काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब रुपैयाँ हाराहारी विदेशी लगानी हुने भएको छ । कोरियाली कम्पनीले यो आयोजना निर्माण गर्दैछ । स्रोतको जोहो भएसँगै शुक्रबार कम्पनी र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ । उर्जा मन्त्रालयका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा,… Continue reading माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी
Category: फिचर
आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी
सिरिया । यसअघि विकसित मुलुकहरुले इस्लामिक स्टेट (आईएस)का नेता अबु बक्र अल बगदादी मारिएको पटक पटक बताएका थिए । तर, उनीहरुको दाविलाई गलत सावित गर्दै बगदादी पुनः सार्वजनिक हुने गर्थे । तर यस पटकको अमेरिकी सैन्य अपरेशनमा भने उनी मारिएको संगठन स्वयमले पुष्टि गरेको छ । बगदादी मारिएको भन्दै संगठनले नयाँ नेता समेत चयन गरेको… Continue reading आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी
महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर
काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो। महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।… Continue reading महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर
कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु
कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ । घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर… Continue reading कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु
कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउन भएको छ । सोही प्रयोजनका लागि बिहीबार पदाधिकारी बैठक डाकिएको छ । १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । देशभर करीव ५० पदमा उपनिर्वाचन हुनेछ । पदाधिकारी बैठकले उपनिर्वाचनका उमेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा… Continue reading कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै
किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भए । दिनभर संचारमाध्यम र अन्य सामाजिक संजालमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निकै चासो व्यक्त भयो । तर, साँझ अस्पताल र प्रधानमन्त्रीको निजी सचिवका तर्फबाट एक विज्ञप्ती जारी गर्दै भनियो, यो प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षण भएको र बुधबार साँझ नै या बिहीबारसम्म डिस्चार्ज हुने उल्लेख छ… Continue reading किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?
नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड
काठमाडौं एक जना नेपालीले पर्वतारोहणको ईतिहासमा नयाँ किर्तिमान राखेका छन् । ३६ बर्षीय निर्मल पुर्जाले १८९ दिन भित्र विश्वका १४ वटा अग्ला हिमश्रृंखलाको सफल आरोहण सम्पन्न गरी नयाँ किर्तिमान राखेको हो । पुर्जाले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने क्रममा मंगलवार चिनको सिसपङ्मा हिमालको आरोहण सफलता पूर्वक सम्पन्न गरेपछि विश्वमा उनको नयाँ… Continue reading नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड
अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !
न्युयोर्क अमेरिकी राहदानी बाहक अर्थात अमेरिकी नागरिकहरुले प्रायश: विश्वका थुप्रै देशहरुको भ्रमण गर्दा सम्बन्धित देशहरुको भिसा लिइरहनु पर्दैन । राहदानी बोक्यो, हवाईजहाज चढ्यो । तर अन्य थुप्रै देशहरु पनि छन् जहाँ जानको लागि अमेरिकी राहदानी बाहकले भिसा लिनै पर्छ । यसरी अमेरिकी पासपोर्ट बाहकले भिसा लिनै पर्ने थुप्रै देशहरुको सुचीमा भिसा प्राप्त गर्ने तीन वटा… Continue reading अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !
अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो
विश्वमा लामो समयदेखि सर्वाधिक खोजिमा रहेका आतंककारी समुहका नेता अबु बकर अल बग्दादीको मृत्युमा अहम भूमिका खेल्ने अमेरिकी सेनाको कुकुर घाईते अवस्थामा आफ्नो ड्युटीमा फर्किएको छ । गत शनिबार चर्चित आतंकबादी नेता मारिएको भन्दै आइतबार बिहान राष्ट्रपति डोनाण्ड ट्रम्पले व्हाईट हाऊसबाट बिशेष सम्बोधन गरेका थिए । बग्दादीको मृत्युमा बिशेष भूमिका खेल्ने सेनाको तालिम प्राप्त उक्त… Continue reading अमेरिकी सेनाको साहसी कुकुर जस्ले आतंककारी नेता बग्दादीलाई मार्यो
विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी
राष्ट्रपति डोनल्ड ट्रम्पले तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आईतबार बिहान बोल्दै ट्रम्पले भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले लखेटेको बताए । इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा… Continue reading विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी
क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै
न्युयोर्क नेपालका हरेक चाड पर्ब संस्कृती रिती रिवाजसँग नजिकको सम्बन्ध राख्दै हरेक स्थानीय चाडपर्बलाई पर्ब कै रुपमा मनाउँदै आएका नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीले रंगोली बनाउँदै आफ्नो निवासमा माला र झिलिमिली बत्तीले सझाउँदै तिहार मनाएका छन् । राजदुत बेरीले लक्ष्मी पूजाको तयारी गरेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गरिएको हो । एक बर्ष अगाडि अक्टुबर २५… Continue reading क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै
अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै
शनिबार राती राष्ट्रपती डोनाल्ड ट्रम्पले एकदम ठुलो घटना घटेको जनाउदै ट्विट गरेका छँन् ।सामान्यतया दिनमा १० देखी १५ ,१६ पटक सम्म ट्विट गर्ने राष्ट्रपती ट्रम्पको उक्त ट्विटले निकै ठुलो राजनीतिक घटनाको संकेत गेरेको छ । शनिबार राती ९ बजेर २० मिनेटमा ट्विट गर्दै ट्रम्पले लेखेका छँन् ” समथिङ भेरी बिग ह्याज जस्ट ह्यापेन्ड ” । … Continue reading अाईतबार बिहान राष्ट्रपती ट्रम्पले राष्ट्रका नाममा बिशेष सम्बोधन गर्दै
काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ । २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक… Continue reading काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ
आज दिन भर देशभर बत्ति नजाने
काठमाडौं । यस वर्ष पनि देशभर लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने भएको छ । आइतबार परेको लक्ष्मीपूजाका लागि देशभर आवश्यकता अनुसार विद्यूत लोड पुर्याउने गरी तयारी भएको नेपाल विद्यूत प्राधिकरणले जानकारी दिएको छ । नेपालमा २०७३ साल अगाडी हरेक लक्ष्मी पूजाका दिन नेपाल विद्यूत प्राधिकरणले लोड कम हुने सामान चलाउन आग्रह गर्दै आएको थियो ।… Continue reading आज दिन भर देशभर बत्ति नजाने
यस्तो छ लक्ष्मी पुजाको साईत
काठमाडौं संसारभर रहेका हिन्दू धर्मावलम्बीहरुको महान पर्व तिहारलाई दीपहरुको पर्व भएकोले दीपावली पनि भनिन्छ । आफ्नो घर, पसल आदिमा झिलिमिली बत्ती, फुल, ध्वजापतंगाले सजाएर हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीपावली शरद ऋतुमा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू चाड हो । दीवाली भारतको सबैभन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक… Continue reading यस्तो छ लक्ष्मी पुजाको साईत
अब चितवनसम्म पाइपलाइनबाट ग्यास
बारा । भारतको मोतिहारीबाट अब चितवनसम्म पाइपलाइनबाट ग्यास आउने भएको छ । मोतीहारी–चितवन पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइनको काम शुरु गरिएको छ । शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाड्दै यस आयोजनाको शुरुवात भएको घोषणा गरे । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवनपेट्रोलियम पाइपलाइन समेत बिस्तार हुने उक्त अवसरमा जानकारी… Continue reading अब चितवनसम्म पाइपलाइनबाट ग्यास
महरा जेल जान सक्ने : प्रहरीले मुद्दा चलाउनु पर्ने प्रतिबेदन बुझायो
काठमाडौं जबर्जस्ती करणीको उद्योग गरेकोले सो सम्वन्धि मुद्दा चलाउनु पर्ने राय सहित निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध प्रहरीले अनुसन्धान प्रतिबेदन सरकारी वकिलको कार्यलयमा बुझाएको छ । प्रहरीले २० दिनको गहन अनुसन्धान पश्चात उक्त प्रतिबेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार महरा र अंकरक्षकको बयान सकिएपछि शुक्रबार नै अनुसन्धानको… Continue reading महरा जेल जान सक्ने : प्रहरीले मुद्दा चलाउनु पर्ने प्रतिबेदन बुझायो
जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस
काठमाडौं । व्यवस्थापिका संसद, संसदीय उपसमितिले जर्मनी, बोनस्थित नेपाली राजदूतावास भवन बेच्न सरकारलाई सिफारिस गरेको छ । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिबाट जर्मनीको बोनस्थित दूतावासको भवन प्रयोगविहीन रहेको भन्दै तत्काल बेच्नु पर्ने सुझाव दिएको छ । उपसमितिका संयोजक राजेन्द्र कुमार केसीका अनुसार त्यहाँ रहेका दुई वटा भवन प्रयोग विहिन रहेका छन् । जर्मनीको राजधानी… Continue reading जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस
काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण नसकिदै जिम्मेवारीबाट पन्छिएको छ । गोरखा भूकम्पको केन्द्रिविन्दु पनि हो । सबैभन्दा बढी क्षती पुगेको यो वस्तीलाई दुई वर्षमा ठडाउने भन्दै एनआरएनएले यसको जिम्मेवारी लिएको थियो । यसबीचमा दुई कार्यकाल फेरीए, ४ वर्ष बित्यो, तर वस्ती निर्माणको काम सकिएको… Continue reading काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए
आजबाट शुरु भयो निर्वाचन आचारसंहिता
काठमाडौं । आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको तयारीमा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म होमिएका छन् । सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता लागु लागेको छ । उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको आयोगले जानकारी दिएको छ । आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार,… Continue reading आजबाट शुरु भयो निर्वाचन आचारसंहिता
आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती
काठमाडौं । बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सवारीका दौरान करीव आधा घण्टा विमानस्थल बन्द भयो । विमानस्थलले जारी गरेको नोटाम अबधिभर कुनै पनि व्यवसायीक उडानका जहाजले उड्ने वा ओर्लने अनुमति पाउँदैनन् । त्यसबेला आकासमा होल्ड भएका र मैदानमा रहेका जहाजहरुले भने बिहीबार दिउसो तीन चार घण्टासम्म पनि सास्ती भोग्नु पर्यो । १ बजे अपरान्हका… Continue reading आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती
डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ
काठमाडौं । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विश्व बैंकले निकाल्ने यस्तो प्रतिवेदनले विश्वव्यापी मान्यता पाउने गर्छ । डुइङ विजनेस २०२० प्रतिवेदन अनुसार नेपाल ९४ औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १ सय १० औं स्थानमा रहेको थियो । डुइङ विजनेसले हेर्ने विभिन्न १० क्षेत्रमध्ये नेपालले ५ क्षेत्रमा सकारात्मक… Continue reading डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ
ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?
लण्डन । बुधबार बेलायतको राजधानी लन्डनमा एक ट्रक भित्र ३९ शव बरामद भयो । ट्रक चालक २५ वर्षिय एक यूवक पनि पक्राउ परे । यस घटनाले विश्वलाई भयभित मात्र पारेको छैन, आखिर अति विकसित मुलुक बेलायतमै यो अमानवीय घटना कसरी भयो भने जिज्ञासा समेत उत्पन्न गराएको छ । ट्रक बेल्जियमबाट जहाजमा चढाएर वेलायत पुगेको प्रहरीले… Continue reading ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?
राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् । उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।… Continue reading राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने
आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता
काठमाडौं । पशुपति आर्यघाटमा बुधबार एकाएक एक सूचना टासिएको पाइयो । सूचना अनुसार पशुपति आर्यघाटमा दाह संस्कारको काम अनिश्चितकालका लागि बन्द गरिएको र सेवा अवरुद्ध भएको उल्लेख थियो । यो सूचनासँगै घाट सेवकहरुले दाहसंस्कार रोकेका थिए । आफन्त गुमाएको शोकमा पशुपतिना मन्दिरको पवित्र स्थलमा दाहसंस्कारका लागि पुगेका मानिस अलपत्र परेका थिए । तर, दिउँसो समस्या… Continue reading आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता
प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अपडेट लिए । तीन जना केन्द्रिय मन्त्री र प्रमुख सल्लाहकारसहित उनी करीव एक घन्टा एक्सन रुममा बसेका थिए । त्यसक्रममा उनले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अपडेट भिडियो मार्फत लिएका थिए । एक्सन रुपमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई… Continue reading प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए
लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार
काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो । तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो वर्ष काठमाडौंबाट लोडसेडिङ हट्यो । त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरबाट लोडसेडिङको कालो इतिहास मेटिने क्रममा… Continue reading लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार
तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही
काठमाडौं । सरकारले तिहार मनाउने नाममा विकृति नभित्राउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा समाजमा नकारात्मक असर पार्ने खालका गीत, संगीत तथा श्रव्य दृश्य सामग्री उत्पादन, गायन, प्रसारण विक्री वितरण नगर्न नगराउन आग्रह गरेको हो । यस्तो काम भएमा कानून बमोजिम कडा कारवाही… Continue reading तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही
आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै
काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो । नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा… Continue reading आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै
पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर
काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर एक ऐतिहासिक विषेशताका कारण चर्चित छ । यो मन्दिर हरेक वर्ष केवल भाइटिकाका दिन मात्र सर्वसाधारणको लागि खुल्ने गर्छ । तर, यसरी खुल्न छाडेको पनि ५ वर्ष पुगेको छ । वैशाख २०७२ को भूकम्पले भत्किएको रानी पोखरी र बालगोपालेवर मन्दिरको पुनर्निर्माणको काम नसकिएपछि यस वर्ष पनि भाइटिकामा यो मन्दिर नखुल्ने… Continue reading पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर