मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

काठमाडौं । राइड सेयरिङ गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल… Continue reading मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि… Continue reading रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित

कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

काठमाडौं । कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले ७ वटै विमानलाई सोमबारदेखि नै उडान भर्न नदिने निर्णय गरेको हो । यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए… Continue reading कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा एकसाता देखि लगातार दोहोरो अंकको घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २३.६०अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

यातायात क्षेत्रमा थालिएको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले थालेका सुधारका प्रयासबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेका छन् । विभिन्न कार्यदल बनाएर भौतिक विकास, यातायात र सुशासन क्षेत्रमा सुधारका लागि थालिएका प्रयासहरुले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् । आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले… Continue reading यातायात क्षेत्रमा थालिएको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

इकोनोमिक्स ओलम्पियाडमा नेपालबाट भाग लिने विद्यार्थी छानिए

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ ।ललितपुरमा आइतबार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् । जसमा बूढानीलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर… Continue reading इकोनोमिक्स ओलम्पियाडमा नेपालबाट भाग लिने विद्यार्थी छानिए

निजी सवारीले भाडामा यात्रु बोकेपछि प्रहरीले गर्यो कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले राइड सेयर गरेर भाडा उठाएपछि पठाओ, इन्ड्राइभर जस्ता सेवाका मोटरसाइकल चालकहरुलाई कारबाही गरेको छ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो,’ ट्राफिक प्रहरीले भनेको छ ।… Continue reading निजी सवारीले भाडामा यात्रु बोकेपछि प्रहरीले गर्यो कारवाही

भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८… Continue reading भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ऋणीलाई संस्थाको ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएका छन् । लघुवित्त क्षेत्रको अवस्थाबारे बुधबार नेपाल राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ र अर्थ मन्त्रालयबीच भएको छलफलपछि अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । बैठकमा अर्थमन्त्री पौडेलले त्यस्ता ऋणीको विवरण एक… Continue reading लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

काठमाडौं । मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै… Continue reading मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ

काठमाडौं । सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा… Continue reading गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५६ कम्पनीको १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको ४८ लाख १५ हजार १२० कित्ता शेयर किनबेच भएका छन् । गत शुक्रबार… Continue reading नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, १ अर्ब ७३ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ४६ लाख ८५ हजार ८०९ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अनुमतिबिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमतीबिना… Continue reading अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

काठमाडौं । यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्। यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा अहिले यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि कमिटी बनेको छ। उक्त कमिटीले मंगलबारबाटै काम थाल्ने र यहि फागुन… Continue reading सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

सरकारका काम प्रभावकारी बनाउने निर्णय

काठमाडौं । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।   … Continue reading सरकारका काम प्रभावकारी बनाउने निर्णय

शुभम पावरको आइपीओ बाँडफाँड, साढे १२ लाख बढीको हात खाली

काठमाडौं । शुभम पावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल आज बिहान आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट ४८ हजार १८६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छ भने २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । साढे १२ लाख… Continue reading शुभम पावरको आइपीओ बाँडफाँड, साढे १२ लाख बढीको हात खाली

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको हो, छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

निक्षेपको ब्याजदर फागुनमा परिवर्तन नगर्ने

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको छ । बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए । माघ अगाडिसम्म एकवर्षे मुद्दति निक्षेपको ब्याजदर नै १२ प्रतिशतभन्दा बढी पुगेको थियो । अहिले बैंकहरूले एक वर्षको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिने गर्छन्… Continue reading निक्षेपको ब्याजदर फागुनमा परिवर्तन नगर्ने

किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध

काठमाडौं । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार उचित बजार नपाएको भन्दै किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ… Continue reading किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध

उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)७६.६४ अंकले बढेर २१७७.३४विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६० कम्पनीको ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल–मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य… Continue reading बढ्यो इन्धनको मूल्य

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो… Continue reading २४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)१.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५८ कम्पनीको १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

नेपालको पहिलो गभर्नर राणाको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई उदृत गर्दे सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि… Continue reading नेपालको पहिलो गभर्नर राणाको निधन

कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिट्टा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेको कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट… Continue reading कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

काठमाडौं । बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जनाको गिरोह पक्राउ परेको छ । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए । सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न रहेका आठ जनालाई… Continue reading बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

नेपाल एयरलाइन्सका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्। ‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई-सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निगमले… Continue reading नेपाल एयरलाइन्सका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)२२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५७ कम्पनीको २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ । तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ… Continue reading भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने