अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २२ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र… Continue reading अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा मदनप्रसाद परियार काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबार प्रथम राष्ट्रिय च्याउ दिवसका अवसरमा आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा प्रदर्शनीमा राखिएका विभिन्न प्रकारका च्याउ अवलोकन गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २० पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो । आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक… Continue reading नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १९ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक,… Continue reading निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो

बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ‘डिस्चार्ज’

झापा, १९ पुसः भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना… Continue reading बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ‘डिस्चार्ज’

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा, १९ पुसः गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी… Continue reading रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

५१ यात्रु बोकेको बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो

१८ पुस, काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगेको बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा ५१ जना सवार थिए । यात्रु तथा चालक दलका सदस्य सकुसल छन् । जहाजमा आगो नलागेका कारण ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।… Continue reading ५१ यात्रु बोकेको बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

भरतपुर (चितवन), १८ पुसः सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको… Continue reading ‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

राससभोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् । गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि… Continue reading चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ (स्याङ्जा), १८ पुस । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७… Continue reading स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

Photo : GWMI

वासिङ्टन, १८ पुस (रासस–एएफपी) । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक बर्षका लागि पर सारिएको जानकारी गराएको छ। यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।… Continue reading अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

कृष्ण दवाडी–राससकास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । “कुँडहर सबस्टेशनको… Continue reading पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । उपभोक्तालाई स्थानीय… Continue reading स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १८ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।… Continue reading निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

Barber and content creator Safari Martins uses a clothing iron as he shaves Ian Njenga in Kiambu, Kenya, Wednesday, Nov. 26, 2025. (AP Photo/Andrew Kasuku)

किम्बु (केन्या), १८ पुस (रासस–एपी) । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन् । झुपडीको काठको भित्तामा बेलचा, फलाम, कृषि कैँची र रेन्च झुण्ड्याइएको छ । तर यहाँ उपकरण किन्ने कुरा होइन, ग्राहकहरू कपाल काटाउन आएका हुन्छन् । “म केवल अपरम्परागत उपकरणहरू प्रयोग गर्छु”,… Continue reading तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

सुबास ढुंगाना/रासस

काठमाडौँ, १७ पुस । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२–८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबीच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको छ । गत आव २०८१–८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षकोभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा… Continue reading आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

विदेशी पर्यटकको अनलाइन ट्रयाकिङ प्रणाली आजबाट सुरु

काठमाडाैF,१७ पुस: विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ समाराेह गृहमन्त्री अf]मप्रकाश अर्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ लगायत बिहीबार अध्यागमन विभागद्बारा cfof]lht विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ समाराेह । तस्बिर : रत्न श्रेष्ठ, रासस

१७ पुस, काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो । यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा… Continue reading विदेशी पर्यटकको अनलाइन ट्रयाकिङ प्रणाली आजबाट सुरु

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा, १७ पुस । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण… Continue reading करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ, १७ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन् । भृकुटीमण्डपको अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र… Continue reading भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान (सुनसरी), १६ पुसः सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन… Continue reading भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध

अर्थमन्त्री रामेश्वर खनाल बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, १६ पुसः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक… Continue reading निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएको छ । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल–मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुख : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की काठमाडौँमा बुधबार आयोजित ’शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

१६ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उनले राजनीतिक स्थिरता तथा विश्वास कायमगरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु… Continue reading सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुख : प्रधानमन्त्री

दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा काठमाडौँमा बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’सामूहिक पहल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति डोलप्रसाद ‘डिपी ’अर्याल । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—सामूहिक पहल’ कार्यक्रममा अर्यालले सबै क्षेत्रको सहकार्यबाटै शान्ति र समृद्धि सम्भव रहेको बताए । गत भदौ २३… Continue reading दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत काठमाडौँमा बुधबार आयोजित ’शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि… Continue reading असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

काठमाडौँ, १६ पुस । निजी क्षेत्रका छाता संस्थाहरूले लगानीयोग्य वातावरण सिर्जना गर्न तथा व्यवसायको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ शीर्षकको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गरी मनोबल उकास्न सरकारसँग आग्रह गर्नुभयो । उनले निजीक्षेत्र संरक्षण… Continue reading सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा

file

हनोई, १६ पुस (रासस/सिन्ह्वा) भियतनामको विद्युत् प्रणाली अब दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सोमबार सार्वजनिक गरेको जानकारीमा उल्लेख गरिएको छ । ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब… Continue reading भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा

चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन

(251231) -- JINGHONG, Dec. 31, 2025 (Xinhua) -- This photo shows winter cherry blossoms and a tea plantation in Dadugang Township of Jinghong City, Xishuangbanna Dai Autonomous Prefecture, southwest China's Yunnan Province, Dec. 21, 2025. Wei Chun used to work at an international hotel in a first-tier city. In June 2024, she became an agricultural manager of a collective economy company in Dadugang Township, a role locals refer to as the "Village CEO." Under her leadership, idle factory buildings and vacant land were transformed into cafes, educational spaces, and campsites, providing recreational spaces for visitors. Wei also offered free training in coffee making, tea art, and rural hospitality management, improving service quality and expanding employment opportunities for villagers. By 2025, Wei has helped more than 100 villagers acquire new skills and attracted nine talents returning home to start businesses here. (Xinhua/Chen Shuo)

बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ । यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च… Continue reading चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन

शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक… Continue reading शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

काठमाडौँ, १६ पुसः देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका… Continue reading अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद