Category: अर्थतन्त्र

  • दोहोरो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४. ६० विन्दुमा झरेको हो ।

    यसदिन २९२ कम्पनीको १ अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ बराबरको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ समूहको परिसूचक घटेको छ भने १ को बढेको छ ।

    आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा पनि आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भगवती हाइड्रोपावर र मिड सोलु खोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, माण्डू हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, एनआइबीएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । यो साता निरन्तर घटेको शेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४. ७६ विन्दुमा पुगेको छ ।

    यसदिन २८६ कम्पनीको १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँ बराबरको ३७ लाख ३३ हजार ५२४ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.८० प्रतिशतले बढेको छ ।

    आज माण्डू हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

    बढ्दो बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटलको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने माण्डू हाइड्रोपावर, हाथवे इन्भेटमेन्ट, सयपत्री हाइड्रोपावर र समता लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • अर्थमन्त्री र आईएफसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

    अर्थमन्त्री र आईएफसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

    काठमाडौं । विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा मोरक्को पुगेका अर्थमन्त्री डा। प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच भेटवार्ता भएको छ । बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पूँजी परिचालन बढाउने विषयमा छलफल भएको मन्त्री महतको सचिवालयले जनाएको छ ।

    बैठकमा निजी क्षेत्रको लगानी प्रर्वद्धन गर्न सम्भाव्य परियोजनाको पाइपलाइन विकास गर्न र वित्तीय उपकरण (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आईएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको समेत अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री महतले नवीनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रका साथै निजी पूँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नुपर्नेमा जोड दिए । खासगरी विदेशी विनिमय जोखिमको कारणले आईएफसीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आईएफसीले आईडीएको सहुलियत विन्डो ९निजी क्षेत्र विन्डो० लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्नु पर्ने उनले बताए ।

    साथै इक्विटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने समेत उनले बताए । बाह्य लगानी तथा पूँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी उनले गराए । कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानुन निर्माणमा आईएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता उनको थियो । स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पूँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा उनले जानकारी गराए ।

    अर्थमन्त्री महतले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरेका छन् । भेटमा आईएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानी प्रवर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलका विषयमा स्रहना गरेका थिए ।

    सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र मार्फत बाह्य पूँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानुनी आधार रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता गरेका थिए ।

  • थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो

    थामिएन नेप्सेको पहिरो, परिसूचक १९०० विन्दु तल झर्‍यो

    काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार ३५ सोमबार १२ अंकले घटेको नेप्से आज १९ अंकले घटेको छ । मंगलवार नेप्से परिसूचक १९.६ अंकले घटेर १८८९.५९ विन्दुमा आइपुगेको छ ।

    यसदिन २८२ कम्पनीको १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँ बराबरको ४३ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहकै परिसूचक घटेको छ ।

    हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.७९ प्रतिशतले घटेको छ ।

    आज सानिमा जीआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज बाराही हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७.६४ प्रतिशत गुमाएका छन् भने अपर लोहोरे खोला हाइड्रोपावरका शेयरधनीले ५.८६ प्रतिशत कमाएका छन् ।

  • अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?

    अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?

    काठमाडौं । यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्। गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।

    गोल्डिन आफूले सधैँ गुप्तचर बन्ने चाहेको र अन्ततः सफल भएकोू बताएकी छन्। अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् भने कुनै पुरुष सहकर्मीसँग संयुक्त रूपमा नभई एक्लै पुरस्कार हात पार्ने प्रथम महिला हुन्। उनी अहिले ७७ वर्षकी भइन्। अहिले पनि उनी श्रमबजारको इतिहास पढाउँछिन्।


    यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका विजेताको नाम घोषणा गरिसकेको छ। अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएपछि यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने क्रम टुङ्गिएको छ। सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो। यो वर्षका विजेताहरूलाई आगामी डिसेम्बर १० मा पुरस्कार वितरण गरिने छ।

    विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन गर्छन्। नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।

  • दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ३५ अंकले गिरावट आएको नेप्से आज १२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा आइपुगेको छ ।

    यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ बढीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादन र व्यापार बाहेक अरु सबैको परिसूचक घटेको छ ।

    जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    हिमालयन लघुवित्त र बाराही हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

  • दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

    दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

    काठमाडौं । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

    बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएइसकेका छन् । आज विहानैबाट काठमाडौंको नयाँ बसपार्कमा ठूलो भिड लागेको छ ।

  • नयाँ नोट सटही २९ असोजबाट

    नयाँ नोट सटही २९ असोजबाट

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

    काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

  • हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा

    हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् । ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन् ।

    ‘महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बालेनले बताएका छन् ।

    महानगरपालिकाका अनुसार महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन् । चालु आर्थिक वर्ष२०८०–८१ मा काठमाडौं महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको स्वर्णिम योजना हो ।
    मेयर बालेनले भिडियो सन्देशमा सोही कुरालाई उल्लेख गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने बताएका छन् । महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने पहिलो क्षेत्र रहेको बालेनले बताएका छन् ।

    यस्तै महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने महानगरको तयारी छ । जनशक्ति व्यवस्थापनका लागि अर्को क्षेत्र महानगरको श्रम बैंक एप मार्फत आंशिक समय नोकरीकोे रुपमा सबै सेवा घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताएका छन् ।

    श्रम बैंक मार्फत सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य बीमा महानगरले गरिदिनेछ । यस्तै महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर को स्थापना गरी १२ महिना बिहानदेखि साँझसम्म नियमित तालिम सञ्चालन गरिने बालेनले बताएका छन् ।

  • चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट

    चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट

    काठमाडौं ।, दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

    सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ ।

    खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

    यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । यस्ता पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र सबै प्रकारका तेल किन्न पाउने छन् । कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोका समेत बिक्री वितरण हुनेछन् । उपभोग्य यस्ता सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।

    साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ । यसैगरी नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

    काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम(पूर्व र रुकुम(पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् । यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन् ।

  • अग्रिम टिकट बुकिङ २२ असोजबाट

    अग्रिम टिकट बुकिङ २२ असोजबाट

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए ।

    त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।

  • घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने

    घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात (एलटीभी रेसियो) समान ५० प्रतिशत कायम गरेको हो ।

    राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा व्यक्तिगत आवधिक कर्जालगायत कर्जा घररजग्गा धितो राखी प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा यो व्यवस्था लागू हुने व्यवस्था गरेको छ । व्यक्तिगत घरकर्जामा भने ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा छ । नयाँ व्यवस्थाले घरजग्गा व्यवसायमा उत्साह आउने अपेक्षा गरिएको छ ।

  • सेयर कर्जा धितोको सीमा बढाइयो

    सेयर कर्जा धितोको सीमा बढाइयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् ।

    यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १।२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो ।

  • विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

    विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता रेखा शर्माका अनुसार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडलाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदान बापत कुल ७ लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    उदय आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्र्यांक ५४ लाख ५० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ । सिटी अफ लण्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेनलनमा सहभागी हुन अर्थमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलाई स्वीकृति दिएको छ ।

  • ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

    ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

    काठमाडौं । अब नेपालमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट भित्राउन सकिने भएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक रुटबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।

    यसअघि विदेशी लगानीको सीमा दुई करोड रुपियाँ निर्धारण गरिएको थियो । विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसायका क्षेत्रमा अधिकतम ५० करोड रुपियाँसम्मको कुल पुँजी हुने उद्योग व्यवसायमा लगानी गर्न सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ । स्वचालित मार्गबाट विदेशी लगानी गर्न सक्ने विभिन्न सात वटा क्षेत्रसमेत निर्धारण गरिएको छ ।

    विदेशी लगानी गर्न उद्योग क्षेत्रमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन् । लगानीकर्ताले यी उद्योगमा ५० करोड रुपियाँसम्म लगानी गर्ने व्यवस्था गरिएको छ । साथै सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था गरेको राजपत्रमा उल्लेख छ ।

    विदेशी लगानी गर्न सकिने ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने रहेका छन् । यस्तै बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने रहेको छ ।

    कृषि तथा वन पैदावारमा आधारित उद्योगमा फलफूल तथा तरकारी प्रशोधन, हरित गृह (ग्रिन हाउस( स्थापना र सञ्चालन, रेसम प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी प्रशोधन, रबर प्रशोधन, शीत भण्डार (स्थानीय फलफूल तथा तरकारी भण्डारण गर्ने, प्राकृतिक रेसाजन्य प्रशोधन रहेका छन् ।

    यस्तै कागज, रेजिनलगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने (टिस्यु कल्चरलगायत), कपास प्रशोधन उद्योग रहेको छ । यस्तै पूर्वाधार उद्योगमा सवारी पार्किङ गृह, निर्यातजन्य वस्तुको प्रशोधन क्षेत्र, प्रदूषित पानी प्रशोधन उद्योग (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट), फिल्म सिटी निर्माणरफिल्म स्टुडियो निर्माण र वेयर हाउस निर्माण तथा सञ्चालन रहेका छन् ।

    पर्यटन उद्योग अन्तर्गत मोटेल, होटल, रिसोर्ट, बार तथा रेस्टुराँ, मनोरञ्जन पार्क, वाटर पार्क, सभा सम्मेलन तथा खेलकुद पर्यटन रहेका छन् । सूचना प्रविधिमा आधारित उद्योग अन्तर्गत टेक्नोलोजी पार्क आइटी पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ, बिजनेस प्रोसेस आउटसोर्सिङ, नलेज प्रोसेस आउटसोर्सिङ रहेका छन् ।

    सेवामूलक उद्योग अन्तर्गत यान्त्रिक कार्यशाला (वर्कसप), निर्माण व्यवसाय, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, पुनस्र्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल रहेका छन् । उत्पादनमूलक उद्योग अन्तर्गत पशुपन्छी तथा माछाको दाना उत्पादन, स्टार्च, ग्लुकोज आदि उत्पादन, बेकरीका वस्तु उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य मासु प्रशोधन तथा प्याकेजिङ, आधारभूत कच्चा पदार्थबाट तेल, बोसो आदि उत्पादन, कन्फेक्सनरी तथा बिस्कुट उत्पादन, चिनी उत्पादनलगायत रहेका छन् ।

  • नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ ।

    गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत मात्रै भएको थियो । चालु आर्थिक वर्षमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण छ । कृषि क्षेत्रको वृद्धि २ दशमलव १ प्रतिशत र उद्योगको वृद्धिदर ३ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सेवा क्षेत्रको वृद्धि दर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ ।

    नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावलाई ध्यान दिएर आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरिएको विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले जानकारी दिए । तर, नेपालमा मनसुनका कारणका कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिन सक्ने जोखिम पनि विश्व बैंकले औंल्याएको छ । मंगलबार सार्वजनिक भएको विश्व बैंकको अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेटको अनुमान अनुसार आगामी आर्थिक वर्ष २०८१र८२ मा भने आर्थिक वृद्धि ५ प्रतिशत हुने छ ।

    चालु आर्थिक वर्षमा मूल्यवृद्धि भने राष्ट बैंकले तोकेको लक्ष्यभन्दा बढी हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । राष्ट बैंकले चालु आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धि कायम रहने लक्ष्य लक्ष्य निर्धारण गरेको छ । तर, यो साढे ७ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि ७ दशमलव ८ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षमा उत्पादनशील र निर्माण क्षेत्र संकुचन भएको थियो । त्यस्तै, सेवा क्षेत्रतर्फ पनि होलसेल र रिटेल क्षेत्र पनि संकुचन भएको थियो ।

    मंगलबार नै सार्वजनिक भएको दक्षिण एसिया विकास अपडेटले यस क्षेत्रको आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो, तर, यस क्षेत्रको महामारीपूर्वको अवस्था र विकासका आवश्यकता पूरा गर्ने आवश्यकताभन्दा कम हो, विश्व बैंकककी दक्षिण एसिया हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्रसोर्जले भनिन्, ‘दक्षिण एसियाका सबै देशहरुमा आर्थिक सुस्तता देखिएको छ । सबै देशको आर्थिक वृद्धि खुम्चिएको छ ।’

    दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको ६ दशमलव ३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै बंगलादेशको ५ दशमलव ६ प्रतिशत, माल्दिभ्सको ५ दशमलव २ प्रतिशत र भुटानको ४ प्रतिशत हुने अनुमान छ । सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १ दशमलव ७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

    दक्षिण एसियाले सामना गरिरहेको प्राकृतिक विपत्तिका कारण यस्तो भएको उनको भनाइ छ । त्यस्तै, चीनको वृद्धि अत्यन्तै कमजोर देखिएको छ । यसले पनि दक्षिण एसियाको आर्थिक वृद्धिमा प्रभाव परेको उनको भनाइ छ । दक्षिण एशिया अहिले उच्च ऋण र कम राजस्वको समस्यामा रहेको उनले जनाइन् । ‘दक्षिण एसियाली मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ऋणको ऋणको अनुपात ८६ प्रतिशत छ । भुटानबाहेक कुनै पनि मुलुकको राजस्व जीडीपी अनुपात सन्तोषजनक छैन,’ विश्वबैंकले भनेको छ ।

    दक्षिण एसियाका सबै मुलुकका सरकारहरु आन्तरिक ऋणमा धेरै भर परेको पनि विश्व बैंकले जनाएका छन् । ‘आन्तरिक ऋणमा ब्याजदर उच्च हुन्छ । ऋण लिएको कम समयमै भुक्तानी गर्नुपर्छ । यसको सबैभन्दा ठूलो बेफाइदा भनेको सरकारले धेरै ऋण लिएपछि निजी क्षेत्रलाई जानुपर्ने कर्जा सरकारमा जान्छ,’ उनले भनिन्, ‘त्यसो हुँदा हामी देशमरुलाई आन्तरिक ऋण कम गर्न सुझाव दिन्छौं ।’

  • एक दर्जन  ठेकेदार कम्पनी परे कालोसूचीमा

    एक दर्जन ठेकेदार कम्पनी परे कालोसूचीमा

    काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको एमरएस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको एमरएस शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको एम–एस सुनौला खिम्ती कन्सट्रक्सन छन् । यी कम्पनीहरुलाई दोलखाको सडक सुधार तथा विकास योजना कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    यसैगरी तीन वर्ष कालोसूचीमा परेका अन्यमा शारदा अधिकारी र प्रभेज खान मुख्य व्यक्ति रहेका एम–एस सिपल हैदरावाद, साफबोन वाटर सर्भिस साङघाइ, दीपराज इमान्युअल मुख्य व्यक्ति रहेको आईएसजी इन्फरमेसन सर्भिस ग्रुप, सशक्त शरण गोले अभिषेक मुख्य व्यक्ति रहेको आर्भण अन्सट्रक्सन चितवन रहेका छन् ।

    निर्माण न्यौपाने नेतृत्वको शिवालय बिल्डर्स मकवानपुर, यक्षध्वज कार्की नेतृत्वको स्काई बिल्डर्स प्रालि, भरतसिंह वाइवा नेतृत्वको वाइवा एण्ड लामा कन्सट्रक्सन, रविन्द्र कुमार मण्डल नेतृत्वको जानकी निर्माण सेवा जनकपुर दुई वर्ष कालोसूचीमा परेका छन् ।

    यसैगरी गोकर्णप्रसाद पण्डित नेतृत्वको नागार्जुन कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको शंकरमाली निर्माण सेवा, नेत्रप्रसाद न्यौपाने नेतृत्वको रुपन्देही बिल्डर्स एण्ड कन्सट्रक्सन काठमाडौं, तिलबहादुर ओली नेतृत्वको ति।ई।भू। निर्माण सेवा रोल्पा, माधव घिमिरे नेतृत्वको कश्यप निर्माण सेवा र उमेश श्रेष्ठ नेतृत्वको इको भिजनरी प्रालि ग्वार्को ललितपुर पनि कालोसूचीमा परेका छन् ।

    यसैगरी महेन्द्र निर्माण सेवा सप्तरीका महेन्द्र यादव, खेमराज आचार्य नेतृत्वको एमरएस कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सलेन्ट, अइन्द्र कुमार थापा नेतृत्वको एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन झापा, सुरेन्द्र तामाङ नेतृत्वको गौरती भिमसेन निर्माण सेवा सिन्धुपाल्चोक, ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेलधुरा, कृष्ण गुप्ता नेतृत्वको ग्रिन वर्ल्ड कन्स्ट्रक्सन र अर्जुन चौधरी नेतृत्वको जयस कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन् ।

  • बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह

    बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ .सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो । नेपालको अर्थतन्त्र सुधारको विषयमा पनि छलफल भएको सीबीफीनले जनाएको छ ।

    भेटमा चालु मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवम् बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल भएको सीबीफीनले जनाएको छ । सीबीफीनका अध्यक्ष गोल्यानले समग्र आर्थिक एवम् बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरुमा आईएमफसँग निरन्तर छलफल तथा सम्वाद भइरहेको बताउँदै नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत तथा व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए ।

    मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरुले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएको बताए । नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक रहेको उनको भनाइ छ । नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको सम्भावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।

    मिसन टोलीको जिज्ञासा मेट्दै सीबीफीनका अध्यक्ष गोल्यानले नेपाल सरकार तथा मातहतका नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्नेमा जोड दिएका थिए ।

    भेटमा सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामार्थ्य बैंकिङ क्षेत्रमा रहेको बताएका थिए । भेटमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता थियो ।

  • एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री

    एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अगाडि बढाएको प्रसारणलाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे– रातमाटे– हेटौंडा– दमौली–न्यू बुटवल) प्रसारणलाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने उनले बताए ।

    एमसीसी कम्प्याक्ट सम्झौताको शुभारम्भको अवसरमा यसै साता नेपाल भ्रमणमा आएकी एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डलसँग सोमबार ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा लगिने बताए । प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राप्तीलगायतका प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवको परियोजनाका रुपमा महत्व दिइएको बताए ।

    महत्वपूर्ण परियोजना भएकाले सरकारले पनि उत्तिकै प्राथमिकता दिएको भन्दै मन्त्री बस्नेतले सहज कार्यान्वयन गराउनेतर्फ सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि आवश्यक सहमति भएको सन्दर्भ जोड्दै मन्त्री बस्नेतले भने, ‘सो प्रसारणलाइन हाम्रा लागि असाध्यै महत्वपूर्ण छ । यसलाई सहज रुपमा समयमै सम्पन्न गर्नुपर्छ । त्यसमा सरकार दृढ छ ।”

    नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ रुपमा विद्युतमा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएको परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने मन्त्री बस्नेतले बताए । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पुर्‍याउने परियोजनाका रुपमा आफूहरुले यसलाई लिएको बताइन् ।

    उनले एमसीए नेपाल मार्फत कार्यान्वयनमा गएको प्रसारणलाइन र सडक सुधार आयोजना सहज रुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गरिन् । गत १३ भदौदेखि एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच २९ भदौ २०७४ मा मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो ।

    लामो बहसपछि संसदले गत वर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसीसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइन र सडक निर्माण आयोजनाको काम सुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्ने बाध्यकारी प्रावधान छ ।

  • बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले नेशनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    अख्तियारले सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर ओली र रामबहादुर बुढा र केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायकसमेतको मिलेमतोमा बजेट तथा कार्यक्रममै नभएको परियोजनामा बजेट महाशाखा प्रमुखले स्वीकृति दिएको अख्तियारको दाबी छ ।

    उनीमध्ये शर्मा, उपाध्याय, पौडेल, बुढा, पोखरेल, गायक र मरासिनीविरुद्ध विरुद्ध २३ करोड २७ लाख बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरिएको हो । त्यस्तै, श्रेष्ठविरुद्ध १७ लाख ९९ हजार ७ सय बिगो राख्दै र वली विरुद्ध ८९ लाख ७७ हजार ३९७ रुपैयाँ बिगो राख्दै मुद्दा दायर गरिएको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक उपाध्यायसमेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

  • सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव

    सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव

    काठमाडौं । वित्तीय संकटको कारण जहाज खरिदमा अलमलिएको नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ। एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोत जुटाउन समस्या देखिएपछि यस्तो सुझाब दिइएको हो।

    पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले आइतबार यस्तो सुझाव सहितको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको हो।

    वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण चुक्ता नगरी थप ऋण नदिने भएपछि यस्तो विकल्प दिइएको हो। नेपाल वायुसेवा निमगको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ।

    यो सेयरको हालको बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रूपैयाँ पुगेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। सोल्टीको सेयर मूल्य २०८० भदौ १९ गते प्रतिकित्ता ४ सय ४३ रुपैयाँमा कारोबारलाई आधार मानेर निकालिएको छ। समितिले रणनीतिक साझेदार भित्र्याएर कम्पनी मोडलमा नेपाल एयरलाइन्स चलाउन पनि सुझाव दिएको छ।

  • दोलखाबाट पुनः चार किलो सुन बरामद

    दोलखाबाट पुनः चार किलो सुन बरामद

    काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार चार केजी सुन बरामद गरेको हो। गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो। ‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान गर्दैछौं।’ चार किलो सुन बरामद भएपनि थप व्यक्तिहरू पक्राउ परेका थिएनन्।

  • शेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    शेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा पुगेको छ । यसदिन २८२ कम्पनीको १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ । आजदेखि कारोबारमा आएको सिटिजन लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ७३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजार ६ यी कम्पनीका शेयरधनीले १० प्रतिशत गुमाएका छन् । सिटिजन लाइफ, अपर हेवाखोला, एशियन हाइड्रोपावर, मनकामना इन्जिीनीयरिङ, सनराइज फर्स्ट म्युचुअल फण्ड र मेन्छियाम हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ । घट्दो बजारमा आज सयपत्री हाइड्रोपवारका सेयरधनीले भने १० प्रतिशत कमाएका छन् ।

  • पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने

    पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्य कायम हुने

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि फिर्ता लिइएको नेपाल आयल निगमले जनाएको छ ।

    निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

    त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २१५ बढाएको थियो । चाडवाडकै मुखमा पेट्रोलियय पद्धार्थको मूल्य वृद्धि गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले मूल्य वृद्धि फिर्ता लिएको हो ।

  • रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

    रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

    काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।

    भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यस अन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४।२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी आयोजना यसअघि ‘डे अहेड मार्केट’ का लागि सूचीकृत थिए। यस्तो अनुमति शनिबार सकिँदै थियो।

    अघिल्लो दिनको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् अघिल्लो दिन र वास्तविक बजार समय दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयातरनिर्यात ९अन्तर्देशीय० स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत् छिमेकी देशका अनुमति प्राप्त निकायलाई वास्तविक बजार समयमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले एक दिनअघिको बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि– एनभिभिएनलाई बेचिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

    प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको जनाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ ।

  • विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद

    विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

    उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन । यसअघि २ साउनमा प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ब्रेक सु मा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो । उक्त सुन ब्रेक सु बाट निकालेर गाल्दा करिब ६२ किलो भएको पाइएको थियो ।

  • खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो

    खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

  • नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

    नेपालमा ५७ मुलुकको वैदेशिक लगानी, सबैभन्दा धेरै भारतको

    काठमाडौं । नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ ।

    भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी आएको छ । त्यस्तै दोस्रोमा चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । औद्योगिक क्षेत्रमा प्रत्येक्ष वैदेशिक लगानीको हिस्सा सबैभन्दा धेरै ६२ प्रतिशत रहेको पाइएको छ भने ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।

  • नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने

    नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा, कात्तिकभित्रै ब्रेक थ्रु हुने

    काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ ।

    कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा (असोज ९ गतेसम्म) सुरुङ खन्ने काम ९३.७० प्रतिशत सम्पन्न भएको हो ।

    अब सुरुङ खन्ने काम करिब ६ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन सुरुङको ब्रेक थ्रु भइसकेको छ भने मुख्य सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको हाे।

    नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २३४०.४० मिटर सनिसकिएको छ । अब ३४७.६० मिटर मात्र सुरुङ खन्न बाँकी छ । कात्तिकभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने आयोजनाले बताएको छ ।

    त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्ने काम सकिएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ५ हजार १५१.४० मिटर निर्माण सम्पन्न भएको हो ।

    आयोजनाको हालसम्म समग्रमा ६१.३१ प्रतिशत भौतिक प्रगति र ५७.२७ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

  • एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत

    एक सय भन्दा बढी दरका नोट नेपालमा नबोक्न राष्ट्र बैंकले गरायो सचेत

    काठमाडौं । नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नराख्न सचेत गराएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ। भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन–लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ ।

    भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ । कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैङ्कले जनाएको छ ।