Category: अर्थतन्त्र

  • अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

    अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

    काठमाडौं । युक्रेनसँग लड्न रुसले आफ्ना फौज रिजर्भ राखि सिरियाबाट लडाकु भर्ति गरिरहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रीट जर्नल’मा अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै यस्तो खुलासा गरिएको हो । रूसले सिरियाबाट भाडामा लड्ने गरि लडाकु आफ्नो फौजमा भर्ति गरिरहेको खुलासा भएको हो । यसमा गुप्तचार अधिकारीहरुले संख्या भने खुलाएका छैनन् ।

    तर, लडाकुहरु केही रुसमा रहेको र केहीलाई युक्रेनमा खटाइएको समेत खुलासा गरिएको छ । रुसले ६ महिनाका लागि उनीहरुलाई भर्ति गरेको बुझिएको छ । सिरियामा एक दशक भन्दा लामो समय चलेको युद्धका कारण यहाँका मानिसमा लड्ने क्षमता रहेको भन्दै उनीहरुलाई भर्ति गरिएको हो । यसले रूस अब छापामार युद्धमा समेत होमिने संकेत गरेको अनुमान गरिएको छ ।

  • डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

    डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

    काठमाडौं । प्रहरीले एक करोड ५० लाख नगदसहित काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाल अवैध हुण्डी कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी सो स्थानमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् । नेपालमा रेमिट्यान्सको ठूलो रकम अनौपचारिक माध्यमबाट भित्रने गरेको देखिन्छ ।

  • सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने

    सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ ।

    विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।

    राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो।

    जस अनुसार अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था थियो ।

    अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । रुस र युक्रेनबीच युद्द सुरु भएपछि सुनको मूल्य निरन्तर बढ्दो छ ।

  • रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन

    रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन

    काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३.६९ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ४ वटामा बढेको छ भने अन्य ९ वटा राताम्मे भएका छन् ।

    बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको थियो । विहीवार सार्वजनिक बिदाको कारण बजार बन्द नै रहेको थियो ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल लाइफ इन्सोरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड २७ बढीको कारोबार भएको छ । तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ । त्यसको ११ करोड १७ बढीको कारोबार भएको छ ।

    आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य सामान्य बढेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६६३ रुपैयाँ पुगेको छ ।

    सामलिङ पावर ४.४८, नेपाल ल्युब ३.९९, न्यादी हाइड्रोपावर २.७४, एनआइबीएल समृद्धि फण्ड–२ र ग्लोबल आइएमई सम्मुनत स्कीम १ को शेयरमूल्य साढे २ प्रतिशतले बढेको छ ।

    त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल र प्रभु इन्स्योरेन्सको मूल्य २ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज शिवम् सिमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.११ प्रतिशतले घटेर प्रतिकित्ता १०८५ रुपैयाँमा झरेको छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार भने ओेरालो लागि रहेको छ ।

  • सुनको मूल्य तोलाको १ लाख नजिक

    सुनको मूल्य तोलाको १ लाख नजिक

    काठमाडौं । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ नजिक पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ ।

  • रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक

    रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धले महंगी बढाउने विश्व बैंकले बताएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपाससँग बीबीसीले लिएको प्रतिक्रियामा उनले जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् ।

    युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि हुने देखिएको मालपासले उल्लेख गरेका छन् । रुसी आपूर्ति बन्द भएका कारण विश्वमा तेल र ग्यासको मूल्य बढ्ने चेतावनी पनि उनले दिए। आगामी केही दिनभित्र विश्व बैंकले युक्रेनलाई लाखौँ डलर बराबरको सहायता प्याकेज उपलब्ध गराउने अपेक्षा गरिएको समेत समाचारमा उल्लेख छ ।

  • पेट्रोलियम पदार्थको मूल्यले उचाई छुँदै, निगमले एकै पटक बढायो लिटरमा ५ रुपैयाँ

    पेट्रोलियम पदार्थको मूल्यले उचाई छुँदै, निगमले एकै पटक बढायो लिटरमा ५ रुपैयाँ

    काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै राती १२ बजेबाट लागु हुने छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपाली उपभोक्तासम्म परेको छ । रुस र युक्रेन युद्धको असर कच्चा तेलको मूल्यमा परेको हो । मूल्य बढ्दा पनि निगमलाई सबैजसतो पेट्रोलियम पदार्थमा भने घाटा छ । जसका कारण १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

  • एमसीसीको व्याख्यात्मक घोषणालाई अमेरिकाद्धारा स्वीकार

    एमसीसीको व्याख्यात्मक घोषणालाई अमेरिकाद्धारा स्वीकार

    काठमाडौं । अमेरिकाले नेपालको संसदबाट पारित भएको व्याख्यात्मक घोषणालाई स्वीकार गरेको छ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको भन्दै अमेरिकाले स्वीकार गरेको संकेत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले उल्लेख गरेको छ ।

    ‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणा हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो’ भेटमा राजदूत बेरीले राखेको धारणा उधृत गर्दै गृहमन्त्रीको सचिवालयले लेखेको छ । १५ फागुनमा प्रतिनिधिसभाले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । तर कतिपय दल र तिनका नेताहरुले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगर्ने टिप्पणी गरेका थिए ।

    मन्त्री खाँणसँगको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताएका थिए । गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन प्रतिपक्षमा हुँदा र अहिले सरकारमा हुँदा पनि दृढ रहेको बताए । ‘एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो’ उनले भने ।

  • रुस-युक्रेन युद्ध: कच्चा तेलको मूल्य ८ वर्ष यताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?

    रुस-युक्रेन युद्ध: कच्चा तेलको मूल्य ८ वर्ष यताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?

    काठमाडौं । रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेको छ । रुसले गत साता युक्रेनमा आक्रमण गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै ८ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।

    एकसातामै क्रुड आयलको मूल्य प्रतिब्यारेल झन्डै १५ डलरले बढेर १०८.७७ पुगेको छ । यो पछिल्लो ८ वर्ष यताकै उच्च हो । यसअघि सन् २०१४ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १०९ डलर पुगेको थियो ।

    विश्वकै दोस्रो ठूलो तेल उत्पादक रसियालाई अमेरिका, युरोपेली युनियन लगायतले नाकाबन्दी लगाएपछि आपूर्ति अवरुद्ध हुँदा तेलको मूल्य बढेको हो ।

    साथै, रुस युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्यहरुले आपतकालीन पण्डारबाट ६० मिलियन ब्यारल तेल छोड्ने सहमति भएसँगै मूल्य बढ्न पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अन्य ३० सदस्य मुलुकहरुले विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न तेल जारी गर्न सहमति जनाएका थिए।

    यस्तै, रुस युक्रेन बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ । जसले सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ

    अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ ।

    यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।

    यसैबीच, मंगलबार मात्रै इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढेको पत्र पठाइसकेको छ । सोही अनुसार निगमले अब इन्धनको भाउ बढाउन सक्ने जनाइएको छ ।

  • दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग

    दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग

    काठमाडौं । सरकारले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरण गर्न माग संकलनका लागि आवेदन आह्वान गरेको हो ।

    केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुल्हो दिने भएको हो ।

    एलपी ग्यासको मूल्य बढ्दो अवस्थामा राहत दिने उद्देश्यसहित यस्तो निवेदन आह्वान गरिएको केन्द्रले बताएको छ । त्यस्तै विद्युतीय चुलोको पनि प्रबद्र्धन पनि गर्ने केन्द्रको विश्वास छ ।

    यो सुविधा स्नातक र स्नातकोतर तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपलब्ध गराइने छ । यसका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस केन्द्रमा बुझउनुपर्ने छ ।

    तोकिएको शर्त पुग्ने विद्यार्थीहरुले यही फागुन २५ गतेसम्म आवेदन दिन सक्ने केन्द्रले जनाएको छ । साथै यस सम्बन्धी विस्तृत जानकारी फारम केन्द्रको वेबसाइटमा उपलब्ध छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ ।

    साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा झरेको छ ।

    साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा रोकिएको थियो। सोमबार ४३.१० ले घटेर बजार २६१०.६० बिन्दुमा झरेको थियो।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर किनबेच भएका छन् ।

    मंगलवारको तुलनामा कारोबार रकममा घटेको छ । त्यसदिन ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इस्सोरेन्सको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अरुण भ्याली कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड १९ बढीको कारोबार भएको छ ।

    तेस्रोमा नेपाल दूरसञ्चार कम्पनीको कारोबार भएको छ । त्यसको १४ करोड १८ बढीको कारोबार भएको छ ।

    कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    यस कम्पनीको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेको छ । युनाइटेड इदी मर्दी र न्यादीकोे शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

  • नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना

    नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना

    काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ ।

    वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र रु एक लाख जरिवाना हुने फैसला गरेको हो ।

    इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ (१) को कसुर गरेको ठहर गरी १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

    इजलासले नक्कली कागजात तयार गर्ने कम्पनीको सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र रु ५० हजार सजाय गर्ने फैसला सुनाएको छ भने उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिलकुमार महर्जनलाई भने सफाइ दिएको छ ।

  • एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद

    एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद

    काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् ।

    सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको जनाइएको छ ।

    मन्त्रिपरिषद्को बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट लाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सदस्यहरु सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको हो । यस क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकारले धन्यबाद व्यक्त गरेको छ ।

  • एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

    एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

    सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पास भएको विरोधमा सुर्खेतमा हिंसात्मक प्रदर्शन भएको छ । पार्टी कार्यालयहरु तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो ।

    प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन नरोकिएको र तोडफोड भएसँगै प्रशासनले यस्तो कदम चाल्नु परेको बताएको छ ।


    जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ । सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

  • एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती

    एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती

    काठमाडौं । संसदबाट एमसिसी पारित भएपछि यसको विरोधमा साना दल आन्दोलित बनेका छन् । उनीहरुले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । जसका कारण लामो दुरीको यातायातका साधन बढी प्रभावित भएका छन् र राजमार्गहरु सुनसान बनेका छन् । काठमाडौं सहितका शहरी इलाकामा भने बन्दको प्रभाव कम छ । आइतबार संसदबाट एमसिसी अनुमोदन भएको विरोधमा बन्द आह्वान भएको हो ।

    आज उपत्यका बाहिर बढी प्रभाव परेको छ । जसले गर्दा यात्रुको आवागमन प्रभावित बनेको हो । नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका हुन् । उता बनेपा पुल बजारमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाले डिस्पोजको प्रक्रिया थालेको छ ।

  • एमसीसी पास भएपछि अमेरिकाको स्वागत

    एमसीसी पास भएपछि अमेरिकाको स्वागत

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पास भएपछि अमेरिकाले स्वागत गरेको छ । संसदको आइतबारको बैठकले एमसीसी अनुमोदन गरेको हो । अब सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाको प्रतिक्रिया छ ।

    काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार अबेर विज्ञप्ति निकाल्दै एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने बताएको छ । यसले ढुवानी खर्च घट्ने समेत अमेरिकाको भनाई छ ।

    एमसिसीले २० वर्षको अवधिमा विभिन्न देशमा गरिबी निवारणमा मद्दत गरेकोसमेत लेखेको छ । २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको समेत विज्ञप्तीमा भनिएको छ ।

  • अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

    अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

    काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा गर्दै संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरे ।

    यो प्रस्ताव संसदबाट बहुमतले पारित भयो । आजै व्याख्यात्मक घोषणा पास गरेसँगै संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र समाजवादी नेपाल सहमत भएका थिए । जसका कारण गठबन्धन कायम रहेर एमसीसी पास भएको हो । मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणाीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा सं्रसदले गरेको छ ।

    नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दामाथि रहेको, एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य नहुने, एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र वौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने घोषणा गरिएको छ । व्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलापरकार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।

  • पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्व सचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    अख्तियारले आइतबार श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँको स्रोत खुलेको आयोगले जनाएको छ।

    उनले जागिर अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बढी रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

    पूर्वसचिव समेत रहेका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बनेका थिए। सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि लागेको छ।

    आयोगका अनुसार पूर्वमन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई २०६४ माघ ८ गते अनिवार्य अवकाश पाएका थिए। यस्तै, त्यसअघि उनी शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए।

    नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण र युवा तथा खेलकूद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको पुष्टि भएको आयोगको भनाइ छ।

  • शर्त नै शर्तले बेरिएको एमसीसी यथास्थितिमा एमसिसी स्वीकार्न सकिँदैन – झलनाथ खनाल

    शर्त नै शर्तले बेरिएको एमसीसी यथास्थितिमा एमसिसी स्वीकार्न सकिँदैन – झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् ।

    आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै शर्त नै शर्तले बेरिएको एमसीसी मान्य नहुने बताएका हुन् । उनले स्वार्थ राखेर दिएको कुनै सहयोग परियोजना स्वीकार्य नभएको पनि बताए ।

    सांसद खनालले विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई सहयोग गर्नैपर्ने भएकाले सहयोग परियोजना पाउनुपर्ने नेपालजस्तो देशको हक अधिकार भएको तर्क गरे । तर, सहयोग भन्दैमा अमेरिकाको कानुन मान्न नसकिने उनले उल्लेख गरे ।

    नेपालको स्वाभीमानलाई तलमाथि पारेर दिएको सहयोग नलिने पनि खनालले बताए । सम्मान गरेर दिएकाे मुलुकको स्वाधीनताको रक्षा हुने भए जतिसुकै सहयाेग रकम लिने उनको भनाइ छ ।

    १९५ वटा देशहरूसँग कुनैलाई शत्रु ठानेको छैन। अमेरिकासँग पनि ७० वर्षदेखि सहकार्य गरिरहेका छौँ। हामी सहयोग लिन्छौँ। जुन सहयोग सम्मान र नेपालको स्वतन्त्रतालाई सम्मान गरेर दिएको सहयोगलाई लिन्छ। एमसिसी सम्झौतालाई शर्त नै शर्तले बेरिएको छ। त्यो शर्त अमान्य छ।’

    उनले अमेरिकाले हङकङ, तिब्बत, ताइनवानजस्ता ठाउँका लागि कानुन बनाइरहेको भन्दै अमेरिकाको कुरा मान्दै जाने हो चीनसँगको सम्बन्ध कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

    आफूहरू अर्ब मात्रै नभएर १ खर्ब दिए पनि स्वीकार्न तयार रहेको बताउँदै नेपालको स्वाभिमानविपरीत कसैको एक पैसा नचाहिने उनले बताए। एमसीसी सम्झौता लागू भएपछि अमेरिकाकै कानुन हुने व्यवस्था गरेको उल्लेख गरे।

    नेता खनालले भने, ‘व्याख्यात्मक टिप्पणी गरेर पास गर्ने कुरा आइरहेको छ। त्यसको ग्यारेन्टी के छ? यसको कुनै कानुनी आधार छैन।

    एकतर्फी रुपमा सभाले घोषणा गर्न मिल्दैन। संशोधन गर्न अमेरिका र एमसीसी थाहा छ कि छैन। त्यो कुरा संसदले थाहा पाउन पर्छ। त्यो थाहा भएपछि मात्रै अगाडि बढाउनेबारे सोच्न सक्छौँ।’

  • दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल

    दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्।

    यसअघि दुई पटकसम्म बसेको संसद बैठकमा एमसीसीमाथिको छलफल प्रस्ताव छलेका अर्थमन्त्री जनार्दन शर्मा आइतवारको संसद बैठकमा सहभागी भएका हुन् ।

    यसअघि प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुने कार्यसूचीका बेला विरामी भएको कारण देखाएर अनुपस्थित भएका थिए। त्यस्तै १२ गते को कार्यसूचीलाई लत्याउँदै उनी पर्वतको कुश्मास्थित द क्लिफ रिसोर्ट पुगेका थिए।

    फागुन १२ गते उनी रिसोर्टको स्काइ क्याफेमा देखिएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। एमसीसीको विपक्षमा सत्तारुढ गठबन्धन नै उभिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक स्थगित गरिएको थियो।

  • सम्हालिँदै नेपाली शेयर बजार, सामान्य अंकले घट्यो नेप्से

    सम्हालिँदै नेपाली शेयर बजार, सामान्य अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजार सामान्य अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७३ अंकले घटेर २७५३.७० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ३ अर्ब २७ करोड २७ लाख ७३ हजार ३४७ रुपैयाँ बराबरको ७० लाख ४० हजार २८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहीवार ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ बराबरको भएको थियो ।

    कारोबारमा आएका १३ मध्ये ११ वटाको परिसूचक राताम्मे भएका छन् । भने २ वटा बढेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.०९ प्रतिशतले घटेका छन् ।

    नेप्सेका एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४.५३ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड बढीको कारोबार भएको छ ।

    तेस्रोमा नेशनल हाइड्रोको भएको छ । यस कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

    त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ ।

    त्यसैगरी, तेह्रथुम पावर ४.०२, सामलिङ पावर ३.६५, नारायणी विकास बैंक ३.१४, शिवम सिमेन्ट ३.०५, कर्पोरेट डेभलपमेन्ट, एनआइबीएल प्रगति फण्ड, सनराइज ब्लुचिप फण्ड, नेरुडे लघुवित्त र मल्टिप्रपोज फाइनान्सको मूल्य साढे २ प्रतिशतले घटेको छ ।

  • काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

    काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

    काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ । एमसीसीको विपक्षमा काठमाडौंमा हरेक दिन आन्दोलन भइरहेको छ ।

    तर, संसदमा छलफल गरि पास गर्ने तयारी समेत रहेका कारण आजको प्रदर्शन उग्र हुने सम्भावना रहेको छ । सम्भावित आन्दोलनलाई दृष्टिगत गरि काठमाडौं उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको बताइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीको थप फोर्स काठमाडौं बोलाएको छ । सत्ता गठबन्धन भित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्ना कार्यकर्तालाई सडकमा उतारेका कारण आन्दोलन चर्को बनेको हो । दलहरुबीच सहमति जुटेमा भने उनीहरु आज सडकमा आउने छैनन् ।

  • गठबन्धन नभत्कने गरी एमसीसी अगाडी बढाउन दलहरुबीच कसरत

    गठबन्धन नभत्कने गरी एमसीसी अगाडी बढाउन दलहरुबीच कसरत

    काठमाडौं । दुई दिन अगाडी कांग्रेस र एमालेबीच गठबन्धन भत्काएर एमसीसी पास गराउने सहमति भएको थियो । तर, एमालेले आफ्ना माग पहिला पुरा हुनुपर्ने शर्त राखेपछि सहमति भाँडिएको थियो । त्यसपछि सत्तारुढ दलभित्रै सहमति जुटाउने प्रयास जारी छ । शनिबार अबेर सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको छ । जहाँ गठबन्धन जोगाउँदै एमसीसी सम्झौता पास गराउने सहमति नजिक पुगेको बताइएको छ ।

    एमसीसी सम्झौतामा रहेको अष्पष्ट बुँदामा व्याख्यात्मक घोषणा राखेर संसदबाट पारित गराउने प्रयास सत्तारुढ दलले गरेका छन् । यसले गठबन्धन तत्काल भत्कने छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता समेत प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गर्न सहमत भएको बताइएको छ । यसले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न उनीहरुलाई सहज हुनेछ ।

    एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा अर्को पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्नेछ । यस्तो प्रस्ताव कांग्रस महामन्त्री गगन थापाको हो । शनिबार कांग्रेस र एमाले बीच भएको छलफलमा सहमति नजुटेपछि सत्तारुढ दलमै सहमति खोजिएको हो । आजै पार्टीहरुले आफ्नो दलको बैठक राखी यसबारे निर्णय लिने छन् । संसद बैठक आजै बस्नेछ ।

  • विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण

    विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण

    काठमाडौं । सरकारले विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    यो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने अर्थ मन्त्रालयले बताएको छ। विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने मन्त्रालयको भनाई छ।

    ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले सबै नेपालीमा, विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ।’ उनले नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको सुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेकोसमेत दावी गरे।

    विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे। उनले कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपहरूले अर्थतन्त्र तथा सामान्य जीवनयापनमासमेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्वपूर्ण हुने बताए।

  • एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास

    एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास

    काठमाडौं । एसिसिबारे शुक्रबार पनि दलहरू निस्कर्षमा पुग्न सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता बिना निस्कर्ष सकिएसङ्गै
    एमाले र काङ्ग्रेस बीच समेत पुनः सहमतिको संभावना कम हुँदै गएको आङ्कलन गरिएको छ । शुक्रबार  बैठकमा नेकपा एमालले आफ्नो पुरानै अडान हामीलाई प्रतिनिधिसभा भित्र प्रवेश गर्ने द्वार खोलिदिनुहोस भन्ने माग दोहो-याएको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई जानकारी गराए ।
    भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको बताए । प्रधानमन्त्रीले सबै दल ठूलो संघर्षका प्राप्त लोततन्त्रको यात्राका सहयात्रीे भएको र प्रजातान्त्रिक मुल्यमान्यतामा सबै एक ठाउँमा रहन जुरुरी छ भन्ने विचार राखेको उनले बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अधिकतम् सहमतिबाट पास गरेर राष्ट्रिय महत्वको विषयमा हामी एक छौं भन्ने प्रदर्शन गर्नु पर्ने बताउनु भएको मन्त्री कार्कीले जानकारी गराए ।
    एमालेका नेता प्रदीप ज्ञवालीले आफूहरुले पूरानै माग संसदमा एमालेले सहज रुपमा उपस्थित हुने बतावरण बनाउन आग्रह गरेको र त्यसका लागि एमालेले निष्काशन गरेका १४ जनाको नाम टाँस गर्नु पर्ने वा सभामुखले स्टेप डाउन गर्नु पर्ने कुरा राखेको जानकारी दिए ।
    आजै सत्तारूढ दलको बैठक बसेको थियो । सो बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेन ।

  • सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोडको ऋण सम्झौता,कोरोनाको खोप किन्न खर्च गरिने

    सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोडको ऋण सम्झौता,कोरोनाको खोप किन्न खर्च गरिने

    काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।

    अर्थ मन्त्रालयमा शुक्रवार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्।

    प्रस्तावित ऋण सहायताको उपयोगबाट नेपाल सरकारले लिएको कोभिड-१९ विरुद्धको सर्वव्यापी खोप अभियान विस्तारमा थप सहजता आउनेछ विश्वास लिइएको छ।

    सहायताबाट ५ वर्षभन्दा माथि उमेर समूहका लागि सुरक्षित र प्रभावकारी हुने खोप खरिदका लागि सहयोग पुग्नेछ।

    महामारीले सिर्जना गरेको निरन्तर बदलिंदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको र १२ बर्षभन्दा माथिका सम्पुर्ण नेपालीहरूका लागि कोभिड-१९ विरूद्धको शुरूवाती चरणको खोपका साथै बुस्टर डोज प्रदान गर्ने क्रममा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

    सम्झौता पश्चात विशेष गरेर बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने अर्थ मन्त्रालयका सचिव मरासिनीले बताए।

    आयोजना तथा यसका अतिरिक्त वित्तपोषण अन्तर्गतका कार्यक्रमहरूको कार्यान्वयनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा बिभाग तथा सम्बद्ध संस्थागत निकायहरूद्वारा निरन्तरता दिईनेछ।

    विश्व बैंकले नेपालसँगको साझेदारीलाई निरन्तरता दिदै यस अतिरिक्त वित्तपोषणमार्फत जनसंख्याको ठूलो हिस्सालाई सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन लागेकोमा निर्देशक फारिसले खुसी व्यक्त गरे।

    कोरोना भाइरसका नयाँ स्वरूपहरूले आम जनमानसको सुरक्षा र जीविकोपार्जनमा समस्या खडा गर्ने मात्र नभई सार्वजनिक स्वास्थ्य प्रणालीलाई उच्च भार सिर्जना समेत गर्ने सम्भावना रहेकोले पनि यो सहकार्य निकै महत्वपूर्ण रहेको उनको भनाई छ।

    प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड-१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने साझा उद्देश्य राखेका छन्।

  • पुराना नोटको ब्रिकेट बनाउँदै राष्ट्र बैंक, कोइला प्रयोग गरिने उद्योगमा प्रयोग गरिने

    पुराना नोटको ब्रिकेट बनाउँदै राष्ट्र बैंक, कोइला प्रयोग गरिने उद्योगमा प्रयोग गरिने

    काठमाडौं। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ ।

    २०७८ फागुन १३ गते आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका हुन्।

    चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो ।

    सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखे ।

    बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।

    कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्यनोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए । सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे।

    बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।

    उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६x६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

    बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

    थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो ।

    बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ ।

  • आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन

    आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन

    काठमाडौं । प्रतिनिध सभाको बैठकमा आजबाट एमसीसीबाट छलफल प्रारम्भ हुँदैछ । कांग्रेसले दावि गरे अनुसार अबको तीन दिन भित्रमा एमसीसी पास नभए यो अमेरिकाले फिर्ता लैजाने छ । सोहीकारण उसले बरु गठबन्धन तोडियोस, तर सबै उपाय लगाएर भए पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो ।

    बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको छ । एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन ।

    सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ । सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीकोविरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् । पछिल्लो समय सरकार(नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

  • ऊर्जामन्त्री भुसालसँग भारत सरकारका ऊर्जा सचिवको शिष्टाचार भेट

    ऊर्जामन्त्री भुसालसँग भारत सरकारका ऊर्जा सचिवको शिष्टाचार भेट

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

    सो अवसरमा उनिहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ ।

    सो अवसरमा मन्त्री भुसालले नेपालसँग भएको जलविद्युत आपसी सहकार्यबाट प्रयोगमा ल्याई दोहोरो आवश्यकता परिपूर्ति गर्नुपर्ने बताए ।

    आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले उत्पादन तथा व्यापारमा द्वीपक्षीय सहज सहकार्यको आवश्यकता औंल्याए ।

    उनले भने , ‘हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।’

    ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भने, ‘हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । जहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचीवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।’

    भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    सो अवसरमा भारत सरकारका ऊर्जा सचिव आलोक कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    ऊर्जा व्यापारका लागि सहज बतावरण बनाउन आफूहरु सकारात्मक रहेको बताउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमती दिनका लागि हामी सकारात्मक छौँ ।’

    ‘काठमाडौँमा चलिरहेको बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने, ‘मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।’ सचिव आलोकले अरुण तेस्रो तीब्र गतिमा अगाडि बढेको बताउँदै भने ‘मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।’

    बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङसहितका अधिकारीको सहभागीता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो ।

  • राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली

    राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

    कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

    यस आइपीओमा गोलाप्रथा मार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

    कम्पनीको आइपीओमा आवेदन दिएका २४ लाख ९९ हजार ९५२ जनाको हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

    राष्ट्र उत्थानले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

    त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।