स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् । आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् । प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त… Continue reading स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब

अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने

(Dave Schwarz/St. Cloud Times via AP)

मिनियापोलिस । अमेरिकामा प्रहरीले नियन्त्रणमा लिएपछि मारिएका जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ । गत वर्ष मेमा अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेपछि अमानवीय तरिकाबाट उनको हत्या गरेको थियो । उनी अफ्रिकी मुलुका अमेरिकी नागरिक हुन् । यो घटनापछि संसारभर अमेरिकामा हुने रंगभेदी विषयको कडा आलोचना भएको थियो । अमेरिकी शहर मिनियापोलिसको… Continue reading अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने

सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुनको आपूर्ति कोटा बढाउने आश्वासन दिएका छन् । यस विषयमा सरकार सकारात्मक रहेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको आश्वासन दिएका हुन् । बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको भन्दै उनले केही दिनभित्रै यस… Continue reading सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आइ पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो । सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र… Continue reading आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

काठमाडौं । उपत्यकाबासीको तीन दशक लामो प्रतिक्षा चिर्दै अन्ततः काठमाडौंमा मेलम्चीको पानी झरेको छ । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोही प्रयोजनका लागि सुन्दरीजल पुगेका थिए । उनले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचे । त्यसपछि गत फागुन १० मा सुरुङमा खसालिएको पानी सुन्दरीजलमा झरेको… Continue reading अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

बुटवल । रूपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास गर्न पुगेका अर्थमन्त्री विण्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटे । खासगरी स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा आयोजना अगाडी बढाउन खोजेपछि यहाँ विवाद शुरु भएको हो । स्थानीयले विरोध गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेलमाथि लक्षित गरी ढुंगा वर्षाएका थिए । यो मुद्दामा उक्त क्षेत्रका अर्का सांसद… Continue reading अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा ढुंगामुडा भएको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पुगेका उनीमाथि प्रभावित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन् । आज कडा सुरक्षा घेरामा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । त्यसपछि अर्थमन्त्रीले भाषण शुरु गरेलगत्तै स्थानीयबाट स्टेजमा ढुंगा प्रहार शुरु भयो । नाराबाजी र होहल्लाका बीच भाषण… Continue reading आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करियर बनाउन इच्छुक युवाहरुका लागि खुसीको खबर छ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जना नयाँ भर्ना गर्ने गरी रोजगारी खुलाएको छ । बैंकले अनलाइन दरखास्त फारम आह्वान गर्दै यस्तो जानकारी दिएको हो । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न… Continue reading नेपाल बैंकमा दुई सय जनाका लागि खुल्यो जागिर

अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७६\७७ सम्म नेपाली अर्थतन्त्रको आकार उक्त अवस्थामा पुगेको तथ्याङ्क विभागले जनाएको छ । विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्ष समेत यो वर्षबाट परिमार्जन गरेको छ । नेपालले यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्क निकाल्ने गरेको… Continue reading अर्थतन्त्रको आकार साढे ३९ खर्ब, आर्थिक वृद्धिदर माइनसमा

प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिलान्यास दौड जारी छ । उनी सोही सिलसिलामा आज सिन्धुली जाने भएका छन् । राष्ट्रिय गौरबको आयोजना सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली सिन्धुली जाने तय भएको उनको सचिवालयले जनाएको छ । मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन गर्ने… Continue reading प्रधानमन्त्रीको शिलान्यास दौड जारी, आज सिन्धुली जाने

विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

Photo : Shutterstock/Subodh Agnihotri

काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ… Continue reading विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलमध्ये पहिलो खेप भारतको कोलकात्ता आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार यो मल आजबाट नेपाल ल्याउने प्रक्रिया शुरु हुने छ । बुधबार कार्गो रेलमा राखेर मल नेपाल तर्फ ल्याइने छ । नेपाली सिमानामा आइतबारसम्म मल आइपुग्ने बताइएको छ । पहिलो खेपमा बंगलादेशबाट २२ हजार ५… Continue reading बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१… Continue reading कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।… Continue reading ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । पछिल्लो एक महिनायता तेस्रो पटक मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको छ ।… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्लो एकसातामा १६६ अंकले घटेको बजारमा आज दोहोरो अंकको कमब्याक भएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै गिरावट आएको छ । आइतबार करिब साढे ८ अर्ब कारोबार भएकोमा आज त्यो घटेर पौने ६ अर्बमा सीमित भएको छ । आज सेयर बजार… Continue reading सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा ६४ अर्ब रुपैयाँ लागतको औद्योगिक पार्कको शिलान्यास गरेका हुन् । ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’ नाम दिइएको यो पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्छ । पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुने बताइएको छ ।… Continue reading दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य

काठमाडौंको ६० किमी सडकमा ‘हाइमास्ट लाइट’ राखिँदै, कहाँ-कहाँ जडान गरिँदैछ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी २ महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग… Continue reading काठमाडौंको ६० किमी सडकमा ‘हाइमास्ट लाइट’ राखिँदै, कहाँ-कहाँ जडान गरिँदैछ ?

औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला झापा जाँदै

सांकेतीक तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलापछि आज पहिलो पटक उपत्यकाबाहिर निस्कदैछन् । यसअघि संसद विघटन गरेपछि उनले काठमाडौं बाहिरको दौडधुप बढाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आज गृहजिल्ला झापा जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले औद्योगिक पार्कको शिलान्यास गर्नेछन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने… Continue reading औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला झापा जाँदै

नेपाल विकासशील मुलुकका रुपमा स्तरोन्नती हुन सिफारिस

न्यूयोर्क । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको छ । यससँगै नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ढोका खुलेको छ । अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार यसका लागि पाँच वर्षको तयारी अवधि राखिएको छ । यसअनुसार सन् २०२६ बाट नेपाल स्तरोन्नति बनिसक्ने छ । यसबीचमा अतिकमविकसित… Continue reading नेपाल विकासशील मुलुकका रुपमा स्तरोन्नती हुन सिफारिस

अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति

Andrew Burton/Getty Images

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन । सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय… Continue reading अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति

नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर ) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ । सो सम्झौतानुसार नेपालले पश्चिम तराईका… Continue reading नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा… Continue reading अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लू पुष्टी भएको छ । बिहीबार मात्र यहाँ १२ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशुसेवा विभागका अनुसार तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा उक्त संख्यामा कुखुरा नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको छ ।… Continue reading तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार पारेको छ । माटोमा रहेको विभिन्न तत्त्व र गुण देखाउन अब जिपिएस माध्यमबाट नक्सा तयार पारिएको हो । माटोको डिजिटल नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका अनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियामै पहिलो बनेको छ… Continue reading माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको सेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्। उनी जनवरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। जनवरीको शुरुवातको तुलनामा टेस्लाको सेयरमा २० प्रतिशतले गिरावट आएको छ।… Continue reading एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

काठमाडौं । साताको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । छ । बुधबार नेप्से परिसूचक १२.४६ अंकले घटेर २५९९.०७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०४ कम्पनीको ६ अर्ब ७० करोड १५८ लाख ७२ हजार ४७२ रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

काठमाडौं । साताको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार ३२.६७ अंकले घटेको नेप्से मंगलबार दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख… Continue reading तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

निर्वाचन आयोगले २५ करोड खर्चेर निर्वाचन सामग्री किन्दै

काठमाडौं । निर्वाचन आयोगले २५ करोड रुपैयाँ बराबरका निर्वाचन सामग्री खरीद प्रक्रिया अगाडी बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधिक निर्वाचन घोषणा गरेका छन् । यद्दपी यसबारे सर्वोच्च अदालतको फैसला आउन भने बाँकि नै छ । आयोगले चुनावी सामग्री खरीद गर्न बोलपत्र आह्वान गरेको हो । आयोगले चुनावका लागि आवश्यक पर्ने… Continue reading निर्वाचन आयोगले २५ करोड खर्चेर निर्वाचन सामग्री किन्दै

नेपाली सेयर बजारमा करेक्शन, नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । सेयर बजारमा करेक्शन आएको हो । गत सोमबारदेखि लगातार उकालो लागेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा २६४० विन्दुमा पुगेको बजार आज करिब ३३ अंकले गिरावट आएको हो । प्रफिट बुक गर्नेहरु हाबी हुँदा बजारमा करेक्शन आएको हो । सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकममा… Continue reading नेपाली सेयर बजारमा करेक्शन, नेप्से दोहोरो अंकले घट्यो