Category: अर्थतन्त्र

  • जनार्दन शर्मासँग कामगर्न इच्छुक नरहेको मरासिनीको प्रधानमन्त्री कार्यालय सरुवा, पुष्करलाई जिम्मेवारी

    जनार्दन शर्मासँग कामगर्न इच्छुक नरहेको मरासिनीको प्रधानमन्त्री कार्यालय सरुवा, पुष्करलाई जिम्मेवारी

    काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

    बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

    मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।

    अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१५ कम्पनीको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ ।

    उच्च अंकले घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

    युनाइटेड इदीमार्दी आरबी हाइड्रोपारको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालय डिस्टिलरीको १३ करोड १७ लाख र अपी पावरको १२ करोड ७९ लाखको कारोबार भएको छ ।

  • नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो

    नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो

    काठमाडौं । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने बारे गृहकार्य शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरिसकेका छन् ।

    जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजान्छ । सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

    काठमाडौंमा बस्ने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने छन् । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्नेछ ।

  • हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ

    हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई बुधबार राती पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई राति पक्राउ गरेको हो ।

    बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु १७ लाख ५० हजार गरी रु ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।

  • सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइका अनुसार वेलका नगरपालिका वडा नं ९ को धौरीमा तथा वडा नं ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५(५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ । आवश्यकता अनुसार वडा नं १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं. २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।

    बुधबार बिहान करिब ४ बजेतिर सप्तकोशी नदीको भंगालो दक्षिणपश्चिम क्षेत्रको वस्तीमा पसेको थियो । बाढीबाट प्रभावित करिब एक हजार परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले भत्काएको बाँध पनि मर्मत गर्ने काम भइरहेको छ । राहत वितरण तथा व्यवस्थापनको विषयमा छलफल गर्न बुधबार बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाको बैठक बसेको थियो ।

  • सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

    सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

    काठमाडौं । सप्तकोशीको बाढी पिडित परिवारलाई राहत तथा व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीबाट सहायता आह्वान गरेको छ ।
    गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार प्राधिकरणले प्रेस नोट जारी गरी सहयोग आह्वान गरेको हो । उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।

    राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिएको छ । संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ । सप्तकोशीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो ।

    सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ । प्राधिकरणका अनुसार नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रबरबोट, ६ थान हेलमेट उपलब्ध गराएको छ । रेडक्रसले खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    यसैगरी बेलायत सरकार र केयर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइमा सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरु खरिदका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघमार्फत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

  • लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३० प्रतिशत भन्दा बढी पनि नगद दिन पाउने

    लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३० प्रतिशत भन्दा बढी पनि नगद दिन पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा गरेको कडाइ खारेज गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै लाभांश सम्बन्धी विद्यमान व्यवस्था खारेज गरेको हो ।

    बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो ।

    यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था थियो । एकीकृत निर्देशन मार्फत सो व्यवस्था खारेज गरेको हो ।

    यससँगै अब बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि दिन पाउने भएका छन् । यसमा पनि मसान्तको दिन कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो ।

    त्यस्तै एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने भएका छन् ।

    राष्ट्र बैंकले यस्तो सुविधा तथा छुट एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म प्रदान गर्नेछ । तर २०७९ पुस मसान्तपछि एकीकृत कारोबार गर्ने बैंकहरुले यस्तो सुविधा तथा छुट नपाउने राष्ट्र बैंकले जनाएको छ ।

    पुस मसान्तभित्र मर्जर गरी एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने, उपत्यकामा एक शाखा खोल्न पनि राष्ट्र बैंकको स्वीकृत नचाहिने जनाएको छ ।

    त्यस्तै कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गर्ने पाउने राष्ट्र बैंकले जनाएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, ४ अर्ब २ करोडको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ४ अर्ब २ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१८ कम्पनीको ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहमध्ये४ वटा हरियो भएको छ भने अन्य घटेको छ ।

    यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज स्ट्याण्डर्ड चाटर्ड बैंक, गुलविल फाइनान्स र बोटलर्स नेपाल कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसैगरी, गुडवइल फाइनान्स र बोटर्लस नेपाल कम्पनीको शेयर मूल्य पनि ३ अंक बढीले घटेको छ ।

    यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, अपीपावर कम्पनीको १५ करोड,हिमालयन डिस्ट्रीलरी ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

    काठमाडौं । मंगलबार २४ घण्टा बन्द भएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरूद्ध बनेको छ । पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि पुनः अवरुद्ध बनेको प्रहरीले जनाएकोछ । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको हो।

    सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ। आज पुन अवरूद्ध भएको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । निरन्तर सडक अवरुद्ध हुँदा यात्रुमा भने पिडा थपिएको छ ।

  • दाल भन्दै प्रतिवन्धित महंगो चूरोट भित्राउने फर्मविरुद्ध ११ करोड जरिवाना

    दाल भन्दै प्रतिवन्धित महंगो चूरोट भित्राउने फर्मविरुद्ध ११ करोड जरिवाना

    काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवाना गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्न सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले जानकारी दिए ।

    दुबईबाट मुङको दाल बोकेर वीरगञ्जको सुक्खा बन्दरगाह आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भएको हो । भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटिएको हो । आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको भन्सारले जनाएको छ । आयातकर्ताले नेपालका ठूला होटल र रेष्टुराँमा बिक्रीका लागि मोन्ट भेरियन्स नामक उक्त चुरोट ल्याएको बुझिएको भन्सारको भनाइ छ ।

  • साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

    साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

    काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित मंगलबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट ६ लाख र गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको जानकारी गराएको छ । यससँगै उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उनको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उपसचिव नेपालले खुलाउन सकेका छैनन् । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो । अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

    तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ । त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ । नेपाल मात्र ३८ वर्षका छन् ।

  • बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत

    बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ।

    सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरु अत्यावश्यक सेवा प्रवाहमासमेत कठीनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन्।

    दुई ठेक्कामा निर्माण अघि बढाइएकोमा एउटा ठेक्कामा ठेक्का तोडइसकिएको र अर्काेमा ठेक्का तोड्दा निर्माण व्यवसायी अदालती प्रक्रियामा गएकाले निर्माण अवरुद्ध बनेको हो।

    बालाजु-रानीपौवा सडक खण्ड निर्माणको जिम्मेवारी सन् २०१४ जुन ५ मा सैलुङ (नेपाली कम्पनी) र एआईपीएल (भारतीय कम्पनी) लाई दिइएकोमा गत असार ५ गते तोडिएको थियो। कूल १७ दशमलव एक किलोमिटर लम्बाइको सो सडक निर्माणका लागि सात पटकसम्म अवधि थप गरिएको थियो।

    पछिल्लो पटक चैतमा अवधि सकिएको सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले बताए । सो ठेक्कामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४९ दशमलव ३२ प्रतिशत रहेको थियो।

    सडकको अवधि थप गरिरहँदा त्यो अवधिभित्रै सम्पन्न गर्न पटक-पटक निर्माण कम्पनीलाई सचेत गरिएको विभागका महानिर्देशक थापाले बताए। उनका अनुसार सडकको नियमित मर्मत सम्भारमा ध्यान नदिएकाले वर्षाको समयमा यातायात सञ्चालनमा कठीनाइ भएर स्थानीयवासीले सास्ती भोगेका थिए।

    आठ वर्ष वितिसक्दा निर्माणस्थलमा कुनै पनि सामग्री नरहेको, कामदार नभएको र निर्माणको गतिविधि ठप्प रहेको पाइएको थियो। उनले भने, ‘यसअघि निर्माण भइसकेका संरचना र अरु काम पनि स्वीकार गर्न नसकिने अवस्थामा पाइएको थियो।’

    निर्माणका क्रममा समस्या देखिएपछि परामर्शदाताले पटक-पटक लिखित रुपमा पत्राचार गरेर त्रुटि सच्याउन भनिएको भए पनि बेवास्ता भएको महानिर्देशक थापाले बताए। दातृ निकाय, योजना कार्यालयसँगको बैठकमा पटक-पटक अवधिभित्रै सकाउछु भने पनि निर्माण व्यवस्थापनमा कति पनि चासो नदेखाएको उनले बताए।

    सो ठेक्का तोडेसँगै योजना कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ र सम्झौताका आधारमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ।

    निर्माण कम्पनीको नाममा रहेको एक करोड ५५ लाख २४ हजार जमानत जफत गरी सडक विभागको खातामा जम्मा गरिएको छ। जिल्ला अदालत पाटनबाट गत असार ८ मा जारी भएको ठेक्का अन्त्य निर्णयसम्बन्धीको अन्तिम आदेश जारी भएको छ।

    चौतिस दशमलव ०९ किमी लम्बाइको रानीपवौवा-त्रिशूली सडकमा ठेक्का तोडिसक्दासम्म सो ठेक्कामा भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो। सो सडकको निर्माणको जिम्मेवारी भारतीय कम्पनी डिआरएआइपीएल, नागार्जुन, कोसी एण्ड न्यौपाने जेभीलाई दिइएको थियो।

    सन् २०१५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का भएको भए पनि पटक-पटक थप हुँदासमेत आधा काम पनि सकिएको थिएन। अवधि सकिँदासम्म भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो।

    निर्माण व्यवसायीले सुरुदेखि नै लक्ष्यअनुसारको काम गर्न नसकेर परामर्शदाता कम्पनीबाट समय समयमा लिखित तथा मौखिक रुपमा सचेत गराएको विभागका महानिर्देशक थापाले बताए।

    सुरुका दिनमा नेपाली कम्पनीले मुख्य व्यवस्थापनको काम भइरहेकामा सन् २०१८ सेप्टेम्बरबाट भारतीय कम्पनीबाट भएको थियो।

    दुबैले व्यवस्थापन गर्दा निर्माणमा प्रगति नभएको उनले बताए। सार्वजनिक खरिद नियमावली, २०६४ को नवौँ संशोधनअनुसार एक वर्ष अवधि थपेर सन् २०२० को डिसेम्बरसम्म अवधि रहेको थियो। बन्दाबन्दीको समयमा पास उपलब्ध गराइएको भए पनि काम नगरेको उनले बताए।

    सार्वजनिक खरिद ऐन, २०६४ को व्यवस्था र सम्झौताअनुसार नै विभागले विसं २०७७ मा ठेक्का अन्त्य गरेको थियो। निर्माण कम्पनी तत्काल कानुनी प्रक्रियामा जाँदा पाटन उच्च अदालतले असार १६ गते निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने र कार्य सम्पादन जमानत जफत गर्नेजस्ता कारबाही अघि नबढाउनु भनी अन्तरिम आदेश दिएको थियो।

    विसं २०७८ चैत १६ गते अदालतको निर्णय अनुसार व्यवसायीको फिराद पत्र खारेज भएको थियो भने सार्वजिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालोसूचीमा राखेको थियो। सो सडक स्तरोन्नतिका लागि अहिले पहिले ठेक्का गरिएको समयभन्दा १२१ प्रतिशत बढी रकम लाग्ने देखिएको विभागका महानिर्देशक थापाले बताए।

    मूल्याङ्कनअनुसार निर्माण कम्पनीबाट असूल गर्नुपर्ने रकम ७४ करोड ७७ लाख २० हजार २११ रहेकोमा कृषि विकास बैंकबाट दुई करोड २२ लाख जफत गरिएको छ। यात्रुलाई आवतजावतमा कठीनाइ भएकाले सामान्यमर्मत गरिएको विभागले जनाएको छ।

    बालाजु-रानीपौवा सडकको अदालतको निर्णय नआउँदासम्म केही गर्न नसकिने र रानीपौवा-त्रिशूली सडक ठेक्का तोडिएकाले नयाँ ठेक्काबाट जानुपर्ने सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ। रानीपौवा-त्रिशूली सडक यही आवमा काम हुने निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए।

    काठमाडौंबाट नुवाकोट जानका लागि टोखा-छहरे र गल्छी-त्रिशूली सडक विकल्प भए पनि यो सडक बनिनसकेकाले रानीपौवा जान समस्या भएको उनले बताए। उनले भने, ‘हामीले सकेसम्म मर्मत गरेर सडक हिँड्न हुने बनाइरहेका छौँ।’ रासस

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा झिनो अंकको घटेको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २८१ अंकले घटेर २१९३।४३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१७ कम्पनीको ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये ६ वटा हरियो भएको छ भने अन्य घटेको छ । व्यापार समूह सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ भने अन्य समूह १.०४ प्रतिशतले घटेको छ ।

    तीन कम्पनीको शेयरमूल्यमा पाजेटिभ सर्किट लागेको छ । बिन्ध्याबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, साम्लिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २९ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड लघुवित्तको ९ करोडको कारोबार भएको छ ।

  • पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती

    पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती

    काठमाडौं । मनसुनका बेला निरन्तर पहिरो जाँदा काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने एक मात्रा राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड जोखिमपूर्ण बनेको छ । सोमबार पहिरोले रोकिएको सडक मंगलबार समेत बिहानैबाट ठप्प छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ को केराबारीमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

    उता, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ । सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् । यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ । काठमाण्डौदेखि छुट्ने गाडीलाई पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत ठाउँमा रोकेर राखिएको छ ।

  • झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेकोे छ । आइतवार ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा हरियो भएको छ भने अन्य घटेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको हो ।

    नेप्सेका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ३८ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालयन डिस्टिलरीको १६ करोड २७ लाखको कारोबार भएको छ ।

  • आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?

    आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    आइओसीले निगमलाई पेट्रोलियम पदार्थको सोमवार नयाँ मूल्यसूची पठाएको हो ।

    आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगम स्रोतले जनाएको छ ।

    आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर १२.४५ रुपैयाँ र डिजेल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँमा बेच्दै आएको छ ।

    नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा र डिजेलमा करिब १० रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटनएर पठाएको यो लगातार दोस्रो पटक हो । यसअघि पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको थियो ।

    भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।

    पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल १०३ डलर हाराहारी रहेको छ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

  • दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

    दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेका हुन् । उनलानई मन्त्रालयमा राजस्व सचिव कृष्णहरी पुष्करसहितका कर्मचारीले भब्य स्वागत गरे । मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले उच्च नेतृत्वलाई आफुलाई यो अवसर दिएको भन्दै धन्यवाद ज्ञापन गरे ।

    अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए । समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई फेरि अर्थमन्त्रीमा सिफारिस गरेको थियो ।

    आफूहरुले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाम नै लिएर धन्यवाद दिए । उनले कर्मचारीहरुसँग पनि विगतमा झैं सुमधुर सम्बन्ध र सहकार्य गरेर मन्त्रालयको जिम्मेवारी पूरा गर्ने बताए ।

    अर्थमन्त्री शर्माले अघि बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए, कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने समेत बताए ।

  • पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, २१ गतेबाट देशभरको ढुवानी रोक्ने चेतावनी

    पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, २१ गतेबाट देशभरको ढुवानी रोक्ने चेतावनी

    काठमाडौं । ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । इन्धनको मूल्यमा भएको वृद्धि अनुसार ढ्वानी भाडा पनि समायोजन गर्नुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ढुवानी भाडा समायोजनको माग पूरा नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएको छ । साथै, आफ्ना मागहरु आइतबार साँझसम्म पूरा गर्न अल्टिमेटम दिएको छ ।

    ‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको व्यवसायीको भनाइ छ ।

    यस्तै, नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पूरा नगरेको भन्दै महासंघले साउन १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने , २० गतेबाट सबै खाले इन्धनको पीडीओ नलिने र ढुवानी रोक्ने तथा २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने महासंघले जनाएको छ ।

  • उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित

    उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित

    काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२० कम्पनीको ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह भने घटेको छ । नेप्सेमा हरियाली छाएसँगै आज केही बीमा कम्पनीहरुकोको शेयर मूल्य ‘बुम’ भएको छ।

    लगानीकर्ता बीमा कम्पनीहरुतर्फ आकर्षित देखिएका छन्। आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने पाँच कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    नेप्सेका अनुसार आज गुडविल फाइनान्स कम्पनीको डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २१ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोड २३ लाख र एशियन लाइफ इन्सोरेन्सको ११ करोड ५४ लाखको कारोबार भएको छ ।

  • अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने

    अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने

    काठमाडौं । माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मालाई निरन्तरता दिने वा नयाँ व्यक्ति पठाउने भन्ने सन्दर्भमा आज निर्णय लिने भएको छ । पार्टीको आज बस्ने स्थायी समिति बैठकले सो निर्णय लिनेछ । बैठकले पार्टी पदाधिकारीको समेत टुङ्गो लगाउने तयारी गरेको बताइएको छ ।

    पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिको छानविनबाट क्लिन चिट पाएका छन् । उनी प्रतिष्ठाका लागि भएपनि एक पटक अर्थ मन्त्रालय फर्कने सोँचमा छन् । यसबारे पार्टीले निर्णय लिने भएको छ । प्रमुख प्रतिपक्ष एमालेले पूर्व अर्थमन्त्री शर्माबारेको प्रतिवेदन नमान्ने घोषणा शनिबार अध्यक्ष केपी ओलीले गरेका थिए । जुन समितिमा उनकै पार्टीका नेताहरु समेत सहभागी थिए ।

  • वर्षायाममा काठमाडौंको सडकमा थुप्रियो फोहोर, मानव स्वास्थ्यमा जोखिम

    वर्षायाममा काठमाडौंको सडकमा थुप्रियो फोहोर, मानव स्वास्थ्यमा जोखिम

    काठमाडौं (रासस) । बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडमा फोहोर थुप्रिन थालेका छन् ।
    सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर थुप्रिन थालेको छ । यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।

    एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले बताए । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाई छ ।

    बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।


    कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।
    यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

    सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहोर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो । मध्य वर्षायाममा सडकमा थुप्रिएको फोहोरले मानव स्वास्थ्यमा भने समस्या पार्न थालेको छ ।

  • नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

    नाम्चेभन्दा माथी पर्यटकले एक्लै हिड्न नपाउने

    काठमाडौं । नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथीबिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्न कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चेको प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिए । उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउन आफूले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए ।

    यसअघि बर्सेनि खुम्बु क्षेत्रमा आएका विदेशी पर्यटक हराउने गरेका छन् । खुम्बु क्षेत्रमा केही महिनाअघि मात्रै एक्लाएक्लै भ्रमणमा आएका एक भारतीय र एक कोरियाली नागरिक बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी भए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।    

  • बजेट निर्माण प्रकरण: समितिले बुझायो प्रतिवेदन, भेटिएन अनधिकृत व्यक्तिको प्रवेश

    बजेट निर्माण प्रकरण: समितिले बुझायो प्रतिवेदन, भेटिएन अनधिकृत व्यक्तिको प्रवेश

    काठमाडौं । अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन संसदमा पेश गरेको छ।

    समिति संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन्।

    गत असार २२ मा गठन भएको समितिले झण्डै १७ दिनको छानबिन पछि प्रतिवेदन तयार पारेको हो। समितिको प्रतिवेदनमा भने प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले असहमति जनाएका छन्।

    बजेट निर्माण अघि जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ बजेटमा करका दर हेरफेर गरेको आरोप पूर्वअर्थमन्त्री शर्मालाई लागेको थियो । उक्त प्रकरणमा छानबिनका लागि संसदले विशेष छानबिन समिति गठन गरेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    यसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत व्यक्त गरेका थिए । छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो ।

    अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । यी सबै प्रयासबाट पनि समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको भने पुष्टि गर्न भने सकेन । यसले जनार्दन शर्मालाई पुनः अर्थ मन्त्रालय प्रवेशको ढोका खोल्नेछ ।

    सत्तारुढ गठबन्धनले अर्थमन्त्रीका रुपमा उनलाई नै निरन्तरता दिन खोजेको देखिन्छ । किनकी जनार्दनको राजिनामाकै दिन माओवादी नेता वर्षमान पुनले यस्तो संकेत गरेका थिए ।

    अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले नै अर्थ मन्त्रालयको बागडोर राख्दै यो पद सुरक्षित राखेका छन् । शर्मासँग प्रधानमन्त्री समेत सकारात्मक रहेका कारण उनी अर्थ मन्त्रालयमा फर्कने सम्भावना प्रवल देखिएको हो ।

  • शेयर बजारको उकालो यात्रा कायमै, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारको उकालो यात्रा कायमै, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारको उकालो यात्रा कायमै रहेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २१६ कम्पनीको २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरको ५१ लाख ११ हजार३१० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटाको घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.६१ प्रतिशतले बढेको छ भने होटल समूह पनि ४.२१ प्रतिशतले बढेको छ ।

    राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, लुम्बिनी विकास बैंक ८.८४, एक्सेल डेभलपमेन्ट बैंक ६.८४, सप्तकोशी विकास बैंक ६.१५, बोटलर्स नेपाल ६.१२, सोल्टी होटल, सप्तकोशी विकास बैंक, स्वरोजगार लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले पनि ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

    नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो ।

    शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंक ९ करोड र नागरिक लगानी कोष पौने ८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

    बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

    काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति छिरेको आरोप खेपेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय विशेष समितिको प्रतिवेदन आज सभामुख अग्नी सापकोटासमक्ष पेश हुँदैछ । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि भने गर्न सकेन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।

    छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । तर समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको पुष्टि भएन् ।

    संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको समाचार सार्वजनिक भएपछि गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय छानबिन विषेश समिति गठन गरेका थिए ।

    त्यसलगत्तै अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समयभित्र काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अवधि बिहीबार पुरा भएको छ ।

  • जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

    जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

    काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा समक्ष प्रस्तुत गरिने भएको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ । यसमा सत्तापक्षमा रहेका सांसद एकमत भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् ।

    समिति सदस्यहरुका अनुसार एमालेका सांसदहरुले नै आ–आफ्ना तरिकाले फरक मत राखेका हुन् । सबैका फरक मतलाई राखेर तयार प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ । चालु आवको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको आरोप लगाउँदै एमालेले चर्को विरोध गरेपछि संसदीय समिति गठन भएको हो ।

  • तीव्र उतारचढावकाबीच नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ४ अर्ब ९७ करोडको कारोबार

    तीव्र उतारचढावकाबीच नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ४ अर्ब ९७ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा पुगेको हो ।

    दिउँसो १:४०सम्म झन्डै ४५ अंकले बढेको नेप्से २ः५५ बजे ८ अंकले घटेको थियो भने अन्त्यमा १५ अंकले बढेर बन्द भएको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२१ कम्पनीको ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये निर्जीवन बीमा, उत्पादनमूक र अन्यबाहेक बाँकी १० समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.२७ प्रतिशतले बढेको छ ।

    कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपावर १० प्रतिशतले बढेको छ भने डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा सर्किट लेभलमै बढेको छ ।

    मध्येभोटेकोशी, तारागाउँ रिजेन्सी होटल र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार आज राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १७ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    शिवम् सिमेन्टको १५ करोड ८६ लाख र तेस्रोमा अपर तामाकोशीको १४ करोड १७ लाखको कारोबार भएको छ ।

  • निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धित निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम भएको छ । बयान र सीसीटीभी फुटेजको प्रमाणबाट समेत यसमा कुनै पुष्टी हुने आधार नभेटिएपछि छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन लेख्न थाल्दैछ । अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको हो । समितिले शर्माको टेलिफोन डिटेल भने हेर्ने छैन । यसले व्यक्तिगत गोपनीयताको हनन् हुने भन्दै समिति अब प्रतिवेदन लेखनमा लाग्ने भएको छ ।

    समितिले सार्वजनिक स्थानमा गरेका बदमासीका प्रमाण सुरक्षित राख्न त्यहाँको निरीक्षण प्रणाली बलियो बनाउने गरी प्रतिवेदन लेख्ने समेत तयारी गरेको छ । समिति गठन भएको आज १६ औं दिन पुगेको छ । पहिलो पटक १० दिनको समय पाएको समितिले पुनः ७ दिनको समय पाएको थियो । समितिले निर्धारित समयमै प्रतिवेदन लेखिसक्ने बताएको छ ।

    समितिले शर्मासहित अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव लगायत व्यक्तिहरूसँग सोधपुछ गरेको थियो। उक्त अनुसन्धान र सोधपुछबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए-नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनमा अघि बढेको हो। आफुमाथि छानविन गर्न समिति बनेपछि अर्थमन्त्री शर्माले राजिनामा दिएका थिए ।

  • स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

    स्थानीय तह निर्वाचनमा आयोगको खर्च ५ अर्ब ४ करोड

    काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले मात्र ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च गरेको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च यसमा जोडिएको छैन । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ ।

    आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो । ०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।

  • अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

    अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर, तर मान्छे चिनिएनन्

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्नए गठन भएको संसदीय छानविन विशेष समितिले नेपाल प्रंहरीबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको सिलबन्दी मंगलबार खोलेको छ । जसमा प्रहरीले सीसीटीभी क्यामराको डिलिट भएको अंश समेत रिकभर भएको छ । तर, रिकभर भएको फुटेजमा मान्छे भने नचिनिने अवस्था आएसँगै अन्ततः समिति नै अन्यौलमा पुगेको छ । मंगलबार यसबारे समितिको बैठक दुई पटक बसेको छ ।

    पहिलो पटक बसेको बैठकमा समितिका सदस्यहरु आफैले भिडियो हेरेका थिए । ५० भन्दा बढी फुटजबारे कुनै भेउ नपाएपछि उनीहरुले नेपाल प्रहरीको विशेषज्ञ टीमसँग पुनः छलफल गरे । छलफलमा विज्ञ टीमले रिकभर गर्दा धेरैजसो गुणस्तर मेटिइसक्ने भएकाले गुणस्तरीय फुटेज आउन नसक्ने जानकारी समितिलाई गराएका हुन् । समिति अब प्रतिवेदन लेखनमा लाग्ने छ । समितिले शर्मासहित मन्त्रालयका अधिकारी, पत्रकार तथा अन्य सरोकारवालासँग यसबारे छलफल गरिसकेको छ । तर, आरोप पुष्टी गर्ने कुनै प्रंमाण भने भेटाएको छैन ।