Category: अर्थतन्त्र

  • आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै

    आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै

    काठमाडौं । विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

    दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

    मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मंगलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ ।

    विगतमा विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

    पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार संघको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम गरिँदैछ ।

    दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले सोमबार रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रुपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिए । कोरोना भाइरस संक्रमणको महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र अहिले करिब पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने विश्वास छ । विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।

    पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र थियो । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाहृय पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।

  • जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री

    जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकसित मुलुकले जलवायु परिवर्तनको समस्या सम्बोधनमा गरेका प्रतिवद्धता पालना गर्नुपर्ने बताएका छन् ।
    उनले जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेको नेपाल जस्ता विकासशील मुलुको चुनौती सामनाका लागि कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्र भएका मुलुकले गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका हुन् । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड बैठकमा उनले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको भन्दै त्यसबाट सिर्जित समस्या तथा चुनौतीको बारेमा प्रष्ट पारेका थिए ।

    अर्थमन्त्री महतले कार्बन व्यापारको मूल्य बढाउनुपर्नेमा सहभागीहरूको ध्यानाकर्षण गराए । ृनले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा गभर्नरहरूको बिजनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने बताए ।

    उनले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान समेत गरे । कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा उनले जोड दिए । अर्थमन्त्री महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जन तर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।

    उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा रहेको उनले बताए । न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तारमा एआईआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले योगदान पुर्याउनुपर्ने उनले बताए ।

    यस्तै प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत एआईआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनले बताए । विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको उनले बताए । उक्त सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने यथार्थ रहेको भन्दै अर्थमन्त्री महतले उक्त क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

    विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिन बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्नेमा उनको जोड थियो । एआईआएबीको आठौं वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी थिए ।

  • दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने

    दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने

    काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल असोज २१ गतेदेखि संचालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले असोज २१ देखि देशभर सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

    सरकारले वर्षेनि चाडपर्वको बेला सहुलियत पसल संचालन गर्दै आएको छ । मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल संचालनमा ल्याउने छन् ।

    सुपथ पसलमा खाद्यान्न, तेल, दाल, गेडागुडी, घिउ लगायत दुग्धजन्य वस्तुहरु सहुलियतपूर्ण मूल्यमा पाइने छ । सुपथ पसलमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले वस्तु अनुसार छुट दिने छन् ।

    मन्त्रालयका अनुसार चामल, दाल, गहुँ, आँटा, मैदा, चिउरा लगायत खाद्यन्नमा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । त्यस्तै, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट पाइने छ ।

    खाद्य कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ भने साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमै चिनी उपलब्ध गराउने भएको छ ।

    यसैगरी, दुग्ध विकास संस्थानल घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिने मन्त्रालयले जनाएको छ ।

    देशभर ९८ स्थानमा सहुलियत पसल

    मन्त्रालयका अनुसार तीन सरकारी निकायले देशभर ९८ स्थानमा सहुलियतपूर्ण पसर संचालन गर्ने छन् । जसमा खाद्यले ५२, साल्ट ट्रेडिङले ३५ र दुग्ध विकासले ११ स्थानमा सुपथ मूल्य पसल संचालनमा ल्याउने छन् ।

    खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यका भित्र थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने छ । त्यस्तै, उपत्यका बाहिर दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर, मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत र गुल्मीमा सहुलियत पसल सञ्चालनमा गर्नेछ ।

    त्यस्तै, साल्ट ट्रेडिङले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र, ३ वटा घुम्ती पसलसहित ३५ स्थानबाट सुपथ पसल संचालन गर्ने भएको छ ।

    त्यसैगरी, दुग्ध विकास संस्थानले मुख्य कार्यालय लैनचौरसहित न्यूरोड, खुमलटार, हेटौंडा, जनकपुर, विराटनगर, कोहलपुर, बुटवल, नेपालगञ्ज, अत्तरिया र धनगढीबाट सहुलियत मूल्यमा आफ्ना उत्पादन बेच्ने भएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको हो । यसदिन २८६ कम्पनीको २ अर्ब ९ करोड ३८लाख ९ हजार ५१८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा घटेको छ भने अन्य सबै बढेको छ । एनआइसी एशिया बैंकको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने

    वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने

    कठमाडौं । अब वैदेशिक रोजगारीबाट फर्केका नेपालीले जत्रोसुकै टेलिभिजन ल्याए पनि भन्सार शुल्क नलाग्ने भएको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार श्रम स्वीकृति लिई लगातार १ वर्ष विदेशमा काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले जुनसुकै आकारको टीभी ल्याउँदा भन्सार तिर्नुपर्दैन छ ।

    तर, लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका व्यक्तिले भने ३२ इन्चसम्मको टीभी मात्र ल्याउन पाउने छन् । सोभन्दा बढी इन्चको टीभी ल्याएमा भन्सार शुल्क तिर्नुपर्नेछ ।

    त्यस्तै, अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था गरेको छ । हाल विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरेको बाहेक एक थान मोबाइल र महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सुन ल्याउँदा पनि भन्सार शुल्क तिर्नुपर्दैन ।

  • दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?

    दशैंलाई नयाँ नोट सटही कहिलेबाट ?

    काठमाडौं । यस वर्ष दसैं र तिहारमा नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको
    छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

    ‘कहाँ के कति नोट उलपब्ध भनेर आन्तरिक रुपमा विवरण मागिरहेको राष्ट्र बैंकले घटस्थापनापछि नयाँ नोट सटही खुला गर्ने तयारी गरेको हो । अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक–एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

    राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता (घटस्थापना आसपास) देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने तयारी छ ।
    दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी)पनि धेरै बिक्री हुँदै आएको छ ।

  • नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय

    नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय

    बेइजिङ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।

    विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे।

    नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ ।

    चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । त्यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

    साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

  • नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

    नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार १९ अंकले घटेको नेप्से लगातार दोस्रो दिन ओरालो लाग्दै आज ५ अंकले घटेको हो ।

    सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा आइपुगेको छ । सूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७२ करोडले घटेर १ अर्ब ५६ करोडमा सीमित भएको छ ।

    आज २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक घटेको छ ।

    आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन हाइड्रोपावर, माइखोला, मन्दकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति

    नेपालमा लगानी सम्मेलन गर्न चेम्बर र सीसीपीआईटी बीच सहमति

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।

    पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।

    अध्यक्ष मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरे । ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु’ मल्लले भने । उनले चीनसँगको सीमा नाकाहरुमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवम् चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलनसम्बन्धी सहमति महत्त्वपूर्ण रहेको बताए ।

  • अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

    अमेरिकासँग दुई महिनामै नेपालको व्यापार १ अर्ब नाफामा

    काठमाडौं । नेपाल र अमेरिकाबचीको व्यापार चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिना .साउन–भदौ)मै १ अर्ब रुपैयाँ भन्दा बढीले नाफामा गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले यस्तो देखाएको हो । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको छ । अरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड रुपैयाँ देखिएको छ । उता, समग्र व्यापार भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजारको आयात भएकोमा यस वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजारको आयात भएको छ। गत वर्षको तुलनामा यो आयात ५.०६ प्रतिशतले कम हो।

    यस्तै निर्यात पनि ७.७९ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड चार लाख ३७ हजारको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ।

    अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रहेकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा घटेर दुई खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजारमा झरेको छ। गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ।

    नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ। चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ। गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो।

  • दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा पुगेको छ । यसदिन २८५ कम्पनीको २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये एक वटा बढेको छ भने अन्य सबै घटेको छ । आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड २४ रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन हाइड्रोपावर, स्वरोजगार लघुवित्त र हिमालयन लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

  • राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

    राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।

    यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ ।

    बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का २०८० असोज ७ गते टकमरी गरी बिक्री सुरु गरेको हो ।

    १० ग्राम सिक्काको १ हजार ६सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

    दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

    बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

  • सुनको आयात हुने कोटा दोब्बर बन्यो

    सुनको आयात हुने कोटा दोब्बर बन्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूीर्त सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’ यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।

    वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । कोभिड(१९ महामारी पछि बढेको आयात र रसिया(युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।

    तर, अब बाह्य क्षेत्र स्थिर बन्दै गएको र सरकारलाई पनि आयात संकुचन हुँदा राजस्वमा दबाब बढ्दै गएपछि सरकारले सुन आयातको सीमा बढाउने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

  • विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान

    विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान

    काठमाडौं । नेपालको कृषि तथा पोषण क्षेत्रलाई सहयोग गर्न विश्व बैंकले करिब २ अर्ब ६५ करोड २० मिलियन डलर) अनुदान स्वीकृत गरेको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना लागि उक्त अनुदान स्वीकृत गरेको हो । उक्त कार्यक्रमबाट नेपालका १६ वटा गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानलाई सुधारिएको कृषि उत्पादकत्व र पोषण अभ्यास तथा जलवायु स्मार्ट कृषि मापन अभ्यासहरूबाट लाभान्वित गर्ने लक्ष्य लिएको जनाएको छ ।

    ‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हाँसिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो’ मालदिभ्स र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने । उक्त कार्यले नेपालको उत्पादकत्व र जीविकोपार्जन र सीमान्तकृत समुदायहरूको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई सहयोग पुग्ने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

    खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना तीनवटा मुद्दाहरू छन् । जलवायु र पोषण स्मार्ट कृषि प्रविधि अनुकूलन र प्रसार, आय उत्पादन र विविधीकरण र पोषण सुरक्षा सुधार । यसले खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने

    थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने

    काठमाडौं । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर विहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातका लागि थप सहज हुने भएको छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी कुल ६३२ मेगावाट विद्युत् हाल निर्यात भइरहेको छ । त्यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रनगर–टनकपुरस्थित १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

    नेपाल र भारतका ऊर्जा सचिवस्तरीय निर्देशक समितिको गत फागुनमा सम्पन्न संयुक्त निर्देशक समितिको १० औँ बैठकमै बिहारसँग जोडिएका १३२ केभी क्षमताका प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा समेत बिजुली निर्यातका लागि सहजीकरण गरिदिन प्राधिकरणले अनुरोध गरेको थियो ।

    उक्त विषयमा सो बैठकमै सैद्धान्तिक सहमति भएको थियो । त्यसको प्रारुप तयार पार्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य भारतीय निकायसँगको परामर्शमा तय गर्ने निर्णय गरेको थियो । सोही सहमतिअनुसार यही असोज २ गते भारतको राजधानी नयाँ दिल्लीमा भारतको केन्द्रीय विद्युत् प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीबीच थप बिजुली निर्यातका लागि प्रसारण पूर्वाधार प्रयोग गर्ने विषयमा सहमति भएको प्राधिकरणका निर्देशक प्रबल अधिकारीले जानकारी दिए ।

    छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरणका निर्देशक प्रबल अधिकारी तथा भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इञ्जिनियर राकेश गोयललगायतको सहभागिता थियो ।

    पछिल्लो छलफलपछि नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशलगायत प्रदेशमा थप ८०० मेगावाट बिजुली निर्यातका लागि छलफल भएको हो । छलफलका आधारमा आगामी संयुक्त निर्देशक समितिको बैठकमा प्रस्ताव पेश गरिनेछ ।

    नेपाल र भारतको बिहारबीच १३२ केभी क्षमताका छ वटा प्रसारण पूर्वाधार जोडिएको छ । यस्तै नेपाल र भारतको उत्तर प्रदेशबीचमा निकट भविष्यमै सम्पन्न हुने चरणमा न्यू नौतवना मैनिहिया, कोहलपुर नानपाराबीच १३२ केभी प्रसारण लाइन जोडिनेछ ।

    भारत सरकारले जारी गरेको विद्युत् व्यापार निर्देशिकाबमोजिम ती राज्यमा र त्यसभन्दा बाहिर अन्य राज्यमा समेत विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणले थप सुविधा पाउनेछ । भारतको बिहार र उत्तर प्रदेशका समेत प्रसारण लाइनमार्फत अन्य राज्यमा बिजुली पठाउँदा प्रसारण शुल्क भने नियामक निकायले तोकेबमोजिमको तिर्नुपर्नेछ ।

    यस्तै प्राविधिक कारणले गर्दा ३३ केभी र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत भने अब बिजुली निर्यात नगर्ने र आयातका लागि मात्रै खुला गरिने भएको छ ।

    त्यस्तै भारतीय राज्यसँग जोडिएका १३२ केभी क्षमताका प्रसारण लाइन र चार सय केभी क्षमताका अन्तरदेशीय प्रसारणको प्रयोगका सन्दर्भमा पनि दुई पक्षबीच छलफल भएको छ ।

    त्यस्तै सूचना आदानप्रदानका लागि १३२ केभी क्षमताका प्रसारण लाइन ‘डेटा र भ्वाइस कम्युनिकेशन’ का लागि ‘स्काडा सिस्टम’ मार्फत भारतीय केन्द्रीय भारप्रेषण केन्द्र र नेपालको भार प्रेषण केन्द्रबीच जोड्ने प्रस्ताव गरिएको छ ।

    त्यस्तै भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार र बुधबार बसेको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को बैठकले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत अन्य राज्यस्तरमा समेत विद्युत् खरिद बिक्री गर्नसक्ने निर्णय गरेको छ ।

    नेपाल–भारत संयुक्त प्राविधिक टोलीको १४ औँ बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेतृत्व गरेका थिए ।

    सोही बैठकले भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको चार सय केभी क्षमताको ढल्केबर–सीतामढी प्रसारण लाइनसमेत प्रयोग गर्ने सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता उपयोग गर्ने विषयमा सहमति भएको सहसचिव देवले जानकारी दिए।

    यसैगरी हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता पनि ८०० मेगावाट बराबर पुर्याइएको छ । हाल निर्माणाधीन हेटौँडा– ढल्केबर ४०० केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि नेपालले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको क्षमताअनुसार नै बिजुली आयात निर्यात गर्न पाउनेछ । रासस

  • दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात

    दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात

    काठमाडौं । चालु चालु (आव) २०८०–८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ ।

    दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड ९आईएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

    भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिष्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजाफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारणलाइनबाट निर्यात भइरहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताएका छन् । ‘देशभित्र उत्पादित विद्युत् यही खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रुपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं ।

  • उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज एकैदिन ४४ अंकले बढेको हो ।

    बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ५.३१ प्रतिशतले बढेको छ ।

    आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    उच्च अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढको छ ।

    त्यसैगरी, मन्दाकिनी, थ्रीस्टार, न्यादी, खानीखोला, अरुण काबेली, आँखुखोला, बाराही र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक

    काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक

    काठमाडौं । सरकारले नेपालमै पहिलो पटक रत्नपार्क-सूर्यविनायक रूटमा द्रुत बस सेवा संचालनमा ल्याएको छ । बुधबार संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

    उद्घाटनपछि द्रुत बसमा मन्त्री प्रकाश ज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह लगायतले यात्रा गरेका छन् । यद्यपि, आज उद्घाटन गरिए पनि सर्वसाधारणका लागि द्रुत बस भने भोलिदेखि मात्र नियमति संचालनमा आउने छ ।

    द्रुत बस सेवा काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्ने छ । यसअघि डेढ घण्टा लाग्ने यसरुटको यात्रा अब ४५ मिनेटमै गर्न सकिने छ ।

    द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म छुट्टै डेडिकेटेड लेन बनाइएको छ । अहिलेकै सडकमा रातो रङ लगाएर दु्रत बसका लागि लेन छुट्याइएको छ ।

    द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । यी बस एम्बुलेन्स जस्तै ट्राफिक लाइटमा समेत रोकिनुपर्ने छैन ।

    यात्रु झार्न र चढाउन द्रुत बसलाई १९ वटा स्टेशन तोकिएको छ । माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारी, लगायत ठाउँमा स्टेशन तोकिएको छ ।

    भाडादर अन्य बस सरह नै रहेको छ । अर्थात् अहिले रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यत्ति नै भाडा तिरे पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

    दु्रत सेवाका बसहरु दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । विभागले यातायात व्यवसायी महासंघसँग सहकारी गरी द्रुत सेवाका लागि २५ वटा बस व्यवस्थापन गरेको छ ।

  • नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

    सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि एडीबीले ४.३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने एडीबीले प्रक्षेपण गरेको हो ।

    पछिल्लो समय अर्थतन्त्रमा सुधारको संकेत देखिँदै गएकाले आर्थिक वृद्धि बढ्ने एडीबीको प्रक्षेपण छ । चालु वर्षमा सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा एडीबीले गरेको छ।

    यस्तै, मूल्य वृद्धि पनि केही नियन्त्रण हुने एडीबीको अनुमान गछ । गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६.२ प्रतिशत हुने एशियाली विकास बैंकले अनुमान गरेको छ । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

    एडीबीले चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत घाटामा रहेको चालु खाता चालु आवमा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

  • काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा

    काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा

    काठमाडौं । काठमाडौंमा आजबाट पहिलो पटक द्रुत बसे सेवा चल्दैछ । ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने गरी यस्तो बस सेवाको उद्घाटन आज हुन लागेको हो । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो। सुरूमा २५ वटा बसबाट सुरू गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएकों)मा सञ्चालन हुने छ। बुधबार उद्घाटन गरिने र बिहीबारबाट यात्रुहरूले उपयोग गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।

    यी बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकिएको छ। द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ। बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्।

    ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ। मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोग गर्नेको संख्या घटाउन यस्तो बस उपयोगी हुने गर्छ ।

    यसो हुँदा सडकमा जाम कम हुन्छ र व्यवस्थित हुन्छ भन्ने विश्वास लिइएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप राखिएको छ ।

  • डलरको भाउ अहिलेसम्मकै उच्च

    डलरको भाउ अहिलेसम्मकै उच्च

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो । अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लगानीका लागि आकर्षित हुन जान्छन्, यसले स्वतः डलरको माग बढ्न जान्छ । त्यसै पनि अहिले फेडले तोकेको सन्दर्भ ब्याजदर २२ वर्षयताकै उच्च हो । हाल फेडको सन्दर्भ ब्याजदर ५।२५ देखि ५.५० प्रतिशत छ ।


    डलरको भाउ बढ्नु भनेकै भारतीयसँगै नेपाली मुद्रा कमजोर हुनु हो । नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गई सञ्चित विदेशी मुद्रामा समेत असर पर्न जान्छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व समेत बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

    पछिल्ला महिनामा नेपाली विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि जाने क्रम हृवात्तै बढेको छ । डलर महँगो भएको समयमा विदेशमा औषधोपचार, अध्ययन, भ्रमण खर्च महँगो हुने भएकाले धेरै विदेशी मुद्रा राष्ट्रबाट बाहिरिन्छ । जसले अर्थतन्त्रका वाहृय अवस्था कमजोर बनाउँछ । डलरको मूल्यवृद्धिले नेपाल भित्रिने रेमिट्यान्समा भने सकारात्मक प्रभाव पार्दछ । यद्यपि आयातमा निर्भर नेपालको अर्थतन्त्रलाई समग्रमा डलरको मूल्यवृद्धिले नकारात्मक असर बढी पार्ने जानकार बताउँछन् ।

  • ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि

    ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि

    काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको निरन्तर बढाइएको छ । यस साता तेस्रो पटक मूल्य बढाइएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा यो मूल्य वृद्धि तेस्रो पटक हो ।

    २५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो । पछिल्लो पटक मूल्यवृद्धि भएको ६ दिनपछि संघले पुनः ब्रोइलरको मूल्य १० रुपैयाँ बढाएको हो । व्यवसायीहरुकाअनुसार जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढ्दा तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँले बढ्छ ।

    २७ भदौको मूल्य वृद्धिपछि बजारमा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । मंगलबारको जिउँदो ब्रोइलरको मूल्य वृद्धिको असर पनि अब तयारी मासुको मूल्यमा देखिने संघको भनाइ छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन बजार मापक सूचक (नेप्से) १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७२ कम्पनीको १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुईवटा बाहेक अरु सबको परिसूचक बढेको छ ।

    आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ६४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    बढ्दो बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सुभम पावर नेपाल,मेन्छियाम हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

  • पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

    पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

    काठमाडौं । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ । धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो ।

    यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

    पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेकाले रातको समयमा सडक बन्द गरेर काम गर्न सडक बन्द गर्न लागिएको हो । सडक बन्द भएको खेलमा काठमाडौंतर्फ जाने गाडी घाटबेशी पुलमा र मुग्लिनतर्फ जाने गाडी एक्ले फाँटमा रोकिने छन् ।

  • लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च

    लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च

    काठमाडौं । विश्व बजामा कच्चा तेलको भाउ लगातार उकालो लागेको छ । जुलाईदेखि लगातार बढ्न थालेको कच्चा तेलको मूल्य ११ महिना यताकै उच्च पुगेको हाे।

    पछिल्लो साढे दुई महिनामै कच्चा तेलको भाउ औसतमा २५ प्रतिशतले बढेको छ । बजारमा तेलको माग बढ्दा र ठूला उत्पादकले उत्पादन कटौती गर्दा मूल्य लगातार आकाशिएको हो ।

    आयल प्राइसका अनुसार आइतबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ बढेर प्रतिब्यारेल ९४.७१ डलर पुगेको छ । यो सन् २०२२ को अक्टोबर यताकै उच्च हो । गत अप्रिलमा घटेर ब्रेन्टको भाउ प्रतिब्यारेल ७१ डलरसम्म झरेको थियो ।

    यसैगरी, आज ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ प्रतिब्यारेल ९१.६१ डलर पुगेको छ । दुई महिना अघि यसको भाउ प्रतिब्यारेल ७३ डलर थियो । यस्तै, मुर्बान क्रुड आयलको भाउ प्रतिब्यारेल ९६.३५ डलर पुगेको छ ।

    अहिले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मुख्यतः दुई कारण रहेको आयल प्राइसले जनाएको छ । अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार तेलको माग बढ्दा अमेरिकाको तेल मौज्दात घटेको छ । जसले कच्चा तेलको मूल्य ह्वात्तै बढेको हो ।

    त्यसैगरी, आगामी अक्टोबर महिनादेखि विश्वकै दुई ठूला तेल उत्पादकहरु साउदी अरेबिया र रुसले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी थालेका छन् । साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरिसकेको छ भने रुसले यो साता तेल कटौती बारेको निर्णय गर्ने जनाइएको छ ।

    रुस युक्रेन युद्धका बेला सन् २०२२ को मार्चमा विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो ।

  • नेप्सेले गर्‍यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    नेप्सेले गर्‍यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार एकैदिन ४२ अंकले घटेको नेप्से आज सामान्य अंकले फर्केको हो ।

    सूचक सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोड घटेर जम्मा ८५ करोडमा सीमित भएको छ ।

    सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६ प्रतिशतले बढेको छ ।

    आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

  • विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब

    विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ्१६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। यो नेपालको इतिहासमा एक महिनामा भित्रिएको सर्वाधिक रकम हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्ष २०७९–८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भइरहेको छ ।

    सोहीकारण नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि धेरै देखिएको छ । यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ ।

  • नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्‍यो

    नेप्सेमा उच्च अंकको गिरावट, सूचक फेरि २ हजार तल झर्‍यो

    काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गतसाता ७४ अंकले बढेको नेप्से आज एकैदिन ४२ अंकले घटेको छ । ठूला भनिएका वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएसँगै सेयर बजार प्रभावित भएको हो ।

    गत साता सरकारले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएसँगै प्रणालीमा थप तरलता सहज भएकाले असोजमा ब्याजदर घट्ने अपेक्षा गरिएको थियो । तर, बैंकहरुले उल्टो निक्षेपको ब्याजदर बढाउँदा लगानीकर्ता हतोत्साहित भएका छन् ।

    सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोडले बढेर १ अर्ब ४९ करोड पुगेको छ ।

    आइतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको २ अर्ब २ करोड रुपैयाँ बढीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३३ प्रतिशतले घटेकोे छ ।

    आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    उच्च अंकले घटेको बजारमा आज मेन्छियाम हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.२१ प्रतिशत गुमाएका छन् भने शुभम पावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

  • कर प्रणालीबारे अध्ययन गर्न समिति गठन

    कर प्रणालीबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं । सरकारले विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो । आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो ।

    मल्लिक पूर्वअर्थ सचिव समेत हुन् । बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणालीबारे अध्ययन गरी सुधारको सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने उल्लेख थियो । अर्थ मन्त्री डा. प्रकाश शरण महतका अनुसार यस्तो समितिले दिएको सुझावलाई आधार मानेर आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट निर्माण गरिने छ ।