Category: अर्थतन्त्र

  • झिनो अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो ।

    यसदिन ३०० कम्पनीको ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बढीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । अन्य समूहको परिसूचक १.५१ प्रतिशतले बढेको छ ।

    आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    सामान्य अंकले बढेको बजारमा आज ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेशनल हाइड्रो डेभलपमेन्ट र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोलु हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • अर्थतन्त्र क्रमशः सुधारोन्नमुख, यस्ता छन् मुख्य सूचकहरू

    अर्थतन्त्र क्रमशः सुधारोन्नमुख, यस्ता छन् मुख्य सूचकहरू

    काठमाडौं । पछिल्लो डेढ वर्ष यता सुस्त रहेको अर्थतन्त्र क्रमशः सुधारोन्नमुख देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

    अर्थतन्त्रको बाह्य क्षेत्रहरु गत वर्षको असोजदेखि लगातार सुधारोन्मुख थिए । बाह्य मजबुत अवस्थामा पुग्दा पनि आन्तरिक अर्थतन्त्रका सूचक भने झन्झन् शिथिल गएकामा पछिल्ला महिनामा क्रमशः सुधारोन्मुख भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    चालु वर्षको पहिलो त्रैमासदेखि आन्तरिक सूचकहरूमा पनि केही सुधारको संकेत देखाएको छ । राष्ट्र बैंकका अनुसार अर्थतन्त्रका मुख्य सूचकहरू विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा बलियो बनेको देखाएको छ ।

    त्यसैगरी, मूल्यवृद्धि लामो सयमपछि नियन्त्रणमा आएको छ । यस्तै, सरकारको राजस्व संकलन, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी, पूँजीगत खर्च लगातमा सुधार आएको देखिएको छ ।

    राष्ट्र बैंक र सरकारले गत वर्ष आयातमा कडाइ गर्दा यस वर्ष अर्थतन्त्रको बाह्य सूचकहरू अहिलेसम्मकै मजबुत अवस्थामा छन् । तर, त्यसअनुसार अझै आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन ।

    बाह्य क्षेत्र बलियो बनाउन खोज्दा आन्तरिक अर्थन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ ।

    यद्यपि, अर्थतन्त्र चलायमान बनाउन भन्दै पछिल्लो समय सरकार र नेपाल राष्ट्र बैंकले निकै मेहनत गरिरहेका छन् । सरकारले घरजग्गा सहित अन्य क्षत्रका नीतिगत लचकता अपनाइ रहेको छ ।

    त्यस्तै, राष्ट्र बैंकले हालै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर, नीतिगत दर घटाउँदा ब्याजदर घटाउने नीति लिएको छ । त्यसैगरी, यसअघि कडाइ गरिएका घरजग्गा, सेयर, हायरपर्चेज लगायत कर्जा लगानी खुकुलो बनाउँदै लगेको छ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र पछिल्लो समय गरिएका नीतिगत लचकताले आगामी महिनाहरु झनै सकारात्मक प्रभाव देखिने राष्ट्र बैंकले जनाएको छ ।
    यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरू

    १. विदेशी मुद्रा संचितिको रेकर्ड : विदेशी मुद्रा संचिति बढ्दै गएको छ । हरेक महिना थपिँदो संचिति र लगानी वृद्धि नहुँदा मुद्रा संचितिले नयाँ रेकर्ड बनाउँदै लगेको छ ।

    गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।

    यस्तै, अमेरिकी डलर संचिति ३ वर्ष यताकै धेरै १२ अर्ब ७५ करोड डलर पुगेको छ । विदेशी पर्यटकको आवगमन बढ्दा, रेमिट्यान्स वृद्धि र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो ।

    आव २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंककले जनाएको छ ।

    २. रेमिट्यान्स आप्रवाह २६ प्रतिशतले बढ्यो : चालु आवको चार महिनामा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

    ३.चालु खाता र शोधनान्तर स्थिति बचतमा : यस अवधिमा चालु खाता र शोधनान्तर स्थितिमा सुधार आएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो ।

    राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो

    ४ व्यापार घाटामा सुधार : चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा ३.३ प्रतिशतले घटेर ४६१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा आयात निर्यात दुवै घटेको छ । कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५ खर्ब १२ अर्ब ५० करोडमा सीमित भएको छ । त्यस्तै, वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको
    थियो ।

    ५. सरकारको खाता डेढ खर्ब बचतमा : चालु आवको कात्तिक मसान्तमा सरकारका खातामा डेढ खर्ब रुपैयाँ बचत रहेको छ । यस अवधिमा सरकारका विभिन्न खातामा रु.१५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड मात्रै रहेको थियो।

    ६. २७६ अर्ब आम्दनी, ३५५ अर्ब खर्च : महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड भएको छ । ससमीक्षा अवधिमा चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पूँजीगत खर्च २९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रहेको
    छ ।

    सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) २ खर्ब ७६ अर्ब ६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड र गैर कर राजस्व २२ अर्ब ३४ करोड परिचालन भएको छ ।

    ७. बढ्यो निक्षेप संकलन र कर्जा लगानी : समीक्षा अवधिमा बैंकिङ व्यवसायमा पनि झिनो सुधार आएको छ । १५४ अर्ब ६१ करोड (२.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४६ अर्ब ७४ करोड (०.९ प्रतिशत) ले बढेको थियो ।

    यस्तै, समीक्षा अवधिमा कर्जा लगानी २.१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९९ अर्ब ४० करोडले बढेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ६८ अर्ब ५५ करोड (१.५ प्रतिशत)ले बढेको थियो ।

    वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ ।

    ८. ब्याजदर सस्तिँदै

    चालु वर्षमा बैंकको ब्याजदर सस्तिँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७९ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८८ प्रतिशत रहेकोमा २०८० कात्तिकमा ४.३९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेकोमा २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेको छ ।

    चालु वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरुको १२.०० प्रतिशत र वित्त कम्पनीहरुको १३.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.६० प्रतिशत रहेको थियो।

    २०८० कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरुको ९.११ प्रतिशत र वित्त कम्पनीहरुको १०.०२ प्रतिशत रहेको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३२ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० कात्तिकमा वाणिज्य बैंकहरुको ११.९६ प्रतिशत, विकास बैंकहरुको १३.७० प्रतिशत र वित्त कम्पनीहरुको १४.४८ प्रतिशत रहेको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत कायम भएको थियो।

    ९. महँगी नियन्त्रणमा

    चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ ।

    काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले यस वर्ष ६.५ प्रतिशतभित्र मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । सोही अनुसार नियन्त्रण हुन नसकेको मूल्यवृद्धि पछिल्लो समय घट्दै गएको देखिन्छ ।

    १०. विदेश जाने घटे

    समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने २८ प्रतिशतले घटेको छ । गत वर्ष कात्तिकसम्म २ लाख ८४ हजार बढी विदेशिएकामा चालु वर्षमा घटेर २ लाख ५ हजारमा सीमित भएका छन् ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेकोथियो ।

  • विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

    काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चारमहिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।

    यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार आएको हो ।

    प्रतिवेदनअनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई २०८० कात्तिक मसान्तमा रु.१६९६ अर्ब ७८ करोड पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु.१४९० अर्ब ८३ करोड पुगेका छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई रु.२०५ अर्ब ९५ करोड कायम भएको छ ।

    २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

  • महँगी घट्यो , घ्यू तेल र तरकारीको मूल्य कम

    महँगी घट्यो , घ्यू तेल र तरकारीको मूल्य कम

    काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मूल्यवृद्धि दर घटेको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको कात्तिक महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

    कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

    कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • शोधनान्तर स्थिति १ खर्ब ४७ अर्बले बचतमा

    शोधनान्तर स्थिति १ खर्ब ४७ अर्बले बचतमा

    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ ।

    यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । गत वर्षको यसै अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख ९६ हजार ७३५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४२८ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

  • डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत

    डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३३ रुपैयाँ ७५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।

    मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाउँदै १३३.७४ रुपैयाँमा पुगेको थियो। बुधबार फेरि डलरको भाउ सोही रेकर्ड मूल्यमा आएको थियो।

    डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।

    नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

    बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

    अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् । पछिल्लो समय अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको हो । यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना हुने भएको छ ।

  • घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति

    घट्यो विदेश जानेको संख्या, एक लाख ३७ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ ।

    यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । गत वर्षको यसै अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख ९६ हजार ७३५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४२८ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

  • २६ प्रतिशत बढ्यो रेमिट्यान्स, चार महिनामा ४ खर्ब ७७ अर्ब भित्रियो

    २६ प्रतिशत बढ्यो रेमिट्यान्स, चार महिनामा ४ खर्ब ७७ अर्ब भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह ९रेमिट्यान्स० भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको चौंथो महिना तथ्यांक अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन, भदौं, असोज र कात्तिकमा रेमिट्यान्स आयात २६ ४ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १३७,४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८,८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ रहेको थियो ।

    द्दद्द। समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

  • झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

    झिनो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको हो ।

    यसदिन २९२ कम्पनीको ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बढीको १ करोड २० लाख ९५ हजार ५३९कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ९ बढेको छ भने ४ वटाको घटेको छ ।

    आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ६७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

  • हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि

    हिमालयले फेरि थाल्यो काठमाडौं–चोङकिङ उडान, ल्हासा पुस १२ गतेदेखि

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान फेरि सुरु गरेको छ। एयरलाइन्सले चीनको चोङकिङमा आजबाट फेरि उडान थालेको हो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले आज बिहान १०.०७ मिनेटमा चोङकिङका लागि उडान गरेको छ। उडान अवधि ३ घण्टा १४ मिनेटको हो।

    जहाज चोङकिङको जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १५ः५० बजे अवतरण गर्ने छ। उडानमा १२५ यात्रु छन्।

    जहाज चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्न ४ः२५ बजे काठमाडौंका लागि उड्नेछ। काठमाडौंमा साँझ ६ः३५ मा अवतरणको तालिका छ।

    सातामा दुई पटक मंगलबार र शनिबार उडान गर्ने एयरलाइन्सले जनाएको छ। हिमालय एयरलाइन्सको चीनमा यो चौथो सिधा उडान हो। एयरलाइन्सले बेइजिङ, छिन्ताओ र सांघाईमा पनि नियमित उडान गर्दै आएको छ।

    कम्पनीले चोङकिङमा यसअघि २०७५ कात्तिक १ मा उडान थालेकामा कोभिडले बन्द भएको थियो। त्यस्तै पछिल्लो समय धमाधम गन्तव्य विस्तार गरिरहेको हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको स्वशासित क्षेत्र ल्हासामा सिधा उडान गर्ने भएको छ ।

    एयरलाइन्सले सो रुटमा डिसेम्बर २८ (पुस १२ गतेदेखि) व्यावसायिक उडान गर्ने भएको हो । गत सातादेखि चीनको साङ्घाई सहरमा सिधा उडान भरेको हिमालयले अब दुई सातापछि ल्हासा उडान गर्ने भएको हो ।

    हिमालयनको यो चीनमा चौथो गन्तव्य हो । यसअघि चिङताओ, बेइजिङ र सांघाइमा नियमित उडान गरिरहेको छ ।

    हिमालयनले हाल चीन, मलेसिया, यूएई, साउदी अरेबिया, कतार, कुवेत, बंगलादेश लगायत गन्तव्यमा नियमित उडान गर्दै आइरहेको छ ।

  • उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार

    उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको हो ।

    यसदिन २९७ कम्पनीको ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बढीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

  • लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

    लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् । सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित भएर आउने पनि उनले बताए । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. महतले बताए ।

    ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन्,’ उनले भने । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको पनि मन्त्री डा। महतले बताए । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल गरेको पनि उनले बताए । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।

    छलफलमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको जानकारी दिए । उनका अनुसार तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । सम्मेलन आयोजना गर्न गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ । सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ । सम्मेलनका क्रममा सोकेसमा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ।

    आगामी वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ । सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । निर्देशक समितिको पहिलो बैठक मंसिर १० गते र कार्यान्वयन समितिको पहिलो बैठक मंसिर १९ गते बसेको थियो । प्राविधिक समितिको बैठक भने अझै बस्न सकेको छैन ।

    सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी गर्ने वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने काम निर्देशक समितिको हो । अर्थमन्त्रीको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र संघीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष सदस्य छन् ।

    निर्देशक समितिमा पेश गर्ने प्रस्ताव तयार गर्ने, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्ने र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्ने जिम्मेवारी कार्यान्वयन समितिको हो । मुख्य सचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ ।

    लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउने, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने, सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्नेलगायत कामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिव सहितको प्राविधिक समिति बनाइएको छ ।

  • त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको ६ किलो ५९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।

    विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको जानकारी दिए ।

    कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो ।

  • तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

    शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्दा चाँदीमा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ।

    चाँदीको मूल्य आइतबार १ हजार ४२५ रुपैयाँ तोकिएको छ। यसै महिना मात्र सुनको मूल्यमा ६ हजार रुपैयाँसम्म बढोत्तरी आएको छ।

  • शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द

    शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, आजलाई कारोबार बन्द

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।

    कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

    पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

    यससँगै, आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बन्द भएको हो ।

    यस क्रममा आज ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ । ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आउँदा ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

    वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

    काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

    प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रूपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

    चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यसअवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

    शुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट उत्पादन घट्न सुरु भएको छ । जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ ।

    शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युत्को अधिकतम माग १ हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

    आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ । यसवर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ । त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने घिसिङले बताए ।

    प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ ।

  • भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम

    भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम

    काठमाडौं । भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले पुनर्निर्माणमा बैंकबाट सहुलियत ऋण पाउने भएका छन् ।

    भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो ।

    भूकम्पका कारण क्षतिग्रस्त आवासीय घरहरुको पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले रु.२५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने समीक्षामा उल्लेख छ ।

    यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था हुने समेत केन्द्रीय बैंकले जनाएको छ ।

    भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि पनि बैंक तथा वित्तीय सस्थाले सिएसआर अन्तर्गतको रकम खर्च गर्नुपर्ने उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

  • घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार

    घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार

    काठमाडौं । नेपाल राष्ट्र बैंकको समयमै ऋण तिर्न समस्या परेका व्यवसायीहरूलाई राहत पुग्ने गरी मौद्रिक नीतिको पहिलो समीक्षा जारी गरेको छ।

    शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।

    बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेञ्चरलाई २०८० पुससम्मको लागि स्रोतको रुपमा समेत सत् प्रतिशत गणना गर्न पाउने व्यवस्थालाई संशोधन गरी २०८१ असारसम्म समय बढाइ दिइएको छ। तर यसमा एउटा सर्त राखिएको छ। यस्तो ऋणपत्रको ५० प्रतिशत मात्र गणना गर्न पाइने व्यवस्था गरिएको छ।

    नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो।

    रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिदिएको छ।

    ५० लाख रुपैयाँसम्मकोझ आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ दिएको छ। ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्याइदिएको हो। यसले निर्माण क्षेत्र चलायमान बनाउन मद्दत गर्ने छ।

  • नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

    नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

    काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

    पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

    गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै ल्याइएको १४ किलो सुन भन्सार र प्रहरीले बरामद गरेको थियो।

  • दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो ।

    यसदिन २९९ कम्पनीको २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बढीको ९५ लाख ५ हजार ६०८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा बाहेक अरु सबैको परिसूचक बढेको छ ।

    नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    त्यस्तै, ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ ।

    सबैभन्दा बढी कारोबार नेपाल रि–इनस्यारेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस बैंकको ८ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

  • रोकियो शेयर बजारको आरालो यात्रा, कारोबार रकममा गिरावट

    रोकियो शेयर बजारको आरालो यात्रा, कारोबार रकममा गिरावट

    काठमाडौं । एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारमा ब्रेक लागेको छ ।

    गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से साताको कारोबारको चौथो दिन झिनो अंकले बढेको हो । बुधवार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेकोहो ।

    यसदिन २९३ कम्पनीको १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बढीको ३७ लाख ५५ हजार १२४ कित्ता शेयर किनबेच भएको छ ।

    अघिलो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ५४ करोड ४९लाख ३५ हजार ४३८ रुपैयाँ बढीको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा बढेको छ भने अरु सबैको परिसूचक राताम्मे भएको छ ।

    सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ ।

  • तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद

    तस्करीको सुन गाल्ने कारखानामा छापा, ७ किलो अवैध सुन बरामद

    काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

    छापा मार्दा करिब ७ किलो अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    विदेशबाट विभिन्न आकारमा आएको सुनलाई काठमाडौं उपत्यकाभित्र रहेका सुन पगाल्ने कारखाना गालेर भारत लग्ने गरेको देखिएको छ।

  • रोकिएन शेयर बजारको ओरालो यात्रा

    रोकिएन शेयर बजारको ओरालो यात्रा

    काठमाडौं । शेयर बजार एक सातादेखि लगातार लागेको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ ।

    यसदिन २९२ कम्पनीको १ अर्ब ५४ करोड ४९लाख ३५ हजार ४३८ रुपैयाँ बढीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । आज माउन्टेन इनर्जीको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड ६२ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

  • नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सयले घट्यो

    नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सयले घट्यो

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । सोमबार इतिहासकै सर्वाधिक मूल्यको कीर्तिमान बनाएर प्रतितोल १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज एकैदिन २४०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भएको थियो।
    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो।

  •  एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो

     एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो


    काठमाडौं । एनसेल खरिद सम्बन्धि प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन पनि दिएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री  ‘प्रचण्ड’ ले यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा समेत सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन् ।

  • सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

    सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत साता लगातार ३ दिन उच्च मूलयको रेकर्ड बनाएको सुनको मूल्यले यस साता पहिलो दिनमै नयाँ रेकर्ड बनाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि मंसिर १३ गते १ लाख १९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

    महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख २० हजार २०० रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७२.१३ अमेरिकी डलर पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • रोकिएन शेयर बजारको ओरालो यात्रा

    रोकिएन शेयर बजारको ओरालो यात्रा

    काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबोरको पहिलो दिन नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा आइपुगेको छ ।

    यसदिन २९३ कम्पनीको ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ बढीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२५ प्रतिशतले घटेको छ ।

    आज सोनापुर सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, युनाइटेड इदीमर्दी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

    आज थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक ९.६३ प्रतिशत कमाएका छन् ।

  • संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड आर्थिक सहायता

    संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड आर्थिक सहायता

    काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ ।

    उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन वर्षमा उपलब्ध गराउनेछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसएआईडीले आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत गरेका छन् ।

    “यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने जो बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सास्वरूप यो साझेदारी अघि बढाइएको दूतावासले जनाएको छ ।

  • विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

    विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

    काठमाडौं । विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ ।

    कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरुको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ । पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रुपमा उपलब्ध हुने भएको छ ।

    यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताए । यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

    नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो ।

    सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणले ट्वीटमार्फत जनाएको छ । करिब ७ दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको थियो । अधिकारीहरुका अनुसार यो सेवाका लागि मात्र उपकरणमा साढे २ अर्बभन्दा बढी लगानी गरेको छ । वायुसेवा निगमको आम्दानीको मुख्य स्रोत ग्राउण्ड ह्याण्डलिङ मानिन्छ ।

    वायुसेवा निगमले आर्थिक वर्ष २०७८÷७९ मा गरेको १६ अर्ब ४ करोड कुल आम्दानीमध्ये ३ अर्ब १८ करोड ग्राउण्ड ह्याण्डलिङबाट आर्जन गरेको थियो । यस्तो आम्दानीबाट १५ प्रतिशत रकम रोयल्टीबापत भनेर नागरिक उड्डयन प्राधिकरणले लिने गरेको थियो । अब भने ग्राउण्ड ह्याण्डलिङ नै खोसेको छ । विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा वायुसेवा निगमबाट खोल्ने प्रयास यसअघि पनि भएको थियो ।