बैंक चम्किँदा नेपाली शेयर बजारमा दोहोरो कीर्तिमान

काठमाडौं । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९०६ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २९०० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत विहिबार हालसम्मकै उच्च २८५६ विन्दु चुमेको थियो । कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको छ । एकैदिन १७ अर्ब २७ करोड बढीको कारोबार… Continue reading बैंक चम्किँदा नेपाली शेयर बजारमा दोहोरो कीर्तिमान

निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

फाइल तस्वीर

घोराही । निषेधाज्ञाको समयमा जुवाको खालमा बसेका ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ नगद बरामद भएको राससले लेखेको छ । शनिवार बेलुका घोराही उपमहानगरपालिका १५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो… Continue reading निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । सरकारले नेपालको पहाडबाट उत्खनन गरि गिट्टी बालुवा भारत निकासी गर्ने गरि लिएको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेको छ । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र त्यसका माध्यमबाट व्यापार घाटा कम भन्दै सरकारले बजेटमा यो नीति राखेको हो । सत्ता टिकाउन भारतलाई रिझाउने गरि राष्ट्रहीत विरोधी कदम चालेको भन्दै… Continue reading गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ फेरी वृद्धि गरेको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको नेपाल आयल निगमले सूचना जारी गरि जानकारी गराएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।… Continue reading निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ

आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका आजबाट निषेधाज्ञा हल्का खुकुलो हुँदैछ । एक हप्तासम्म खाद्यान्न पसल समेत बन्द भएको काठमाडौंमा अब केही खुकुलो बनाइएको हो । उपत्यकामा जेठभर निषेधाज्ञा भने जारी रहने छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल… Continue reading आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ । राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले… Continue reading मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

काठमाडौं । सरकारले बजेटमा घोषणा गरे अनुसार साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको छ । कम्पनीले आज मूल्यसूची सार्वजनिक गर्दै बजेटको कार्यान्वयन थालेको हो । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको थियो । साल्ट ट्रेडिङले आज आफूले बिक्री गर्ने खाद्य सामग्री… Continue reading साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एक बुँदा समेटेको छ । जसमा नेपालको ढुंगा, गिटी विदेश निकासी गरि त्यसबाट व्यापार घाटा कम गर्ने नीति लिइएको छ । यसका लागि निकासी हुन विन्दुसम्म रोपवे निर्माण गर्न चाहने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यो नीतिको व्यापक आलोचना शुरु भएको छ ।… Continue reading गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । शेयर बजारमा उछाल आएका छ । साताको कारोबारको चौथोदिन नेप्से ५५.७६ अकले बढेर २८२७.१३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २१४ कम्पनीको ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ५५६ रुपैयाँको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल

उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै

काठमाडौं । काठमाडौं उपत्यकामा अब केही खुकुलो प्रावधान राखेर निषेधाज्ञा भने लम्ब्याइने भएको छ । यस्तो प्रावधान २१ जेठबाट लागु हुने छ । यसबारे आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने छन् । अहिले अत्यावश्य वस्तुबाहेकको पसल बन्द गरिएकोमा अब खाद्यान्न बिक्री वितरण खुला हुने छ । पूर्वाधार निर्माणका काम समेत… Continue reading उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै

भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने

काठमाडौं । यस पटक सरकारले भारतसँग सरकारी तहबाटै रासायनिक मल खरिद गर्ने भएको छ । गत वर्ष निजी क्षेत्रलाई जिम्मा दिँदा समयमै मल आउन सकेन । सो कारण सरकारको व्यापक आलोचना भएको थियो । भारतबाट मल आउन नसकेपछि बंगलादेशबाट मगाउनु परेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई चाहिने मल… Continue reading भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने

नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजार उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । आज शेयर बजार मापक सूचक नेप्से ४५.७ अंकले घटेर २७८२.८६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १३… Continue reading नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने

काठमाडौं । नेपाललाई चीन सरकारले अनुदानमा दिएको थप १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको चार्टर जहाज आज बेइजिङ उड्दैछ । जहाज राती ११ बजे बेइजिङ जाने त्रिभुवन विमानस्थल कार्यालयको तालीकामा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले राष्ट्रपति विद्यादेवि भण्डारीसँगको टेलिफोन वार्तापछि खोप सहायता घोषणा गरेका हुन् । यससँगै अब चीनले नेपाललाई अनुदानमा दिएको… Continue reading चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने

अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १… Continue reading अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको कारोबारको पहिलोदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । नेप्से १२.५४ अकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीको १७ अर्ब २ करोड ८४… Continue reading सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । सरकारले यसअघि ७ लाखसम्मको सीमा बढाएर २५ लाख पुर्याएको हो । विगतमा पनि निकै प्राथमिकताका साथ घोषणा भएपनि कार्यान्वयनमा असफल भएको कार्यक्रमलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः प्राथमिकतामा राखेका छन् । उनका अनुसार स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल… Continue reading शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा

वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

काठमाडौं । संसद विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले लोकप्रिय कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले चतुर्याइपूर्वक काम गरेको देखिन्छ । आलोचनाका डरले एकै पटक धेरै वृद्धि गरिएको छैन । तर, वृद्धि गर्न समेत छाडिएको छैन । सरकारले वृद्धभत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । यो ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकले… Continue reading वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित… Continue reading यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन हुने अनुमान छ। यो कुल बजेटको ४१. २ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड… Continue reading नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।

पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

काठमाडौं । सरकारले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए । पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा… Continue reading पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

file

काठमाडौं । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् । चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा… Continue reading चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।

याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय… Continue reading याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?

काठमाडौं । नेपालमा पछिल्लो १५ वर्षमा कतिपय लोपोन्मुख वन्यजन्तुको संख्या करीव दोब्बरले बढेको पाइएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार बाघ र अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले बढेको छ । अब नेपालमा बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ पुगेको तथ्यांकले देखाएको छ । गैंडाको संख्यामा भने अझै पनि चूनौति रहेको… Continue reading नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?

आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै

काठमाडौं । नेपालमा आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट आज सार्वजनिक हुने भएको छ । १५ जेठमा बजेट ल्याउनै पर्ने बाध्यताका बीच संसद नभए पनि सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । सरकारले ल्याउन लागेको पूर्ण बजेटको विपक्षी दलहरुले भने आलोचना गरिरहेका छन् । सरकारले चूनावी कार्यक्रम समेटेर लोकप्रिय कार्यक्रम ल्याउन सक्ने आंशका उनीहरुको छ । सोहीअनुसार… Continue reading आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै

नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको… Continue reading नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ /७८ को आर्थिक सर्वेक्षण सार्वजनक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहेको बताएका छन्। आर्थिक वृद्धिको… Continue reading आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल

आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा लम्बिएको छ । सरकारले थप गरिएको निषेधाज्ञाको नियममा अझ कडाई गरेको छ । यस्तो कडाईलाई सरकारले भने विरोधका आवाज दवाउन सरकारले गरेको षडयन्त्र भनेको छ । किनकी नेपालमा संक्रमण कम हुँदै गएको सन्दर्भमा निषेधाज्ञा खुकुलो बनाउनु पर्नेमा अझ कडाई गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।… Continue reading आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा

नेप्सेले बनायो नयाँ रेकर्ड, एकैदिन पौने १५ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको कारोबारको अन्तिमदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । विहिबार नेप्से १.२० अकले घटेर २८१५.४० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहिबार २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८… Continue reading नेप्सेले बनायो नयाँ रेकर्ड, एकैदिन पौने १५ अर्बको कारोबार