Category: अर्थतन्त्र

  • चालु आवको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

    चालु आवको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०्–८१ को पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार भएको हो । यस वर्ष सरकारले ७ प्रतिशत हाराहारीको विस्तार हुने अनुमान गरेको छ ।

    बहुराष्ट्रिय निकायहरुले भने ४ प्रतिशत हाराहारीमा मात्र वृद्धि हुने प्रक्षेपण गरिरहेका छन् । कार्यालयले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार हुने बताएको हो । अघिल्लो आवको चौथो त्रैमासिकको भन्दा भने चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्रमा केही संकुचन आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।

    तथ्यांक अनुसार यस आवको पहिलो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको कुल मुल्य अभिवृद्धि सबैभन्दा धेरै १५.८ प्रतिशत रहेको अनुमान गरिएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित प्रत्यक्ष आधारित रहेको यो क्षेत्रमा बालुवा गिट्टीको प्रभाव बढी देखिन्छ ।

    यस अवधिमा निर्माण क्षेत्रको जीडीपी समेत ११.४ प्रतिशतले विस्तार भएको छ । वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दोस्रो स्थानमा छ । यो १३.२ प्रतिशतले विस्तार भएको तथ्यांक कार्यालयले जनाएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम आदि कारणले यस क्षेत्रमा सकारात्मक वृद्धि देखिएको हो ।

    आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतको विस्तार भएको छ । खुद्रा तथा व्यापार क्षेत्रमा भने १.४ प्रतिशतले संकुचन आएको देखिएको छ । समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुमा आएको कमीले यो क्षेत्रको वृद्धिदरमा प्रभाव परेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । घरजग्गाको कारोबार समेत २.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

  • पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

    पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।

    उक्त चामल बिक्री कार्यक्रम शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुरूप पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलमा सबै नेपालीको पहुँच पुग्ने बताए। उनले भने, “नेपालमा देखिएका सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० मा दिगो विकास लक्ष्य प्राप्ति गर्ने प्रतिबद्धता गरिएको छ। संविधानमा मौलिक हकका रूपमा रहेको खाद्यसम्बन्धी हक तथा स्वास्थ्यसम्बन्धी हकको व्यवस्थालाई मध्यनजर गर्दै खाद्य पदार्थमा पौष्टिक तत्त्व स्तरोन्नति र रैथाने खानेकुरालाई प्राथमिकतामा राखिएको छ।

    पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चामलको उपभोगले स्वास्थ्यमा हुने फाइदाबारे सचेतना अभिवृद्धि गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चामल उत्पादन तथा आपूर्ति व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्ने भएको छ। साथै सहुलियत मूल्यमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएका चामल उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने बताइएको छ। चामलसम्बन्धी मापदण्ड तयार गर्ने र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने भएको छ।

    विश्व खाद्य कार्यक्रमले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल उत्पादन तथा आपूर्तिका लागि प्राविधिक सहयोग गर्ने जनाएको छ। लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएका चामल उत्पादन तथा सहुलियत मूल्यमा बिक्री वितरण गर्ने र चामलको खाद्य स्वच्छता कायम गर्ने तथा जनचेतना अभिवृद्धि गर्नेछ।

    पछिल्लो समय नेपालमा विभिन्न प्रकारका कुपोषणको दरमा सुधार आए पनि सूक्ष्म पोषक तत्त्वको कमीका कारण हुने कुपोषणको दर भने अझै उच्च रहेको छ। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार अझै पनि ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रक्तअल्पताको सिकार भएको देखाएको छ।

    त्यस्तै, ३४ प्रतिशत प्रजनन उमेरका महिला र ३९ प्रतिशत किशोरी रक्त अल्पताका कारण जटिल जनस्वास्थ्य समस्याबाट ग्रसित भएको देखाएको छ। सर्वेक्षणमा पाँच वर्ष मुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपना र १९ प्रतिशतमा कम तौल रहेको उल्लेख छ। विभिन्न उमेर समूहमा जिङ्ग, भिटामिन ‘बी’ १२, फोलिक एसिडजस्ता अत्यावश्यक सूक्ष्म पोषक तत्त्वको कमी रहेको तथ्याङ्कले देखाएको छ। नेपालले यी सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सूचकको लक्ष्य प्राप्ति गर्ने प्रतिबद्धता जनाएको छ। रासस

  • रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

    रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

    काठमाडौं । नेपालबाट कामको खोजिमा विदेश पुगेका नेपालीले पठाउने रेमिट्यान्स उत्साह कायम छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७.६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २४.५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा कम रहेको छ । यस वर्ष ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या २ लाख ३६ हजार ७७९ रहेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष १ लाख ४ हजार ३७ रहेको छ । गत वर्ष यसै अवधिमा १ लाख १५ हजार ९४८ रहेको थियो ।

  • नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

    नेपालमा मूल्यवृद्धि ५ प्रतिशत भन्दा पनि तल झर्यो, सस्तियो भान्सा

    काठमाडौं । नेपालमा उपभोक्ता मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा पनि तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४.९५ प्रतिशतमा खुम्चिएको छ । गत वर्षको यहीं अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । गत वर्षको तुलनामा यो वर्ष घ्यु, तेल, तरकारी, माछा मासु उपसमूहको वस्तुहरुको मूल्यमा कमी आएको, पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्य घटेका कारण समग्र मूल्य वृद्धिदरमा कमी देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा औंल्याइएको छ ।

    क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.४२, तराईको ४.२६, पहाडको ५.४२ र हिमालको ७.४६ प्रतिशत देखिएको छ । २०८० मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.६६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

  • नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

    नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

    काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा ४७ अर्ब ३५ करोड रुपैयाँ विदेश पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को मंसिर मसान्तसम्म भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले मात्र बढेको छ । जसका कारण खुद सेवा आय अझै पनि २६ अर्ब ९३ करोडले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्षको यसै अवधिमा खुद सेवा आय ३० अर्ब ९६ करोडले घाटामा थियो । तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय ४७.५ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, खुम्चिदै कारोबार

    झिनो अंकले घट्यो नेप्से, खुम्चिदै कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८. ९९ विन्दुमा पुगेको हो ।

    यसदिन ३०७ कम्पनीको ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधबार ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ ।

  • लगानी सम्मेलनका लागि अर्थमन्त्रीले दिए विश्व समुदायलाई निम्तो

    लगानी सम्मेलनका लागि अर्थमन्त्रीले दिए विश्व समुदायलाई निम्तो

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् ।

    सम्बोधनका क्रममा मन्त्री डा. महतले भने, ‘नेपालमा १६ र १७ वैशाखमा लगानी सम्मेलन हुँदै छ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’

    उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी दिए । ‘दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्न व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ,’ उनले भने, ‘राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको छ ।’

    सन् २०१४ मा नेपालको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको विषय स्मरण गर्दै उनले भने, ‘विशेष गरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौं भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।’

    हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको भन्दै उनले यो सम्झौताबाट नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्ने बताए ।

  • विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

    विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

    काठमाडौं । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने देखिएको छ । यस्तो प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु आर्थिक वर्ष (आव) २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ । गत आव २०७९–८० मा नेपालकको आर्थिक विस्तार मात्र १.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ ।

    तर, विश्व अर्थतन्त्र भने आगामी आर्थिक वर्ष अर्थात सन् २०२५ मा समेत सुस्त नै रहने छ । आगामी वर्ष विश्व अर्थतन्त्रको विस्तार २.७ प्रतिशत मात्र रहने अनुमान विश्व बैंकको रहेको छ । खासगरी ठूलो अर्थतन्त्र भएका मुलुकको सुस्त विस्तारले समग्र विश्व अर्थतन्त्र प्रभावित हुने छ । यस वर्ष १.६ प्रतिशतले विस्तार भएको अमेरिकी अर्थतन्त्र आगामी वर्ष १.७ प्रतिशतले मात्र विस्तार हुने छ ।

    जापानी अर्थतन्त्र यस वर्ष ०.९ प्रतिशतले वृद्धि भएकोमा आगामी वर्ष ०.८ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरिएको छ । चीनको अर्थतन्त्र यो वर्ष ४.५ प्रतिशतले विस्तार भएकोमा आगामी वर्ष ४.३ प्रतिशतले बढ्ने देखिएको छ । रुसको अर्थतन्त्र यस वर्ष १.३ प्रतिशत र आगामी वर्ष ०.९ प्रतिशतले मात्र बढ्ने छ । भारतको अर्थतन्त्रमा भने निकै राम्रो प्रगति देखिएको छ । यस वर्ष ६.४ प्रतिशतले बढ्ने भारतीय अर्थतन्त्रले आगामी वर्ष समेत सोही गति समात्ने देखिएको छ ।

    अर्थतन्त्र विस्तारका हिसावले भारतले केही वर्षयता उच्च गति समातेको छ । यो लय आगामी वर्ष समेत निरन्तर रहने छ । अघिल्लो वर्ष भारतले ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । आगामी वर्ष ६.५ प्रतिशतको वृद्धि प्राप्त गर्नेछ । दोस्रो स्थानमा बंगलादेश रहेको छ । उसले यस वर्ष ५.६ प्रतिशतको वृद्धि समात्ने देखिएको छ । आगामी वर्ष ५.८ प्रतिशतले बंगलादेशको अर्थतन्त्र विस्तार हुनेछ ।

    तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । सो मुलुकले यस वर्ष ५.२ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । आगामी वर्ष ५.५ प्रतिशत पुर्‍याउने छ ।

    चौथो स्थानमा भुटान छ । यस वर्ष ४ प्रतिशतको आर्थिक वृद्धिदर रहेको भुटानले आगामी वर्ष ४.६ प्रतिशतको वृद्धिदर समात्ने छ । पाँचौ स्थानमा नेपाल छ । छैठौं स्थानमा श्रीलंका र पाकिस्तानको समान वृद्धिदर रहने देखिएको छ । दुवै मुलुकले १.७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने भएका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९. ६२ विन्दुमा पुगेको हो ।

    यसदिन ३०१ कम्पनीको ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ को परिसूचक बढेको छ भने ७ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ ।

    आज पनि सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३२ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, रिलायबल लाइफ साढे २८ करोड र ङादी ग्रुप पावर १५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

    बढ्दो बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन रि इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र ङादी ग्रुप पावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

    डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

    काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको हो । आयोगमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य रहेनछन् । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको तर बिलमा प्रिमियम रकम छुटेको दावी गर्दै विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद उत्पन्न भएको थियो।

    पुरानो मिति अर्थात् कतिपय उद्योगलाई २०७२ साउनदेखि र कतिपयलाई २०७३ साउनदेखि ०७५ सालसम्म विद्युत् उपभोग गरेको तर प्रिमियम लगाउन छुट भएको भन्दै प्राधिकरणले ५८ उद्योगबाट १० अर्ब १४ करोड रुपैयाँ तिर्नुपर्ने पत्र काटेको थियो । डेडिकेटेड र ट्रंक लाइनको विवाद कै बीच महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगहरुको लाइन काटिदिएको छ । बिजुलीको लाइन काटिदिएको विरोधमा उद्योगी व्यवसायी र मजदुरहरुले प्रदर्शन पनि गर्दै आएका थिए।

    सरकारले उद्योगमा काटिएको लाइन तुरुन्त जोड्न पनि विद्युत प्राधिकरणलाई दिर्नेशन दिएको छ । विद्युत प्राधिकरणले छुट बिलको पत्र पठाए पनि त्यसका लागि चाहिने प्रमाण अर्थात् टीओडी मिटरको विवरण भने दिन सकेको छैन । उसले टीओडी मिटरको विवरण नभएको भन्दै अदालतलाई जवाफ पठाएको छ । अब समितिले विवादबारे छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ र सोही बमोजिम विवाद समाधान गरिनेछ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको हो ।

    यसदिन ३०९ कम्पनीको ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको १ करोड ९७ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये तीन वटाको बाहेक सबै बढेको छ ।
    आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढ २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध

    बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन चाहनेका लागि ३० दिनको समय उपलब्ध गराएको हो । पुस १६ गते प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

    यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ । यसअघि प्रधानमन्त्री पुष्प कमद दाहाल प्रचण्डले उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने गरी सहजीकरण गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

  • लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री

    लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् । सोमबार काठमाडौंमा नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ छ ।

    ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’ नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भू(भाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्री महतले बताए । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री डा. महतले आग्रह गरे ।

    उनले जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने उनले बताए । नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।

    आगामी दिनमा व्यावसायिक वातावरण थप मजबुत बन्ने उनको भनाइ छ । उनले नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे । वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    नेपालमा सयौं पर्यटकीय स्थल भए पनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकिएको मन्त्री डा. महतले बताए । आगामी दिनमा सडक निर्माणमा समेत ध्यान दिइने उनले बताए । उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए ।

  • उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दास्रो दिन नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो ।

    यसदिन ३०९ कम्पनीको ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये एकवटाको बाहेक सबै बढेको छ ।

    आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, माउन्टेन इजर्नीको १९ करोड , हाथवे इन्भेष्टमेन्ट साढे १६ करोड बढीको शेयर कारोबार भएको छ ।

    दोहोरो अंकले बढेको बजारमा पनि आज १० कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ४ कम्पनीको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

  • धानको उत्पादन बढ्यो, जमिन भने घट्दै

    धानको उत्पादन बढ्यो, जमिन भने घट्दै

    काठमाडौं । नेपालमा धानको उत्पादन बढेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०\८१ मा धान ४.३३ प्रतिशतले बढी उत्पादन भएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो ।

    गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले बताएको छ ।


    धान उत्पादनमा वृद्धि भएपछि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । आव २०७९\८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादनमा वृद्धि भएको कृषि मन्त्रालयले दाबी गरेको छ ।

    कृषि मन्त्रालयका अनुसार कुल धान बाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफल कायम भएको हो । यो क्षेत्रफल गत चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम रहेको कृषि मन्त्रालयले जनाएको छ ।

    धानको उत्पादन सबभन्दा कोशी प्रदेशमा र सबभन्दा कम कर्णाली प्रदेशमा भएको छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको छ भने मधेश प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा पुगेको छ । गत आवभन्दा यो चालु आवमा मधेश प्रदेशमा बढी क्षेत्रमा धान रोपाइँमा भएको थियो तैपनि गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा कमी आएको छ ।

    कृषि मन्त्रालयका अनुसार गत वर्ष तीन लाख ७५ हजार हेक्टरमा धान रोपाइँ भएको थियो, जसमा १३ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो तर चालु आर्थिक वर्षमा तीन लाख ८३ हजार हेक्टरमा धान रोपाइँ भए पनि १३ लाख ३७ हजार मेट्रिक टन मात्र उत्पादन भएको हो । अरू सबै प्रदेशमा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि नै भएको छ ।

    कृषि मन्त्रालयले धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतालाई देखाएको छ । मधेश प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण समग्र मधेश प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको कृषि मन्त्रालयले जनाएको छ ।

    मुख्य धानको तुलनामा चैते धान विगतको जस्तै गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिको हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा रह्यो भने मधेश प्रदेश ऋणात्मक अवस्थामा रहेको छ ।

  • आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको तयारीमा सरकार

    आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको तयारीमा सरकार

    काठमाडौं । सरकारले आगामी अर्थिक वर्षएबाट आन्तरिक रोजगार प्रवर्द्धन वर्ष मनाउने तयारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गर्दै आगामी वर्षदेखि सरकारले आन्तरिक रोजगारीमा जोड दिने बताएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय गरेको छ ।

    मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार निर्देशक समितिको बैठकबाट आउँदो आर्थिक वर्षदेखि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने निर्णय भएको छ । आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई अभियानका रूपमा सञ्चालन गर्न तीनै तहको सरकार, रोजगारदाता, विषयगत सङ्घ संगठन, सीप विकास प्रतिष्ठान लगायत श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनसँग प्रत्यक्ष समन्वय र सहकार्य गरिने उनको भनाइ छ ।

    पालिका मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनुुभयो । देशमा रोजगारीको अवसरमा सङ्कुचन हुँदै जाँदा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको भन्दै मन्त्रालयले यसको व्यवस्थापनमा देखिएका विविध चुनौती समेतलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

  • नेपालबाट बंगलादेश विजुली निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने

    नेपालबाट बंगलादेश विजुली निर्यात गर्न त्रिपक्षीय सम्झौता हुने

    काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि उक्त सहमतिले मार्ग प्रशस्त गरेको छ ।

    चितवनमा आज सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११औँ बैठकले विशेष गरी प्रसारण प्रणालीको सुदृढीकरणका विषयमा सहमति गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । बैठकमा नेपालकातर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा मन्त्रालयका सचिव पङ्कज अग्रवालले सहअध्यक्षता गर्नुभएको थियो । बैठकमा सहसचिवस्तरीय संयुक्त कार्यदलले तयार पारेका विभिन्न एजेण्डामा छलफल भएको थियो ।

    यसअघि ऊर्जा मन्त्रालयका सहसचिव सिंह र भारतको विद्युत् मन्त्रालयका सहसचिव डा डी साई बाबाको सहअध्यक्षतामा नेपाल भारत ऊर्जा संयुक्त कार्यदलको ११ औँ बैठकले मौजदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजनालगायतका विषयमा आवश्यक छलफल गरी सचिवस्तरीय संयन्त्रलाई सिफारिस गरेको थियो ।

    यसपटक सहमति भएका अधिकांश विषयलाई भने प्राविधिक समूहले अन्तिम निष्कर्ष दिनेछन् । प्राविधिक विषय बढी भएकाले सैद्धान्तिक निर्णय भएको बैठकमा सहभागी नेपाली उच्च अधिकारीहरुको भनाइ छ । अन्तरदेशीय प्रसारण लाइनका रुपमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता एक हजार मेगावाट बराबर पुर्‍याउने विषयमा दुई पक्षबीच सहमति भएको छ ।

    त्यसका लागि ढल्केबर सशस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिनेछ । हाल सो प्रसारण लाइनबााट आठ सय मेगावाट बिजुली आयात निर्यात हुँदै आएको छ । सो प्रसारण लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय गरिनेछ । सो प्रसारण लाइनको अधिकतम क्षमता उपयोग गर्नका लागि नेपालले प्रसारण शुल्क तिर्दै आएको छ ।

    नेपाल र भारत जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइनको अधिकतम क्षमता उपयोगका विषयमा महत्त्वपूर्ण सहमति भएको छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ढल्केबर–सीतामढी चार सय केभी प्रसारण लाइनबाट बिजुली आदानप्रदान गर्न सकिने विद्युतको क्षमता निर्धारणका सम्बन्धमा पनि संयुक्त प्राविधिक समितिले आवश्यक निर्णय गर्नेछ ।

    भारतीय कम्पनीले अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली निर्यातका लागि सो प्रसारण लाइन निर्माण गरिरहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको सो कम्पनीले अन्य आयोजना पनि जिम्मा लिएको छ । ती आयोजना सम्पन्न हुन लामो समय लाग्नेछ ।

    यस्तै, टनकपुर महेन्द्रनगर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट दुई सय मेगावाटसम्मको विद्युत् निर्यात गर्नका लागि सम्भाव्य विकल्पबारे पनि संयुक्त प्राविधिक समितिले अध्ययन गर्ने बैठकको सहमति छ ।

    त्यस्तै, एक सय ३२ केभी क्षमताका तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको छिमेकी राज्यको प्रसारण प्रणाली उपयोग गरी दुई देशबीच विद्युत् आयात निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरण र भारतका अन्य निकायको समन्वयमा तयार गरेको विद्युत् आयात निर्यात गर्नेसम्बन्धी विधि प्रक्रिया बैठकले स्वीकृत गरेको छ ।

    उच्च क्षमताका थप दुई प्रसारण लाइन निर्माणका लागि पनि बैठकले संयुक्त कार्य समूहलाई जिम्मा दिएको छ । नेपाल र भारतबीच यनरुपा–पूर्णिया र न्यू लमकी ९दोदोधारा० बरेली चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ । ती प्रसारण लाइन सन् २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती प्रसारण लाइनको मोडालिटी संयुक्त कार्य समूहले टुङ्गो लगाउनेछ । दुई देशका ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको कार्यदलले त्यस विषयमा आवश्यक मोडालिटी तयार पार्नेछ ।

    भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न भारतको विद्युत् आयात निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै त्रिपक्षीय सम्झौता गर्ने विषयमा पनि सैद्धान्तिक छलफल भएको छ ।

    यस छलफलका आधारमा त्रिदेशीय साझेदारीका लागि आवश्यक संयन्त्र स्थापना हुनेछ । सोही संयन्त्रले आवश्यक निर्णय गर्ने बताइएको छ । बङ्गलादेशले नेपालबाट बिजुली लैजानका लागि आवश्यक नीतिगत निर्णय गरिसकेको छ । त्यहाँको मन्त्रिपरिषद्ले पनि आवश्यक व्यवस्थाका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । यस्तै, बङ्गलादेशले छ सय ७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । सन् २०४० सम्म १० हजार मेगावाट बराबरको बिजुली लैजान सैद्धान्तिक प्रतिबद्धता जनाएको छ ।

    माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजान यसअघि नै बङ्गलादेश सहमत भएको थियो । यद्यपि सो आयोजनाको प्रवर्धक ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर० ले हालसम्म कुनै काम गरेको छैन । सरकारले सो आयोजनाको म्याद शर्तसहित दुई वर्षका लागि थप गरेको भए पनि हालसम्म थप प्रगति देखिएको छैन ।

    यस्तै, नेपाल र भारतबीच विद्युत् आयात निर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्न बैठकले संयुक्त प्राविधिक समूहलाई निर्देशन दिइएको छ ।

    अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यातका लागि एक सय २० प्रतिशतसम्म क्षमता हुने गरी जलविद्युत् आयोजनाको स्वीकृति दिने निर्णय बैठकले गरेको छ । वर्षाको समयमा उत्पादित बिजुली खेर जाने समस्याका लागि पनि प्रसारण लाइनको अधिकतम क्षमताको उपयोग गर्नुपर्ने माग यसअघि उठ्दै आएको थियो ।

    हाल रक्सौल परवानीपुर, कुशाहा कटैया, मैनहिया गोरखपुर जस्ता प्रसारण लाइन सञ्चालनमा छन् । ती प्रसारण लाइनको क्षमता एक सय ३२ केभीको छ । ती प्रसारण लाइनको अधिकतम क्षमता उपयोग हुनेछ । ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता समेत एक हजार मेगावाट बराबर पुगेको सन्दर्भमा थप बिजुली निर्यातका लागि मार्ग प्रशस्त भएको छ ।

  • विमानस्थलबाट फेरि अवैध सुन बरामद, विदेशी महिला पक्राउ

    विमानस्थलबाट फेरि अवैध सुन बरामद, विदेशी महिला पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना विदेशी महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा श्रीलंकन नागरिक कान्थामात्रे काभास्कर रहेकी छिन् । उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ।

    उनले धुलो बनाएर सुन लिएर आएकी थिइन्। कसका लागि उक्त सुन ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ।

  • काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

    काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका पेट्रोल पम्पहरुलाई ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि रहेका छन् ।

    समितिलाई पेट्रोल पम्पहरुको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । महानगरपालिकाले गएको वैशाखमा पेट्रोलियम पदार्थ बिक्री मापदण्ड पूरा नगरेको वडा नम्बर १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो ।

  • १० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

    १० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् । रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका हुन् ।

    ‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको छ’, उनले भने । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर प्रधानमन्त्री रामेछाप पुगेका हुन् । नेपाल र भारतका उर्जा सचिवहरूले दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा आज बिहीबार नै हस्ताक्षर गरेका थिए ।

  • नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

    नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

    काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।

    भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् । नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।

    यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ ।

    भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन् । संयुक्त आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा छलफल भएको उनले बताए ।

  • मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी कस्तो छ ?

    मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी कस्तो छ ?

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको दावि सरकारी अधिकारी्हरुले गरेका छन् । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ।

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ। यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ। सिनियर डिभिजनल इन्जिनियर कुँवरले भने, ‘अबका बाँकी काम केही कठिन रहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ।’

    उनले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए। सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौंवासीलाई पानी पुर्‍याउने बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौंमा पानी लाने गरी मरमतको काम भइरहेको बताए।

    अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो। अहिले ४५ कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए।

    गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो। अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ। विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरूपमा ल्याउने गरिएको छ। रासस

  • समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा

    समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ ।

    स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति रहेको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, वेगेन्द्रजंग वर्मशाखा मुख्य व्यक्ति रहेको न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत लगायत छन् । पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले र न्यू भेरी इन्जिनियरिङ वर्कसपलाई कुमाख गाउँपालिका सल्यानले कालोसूचीमा राखिदिन सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेका छन् ।

    यसैगरी नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा राख्न गरेको सिफारिसको आधारमा आराभाली इन्प्रmापावर इण्डियालाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ । यो कम्पनीको मुख्य व्यक्ति नयाँदिल्लीका राकेश जोली हुन् भने नेपालमा कम्पनीको आधिकारिक व्यक्ति भुषण थापा छन् । यसैगरी प्रेमकृष्ण श्रेष्ठ मुख्य व्यक्ति रहेको प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं र श्यामबहादुर जर्गामगर मुख्य व्यक्ति रहेको कोशी निर्माण सेवा काठमाडौंसँग पनि सात दिने स्पष्टीकरण माग गरिएको छ । प्रनिश इन्टरनेशनल प्रालिलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्शालले र कोशी निर्माण सेवालाई सुनकोशी गाउँपालिका सिन्धुलीले कालोसूचीमा राख्न सिफारिस गरेका छन् ।

    सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा जगदिशचन्द्र अग्रवाल मुख्य व्यक्ति रहेको दिनेशचन्द्र आर। अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड र जेभी शंकरमाली निर्माण सेवासँग पनि स्पष्टीकरण माग गरिएको छ । त्यसको आधिकारिक व्यक्ति दानबहादुर कार्की हुन् ।

    राजकुमार रावत मुख्य व्यक्ति भएको मामा भान्जा निर्माण सेवा उदयपुर, दशरथ वाइवा मुख्य व्यक्ति भएको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र प्रेम प्रसाद अधिकारी मुख्य व्यक्ति भएको पाँचखाल कन्सट्रक्सन प्रालि नयाँबानेश्वर काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ ।

    मामा भान्जा निर्माण सेवालाई सूर्योदय नगरपालिका इलामले, सत्यस्वरी कन्स्ट्रक्सनलाई इन्द्रसरोवर गाउँपालिका मकवानपुरले र पाँचखाल कन्सट्रक्सन प्रालिलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धुलिखेलले कालोसूचीमा राख्न सिफारिस गरेका छन् । यदि यी कम्पनी कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनि निकायका कुनै पनि कारबाहीमा सहभागी हुन पाउँदैनन् ।

  • रोजगारी र उत्पादन गुम्ने गरी बासस्थान निर्माण गर्न हुँदैन : अर्थमन्त्री

    रोजगारी र उत्पादन गुम्ने गरी बासस्थान निर्माण गर्न हुँदैन : अर्थमन्त्री

    काठमाडौं । गरिनु अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने बताएका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा बुधबार ललितपुरमा आयोजित जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा आफ्नो धारणा राख्दै अर्थमन्त्री महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताए ।

    ‘नागरिकलाई सुरक्षित गर्ने कुरामा गम्भीर ढङ्गले लागेको छ । पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन स्रोत र साधनको परिचालन र वितरणमा स्थानीय र प्रदेश सरकारको प्रत्यक्ष सहयोग र कार्यान्वयनमा ध्यान दिनुपर्छ । रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरेर पनि सहज हुँदैन, उनीहरुको रोजगारी र उत्पादनलाई पनि सुरक्षित हुने गरी नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्छ,’ डा महतले भने ।

    उनले विपद् व्यवस्थापनमा आवश्यक बजेट उपलब्ध गराउनु नेपाल सरकारको जिम्मेवारी हो भन्दै स्रोत र साधन जुटाएर खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । डा। महतले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहमा पुर्‍याउनुपर्ने भन्दै बजेटको सीमाभित्र रहेर काम गर्नुपरेको भए पनि हामी व्यवस्थापन गर्ने प्रयत्न गर्ने प्रष्ट पारे ।

    उनले पुनःनिर्माणका लागि बजेट नपुग भएको खण्डमा मित्रराष्ट्रका प्रतिनिधिसँग पनि समन्वय गरेर कुन रुपमा सहयोग आउन सक्छ भन्ने केही दिनमै निर्क्यौल निकाल्ने जानकारी गराए ।

    अब पुनः निर्माणका काम गर्दा ठूलो भूकम्प आउँदा पनि थेग्न सक्ने भवन निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले सरकारले यसका लागि वडा तहसम्म दक्ष प्राविधिकको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

    पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनजीवनलाई जोड्ने तथा रोजगारी र सीपलाई उठाउने गरी पुनः निर्माणका काम अगाडि बढाउन तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्य हुनुपर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा एकीकृत बस्ती निर्माणमा जोड दिनुपर्ने बताए । वातावरण संरक्षण सहितको प्रविधिमैत्री पुनःनिर्माणका लागि जोड दिँदै विपद् थेग्न सक्ने गरी पुनःनिर्माण अगाडि बढाउनुपर्ने धारणा उनको थियो ।

    भूकम्प प्रभावित जिल्लाको भू–भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर प्राथामिकताका साथ त्यहाँको जनजीवनलाई सहज बनाउने गरी पुनःनिर्माणका काम तीव्र गतिमा अगाडि बडाउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

  • नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने

    नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने

    काठमाडौं । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ । पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समिति र उक्त कम्पनीबीच २२ मंसिरमा सम्झौता भएको थियो ।

    समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार जाँच चौकी निर्माणको काम सम्पन्न नहुँदै यसको सञ्चालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट भइसकेको बारे सरकारलाई जानकारी गराइसकिएको छ । यो आयोजना समितिलाई हस्तान्तरण भएपछि सम्झौता कार्यान्वयनमा आउने उनले जानकारी दिए ।

    आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधिन छ । यहाँ अहिले पानी ट्यांकी, सीसीटीभी जडान, नेटवर्किङ, फायरफाइटिङ सिस्टम लगायतका काम भइरहेको समेत उनले जानकारी दिए । २६ असोज २०७७ मा निर्माणको काम सुरु भएको यस जाँच चौकीको १८ जेठ २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरिका थिए ।

    नियामक निकायले सेवा सञ्चालन गर्न नपाउने नियम अनुसार जाँच चौकीहरुको सञ्चालन निजी क्षेत्रका कम्पनीहरुमार्फत गर्न लागिएको गजुरेलले जानकारी दिए ।

    नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहने भएकोले समिति अन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीरकन्टेनर फ्रेट स्टेसन) हरुको सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनोट गर्नुपर्ने नीति रहेको उनले बताए ।

    सोही अनुसार नेपालगञ्ज एकीकृत जाँच चौकीका लागि समितिले ११ असार २०८० मा अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव आव्हान गरेको थियो । सो अनुसार दुई वटा कम्पनी एटलस टर्मिनल जेभी, भाटभटेनी, काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि विराटनगर बोलपत्र प्रक्रियामा सहभागी भएका थिए ।

    सहभागी दुई वटा कम्पनीमध्ये मूल्यांकन प्रक्रियाबाट छनोट भएको एटलस टर्मिनल जेभीले कानुन बमोजिम दर्ता गरेको संयुक्त लगानीको कम्पनी टीआरएस एटलस लोजिपार्क प्रालिसँग सम्झौता गरेको समितिको भनाइ छ । गजुरेलका अनुसार अहिले समिति मातहत रहेका ८ वटा पोर्टमध्ये सबै निजी क्षेत्रका कम्पनीबाट सञ्चालन गर्ने गरी सम्झौता भइसकेको छ ।

  • हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

    हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

    काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न शुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमवार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि गएराति सवा ९ बजे विद्युत् लाइन जोडिएको जानकारी दिए । प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्नेछ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।

    पुस ६ गतेयता प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटेको थियो । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

  • डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प

    डेडिकेटेड र ट्रङ्क लाइन विवाद, प्रशासकीय पुनरावलोकन बन्न सक्छ विकल्प

    काठमाडौं । विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी राख्नुपर्नेछ ।

    प्राधिकरणले छुट विलिङ भन्दै डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका औद्योगिक ग्राहकलाई पत्राचार गरेपछि त्यसविरुद्ध उद्योगीहरु अदालत गएका थिए । अदालतले प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली र विद्युत् वितरण विनियमावलीमा विलिङलगायतका नियमावली बमोजिम भए गरेका काम कारबाही तथा निर्णय उपर चित्त नुबुझे सोही नियममा उल्लेखित प्रक्रिया अवलम्बन गरी पुनरावेदन समिति समक्ष पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था रहेको ठहर गरेको थियो ।

    साथै, अदालतले कानूनले प्रदान गरेको वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरी सोझै रिट क्षेत्राधिकारको माध्यमबाट अदालत प्रवेश गरेको देखिएको भन्दै रिट निवेदन खारेज गरिदिएको थियो । सो समयमा उद्योगी व्यवसायीले विभिन्न तहका अदालतमा ४५ वटा मुद्दा दायर गरेका थिए । तीमध्ये अधिकांश मुद्दा प्राधिकरणको पक्षमा फैसला भएको थियो । फैसलामा प्राधिकरणको पुनरावलोकन समितिमा गएर वैधानिक उपाय अवलम्बन गर्न सुझाइएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत बिहीबार पत्रकार सम्मेलन गरी अदालतको फैसला बमोजिम उद्योगीलाई प्रशासकीय पुनरावलोकन जान सक्ने विकल्प दिएका थिए । उनले सो अवसरमा विगतमा छुट विलिङको निर्णय उपर पुनरावलोकनको निवेदन दायर गर्ने ग्राहकले छुट बिलिङवापतको शतप्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गरी २५ प्रतिशत रकम धरौटीस्वरुप जम्मा गर्नुपर्ने व्यवस्था गरिएको समेत जानकारी गराएका थिए ।

    प्रशासकीय पुनरावलोकन समितिमा प्राधिकरण सञ्चालक समितिले तोकेको सञ्चालक–अध्यक्ष, मुख्य प्रशासकीय अधिकृत वा निजले तोकेको उपकार्यकारी निर्देशकरमहाप्रबन्धक, सदस्य, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय वा विद्युत् विकास विभागका एक जना विशेषज्ञ–सदस्य र प्राधिकरणको कानून विभागको निर्देशक÷सदस्यसचिवको रुपमा रहने व्यवस्था छ ।

    प्राधिकरणको विद्युत् वितरण विनियमावली बमोजिम भएको कुनै कारवाही तथा निर्णय उपर चित्त नबुझेमा सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्थानीय कार्यालयमार्फत वा सोझै विनियम ५६ बमोजिम गठित प्रशासकीय पुनरावलोकन समिति समक्ष निवेदन गर्न सक्ने व्यवस्था छ ।

    प्राधिकरणबाट छुट बिलिङ सम्बन्धमा गरिएको निर्णय उपर पुनरावलोकनको निवेदन दायर गर्ने ग्राहकले छुट बिलिङ वापतको २५ प्रतिशत रकम धरौटीस्वरुप जम्मा गर्नुपर्ने छ । प्रशासकीय पुनरावलोकनउपर पुनरावलोकन समितिले ३५ दिनभित्र निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनुपर्नेछ । समितिले गर्ने निर्णयबाट उद्योगहरुलाई धेरै विकल्प खुल्ला हुने प्राधिकरणको बुझाइ छ ।

    समितिले छुट बिलिङका विषयमा गर्ने निर्णयले धेरै विकल्प खुल्ला गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उनका अनुसार समितिले छुट विलिङ असुल नगर्ने पनि निर्णय दिन सक्छ वा तिर्नुपर्ने पनि भन्न सक्छ । समितिको निर्णयमा चित्त नबुझेमा त्यसपछि व्यवसायी वा उद्योगी माथिल्ला अदालतमा जान सक्ने व्यवस्था छ । अहिले विवाद गर्नुभन्दा अदालतको फैसलाअनुसार पुनरावलोकनमा जानु उपयुक्त विकल्प भएको प्राधिकरणको ठहर छ । धरौटी रकम जम्मा गर्ने वा बैंक जमानतलाई स्वीकार गर्ने भन्ने निर्णय गर्न आफू तयार रहेको प्राधिकरणको भनाइ छ । धरौटी रकम जम्मा गरेपछि अहिले काटिएको लाइन जोड्ने वातावरण बन्न सक्ने देखिएको छ ।

    उच्च अदालत पाटनले गरेको फैसलामा विद्युत् महशुल सङ्कलन नियमावलीमा उल्लेखित व्यवस्था विपक्षी प्राधिकरणको निर्णय एवम् काम कारबाहीमा चित्त नबुझेमा सोबिरुद्ध कानूनी उपचारका रुपमा राखिएको देखिँदा सो समितिले नै निवेदकले के कति विद्युत् शक्ति खपत गरेको हो ? निवेदनकलाई के कुन दरको के कति शुल्क लाग्ने हो भन्नेलगायतका निवेदकले उठाएका सबै प्रश्नहरुको निरुपण गर्न सक्ने अवस्था विद्यमान रहेको उल्लेख छ ।

    अदालतले महसुल सङ्कलन विनियमावलीले ग्राहकलाई बिलिङ गर्दा कुनै कारणवश छुट भएमा सोको जानकारी दिनुपर्नेछ । जुनसकै समयमा पनि विद्युत् उपभोग गरेको छुट वापतको छुटै बिलिङ गरिनेछ भन्ने व्यवस्था देखिँदा कुनै कारणले विलिङ छुट हुन गएमा प्राधिकरणले यथासमयमा बिलिङ गर्न नपाउने भन्ने देखिन आएन भन्ने ठहर गरेको थियो ।

    साथै, प्राधिकरणले यथासमयमा विलिङ नगरकै कारण मुलुकभर लोडसेडिङ कायम रहेको अवस्थामा निवेदक आयोगलाई उपलब्ध गराएको विशेष विद्युत् आपूर्ति वापत विनियमावली बमोजिम तिर्न बुझाउनुपर्ने महसुल दायित्वबाट निवेदक कम्पनीले उन्मुक्ति पाउन सक्ने आधार र अवस्था देखिन नआएको अदालतले फैसला गरेको थियो ।

    उच्च अदालतले महसुल ट्रङ्क लाइन वा डेडिकेटेड फिडर संरचनामा लाग्ने नभई सो संरचनामार्फत खपत भएको ऊर्जामा लाग्ने भएकाले आफूले खपत गरेको ऊर्जावापत नियमनले निर्धारण गरेको दरमा तिर्नुपर्ने महसुल प्रक्रिया पूरा नगरेका आधारमा निवेदक कम्पनीको हकमा आकर्षित नहुने भन्ने ठहर गरेको थियो ।

    डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनतर्फका जम्मा २३९ मध्ये १७८ उपभोक्ताले डेडिकेटेड र ट्रङ्क लाइन वापतको विद्युत् महशुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा उपभोग गरेका कुल ६१ वटा उपभोक्ताको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम रु २२ अर्ब २४ करोड छ । प्राधिकरणले रु ५करोडभन्दा बढी बक्यौता रहेका २३ वटा उद्योगको लाइन काटेको छ ।

    यसबीचमा उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरी समस्याको समाधान गरिदिन पुनः आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न सार्वजनिक रुपमा नै माग गरेका छन् ।

    लाइन काटिएका उद्योगीका तर्फबाट महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले आफूहरुले प्रयोग गरेको बिजुलीको विवरण दिए महशुल तिर्न तयार रहेको शनिबार आयोजित एक कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गरे ।

    त्यसअघि नै अर्घाखाँची सिमेन्टले पुनरावलोकनका लागि अनुरोध गरेको जनाएको छ । पुनरावलोकनका लागि आवेदन दिएपनि धरौटी रकम नराखेका कारण थप प्रक्रियामा अगाडि नबढेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले सबैभन्दा बढी महशुल तिर्नुपर्ने उद्योगहरुको लाइन धमाधम काटिरहेको छ । सङ्घीय संसदको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था समितिले तत्काल महशुल उठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । महालेखापरीक्षकको कार्यालयले नउठेको रकमलाई बेरुजुमा राखेर तत्काल उठाउन निर्देशन दिएको थियो ।

    पछिल्लो पटक प्रधानमन्त्री दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, शक्तिबहादुर बस्नेत, ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, विद्युत् नियमन आयोगका अध्यक्षसहितका पदाधिकारीसँग पटक–पटक समस्या समाधानका लागि छलफल गरेका छन् ।

    नियमन आयोगलाई आवश्यक निर्णय गरिदिन अनुरोध गरिएको छ । नियमन आयोगले यस विषयमा कुनै निर्णय नगरिददा समस्या तन्कदै गएको बताइन्छ । कानुनतः महशुल लगाउने, छुट दिने वा त्यसबारेमा आवश्यक निर्णय गर्ने अधिकार आयोगलाई छ । आयोगले आफूहरुले निर्णय गर्ने आधार नभएको भन्दै समस्या समाधानमा कुनै पहल गरेको छैन ।

    ऊर्जामन्त्री बस्नेतले पनि यसबारेमा आवश्यक पहल गर्नुभएपनि सार्थक परिणाम निस्केको छैन । मन्त्री बस्नेतले पनि पटक–पटक आयोगका पदाधिकारी र प्राधिकरणसँग छलफल गर्नुभएको छ । आयोगलाई कुनै न कुनै निर्णय गरिदिन आग्रह गरेपनि कुनै जवाफ आउन सकेको छैन । ‘समस्या समाधानका लागि प्रधानमन्त्रीका तर्फबाट र मन्त्रालयका तर्फबाट आवश्यक पहल भएको छ । निर्णय गर्ने निकायले कुनै निर्णय नदिदा समस्या समाधान हुन सकेको छैन । कुनै न कुनै उपाय खोज्ने प्रयास जारी छ,’ मन्त्री बस्नेतको भनाइ छ ।

    तत्कालीन ऊर्जा सचिव दिनेशकुमार घिमिरे नेतृत्वको कार्यदलले पनि महशुलका सम्बन्धमा विभिन्न तीन वटा उपाय सुझाएको थियो । आयोगले निर्णय गर्नुभन्दा अगाडि र लोडसेडिङ अन्त्य भएपछिको समयका बारेमा एउटा व्यवस्था गर्न र बीचको अवधिको भने पूर्णरुपमा महशुल उठाउन घिमिरे नेतृत्वको कार्यदलले सुझाव दिएको छ ।

    समितिको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरी कार्यान्वयनका लागि ऊर्जामन्त्रालय पठाएको थियो । सरकारले कोरोनालगायतका कारण देखाएर व्यवसायीलाई छुट दिँदै आएको थियो । चौतर्फी दबाबमा परेपछि प्राधिकरणले एउटा निर्णय गर्नैपर्ने अवस्थामा पुगेपछि लाइन काट्न बाध्य भएको जनाएको छ । त्यसो त उद्योगीले के कति बिजुली प्रयोग गरे भन्ने बारेमा आवश्यक विवरण र तथ्याङ्क पनि सुरक्षित रहेको प्राधिकरणको भनाइ छ ।

  • झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ८.७७ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको हो ।

    यसदिन ३०६ कम्पनीको ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ को घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २० करोड र हाथवे इन्भेष्टमेन्टको १७ करोड बढीको शेयर कारोबार भएको छ ।

    घट्दो बजारमा पनि आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सीईडीबी हाइड्रोपाव र चिरख्वा हाइड्रोपावरको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट र हिमालयन हाइड्रोपावरका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • प्राधिकरणले काट्यो थप १४ उद्योगको विजुली

    प्राधिकरणले काट्यो थप १४ उद्योगको विजुली

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो । प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो ।

    शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ । शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

    यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी इस्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ।

  • राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम

    राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उ

    नले दुई सिफ्टमा काम गर्ने व्यवस्थाको प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको भन्दै त्यसको अक्षरस लागू गरिने समेत बताए ।

    प्रधानमन्त्रीले निर्माणाधीन योजनाहरूको वस्तुगत विश्लेषण गरी समस्या पहिचान गर्ने र समाधानको विकल्पसहित तीव्र गतिमा निर्माणको लागि कार्ययोजना तयार गर्न समेत निर्देशन दिए ।

    आयोजनाहरू समयमै सम्पन्न नहुने र अलपत्र हुने अवस्थालाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने भन्दै उनले आयोजना कार्यान्वयनका क्रममा जग्गा प्राप्ति, रुख–पोल–पाइप लगायतका युटिलिटी हटाउन, स्थानीय निर्माण सामग्री प्राप्ति जस्ता कार्यमा परेका कठिनाइका विषयमा तत्काल कानुनी एवम् प्रक्रियागत झन्झट हटाउनुपर्ने बताए । यसका लागि कानुन संशोधन लगायतका काममा विशेष प्राथमिकताका साथ कार्य सम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म अलि उदार भएँ, मन्त्रालयलाई मैले उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा छु । पहिला तपाईंहरूले यो कुरा आत्मसाथ गर्नुहोला ।’ प्रधानमन्त्री कार्यालयको पुनर्संरचना आज नै गर्ने जानकारी दिँदै उनले सम्बोधनका बुँदा अक्षरस पालना हुने जानकारी गराए ।

    ‘यो सामान्य छलफल होइन, काममा नयाँ गति ल्याउन छलफल गरिएको हो, यो छलफलको सुरूवात हो, अन्त्य होइन । जनताका लागि अझ राम्रो काम गर्ने संकल्पका साथ यो छलफल प्रारम्भ गरिएको हो । मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन् । यसमा सचेत हुनुहोला,’ प्रधानमन्त्रीले भने ।

    उनले नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गरिने भन्दै योजना आयोग र अर्थ मन्त्रालयलाई सचेत गराए ।

    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकतामा काम गरिरहेको, नागढुंगा सुरूङमार्ग निर्माणको काम अपेक्षित गतिमा अगाडि बढेको, हुम्लाको सदरमुकाम सिमीकोटसम्म सडक विस्तार र कालोपत्रे गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको बताउँदै जुनसुकै विकल्पमा गएर भए पनि निर्माण व्यवसायीको पुरानो भुक्तानी टुंगो लगाउनुपर्ने बताएका थिए ।

    मन्त्री ज्वालाले स्रोत सुनिश्चिततामा लचिलो प्रक्रिया अपनाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी नहुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने, भौतिक पूर्वाधारका निम्ति देखापर्ने समस्या सम्बोधनका निम्ति छाता कानुन वा उच्चस्तरीय संयन्त्र आवश्यक रहेको, रकमान्तर नहुँदा प्राथमिकताका आयोजनामा बजेटको अभाव भएको बताउँदै विकासमैत्री नीति, संयन्त्र र कार्यक्रमको विकासमा जोड दिए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले विकास ऐन तर्जुमालाई उच्च प्राथमिकता दिने बताउँदै ‘प्राइममिनिस्टर डेलिभरि युनिट’ निर्माण गर्नुपर्ने, आयोजनाको ठेक्का तोड्नुपूर्व नयाँ ठेक्काका लागि पर्याप्त गृहकार्य हुनुपर्ने बताए ।

    नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्यालले निर्माण व्यवसायीको बाँकी भुक्तानीको सहजीकरणका निम्ति आवश्यक काम भइरहेको, सडक पुलको बजेटमा दायित्वको दबाब बढिरहेको बताउँदै आयोजनाको म्याद थपका लागि सहजीकरण गरिएकाले पूर्वाधार विकासमा गति आउने बताए ।