काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजना कार्यान्वयन गर्न जग्गा प्राप्तिको प्रक्रिया थालेको छ । एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजना अन्तर्गत तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो । यो आयोजना अमेरिकी अनुदान सहयोगमा सञ्चालन हुँदैछ । एमसीए नेपालले मंगलबार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ ।… Continue reading एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया
Category: अर्थतन्त्र
वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर… Continue reading वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता
रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सले लगातार पाँचौ दिन सोही लय कायम राखेको हो । गत साता झन्डै ६० अंकले घटेको नेप्से आज एकैदिन ३० अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज सवा अर्बको सेयर किनबेच भएको छ । आइतबार नेप्से ३०.७७… Continue reading रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा… Continue reading निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’
नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने
काठमाडौं । नारायणगढ(मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको सडक खण्ड अब बन्द नहुने भएकोछ । आइतबारदेखि सडक बन्द नगरिने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान… Continue reading नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने
दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो । किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय… Continue reading दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ… Continue reading भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे
कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर
काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । फैसलामा पूर्वमन्त्री… Continue reading कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर
बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन
काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा… Continue reading बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए। उनले सन् २०३५ सम्ममा नेपालमा ८… Continue reading सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५रुपैयाँ बराबरको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने
काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराए । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका… Continue reading उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने
सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने
काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि… Continue reading सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने
७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ । गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट यादवको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो । सो निर्णयानुसार मन्त्रालयले… Continue reading ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ
ललितपुरका १० सहकारी खारेज,कारोबार नगर्न सार्वजनिक सूचना
काठमाडौं । लेखा परीक्षण प्रतिवेदन र साधारण सभाबारे विवरण नबुझाएको भन्दै ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रमा रहेका १० वटा सहकारी संस्थाको अनुमति खारेज गरेको छ। पाँच वर्षदेखि प्रतिवेदन नबुझाएको भन्दै उसले १० सहकारी खारेज गरेको सार्वजनिक सूचना निकालेको हो। महानगरले ‘सहकारी ऐन, २०७५’ अनुसार ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण र साधारण सभा नगर्ने तथा विवरण… Continue reading ललितपुरका १० सहकारी खारेज,कारोबार नगर्न सार्वजनिक सूचना
शेयर बजारले गर्याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६२ कम्पनीको २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading शेयर बजारले गर्याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
१६ खर्ब ८८ अर्बको सीमा भित्र बन्ने छ आगामी आवको बजेट
काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच… Continue reading १६ खर्ब ८८ अर्बको सीमा भित्र बन्ने छ आगामी आवको बजेट
अर्थमन्त्री स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ स् ०० बजे स्वदेश फर्किएका छन् । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए । जी… Continue reading अर्थमन्त्री स्वदेश फिर्ता
अब सरकारले घोषणा गर्ने आकस्मिक बिदामा बैंक बन्द नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७९ जारी गर्दै आकस्मिब बिदाका दिनमा बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने व्यवस्था गरेको हो । ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको… Continue reading अब सरकारले घोषणा गर्ने आकस्मिक बिदामा बैंक बन्द नहुने
ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने
काठमाडौं । अब भाखा नाघेको कर्जाको साँवा–ब्याज ३० दिनभित्र तिरेमा पेनाल ब्याज (जरिवाना) नलाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा ब्याजमा लागु हुने राष्ट्र… Continue reading ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने
अर्थमन्त्ती पौडेल भारतमा
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।… Continue reading अर्थमन्त्ती पौडेल भारतमा
शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपर्दा बजार उच्च अंकले घटेको छ । कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६० कम्पनीको २… Continue reading शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट
अमेरिकासँग नेपालको नाफाको व्यापार
नेपालले १५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये धेरैजसो मुलुकसँग नेपालको व्यापार घाटामा छ । किनकी चालु आथिर्गक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले कुल वैदेशिक व्यापारमा ९० प्रतिशत आयात र १० प्रतिशत मात्र निर्यात गर्न सकेको छ । तर, अमेरिकासँग भने नेपालको व्यापार नाफामा देखिएको छ । अमेरिकासँग १० अर्ब… Continue reading अमेरिकासँग नेपालको नाफाको व्यापार
लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई
काठमाडौं । लघुवित्तका ऋणी समस्यामा पर्न थालेसँगै नेपाल राष्ट्र बैंकले कडाई थालेको छ । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी… Continue reading लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई
दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता
काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगातार ओरोलो लागेको शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९ कम्पनीको १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बढीको ४७ लाख ७९ हजार ७९६ कित्ता… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता
मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने
काठमाडौं । राइड सेयरिङ गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल… Continue reading मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने
रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि… Continue reading रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित
कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध
काठमाडौं । कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले ७ वटै विमानलाई सोमबारदेखि नै उडान भर्न नदिने निर्णय गरेको हो । यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए… Continue reading कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध
रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा एकसाता देखि लगातार दोहोरो अंकको घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २३.६०अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
यातायात क्षेत्रमा थालिएको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले थालेका सुधारका प्रयासबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेका छन् । विभिन्न कार्यदल बनाएर भौतिक विकास, यातायात र सुशासन क्षेत्रमा सुधारका लागि थालिएका प्रयासहरुले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् । आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले… Continue reading यातायात क्षेत्रमा थालिएको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ