ्गलबार पूजाअर्चना पश्चात नाचगान गरेर रमाउँदै भक्तजनहरु । तस्बिर : सुरेश आचार्य / रासस

१० भदौ, काठमाडौं । आज हरितालिका तीज हिन्दुधर्मावलम्बीले उल्लासमय वातावरणमा मनाउँदैछन् । साथै शिवालयहरुमा महिला भक्तजनको भीड समेत लागेको छ । पशुपतिनाथसहितका शिव मन्दिरको माहोल तस्वीरमा यस्तो देखियो ।

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

तिजको दिन मङ्गलबार बिहान भिसमिसे उज्यालोमै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक,… Continue reading तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन र पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिर: हरिराम भेटुवाल / रासस

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।उनले भनेका छन्, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा… Continue reading व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस

१० भदौ, काठमाडौं । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।केही भक्तजन भने बिहान ३ः०० बजेअघि… Continue reading हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

पशुपतिनाथमा तीजको तयारी पूरा

१० भदौ, काठमाडौं । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शनार्थ जाने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत… Continue reading पशुपतिनाथमा तीजको तयारी पूरा

बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

९ भदौ, बेलायत । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ ।… Continue reading बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१\८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन रु दुई… Continue reading सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

८ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय… Continue reading तीजको तयारीः पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

८ भदौ, देउखुरी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।… Continue reading थारू समुदायले आज अटवारी पर्व मनाउँदै

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

८ भदौ, पाटन । मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित भएकी छिन् । मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ बनेकी छिन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु… Continue reading प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्रर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो छ । तस्बिर : हरिराम भेटुवाल / रासस

७ भदौ, काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो… Continue reading भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ स्थित बागमती नदी किनारमा रहेको गोकर्णेश्वर मन्दिर परिसरमा शनिबार बिहान कुशे अ‍ौँसीका दिन दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : रत्न श्रेष्ठ / रासस

७ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने… Continue reading आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै

गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

५ भदौं, काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरे । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र… Continue reading गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

देशभर यसरी मनाइयो कृष्णाजन्माष्टमी (फोटो फिचर)

(250816) -- LALITPUR, Aug. 16, 2025 (Xinhua) -- A girl poses for photos with peacock feathers in hand during the Krishna Janmashtami festival in Lalitpur, Nepal, Aug. 16, 2025. (Photo by Hari Maharjan/Xinhua)

आज देशभर कृष्णाजन्माष्टमी मनाइएको छ । यस अवधिमा देशभरीका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । आज ललितपुरको पाटनमा अधिक भीड लाग्ने गर्छ र राष्ट्रपति रामचन्द्र पौडेल समेत सो मन्दिरमा सरीक भएर पूजा पाठ गरेका छन् । यस्तो छ देशभरीका कृष्ण मन्दिरमा आज देखिएको माहोल

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा शनिबार बिहान श्रीकृष्ण जन्माष्टमीका दिन पूजाअर्चना गर्न लामबद्व भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

३१ साउन, काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

साँझपख बदलिन्छ धरानको भानुचोक

सङ्गीता राई\रासस३० साउन, धरान । बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ । बसका सहायकको चर्को बोलावट, यात्रुहरूको हतार र सवारीसाधनका इञ्जिनहरूको गुञ्जनले भानुचोक… Continue reading साँझपख बदलिन्छ धरानको भानुचोक

युट्युबमा तीज गीतको लहर

राम थापा\रासस३० साउन, काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी..’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका… Continue reading युट्युबमा तीज गीतको लहर

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

२८ साउन, मुस्ताङ । यहाँको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गर्न करिब रु चार करोड बजेट विनियोजन गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथ, मुक्तिनाथ रानीपौवा बजार, कागबेनी र दामोदरकुण्ड धार्मिकस्थललगायतका क्षेत्रमा पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए । विनियोजित बजेट समितिले… Continue reading मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने