काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

File

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलब ९५ प्रतिशत सम्पन्न भएको छ। यही अवधिमा वित्तीय प्रगति १९ दशमलब १२ रहेको छ। वि.सं. २०८० को असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलब नौ प्रतिशत रहेको छ।… Continue reading काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

महँगा गाडी आयात माथिको रोक हटाइयो

काठमाडौं । सरकारले नेपालमा महँगा गाडी आयात गर्न लगाएको रोक हटाएको छ । यससँगै अब जुनसुकै मूल्यको गाडी समेत नेपालमा निर्धारित कर तिरेर ल्याउन पाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा २५ फागुनमा बसेको मन्त्रिपषिद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गत वर्ष नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै ५० हजार डलरभन्दा… Continue reading महँगा गाडी आयात माथिको रोक हटाइयो

नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो ३ कारोदिनमा करिब १४० अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५० करोड रुपैयाँले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४०… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

File Photo

काठमाडौं । सरकारले होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा लकडाउन अवधिभर शतप्रतिशत छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले लकडाउन… Continue reading होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो । पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर… Continue reading चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

File Photo

काठमाडौं । उद्योगी किशोर प्रधान ओली समुहको नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका छन् । एमाले प्रवेश गरेका प्रधान नेपाल उद्योग वाणिज्य महासंघको… Continue reading उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

काठमाडौं । नपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई भेटेको छ । भेटमा व्यवसायीका समस्या र समाधानका उपायबारे जानकारी गराइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज… Continue reading निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार उच्च अंकले कमब्याक गरेको छ । लगातार दुईसाताको गिरावट पछि बजार लयमा फर्किएको हो । पछिल्लो दुईसातामा करिब २२५ अंकले घटेको बजार आज करिब ४१ अंकले बढेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने घट्दो क्रममा नै रहेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को ७ महिनामा सम्ममा विदेशमा रहेका नेपालीले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७\०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७… Continue reading ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले २८ माघयता मात्र चौथो पटक मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुने भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको छ । नयाँ मूल्य अनुसार… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । पछिल्लो दुईसाता यता लगातार गिरावट आएको बजारमा मंगलबार साढे २ अंकको सुधार आएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै… Continue reading लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

कस्तो बनाउने आगामी आवको बजेट ?, अर्थले दियो मार्गदर्शन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई मार्गदर्शन दिएको छ । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्नेदेखि आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्मका सुझाव समेटेर अर्थले विभागीय मन्त्रालयहरुलाई मार्गदर्शन दिएको हो । सरकारका मुख्य सचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी… Continue reading कस्तो बनाउने आगामी आवको बजेट ?, अर्थले दियो मार्गदर्शन

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष

काठमाडौं । नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन सम्भव रहेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको हो । समितिले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्तिक २४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले… Continue reading नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष

स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् । आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् । प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त… Continue reading स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब

अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने

(Dave Schwarz/St. Cloud Times via AP)

मिनियापोलिस । अमेरिकामा प्रहरीले नियन्त्रणमा लिएपछि मारिएका जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ । गत वर्ष मेमा अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेपछि अमानवीय तरिकाबाट उनको हत्या गरेको थियो । उनी अफ्रिकी मुलुका अमेरिकी नागरिक हुन् । यो घटनापछि संसारभर अमेरिकामा हुने रंगभेदी विषयको कडा आलोचना भएको थियो । अमेरिकी शहर मिनियापोलिसको… Continue reading अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने

सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुनको आपूर्ति कोटा बढाउने आश्वासन दिएका छन् । यस विषयमा सरकार सकारात्मक रहेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको आश्वासन दिएका हुन् । बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको भन्दै उनले केही दिनभित्रै यस… Continue reading सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आइ पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो । सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र… Continue reading आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

काठमाडौं । उपत्यकाबासीको तीन दशक लामो प्रतिक्षा चिर्दै अन्ततः काठमाडौंमा मेलम्चीको पानी झरेको छ । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोही प्रयोजनका लागि सुन्दरीजल पुगेका थिए । उनले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचे । त्यसपछि गत फागुन १० मा सुरुङमा खसालिएको पानी सुन्दरीजलमा झरेको… Continue reading अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

बुटवल । रूपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास गर्न पुगेका अर्थमन्त्री विण्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटे । खासगरी स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा आयोजना अगाडी बढाउन खोजेपछि यहाँ विवाद शुरु भएको हो । स्थानीयले विरोध गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेलमाथि लक्षित गरी ढुंगा वर्षाएका थिए । यो मुद्दामा उक्त क्षेत्रका अर्का सांसद… Continue reading अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा ढुंगामुडा भएको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पुगेका उनीमाथि प्रभावित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन् । आज कडा सुरक्षा घेरामा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । त्यसपछि अर्थमन्त्रीले भाषण शुरु गरेलगत्तै स्थानीयबाट स्टेजमा ढुंगा प्रहार शुरु भयो । नाराबाजी र होहल्लाका बीच भाषण… Continue reading आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करियर बनाउन इच्छुक युवाहरुका लागि खुसीको खबर छ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जना नयाँ भर्ना गर्ने गरी रोजगारी खुलाएको छ । बैंकले अनलाइन दरखास्त फारम आह्वान गर्दै यस्तो जानकारी दिएको हो । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न… Continue reading नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७६\७७ सम्म नेपाली अर्थतन्त्रको आकार उक्त अवस्थामा पुगेको तथ्याङ्क विभागले जनाएको छ । विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्ष समेत यो वर्षबाट परिमार्जन गरेको छ । नेपालले यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्क निकाल्ने गरेको… Continue reading अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा

प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिलान्यास दौड जारी छ । उनी सोही सिलसिलामा आज सिन्धुली जाने भएका छन् । राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली सिन्धुली जाने तय भएको उनको सचिवालयले जनाएको छ । मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन गर्ने… Continue reading प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने

विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

Photo : Shutterstock/Subodh Agnihotri

काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ… Continue reading विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलमध्ये पहिलो खेप भारतको कोलकात्ता आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार यो मल आजबाट नेपाल ल्याउने प्रक्रिया शुरु हुने छ । बुधबार कार्गो रेलमा राखेर मल नेपाल तर्फ ल्याइने छ । नेपाली सिमानामा आइतबारसम्म मल आइपुग्ने बताइएको छ । पहिलो खेपमा बंगलादेशबाट २२ हजार ५… Continue reading बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१… Continue reading कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।… Continue reading ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । पछिल्लो एक महिनायता तेस्रो पटक मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको छ ।… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्लो एकसातामा १६६ अंकले घटेको बजारमा आज दोहोरो अंकको कमब्याक भएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै गिरावट आएको छ । आइतबार करिब साढे ८ अर्ब कारोबार भएकोमा आज त्यो घटेर पौने ६ अर्बमा सीमित भएको छ । आज सेयर बजार… Continue reading सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा ६४ अर्ब रुपैयाँ लागतको औद्योगिक पार्कको शिलान्यास गरेका हुन् । ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’ नाम दिइएको यो पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्छ । पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुने बताइएको छ ।… Continue reading दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य