माथिल्लो अरुण परियोजनामा लगानी जुटाउन अर्थको पहल

काठमाडौं । मुलुकको रुपान्तरणकारी आयोजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयले दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको छ । १०६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्डलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल… Continue reading माथिल्लो अरुण परियोजनामा लगानी जुटाउन अर्थको पहल

प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार… Continue reading प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार बुटवल जाने भएका छन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेका हुन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो । बुटवलमा पहिलो पटक… Continue reading प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

१ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

File

काठमाडौं । सरकारले असार १ गतेदेखि दुई महिनाका लागि सडक खन्न रोक लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न… Continue reading १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

फेरि उकालो लाग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोलाछापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला… Continue reading फेरि उकालो लाग्यो सुनको भाउ

आधा बाटोबाटै काठमाडौं फर्कियो धनगढी उडेको श्री एयरलाइन्सको जहाज

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो। काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२… Continue reading आधा बाटोबाटै काठमाडौं फर्कियो धनगढी उडेको श्री एयरलाइन्सको जहाज

शेयर बजारमा उछाल

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । शेयर लगानीकर्ता र सरकारबीच भएको वार्ता निष्कर्षमा पुगेसँगै नेप्से उच्च अंकले बढेको हो । शेयर कारोबारमा हाल लाग्दै आएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकरनै अन्तिम कर हुने सहमति भएपछि लगानीकर्ता उत्साहित हुँदा साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा… Continue reading शेयर बजारमा उछाल

अर्थमन्त्रालयको स्पष्टीकरणः ५ वा साढे ७ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम मानिने

काठमाडौं । शेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ । शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐनको दफा २९ मा… Continue reading अर्थमन्त्रालयको स्पष्टीकरणः ५ वा साढे ७ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम मानिने

ब्रोकर कार्यालयमा तालाबन्दी, शेयर किनबेच प्रभावित

काठमाडौं । शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् । ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।सरकारले आर्थिक विधेयकमार्फत… Continue reading ब्रोकर कार्यालयमा तालाबन्दी, शेयर किनबेच प्रभावित

४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा

काठमाडौं । जुन ६ देखि ९ तारिकसम्म काठमाडौंमा हुन लागेको चौथो हिमालय ट्राभल मार्टका लागि ४० देशका होटल, ट्राभल तथा पर्यटन व्यावसायी नेपाल भ्रमणमा आएका छन् । प्यासिफिक एसियन ट्राभल एसोसियसन (पाटा) नेपालको आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको हिमालयन ट्राभल मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ ।… Continue reading ४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा

श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

Photo courtesy Sri Lanka Brief

काठमाडौं । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो… Continue reading श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र… Continue reading भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष अर्थात् स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाले बिहीबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको हो । सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयता माथि… Continue reading सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाको संकल्प प्रस्ताव

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७१ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँ बराबरको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो । जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड… Continue reading नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र… Continue reading विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ‍। मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज तोलामा १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यो नै हालसम्मकै उच्च मूल्य हो । यस्तै, तेजाबी सुनको मूल्य… Continue reading तोलामा १५ सयले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से

काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ ओरालो लागेको बजार उच्च अंकले घटेको हो । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको २ अर्ब ३४ करोड १७ लाख ७७… Continue reading बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से

युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने

काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि कर लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, युट्युब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मुल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ । आर्थिक विधेयक ०८० मा भनिएको छ,‘विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष… Continue reading युट्युब, फेसबुक, नेटफ्लिक्समा गरिएको विज्ञापनमा पनि कर लाग्ने

कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

काठमाडौं । कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च अब दम्पतीमा विस्तार भएको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो प्रावधान ल्याएका हुन् । कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको… Continue reading कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट, चालू आवकोभन्दा अर्ब कम

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५… Continue reading सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट, चालू आवकोभन्दा अर्ब कम

सरकारले व्युँतायो सांसद विकास कोष, प्रति सांसद ५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौं, नेपाल चिनौं” अभियान

काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए । अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको… Continue reading सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “नेपाल घुमौं, नेपाल चिनौं” अभियान

सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने… Continue reading सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ । यसबाट सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन कायम हुने अर्थमन्त्री डा.… Continue reading सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने… Continue reading हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

काठमाडौं । सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानुनी व्यबस्था गरिने बताएका छन् । पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिनेछ। राष्ट्रिय… Continue reading विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु. १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै… Continue reading स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब

संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

काठमाडौं । अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । व्यवसायको लागत घटाई अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमताको विकास, कार्यकुशलता अभिवृद्धि, संस्थागत सुदृढीकरण, स्वदेशी र विदेशी लगानीमा वृद्धि, हरित अर्थतन्त्रको विकास, सूचना प्रविधि तथा नवप्रवर्तन, चौथो पुस्ताको औद्योगिकीकरण तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा केन्द्रित बजेट सरकारले ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का… Continue reading संरचनागत रूपान्तरण गर्न आर्थिक सुधार कार्यक्रम अगाडि बढाइने

पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताए ।