माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.४३ अंकले बढेर १९६५..९८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि

रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । जस अनुसार उनको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ रहेको उनको दावि छ । यसमा कार्यालय सामग्रीको खर्च भने नजोडिएको उनको भनाई छ । आजबाट खुसीयाली मनाउने सबै कार्यक्रम समेत रोकिएको उनले बताएका छन् । आफु उद्घाटन… Continue reading रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३२ पैसा र बिक्रीमा १३० रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा रुपैयाँ रहेको छ। कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५४ पैसा र बिक्रीमा… Continue reading विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

रोकिएन् शेयर बजारको ओरालो यात्रा

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ बराबरको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनबेच… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा

शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच… Continue reading शेयर बजारले पत्याएन निर्वाचन परिणाम, रोकिएन् नेप्सेको ओरालो यात्रा

कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं । गत वर्षदेखि रुस र युक्रेन युद्धले उकालो लागेको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । गत महिनादेखि १०० डलरको आसपासमा रहेको प्रतिब्यारल कच्चा तेलको मूल्य सोमबार घेटेर ७९ डलरमा झरेको हो। सोमबार अन्तर्राष्ट्रिय बजारमा डब्ल्युटीआई (वेस्ट टेक्सास इन्टरमिडियट)को प्रति ब्यारल ७९ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडको पनि सोमबार प्रति ब्यारल… Continue reading कच्चा तेलको मूल्यमा भारी गिरावट

भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपियाँ दिएर निर्वाचन प्रचारप्रसार गराएको बयान सार्वजनिक भएपछि आयोगले थापालाई पुनः स्पष्टीकरण सोधेको हो । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा “उम्मेदवार वा… Continue reading भेलुबाजेको सार्वजनिक बयानपछि एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण

इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।२० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी… Continue reading इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक

१० अर्ब ३८ करोडको विद्युत भारत निर्यात, थप २३.५ मेगावाट निर्यातको अनुमति

काठमाडौं । पछिल्लो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ। देशभित्र खपत गरी बढी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त… Continue reading १० अर्ब ३८ करोडको विद्युत भारत निर्यात, थप २३.५ मेगावाट निर्यातको अनुमति

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा १८ अर्ब

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै तीन महिनामा १८ अर्ब रुपैयाँ पूँजी समेत विदेशिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब १८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । साउनदेखि असोजसम्म नेपालको खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले… Continue reading विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा १८ अर्ब

महँगी ८.५० प्रतिशत बढ्यो, फलफूल, मदिरा र दुग्ध पदार्थ मूल्यवृद्धि उच्च

काठमाडौं । असोज महिनामा मूल्यवृद्धि ८.५० प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । केन्द्रीय बैंकका अनुसार २०७९ असोजमा मूल्यवृद्धि उक्त परिमाणबराबर थियो। अघिल्लो वर्ष सोही अवधिमा भने ४.२४ प्रतिशतमात्र थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ… Continue reading महँगी ८.५० प्रतिशत बढ्यो, फलफूल, मदिरा र दुग्ध पदार्थ मूल्यवृद्धि उच्च

विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष असोजमा विदेशी विनिमय सञ्चिति घटेको २.५ प्रतिशतले छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले यस्तो देखाएको हो । अधिल्लो वर्षको तुलनामा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको हो। गत असारमा विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर भएको सञ्चिति २.५ प्रतिशतले… Continue reading विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढ्यो

रेमिट्यान्स आयातमा वृद्धि, तीन महिनामा २ खर्ब ८१ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले यस्तो देखाएको हो । उक्त तथ्यांक अनुसार यस अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१… Continue reading रेमिट्यान्स आयातमा वृद्धि, तीन महिनामा २ खर्ब ८१ अर्ब भित्रियो

विश्व बैंकसँग ५८ करोडको अनुदान सम्झौता, वनमा आश्रित समुदायको उत्थानमा खर्च गरिने

काठमाडौं । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा नेपालको वनक्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न ४.५ मिलियन अमेरिकी डलर (करिब रु. ५८ करोड) को अनुदान सम्झौता गरिएको छ । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाबीच अनुदान सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । सम्झौतामा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका… Continue reading विश्व बैंकसँग ५८ करोडको अनुदान सम्झौता, वनमा आश्रित समुदायको उत्थानमा खर्च गरिने

काठमाडौं महानगरले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २८ स्थित खुल्लामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने भएको छ । मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको १० औं कार्यपालिका बैठकले यस्तो निर्णण गरेको हो । महानगरले नगर विकास कोषको प्राविधिक सहयोगमा ट्रिपल बेसमेन्ट पार्किङ निर्माण अघि बढाउने निर्णय गरेको हो । साथै, बैठकले… Continue reading काठमाडौं महानगरले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ बनाउने

एकदिन पनि टिकेन शेयर बजारको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ बराबरको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading एकदिन पनि टिकेन शेयर बजारको हरियाली, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नक्कली सुन धितो राखेर २४ लाख ऋण

काठमाडौं । पोखरामा एक व्यक्तिले नक्कली सुन राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका २५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।… Continue reading नक्कली सुन धितो राखेर २४ लाख ऋण

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना बन्दै

काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्‍याउने… Continue reading आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना बन्दै

वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने

काठमाडौं । वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलागे भएको छ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झार्दै यसमा गैरआवासीय नेपालीलाई भने त्यो सीमा नलाग्ने निर्णय गरेको हो । २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो । अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन… Continue reading वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । बुद्धले एक विज्ञप्ति जारी गर्दै आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गरेको हो । पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार… Continue reading पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला ३ दिन लगातार दोहोरो अंकले घटेको नेप्से आज २१ अंकले कमब्याक गरेको हो । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले बढेर झन्डै १ अर्ब पुगेको छ । सोमबार नेप्से २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा… Continue reading सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२६ कम्पनीको ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँ बराबरको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट

चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

file

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा… Continue reading चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

Photo : the hindu

झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो। योग गुरु… Continue reading रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२६ कम्पनीको १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो । यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन… Continue reading अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्लारनगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो । तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर… Continue reading बैंकविरुद्धको आन्दोलन चुनावसम्म स्थगित

समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण र दायित्वको साँवाब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ताकेता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न मितिमा समस्याग्रस्त घोषित गरेका सहकारीहरुका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समितिले १५… Continue reading समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’