रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ६ महिनामा रोजगारीको खोजीमा ४ लाख नेपाली विदेशिएका छन् । पुससम्म तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायत मुलुकमा गएका छन् । यी… Continue reading रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए

सरकारले तोक्यो समर्थन मूल्य

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले १ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको हो । उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । उखु किसानले भने मंसिर अन्तिम सातायता क्रसिङ सुरु गरेका छन् ।… Continue reading सरकारले तोक्यो समर्थन मूल्य

ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)९.१अंकले घटेर २१७३.१० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

काठमाडौं । गैरआवासीय नेपाली संघले १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउन रहेका अप्ठ्यारा फुकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेको छ । एनआरएनएका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले पौडेललाई मंगलबार भेटेको हो । संघका अध्यक्षहरुले लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

sf7df8f}F, # df3M sfo{ef/ ;DxfNg'x'Fb} dGqL cof{n gjlgo'Qm >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL 8f]]nk|;fb cof{n dªunaf/ dGqfnodf sfo{ef/ ;DxfNg'x'Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्। श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए। उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको… Continue reading नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५० कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन ९आइओसी० ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको र डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर… Continue reading भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलाको एक लाख पाँच हजार रुपैयाँमा… Continue reading सुनको मूल्यले बनायो नयाँ रेकर्ड

जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९ एन एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना… Continue reading जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा

नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

File Photo

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको… Continue reading नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ। असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकको… Continue reading विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो पाँच महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो… Continue reading २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।… Continue reading मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ४५ अर्ब ८७ करोडले बचतमा मा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको पाँच महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा… Continue reading शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)४१.२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५२ कम्पनीको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार ९५९कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

काठमाडौं । सन् २०२३ मा विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो आउटलुक सार्वजनिक गर्दै विश्व बैंकले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत मात्र रहने बताएको छ । ६ महिनाअघि ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको छ । विश्वमा विद्यमान मुद्रास्फिति,… Continue reading विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

काठमाडौं । नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। हालका लागि सातामा एक उडान गर्ने र यात्रुको माग आएपनि विस्तारै उडान संख्या बढाउने एयरलाइन्सले बताएको छ। यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट उडान भरेको थियो। एयरलाइन्सले सम्झौता… Continue reading इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

काठमाडौं । शेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । नयाँ सरकार बनेदेखि उकालो लाग्दै आएको शेयर बजा साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२१.३५ अंकले घटेर २१.९० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५४ कम्पनीको ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको २ करोड ८… Continue reading तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच भएका… Continue reading हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

काठमाडौं । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीसम्बन्धी एप तथा वेवसाइट बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न… Continue reading नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)२०.५५ अंकले बढेर २१६४.४८विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको १ करोड ४१लाख ९८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको… Continue reading नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा पुस दुई दिन बन्द हुने भएको छ । पुस २७ देखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि पुस २५ गते र २६ गते सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् । मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ रहने छ… Continue reading इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

काठमाडौं । आजबाट सबै प्रदेशबाट श्रम स्वीकृति सेवा पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने जनाएको छ । काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा… Continue reading आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम नेपाल भित्राउने खोजेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जना छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । शाह यसअघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री छँदा राष्ट्रबैंकमा… Continue reading अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेको ११ दिनपछि दुबै सचिव हेरफेर गर्ने निर्णय भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राया र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजश्व सचिवमा रामेश्वर दंगाल थिए ।… Continue reading विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

.काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन