फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

file

काठमाडौं । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी नियन्त्रणमा काठमाडौं उपत्यका पछि परेको भन्दै यसको संकेत गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा हरेकजसो राजनीतिक तथा सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको… Continue reading फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं । राष्ट्र बैंकले कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा… Continue reading दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको हो । केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत… Continue reading वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क

चरम मन्दीमा धकेलिँदै दक्षिण एशियाली मुलुक, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

काठमाडौं । विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरिय आर्थिक प्रतिवेदना अनुसार कोभिड लकडाउनले आर्थिक गतिविधिमा, विशेषगरी पर्यटन क्षेत्रमा, पुर्याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ । आज सार्वजनिक गरिएको अर्ध–वार्षिक ‘अपडेट’का अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यो… Continue reading चरम मन्दीमा धकेलिँदै दक्षिण एशियाली मुलुक, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहिबार सेयर बजार मापक सूचक नेप्से ११.३४ विन्दुले घटेर १५८९.६४ विन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच भएका… Continue reading सेयर बजारमा दोहोरो अंकको गिरावट

सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीति मन्त्रालयलाई

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ। बोर्डले बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे दीर्घकालीन रणनीतिक योजना पेस गरेको हो । योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको… Continue reading सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीति मन्त्रालयलाई

सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर पछिल्लो ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से सूचक दोहोरो अंकले बढेर १६०० विन्दू पार गरेको छ । यो २०७६ फागुन यताकै उच्च विन्दु हो । गत फागुन १७ गते नेप्से सूचक साढे दुई वर्ष यताकै उच्च १६३२ विन्दुमा पुगेको थियो । पछिल्लो समय बजार क्रमशः उकालो लाग्दै गएपछि… Continue reading सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता

दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

फाइल तस्वीर

काठमाडौं । सरकारले उचित निर्णय लिन नसक्दा यो वर्ष दशैंमा शहरबाट गाउँ फर्कने मानिसमा अन्यौल छाएको छ । कोरोना महामारीका बीच सरकारले हरेक दिन जसो जो जहाँ छ, त्यही बसेर दशैं मनाउन आह्वान गर्छ । तर, वर्षमा एक पटक आउने चाडबाड र महामारीमा अर्को वर्षको अनिश्चितताका बीच धेरैजना भने आफ्नो परिवारकै साथमा बडादशैं मनाउन चाहन्छन्… Continue reading दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

शेयर बजारमा उत्साह, साताको पहिलो दिनमै दोहोरो अंकको वृद्धि

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उत्साहजनक वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले नेप्से बढेको हो । नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । आइतबार कुल १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भयो । १ करोड ४ लाख ७… Continue reading शेयर बजारमा उत्साह, साताको पहिलो दिनमै दोहोरो अंकको वृद्धि

प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द

बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित गरेको क्षेत्रमा अब जग्गाको कारोबार अनिश्चितकालका लागि बन्द भएको छ । सरकारले स्थायी राजधानीका रुपमा प्रस्ताव गरेको दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का भएको हो । यसअघि… Continue reading प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा तय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मङ्सिरमा हुने भएको छ । यसअघि गत चैतमै हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीसँगै पर सर्दै आएको थियो । यसले वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल करीव १ वर्ष लम्बिएको छ । मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा तथा निर्वाचन गर्ने गरी… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा तय

एक वर्ष कुराएर पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव पठाएन जुरिचले

काठमाडौं । स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशनल एजीले निजगढ विमानस्थल निर्माणमा इच्छा देखायो । दुई वर्ष अगाडी आयोजना भएको लगानी सम्मेलनका दौरान उसले निजगढमा लगानीको आशयपत्र हालेको थियो । अन्य ६ वटा कम्पनीलाई पाखा लगाउँदै सरकारले जुरिचलाई छनोट गरी उसबाट लगानीको प्रस्ताव माग गर्यो । तर, सेप्टेम्बर ३० सम्मको अन्तिम अवधि सकिँदा समेत यो कम्पनीले प्रस्ताव पठाएन… Continue reading एक वर्ष कुराएर पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव पठाएन जुरिचले

आजबाट खुल्दैछन दशैं लक्षित सहुलियत पसल

काठमाडौं । आजबाट देशैभर दशैं लक्षित सहुलियत पसल संचालनमा आउने भएका छन् । सरकारले आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको हो । नजिकिएको दसैं, तिहार, छठ, ल्होसारसमेत पर्वमा उपभोक्तालाई बजार मूल्यभन्दा सस्तोमा सामान उपलब्ध गराउन सरकारले हरेक वर्ष यस्तो पसल संचालन गर्दै आएको छ । पसलमा खाद्यान्नलगायत सामग्री विक्री गरिने भएको छ ।… Continue reading आजबाट खुल्दैछन दशैं लक्षित सहुलियत पसल

लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

file

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले चालेको लकडाउन तथा निषेधाज्ञाका कारण मिटर रिडिङ हुन नसकेका वा छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । बन्दाबन्दीको समयमा नेपाल विद्युत प्राधिकरणका धेरै ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ छुटेको छ । प्राधिकरण आफैले मिटर रिडिङ नगर्ने र उल्टो जरिवाना हुन लागेको गुनासो ग्राहकबाट आउन थालेपछि… Continue reading लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

तातोपानी नाका १९ असोजबाट खुल्ने

काठमाडौं । दशैंको मुखमा सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ । नाका १९ असोजबाट खुल्ने निर्णय भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ बाट चीनबाट सामान नेपाल आइपुग्ने नेपाली संचारमाध्यमलाई जानकारी दिएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वमा… Continue reading तातोपानी नाका १९ असोजबाट खुल्ने

नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। सरकारले कात्तिक १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार मापदण्ड जारी गरेको हो । यही असोज ९ गते स्वीकृत भएको मापदण्डमा नेपाल आउने पर्यटकको लागि शर्तैशर्त… Continue reading नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट… Continue reading बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

काठमाडौं । कृषि क्षेत्रमा इजरायली नमुना विश्व प्रसिद्ध छ । त्यहाको प्रविधिलाई नेपालमा भित्राउन सरकारी स्तरबाटै पहल थालिएको छ । यसै क्रममा नेपाल सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधिसहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा विशेष कृषि केन्द्र स्थापना… Continue reading नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन र निषेधाज्ञा पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो । चालु आर्थिक… Continue reading एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नर्गनु- मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएक छन्। पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गरेको मन्त्रालयको… Continue reading हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नर्गनु- मन्त्री भट्टराई

साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशबाट नेपालीले आफ्नो मुलुक र परिवारका लागि उत्साहजनक रुपमा रेमिट्यान्स पठाएका छन् । नेपालीबाट एक महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ ।… Continue reading साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा ९ लाख ९५ हजार मोबाइल सेट आयत भएको… Continue reading नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

file

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ । सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक… Continue reading कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय… Continue reading हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने

सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

काठमाडौं । चीनतर्फको एक मात्र सक्रिय रसुवागढी नाका निरन्तर बन्द भएको ८ महिना पुगिसकेको छ । यो बीचमा केही दिन नाका सूचारु भएपनि कोरोना भाइरसको महामारीको बाहनामा चीनले निरन्तर नाका बन्द गराइदिएको छ । बुधबारबाट भने नाका आशिंक रुपमा संचलनमा आएको छ । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएको भन्दै चीनले यो नाका बन्द गराएको थियो… Continue reading सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने

काठमाडौं । बुधबारबाट साझा यातायातका लामो दुरीका बस चल्ने भएका छन् । दशैंमा घरजाने यात्रुको सहज होस भन्ने उद्देश्यले लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातले जानकारी दिएको छ । साझाले सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने भएको छ । बुधबार साझ ७ बजे बस बाग्लुङ र सवा ७ बजे… Continue reading बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने

केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेल्वे आयोजनाको चीनको भूभागमा पर्ने क्षेत्रमा भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । अध्ययन टोलीले स्थलगत रुपमा गरेको अध्ययन पुरा भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो अध्ययनको निष्कर्ष के आयो भन्ने बारेमा भने खुलाइएको छैन । रेल मार्ग निर्माणको यो प्रारम्भिक अध्ययन मात्र हो । यसमा थप अध्ययन आवश्यक… Continue reading केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । अब विदेशमा रहेका श्रमिक र नेपालीले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स कम्पनीलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनपछि अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत… Continue reading अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा

काठमाडौं । नेपालमा ११ वर्षको अवधिमा ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’… Continue reading नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा

युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता

काठमाडौं । सरकारले युट्युवसहित सामाजिक सञ्जालबाट हुने आम्दानीलाई वैधता दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब यस्तो रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो रकम आइएमईबाट आउने गरिरहेको छ । राष्ट्र बैंकले ईकमर्स लगायत कारोबारवापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था समेत गरेको छ… Continue reading युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता