गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

काठमाडौं । भारतले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले यस्तो जानकारी गराएका हुन् । महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले नेपालको पनि आर्थिक विकास हुनुुपर्ने पक्षमा भारत रहेको बताए ।… Continue reading गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय… Continue reading दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

काठमाडौं । सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी… Continue reading सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५९.५४अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२५ कम्पनीको २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर अर्थात १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न उद्देश्यसहित विश्व बैंक र नेपाल सरकार बिच आजसम्झौता भएको हो । यस सम्झौतामा नेपाल सरकारको… Continue reading विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने

देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

RSS

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो पटक सत्ता सम्हालेको आज एक वर्ष पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पाँचौ कार्यकाल सुशासन र आर्थिक स्थायित्वका दृष्टिकोणबाट सबैभन्दा बढी आलोचित बन्न पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७८ असार २८… Continue reading देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

File

पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी… Continue reading सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो । महानिर्देशक… Continue reading मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग

२० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

काठमाडौं । २० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्। २० बर्षयता युरोको मूल्य वा विनिमय दर जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो। पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते… Continue reading २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो । मंगलवारशेयर बजार मापक सूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने

File

काठमाडौं । लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने तयारी गरेको छ । बोर्डले लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको छ । सोही क्रममा कार्यविधिमा विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार कार्यशाला आयोजना गरिएको छ । कार्यशालामा विभिन्न… Continue reading लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने

वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

काठमाडौं । वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । जेठ मसान्तमा मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ । वैशाख मसान्तमा… Continue reading वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

रेमिट्यान्समा सामान्य सुधार, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

काठमाडौं । रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकले रेमिट्यान्स ३.८ प्रतिशत बढेको देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण… Continue reading रेमिट्यान्समा सामान्य सुधार, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७१.१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको ६३ लाख १३ हजार ४४१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

नारायणकाजीको चेतावनी : नेपाल ढिलो-चाँडो श्रीलंकाकै बाटोमा पुग्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो–चाँडो श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो । तर तितो र नाङ्गो… Continue reading नारायणकाजीको चेतावनी : नेपाल ढिलो-चाँडो श्रीलंकाकै बाटोमा पुग्छ

नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

नवलपरासी । नेपाली उद्योगबाट उत्पादन भएको सिमेन्ट भारतमा निर्यात थालिएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत पठाउन थालेको हो । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी गराए । उनका अनुसार परीक्षणका लागि तीन ट्रक पठाइएको हो । उद्योगले तानसेन ब्राण्डको पिपिसी… Continue reading नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

REUTERS

नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रित तथ्यांक विभागले सार्वजनिक गरेको आंकडा अनुसार अर्थतन्त्रको संरचनामा योगदान गर्ने १७ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्र भित्र पर्ने चार वटा क्षेत्रको सर्वेक्षणबाट ती उद्योगको संख्या यकिन गरिएको हो । जस अनुसार खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादनको क्षेत्रमा ५६ हजार ६११, विद्युत्,… Continue reading नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१७ कम्पनीको १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

काठमाडौं । कृषि विकास बैंकमा १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त खुलेको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरी खुला तथा समावेशीतर्फ आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको… Continue reading कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बन्ने… Continue reading अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री विवादमा मुछिएका बेला मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका हुन् । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् । स्रोतकाअनुसार अर्थसचिव मरासिनीले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव… Continue reading अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

नयाँ दिल्ली । भारतमा होटेल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हटेको छ । भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार होटेल, रेष्टुरेन्ट तथा ढावाले लिने गरेको सेवा शूल्क हटाउने निर्णय गरेको हो । अब भारतमा सेवा शूल्क प्रतिवन्धित भएको छ । त्यो त भारतमा सन् २०१७ मा समेत यस्तो घोषणा भएको थियो । तर,… Continue reading भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँँदै नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । बुधबार अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले मूल्य बढेपछि अमेरिकी डलरको भाउले उच्च कीर्तिमान छोएको हो । बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । यसअघि गत सोमबार… Continue reading नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

जनकपुर । धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी गराएका छन्… Continue reading आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

काठमार्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर… Continue reading पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

BBC

कोलम्बो । सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्। नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्। अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए। इन्धन, खाद्यपदार्थ र औषधि आयात… Continue reading श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

RSS

मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत… Continue reading मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकार समक्ष विभिन्न प्रस्ताव गरेका। छ । दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि जोर विजोरसम्मको प्रस्ताव गरिएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । इन्धनको मूल्य वृद्धिका कारण… Continue reading निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा… Continue reading गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा