७ वर्षपछि मनाङमा पुग्यो जहाज

मनाङ। नियमित जहाज उड्न बन्द भएको ७ वर्षपछि मनाङमा जहाज पुगेको छ । समिट एयरको जहाजबाट शुक्रबार मनाङमा सफल उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल पीच गरेपनि यात्रुको अभावले कम्पनीहरु आकर्षित हुन सकेका थिएनन् । प्रदेश सरकारको पहलमा शुक्रबार पोखराबाट मनाङमा समिट एयरको जहाज पुगेको छ । जहाजमा गण्डकी प्रदेशका मुख्यमन्त्री… Continue reading ७ वर्षपछि मनाङमा पुग्यो जहाज

गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

काठमाडौं । प्रहरीले गुण्डानाइके समिरमान सिंह बस्न्यातका सहयोगी साजन गुरुङलाई गोली प्रहार गरी पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानेर गुरुङलाई पक्राउ गरेको हो । नकोज भनिने गुरुङले जेल भित्र रहेका नाइके बस्न्यातका लागि काम गर्ने गरेको प्रहरीको दावि रहेको छ । बस्न्यातसँगको साँठगाँठ रहेको आरोपमा गृहमन्त्री राम बहादुर थापा बादलका भाई… Continue reading गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ । उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ । सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ विशिष्ट विदेशी पाहुना जात्रा अवलोकनमा सहभागी हुने बताएको छ… Continue reading आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

कंगो । लिकबाट रेल उछिट्टिएपछि भएको भयानक दूर्घटनामा परी कंगोमा ५० जनाको ज्यान गएको छ । दूर्घटनामा १ सय भन्दा बढीको उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । कंगोको दक्षिण पूर्वी तान्गानयिका प्रान्तमा बिहीबार तिब्र गतिमा रहेका एक रेल लिकबाट उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छ । कंगोका मानवीय राहत माममा मन्त्री स्टीव मबीकाईका अनुसार ५०… Continue reading कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

५ असोजदखि अग्रिम टिकट बुकिंग

काठमाडौं । दशैंलक्षित अग्रिम टिकट बुकिंग ५ असोजदेखि शुरु हुने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ताले अग्रिम बुकिंग खुलाउने सहमति गरेको हो । यसअघि पटक पटक वार्ता भएपनि सहमति जुट्न सकेको थिएन । व्यवसायी दशैंको मुखमा भाडा बढाउने शर्तमा मात्र अग्रिम बुकिंग खुलाउने अडानमा थिए । तर, दशैं अगाडी भाडा… Continue reading ५ असोजदखि अग्रिम टिकट बुकिंग

खुल्ने भयो मलेसियाको रोजगारी

काठमाडौं । अन्ततः मलेसियाको रोजगारी खुल्ने भएको छ । करीव डेढ वर्षदेखि ठप्प रोजगारी खुलाउने सहमति दुई मुलुकबीच सहमति भएको छ । बन्द रोजगारी तत्काल खुलाउने सहमति भएको हो । नेपाल र मलेसियाबीच सहसचिव स्तरमा उक्त सहमति भएको हो । दुबै देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा यस्तो सहमति जुटेको श्रम तथा रोजगार मन्त्रालयले… Continue reading खुल्ने भयो मलेसियाको रोजगारी

कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानमा नेकपा कार्यक्रताले आक्रमण गरेका छन् । बाँकेको सीतापुरमा प्रतिपक्षी नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ । घटनामा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको बताइएको छ । अन्य कार्यक्रतासमेत घाइते भएका छन् । नेपाली कांग्रेसले विपि जयन्तीको अवसर पारेर देशव्यापी… Continue reading कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

त्रिदेशिय ट्राभल शो नेपालमा

काठमाडौं । नेपाल इण्डिया चाइना एक्स्पो (नाइस) नेपालमा आयोजना हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । भारत, चीन र नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायी तथा सरोकारवालाको सहभागितामा हुने यस शोले भ्रमण वर्ष सफल बनाउन ठूलो भूमिका खेल्ने पाटा नेपाल च्याप्टरले… Continue reading त्रिदेशिय ट्राभल शो नेपालमा

एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

काठमाडौं । अब व्यवसायी र बैंकर एउटै व्यक्ति बन्न नपाउने प्रावधान ल्याउन लागिएको छ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता गरेको छ । यो विधेयक पारित भए एउटै व्यक्ति अब बैंकर र व्यवसायी एउटै भूमिकामा रहन पाउने छैन । विधेयकले बैंकर र व्यवसायी छुट्ट्याउने मात्र छैन, सञ्चालक र प्रमुख कार्यकारीको उमेर,… Continue reading एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

काठमाडौं । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थामाथि अब सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६ ल्याउन लागेको सरकारले अब एक पटकमा २५ लाख र सो भन्दा माथिको कारोवार गर्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाउने भएको हो । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण… Continue reading ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिन गरेको घोषणा कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वसचिव सूरेशमान श्रेष्ठको अध्यक्षतामा गठन भएको यस समितिले आन्तरिक उडानका सन्दर्भमा उठेका समग्र विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको छ । खासगरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको हवाई… Continue reading जेष्ठ नागरिकलाई हवाई भाडामा छूटबारे सुझाव दिन समिति गठन

नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन औपचारिक रुपमा सुरुवात भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार औपचारिक रुपमा सुरुवात गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट स्वीच थिचेर पाइपलाइनको सुरुवात गरेका हुन् । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गाइनले दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताए ।… Continue reading नेपाल–भारत पेट्रोलियम पाइपलाइन यसकारण नेपालको लाइफलाइन

एप्पलले सार्वजनिक गर्यो आइफोन ११

क्यालिफोर्निया । आइफोन पारखीलाई अब नयाँ सिरिज सार्वजनिक भएको छ । मंगलबार राती नयाँ सिरिजको आइफोन सार्वजनिक गरेको हो एप्पलले आइफोन ११ प्रो र प्रो म्याक्सको पनि लन्च गर्यो । आइफोन ११ को विभिन्न सिरिजको मूल्य अनुसार आइफोन ११ ६ सय ९९ डलरदेखि शुरु हुने भएको छ । आइफोन ११ प्रोको मूल्य भने ९ सय… Continue reading एप्पलले सार्वजनिक गर्यो आइफोन ११

पर्यटन प्रवद्र्धन योजना, बौद्धमार्गी देशलाई प्राथमिकता

काठमाडौं । निकट भविश्यमा निर्माण सम्पन्न भई संचालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनलाई ध्यानमा राख्दै चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाल पर्यटन बोर्डले बौद्धमार्गी मुलुकमा प्रवद्र्धन केन्द्रित गर्ने भएको छ । नियमित स्रोत बजार, यूरोप, अमेरिका, चीन र भारतबाहेक अब नयाँ स्रोत बजार खोज्न बौद्धमार्गी मुलुकलाई प्राथमिकता दिने योजना नेपाल पर्यटन बोर्डले बनाएको हो ।… Continue reading पर्यटन प्रवद्र्धन योजना, बौद्धमार्गी देशलाई प्राथमिकता

पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

काठमाडौं । दक्षिण एसियाकै पहिलो ट्रान्स बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको छ । चिनियाँ विदेशमन्त्रीबाट सोमबार मात्रै नेपालसँग सम्झौता भई ३५ करोडको अस्पताल बनाउने भन्ने खबरको आलोचना भइरहेको बेला भारतले एक ठूलो र रणनीतिक महत्वको परियोजना नेपाललाई सुम्पेर फेरी एक पटक नेपालीको मन जित्ने कोसिस गरेको छ । मंगलबार सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको… Continue reading पेट्रोलियम पाइपलाइन उद्घाटन दुई प्रधानमन्त्रीबाट, के भने मोदी र ओलीले ?

चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किदैछन् । मंगलबार अपरान्ह उनी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल बसाईका दौरान विदेशमन्त्री वाङले उच्च स्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् । मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र कांगेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।… Continue reading चिनियाँ विदेशमन्त्री वाङ आज स्वदेश फर्किदै, देउवा र प्रचण्डसँग भेट्दै

आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै

काठमाडौं । नेपाली राजनीतिका शीर्षपुरुष विपि कोइरालाको आज जन्मजयन्ती, नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । खासगरी जागरण अभियानको थालनी गर्ने बताएको कांग्रेसले विपीको १ सय ६औं जन्मजयन्तीका दिन १०६ वटा रुख रोपेर अभियान थाल्ने भएको छ । सबै प्रदेशमा यो अभियान शुरु हुने भएको छ । दोस्रो चरणको जागरण अभियानको दौरान रुख रोपेर… Continue reading आज विपी जयन्ती, कांग्रेसले जागरण अभियान थाल्दै

मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ

काठमाडौं । मंगलबारबाट नेपालमा पाइपलाइनबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आयात शुरु हुँदैछ । नेपाल तथा भारतका प्रधानमन्त्रीले मंगलबार आआफ्नो मुलुकबाट पाइपलाइनको उद्घाटन गर्दैछन् । नेपाल र भारतको रणनीतिक महत्व बोकेको यो पाइपलाइन निर्माण भएसँगै अब ढुवानी खर्चमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने भएको छ । उद्घाटनको तयारी पुरा भएको नेपाल आयल निगमले जानकारी दिएको… Continue reading मंगलबारदेखि पाइपबाट नेपालमा पेट्रोलियम पदार्थ

दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै चहलपहल शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइत जुराएको छ । समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । २१ असोजमा यस वर्ष विजयादशमी परेको छ । उक्त दिन मंगलबार हो । त्यसो त विजयादशमीमा दिन भर जसो नै… Continue reading दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

आजबाट काठमाडौंमा विद्यूतीय बस

काठमाडौं । काठमाडौंको सडकमा सोमबारदेखि सार्वजनिक बस संचालनमा आउँदैछन् । निजी लगानीको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा बसबाट विद्यूतीय सार्वजनिक सवारीको यूग प्रारम्भ गर्दैछ । यसअघि नेपालमा करीव ३० वर्षभन्दा लामो समय चलेको ट्रलीबसले विद्यूतिय सवारीको रुपमा काठमाडौंको पहिचान स्थापित गराएको थियो । नेतृत्वको हेला भएपछि ट्रली बस बन्द हुन पुगेको थियो । ट्रली… Continue reading आजबाट काठमाडौंमा विद्यूतीय बस

७३ स्थानमा चल्ने भए सुपथ पसल

काठमाडौं । सरकारले चाडबाड लक्षित गरी देशभर सुपथ मूल्यका पसल संचालन गर्ने भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले देशका ७३ स्थानमा सुपथ मूल्य पसल स्थापनाको निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुट दिने सम्बन्धमा पनि टुंगो लगाएको हो… Continue reading ७३ स्थानमा चल्ने भए सुपथ पसल

तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

अफगानिस्तानमा जारी हिंसा अन्त्यका लागि महत्वपूर्ण मानिएको शान्ती सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकृत गरेका छन् । तालिबानसँग शान्ति सहमति भएपछि तालिवानले लगातार दुई बम विस्फोट गराइयो । जहा अमेरिकी सैनिकको समेत ज्यान गएपछि राष्ट्रपति ट्रम्प सहमतिबाट पछि हट्ने रणनीतिमा पुगेका हुन् । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तथा तालिबान नेताहरुसँग क्याम्प डेविडमा भेटघाटको कार्यक्रम… Continue reading तालिवानसँगको सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकृत

चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण, विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएर निर्वाचनपछि कम्यूनिष्ट नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पुरा भइसकेको छ । यसबीचमा चीन सरकारको तर्फबाट नेपालमा पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज नेपाल आउँदैछन् । पाकिस्तानमा एक सम्मेलन पुरा गरी उनी नेपाल आउन लागेका हुन् ।… Continue reading चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण, विदेशमन्त्री आज नेपाल आउँदै

ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । यससँगै ओमनमा वैदेशिक रोजगारीमा जाने नेपाली तथा नेपाल भ्रमणमा आउने ओमाानका नागरिकलाई यात्रा सहज भएको ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए । सलाम एयरको जनरल सेल्स एजेन्ट नेपालमा आइएमई ट्राभल्सले गर्दै आएको छ । अहिले कम्पनीले नेपालमा साताको तीन… Continue reading ओमानको सलाम एयरले काठमाडौंमा दैनिक उडान घोषणा

भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

भारतले शनिबार बिहान प्रक्षेपण गरेको चन्द्रयान-२ सम्पर्कबिहिन भएको छ । भारतले निकै महत्व दिएको यो यान अन्तरिक्ष अभियानको महत्वपूर्ण पाटो थियो । तर, यान चन्द्रमामा अवतरण गर्नु अगाडी नै सम्पर्कविहिन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यानसँग पुनः सम्पर्क स्थापित गर्ने कोसिस भने जारी राखिएको छ । यान प्रक्षेपण प्रत्यक्ष रुपमा अवलोकन गर्न… Continue reading भारतीय चन्द्रयान-२ सम्पर्कबिहिन

दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने

काठमाडौं । सरकारी व्यवस्थापनमा आगामी दशैंमा करीव ३ हजार खसी, बोका तथा च्यांग्रा काठमाडौंको बजारमा बिक्रि गरिने भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडले दशैँ लक्षित गरी उक्त संख्यामा खसी बोका ल्याउन लागेको बताएको छ । बजारमा माग भने यसको तुलनामा निकै धेरै हुन्छ । यस पटक मासुको भाउ अत्यधिक बढेको छ ।… Continue reading दशैंमा सरकारले ३ हजार खसी, बोका, च्यांग्रा काठमाडौंमा बेच्ने

तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु पुगेका थिए । विमानस्थलमा प्रधानमन्त्री संचारकर्मीसँग बोल्न भने मानेनन् । उनी ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका थिए । त्यसअघि १०… Continue reading तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो । त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको… Continue reading कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

एडीबीका आयोजनामा समस्यै समस्या

काठमाडौं । एसियाली विकास बैंकका असधकांश आयोजनामा समस्या रहेको देखिएको छ । एसियाली विकास बैंकले बिहीबार राजधानीमा आयोजना गरेको त्रिपक्षीय समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार धेरैजसो आयोजनाको कार्यान्वयन अवस्था कमजोर रहेको देखिएको छ । एडीबीले कार्यान्वयन कमजोर रहेका आधा दर्जन आयोजनको सम्झौता नविकरण नै गरेको छैन । नविकरण गरेका आयोजनाको पनि फाइनान्सियल क्लिोजर सम्झौता अवधिभन्दा निकै… Continue reading एडीबीका आयोजनामा समस्यै समस्या

आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

हङकङ । लगातार तीन महिनाभन्दा लामो आन्दोलनको बलमा हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएको छ । हङकङ सरकारको तर्फबाट प्रमुख ल्यारी क्यामले बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी छन् । विधेयक ल्याएसँगै हङकङमा सम्भवतः सबैभन्दा ठूलो आन्दोलन भएको छ । जसको बेलमा विधेयक फिर्ता भएको हो । विधेयक फिर्ता भएपछि आन्दोलन फिर्ता हुन्छ या जारी रहन्छ… Continue reading आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता