रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । उक्त तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही… Continue reading रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

शोधनान्तर स्थिति २३ अर्बले घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो… Continue reading शोधनान्तर स्थिति २३ अर्बले घाटामा

विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निराशाजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ। २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।… Continue reading विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका छन् ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए । होटेल… Continue reading पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

काठमाडौं । बीमा समितिले पौने २ अर्ब कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो । सरकारले गत भदौमा १२ अर्ब ३२ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानीको दायित्व… Continue reading कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८७५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

१ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

काठमाडौं । अमेरिकी डलरको मूल्यले पुनः कीर्तिमान कायम गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसससँगै डलरको मूल्य सबैभन्दा माथिल्लो विन्ुदमा पुगेको हो । डलरको भाउ बुधबार १ सय ३२… Continue reading १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख… Continue reading खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन… Continue reading काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो । चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा… Continue reading ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा दर्ता गर्न ३० दिनको अल्टिमेटम दिएको छ । महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो । अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत… Continue reading संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६८ प्रतिशतले बढेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०७८ सालको साउनमा नेपालमा १ करोड १० लाख ३४ हजार फोरजी प्रयोगकर्ता थिए। जुन २०७९ को असारसम्म १ करोड ८५ लाख ५९ हजार पुगेको छ। एक वर्षमा ७५ लाख २५ हजार फोरजी प्रयोगकर्ता थपिएका छन्। २०७९ को असारसम्म नेपाल टेलिकमका… Continue reading नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

काठमाडौं । कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका हुन् । बैंकको कार्ड स्वीचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको नेटवर्क स्वीचमा कार्ड नेटवर्कको म्यानडेट इन्स्टल गर्नुपर्ने भएकाले कार्ड र एटीम सेवा… Continue reading बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँ बराबरको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ… Continue reading भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट

नेपालले एडीबीबाट साढे २६ अर्ब ऋण लिने

काठमाडौं । नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि… Continue reading नेपालले एडीबीबाट साढे २६ अर्ब ऋण लिने

विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर

काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ । ढुकुटीमा विदेशी मुद्राको… Continue reading विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर

वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने

काठमाडौं । सरकारले नेपालमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ रहेको सीमा २ करोडमा झार्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत… Continue reading वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा… Continue reading अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा… Continue reading अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । बुधबार नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेको हो । यसदिन २२३ कम्पनीको ६९ करोड १७ लाख रुपैयाँ बढीको २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापार… Continue reading शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

काठमाडौं । काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेसँगै उपभोक्ताले यो भन्दा महंगो मूल्य तिर्नुपर्ने छैन । उपत्यकाबाहिर एक लिटर बोतलको पानीको… Continue reading उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

काठमाडौं । एकै पटक ठूलो सं्ख्यामा उपसचिव र सहसचिवको माग भएको छ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको हो । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएको छ । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक… Continue reading एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २४ गतेसम्म सुरुङ खन्ने काम ३ हजार ५९३ मिटर… Continue reading नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५५ करोडमा खुम्चियो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५५ करोडमा खुम्चियो

सामाजिक सञ्जालमा गरेको खर्च समेत अब निर्वाचन खर्चमा गणना हुने

काठमाडौं । अब सामाजिक सञ्जालमा गरिएको खर्च समेत उम्मेदवारले निर्वाचन खर्तको विवरणमा जोड्नु पर्ने भएको छ । निर्वाचन आयोगले चुनावका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले चुनाव सकिएपछि कानुन बमोजिम पेस गर्ने चुनाव खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश… Continue reading सामाजिक सञ्जालमा गरेको खर्च समेत अब निर्वाचन खर्चमा गणना हुने

‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत

काठमाडौं । ‘दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । तर, आज ऊर्जाको वैकल्पिक स्रोतका रुपमा संसारभर नै हाइड्रोजनलाई उपयोग गर्ने योजना बनेको छ । नेपालले पनि यसलाई क्रमशः आत्मसात् गर्न थालेको छ ।’ यो भनाइ… Continue reading ‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत

एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से २७.१६ अंकले घटेर १८७१.२२ विन्दुमा झरेको छ । दशैंको बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६२ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ९७ करोड १७ लाख ६७… Continue reading एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने कम्पनी

नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३२ रुपैयाँ २ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । यो हालसम्मकै उच्च मूल्य… Continue reading नेपाली मुद्राको तुलनामा डलरको मूल्य हालसम्मकै उच्च