Category: अर्थतन्त्र

  • कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने

    कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने

    काठमाडौं । राष्ट्रिय पुँजी पलायनलाई कडाईका साथ लागु गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आथिर्क वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसतो जनाएका हुन् ।

    त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा मानव विकास सूचाकांकमा पछि परेको प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने नीति तय गरेको छ।
    शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

    ‘प्रस्तुत नीति तथा कार्यक्रममा मानव विकास सूचकांकमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्रथमिकतामा राखी त्यसअनुरुप स्रोत-साधन परिचालन गरिनेछ,’ सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

  • अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी

    अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी

    काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ। प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका हुन्।

    ‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ, ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ।’

    त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा कार्यक्रमले अर्थतन्त्रमा टेवा पुर्‍याउने उल्लेख छ। पछिल्लो समय देशको अर्थतन्त्र लयमा फर्कन नसकेको भन्दै आलोचना भइरहँदा सरकारले यस्तो दाबी गरेको हो।

  • विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी

    विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी

    काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको दस महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रूपैयाँ ठगी गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ वटा उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी रकम दाबी गरिएको छ। यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेन्ट र बिचौलियाले गरेको ठगीबाट भएको जनाइएको छ।

    वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम छ। तर पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षको तुलना यो वर्ष ठगी भएका उजुरी बढेका छन्।

    पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन्। विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ।

    गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको ६ सय ९५ वटा उजुरी विभागमा परेको थियो। ती उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रूपैयाँ रकम दाबी गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७८र०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ रूपैयाँ ठगी भएको छ। विभागमा परेको एक हजार छ सय २० वटा उजुरी उपर यो रकम दाबी गरिएको हो।

    चालु आर्थिक वर्षको दस महिनामा परेका नौ सय २५ वटा उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी विभागकै रोहबरमा एक सय ३५ जनाले मिलापत्र गरेका छन्। मिलापत्रमार्फत एजेन्टहरूले नौ करोड ४३ लाख ५६ हजार एक सय रूपैयाँ फिर्ता गरेका जनाइएको छ। गैरकानुनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको विभागका निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए।

    rss

  • सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले सार्वजनिक कार्यक्रमहरुमा यसपालिको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताइसकेका छन् । यसअघिकै ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको छ ।

  • नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको नेप्से आज ३२.२० अंकले बढेको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले बढेर झन्डै डेढ अर्ब पुगेको छ ।

    बिहीबार २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ७ करोड र एनआइसी एशिया बैंक पौने ७ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

    यस्तै, शिव श्री हाइड्रोपावरको ८.१४, गणपति लघुवित्त, श्वेत गंगा हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

  • नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्त्यमा २३ अंकले बढेर बन्द भएको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोडले बढेर ८५ करोड पुगेको छ ।

    बुधबार २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३७ प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम र एनआइसी एशिया समान पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज आत्मनिर्भर लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    यस्तै, आदर्श लघुवित्त ८.०६, इस्टर्न हाइड्रोपावर ८, साहस ऊर्जा ७.८८, पञ्चकन्या माइ हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

  • तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

    तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो ।

    प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउने नियम छ ।

    हाल विभिन्न पत्रपत्रिकामा इन्टरनेट सेवा प्रदायकले आपसी मिलोमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भइसकेको भनी समाचार प्रकाशित भएका साथै केही इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महसुलदर बढाएको भनी उपभोक्ताले विभिन्न माध्यमबाट गुनासोसमेत व्यक्त गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोसमेत प्राधिकरणले जनाएको छ ।

    इन्टरनेट सेवा प्रदायकले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क/महसुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने भएकाले सो कार्य नगर्नसमेत प्राधिकरणले उक्त सूचनामार्फत आग्रह गरेको छ ।

    यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क/महसुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्तबमोजिम प्राधिकरणबाट अनिवार्यरूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरेपश्चात मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेबमोजिम अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई शुल्क/महसुलदर स्वीकृत गराएर मात्र लागू गर्न आग्रह गरिएको छ ।

    दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्ने विद्यमान कानूनी व्यवस्थाबमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धासमेतलाई मध्य नजर गरिँदै आएको प्राधिकरणले जनाएको छ ।

    उक्त व्यवस्थाअनुसार प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवाप्रदायकले स्वीकृत शुल्क/महसुलदरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्क/महसुलदरभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको जनाएको छ ।

    शुल्क/महसुलदर बढाउन इन्टरनेट सेवा प्रदायकलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पष्ट हुन सम्बन्धितलाई जानकारी गराउँदै कुनै उपभोक्तालाई स्वीकृत महसुलदरभन्दा बढी शुल्क/महसुलदर लिने गरी बिल/बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराइदिनु भई नियमन गर्ने कार्यमा सहयोग पुर्याइदिन प्राधिकरणले सोही सूचनामार्फत आग्रह गरेको छ ।

  • डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो

    डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो

    काठमाडौं । नेपाल आयल निगमले डेढ महिनाको अवधिमा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ । गत चैत २० मा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गतरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँले मूल्य घटाएको हो ।

    तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् छ । अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । चैत २० गते अघि डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो ।

  • नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव

    नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्।

    सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

    ‘कतिपयले मौखिकरुपमा पनि राख्नुभयो’, छलफलपछि पाण्डेले भने, ‘समयको चाप भएकाले बाँकी रहेकाले लेखेर दिनुहोला भनेर भनेपछि आजको बैठक सकिएको छ ।’

    छलफलमा कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र युवा प्रतिभा पायलन रोक्न शिक्षामा सुधार गर्नुपर्ने कुरा सुझावका रुपमा आएको उनले बताए । ‘कृषि र पर्यटनलाई अलि जोड दिएर रोजगारी सिर्जना गर्ने र प्रतिभा पलायन हुँदै युवा शक्ति जसरी बाहिर गइरहेको छ, त्यसलाई रोक्न यहाँको शिक्षालाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर सुझाव दिने काम भएको छ’, पाण्डेले भने ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनले आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताए।

    ‘समय नभएको हुनाले हामीले सुझाव भरेभोललि लेखेर दिने कुरा छ। हामीले त अब हाम्रा सुझाव कार्यान्वयन हुने भए त धेरैठाउँ लथालिंग छ राष्ट्रको कृषिमा, उद्योगमा, शिक्षामा, स्वास्थ्यमा कहाँ छैन गडबडी रु त्यसकारणले त्यो सुधार गर्नुपर्छ । नयाँ शिराबाट जानुपर्छ’ केसीले भने ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सत्तारुढ दलमा आवद्ध नेताहरु सहभागी थिए।

  • दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?

    दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्रतिवेदनपछि पनि नेपालले विकास साझेदार निकायबाट निरन्तर सहयोग अपेक्षा गरेको बताएका छन् । नेपालस्थित कूटनीतिक नियोग, राष्ट्र संघीय नियोग तथा विकास साझेदारका प्रमुखहरुलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै वर्षको अगस्टरसेप्टेम्बरमा आउने प्रतिवेदनपछि पनि सहयोग निरन्तर हुने अपेक्षा राखेको बताए ।

    ‘हामीले यसै वर्षको अगस्टरसेप्टेम्बरमा मूल्यांकन र प्रतिवेदन प्रकाशनपछि पनि हाम्रा साझेदारहरुबाट सधैँ जस्तो निरन्तर सहकार्य र समझदारी खोजेका छौं,’ दाहालले भने । देशमा आर्थिक समस्या गहिरिँदै गएको विश्लेषण भइरहँदा प्रधानमन्त्री दाहालले विदेशी राजदूत, विकास साझेदार प्रतिनिधिहरूलाई सम्बोधन गरेका हुन् ।

    नेपालले वित्तीय अपराध नियन्त्रणका लागि कानुन निर्माण नगर्दा र भएका कानुन पनि कार्यान्वयन नगर्दा एएफटीएफको ुग्रे लिस्टु मा पर्ने जोखिम बढेको छ । नेपाल ‘ग्रे लिस्ट’मा परे विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा एसियाली विकास बैंक जस्ता दातृ निकायबाट ऋण प्राप्त गर्ने सम्भावना कम हुन्छ । वैदेशिक सहयोग तथा प्रत्यक्ष वैदेशिक लगानी भित्रने सम्भावना कम हुन्छ । त्यसपछि पनि सुधार नभए देश कालोसूचीमा जाने र विश्वव्यापी नाकाबन्दीको सिकार हुने अवस्था आउने विज्ञहरूले बताउँदै आएका छन् ।

    गत फागुनमा सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने एएफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई यो सूचीमा राख्न प्रतिवेदन दिएको थियो । सोमबारको सम्बोधनमा प्रधानमन्त्री दाहालले नेपाल देखा परिरहेका नयाँ चुनौती समाना गर्न निरन्तर रुपमा आफ्नो क्षमतालाई सुधार गर्न प्रतिबद्ध रहेको बताए । ‘राष्ट्रसंघ तथा अन्य क्षेत्रीय संगठनहरुमा हाम्रो देखिने प्रोएक्टिभ भूमिका रहँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय जिम्मेवारीहरुको दह्रो समर्थक र सिर्जनाकर्ता हो,ु दाहालले भने, ‘सन् २००२ मा एपीजी (एसिया प्यासिफिक ग्रुप)को सदस्य बनेपछि नेपालमा एएफटीएफको सिफारिसहरु पालन गर्ने कार्यमा निकै सुधार भएको छ ।’

    प्रधानमन्त्री दाहालले देखा परिरहेका नयाँ चुनौतीहरुलाई सम्बोधन गर्न आफ्नो क्षमता निरन्तर रुपमा सुधार गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । दाहालले एपीजीको महासभाअघि नै असार महिनाभित्र विधेयक पारित गर्नका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता रहेको पनि बताए । साथै संसद्‍मा प्रस्तुत गरेको विधेयक विस्तृत भएको उनको भनाइ थियो । ‘नयाँ र उदाउँदो चुनौतीहरु सम्बोधन गर्ने र हाम्रो कार्यान्वयन क्षमता अभिवृद्धि गर्नेछौं, उनले भने । यस क्रममा उनले धेरै समस्या समाधान गर्ने कानुनी व्यवस्था गरिएको पनि बताएका थिए ।

  • पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ

    पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ

    काठमाडौं । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल पक्राउ परेका हुन् ।

    सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा रु ६६ हजार निकालेको उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

    rss

  • नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा

    नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा

    काठमाडौं । सेयर बजार मापक परिसूचक नेप्से ९ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ । पछिल्लो समय लगातार ओरालो लागेको नेप्से सोमबार ३ अंकले घट्दै १८१८.३१ विन्दुमा आइपुगेको हो ।

    यो पछिल्लो ९ महिना यताकै न्यून विन्दु हो । यसअघि गत असोज ९ गते नेप्से १८१५ विन्दुमा पुगेको थियो ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले घटेर ७२ करोडमा सीमित भएको छ ।

    सोमबार २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूह्को परिसूचक बढेको छ भने ९ को घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६२ प्रतिशतले घटेको छ ।

    आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सलिको इन्स्योरेन्स झन्डै ३ करोड र नागरिक लगानी कोष साढे २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    झिनो अंकले घटेको बजारमा आज सलिको इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ६.४५ प्रतिशत गुमाएका छन् । त्यस्तै, बाराही हाइड्रोपावर र इक्वीटी फण्डको सेयरमूल्य ५ प्रतिशतले बढेको छ ।

  • काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द

    काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट दुुई साता मेलम्चीको पानी वितरण नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

    आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा उपत्यकामा वितरण गरिएको थियो ।

    तर २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण गएको मंसिरदेखि फेरि सुरु गरिएको थियो ।

  • मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्तको ऋणीलाई असारसम्म थप

    मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्तको ऋणीलाई असारसम्म थप

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीहरूलाई सहुलियत दिने निर्णय गरेको छ।
    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा लघुवित्तका ऋणीहरूलाई असार मसान्नतसम्म कर्जाको पुनसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने उल्लेख छ।

    ‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा ०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ,’ प्रतिवेदनमा भनिएको छ।

    त्यस्तै मौद्रिक नीतिले अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषणमार्फत् आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई ०८० असार मसान्तभित्र पुनरसंरचना/पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था मिलाइने जनाएको छ।

    यो व्यवस्थाले साना व्यवसाय र ५ करोडसम्म ऋण चलाएका ऋणीहरूलाई केही समय राहत हुने भएको छ।

  • झिनो अंकले घट्यो नेप्से

    झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२४ अंकले घटेर १८३८.५९ बिन्दुमा झरेको हो ।

    यसदिन ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको २१ लाख ५ हजार ६५७ कित्ता शेयर किनबेच भएको छ ।

    आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये १० वटाको ओरालो लागेको छ भने ३ वटा बढेकोे छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम ओरालो लागेको छ । बुधवार५८ करोड ९१ लाख ७७ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

  • चैतमा ७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा

    चैतमा ७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ ।

    वित्तीय स्थितिका अनुसार चैत महिनामा सबैभन्दा धेरै उपभोक्ता मूल्यबृद्धि काठमाडौं उपत्यकामा भएको पाइएको हो ।

    चैत महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

    गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

  • शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

    शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ।

    नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु.५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

    द्दघ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.० प्रतिशतले कमी आई रु.५ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ६२ करोड रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ५१ करोड रहेको थियो ।

  • २४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो

    २४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो ९ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    चालू आर्थिक वर्षको फागुनसम्म २४२ प्रतिशतले वृद्धि भइ ९ खर्ब ३अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो।

    द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति
    लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।

  • कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने

    कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने

    काठमाडौं । सरकारले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने स्पष्ट पारेका हुन् । अर्थतन्त्र संकट उन्मुख भएको, राजश्व संकलन न्युन रहेको तथा सरकारसँगको स्रोत सिमित बन्दै गएकाले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाउन नसकिने संकेत गरेका हुन् ।

    यद्यपी उनले यस अघि दिईँदै आएको सामाजिक सुरक्षा भत्ता कटौतीको योजना भने नरहेको स्पष्ट पारे । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’, मन्त्री डा. महतले भने ।

    हाल ३५ लाख भन्दा बढी नेपालीहरु सामाजिक सुरक्षा भत्ताको दायरामा छन् । सामाजिक सुरक्षा भत्ताबारे पुनरावलोकन गर्नुपर्ने दवाब बढिरहेका बेला अर्थमन्त्री डा. महतले बढाउन नसकिने र पुरानोलाई कटौती गर्ने सम्भावना पनि नरहेको स्पष्ट पारेका हुन् ।

  • टेलिकमले ल्यायो ‘आइसीटी डे अफर’

    टेलिकमले ल्यायो ‘आइसीटी डे अफर’

    काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि ‘आइसीटी डे अफर’ ल्याएकाे छ ।

    यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

    यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

    यो अफर बैशाख गतेदेखि बैशाख १९ सम्म लागु हुने टेलिकमले जनाएकाे छ ।

  • नेप्सेमा लगातार गिरावट, कारोबार झनै ओरालो

    नेप्सेमा लगातार गिरावट, कारोबार झनै ओरालो

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको हो ।

    यसदिन ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनबेच भएको छ ।

    आज १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूहको समूहगत सूचक उकालो लागको छ भने ११ उपसमूहको समूहगत सूचक ओरालो लगेको छ ।

    आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशतले बढेर प्रतिकित्ता ७.७८ कायम भएको छ ।

    नबिल ग्रोथ फन्डको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको बराबरको करोबार भएको थियो ।

    आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै पौने ४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, नबिल बैंक सवा ३ करोड र शिवम् सिमेन्ट ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

    उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

    काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ।

    काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशले खारेज गरेको हो।

    काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो ।

    सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु’ भनी उल्लेख थियो । उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत, पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले २७ चैत, २०७९ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

    उच्च अदालत, पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नपाउने आदेश बुधबार भएको छ । यसको लिखित आदेश तयार भइसकेको छैन, तर इजलासले ‘उनीहरुलाई हटाउँदा उचित विकल्प दिनु’ भनेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से

    दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १३.६८ अंकले घटेर १८९२ बिन्दुमा झरेको हो ।

    यसदिन ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ ।

  • राष्ट्रपतिलाई लागेको उपचार खर्च बारे जानकारी खै ?

    राष्ट्रपतिलाई लागेको उपचार खर्च बारे जानकारी खै ?


    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी छिन् । शून्य समयमा बोल्दै उनले कुन–कुन रोग लागेको हो र उक्त रोग नेपालमा उपचार हुने वा नहुने त्यो जानकारी खै भन्दै प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ?

  • दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको हो ।

    यसदिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १ वटा बढेको छ भने अन्य सबै घटेका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहिवार ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको थियो ।

    घट्दो बजारमा आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र सनराइज फण्डको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल

    अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल

    काठमाडौं । अष्ट्रेलियामा हुण्डिको अवैध कारोबारमार्फत नेपाली विद्यार्थी ठगिने क्रमम नरोकिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थालेका छन्। राजदूत पोखरेलले अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गर्दै बैंकिङ प्रणामार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सहजिकरण गर्न आग्रह गरेका छन्। राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको भेटका क्रममा नेपाल र अष्ट्रेलियाको बैंकिङ सहकार्य, रेमिट्यान्स पठाउने झण्झटिलो प्रक्रिया र शुल्कका बिषयमा छलफल भएको थियो।

    वाणिज्य बैंकबीचको आपसी सहकार्य र साझेदारीका विविध विषयमासमेत छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएको छ। राजदूत पोखरेलले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा अवगत गराउँदै अष्ट्रेलियाबाट नेपाल पठाइने रेमिट्यान्सको मोडललाई सहज बनाउन गरेको आग्रहलाई अष्ट्रेलियाका गभर्नरले समेत सकारात्मक रुपमा लिएको राजदूत पोखरेलले जानकारी दिए। भेटका क्रममा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्प र न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काको सहभागिता थियो।

    राजदूत पोखरेलले हुण्डीबाट नेपाल पैसा पठाउने काम गैरकानुनी भएकोले अस्ट्रेलियामा रहेका आम नेपालीलाई बैकिङ च्यानलबाट मात्र पैसा पठाउन पुनः आग्रह गरेका छन्। ‘उताबाट विद्यार्थी आउँदा डलर लिएर आउने र यताबाट पठाएको डलर अर्कै ठाउँमा पुग्ने भएकोले हुण्डी गैरकानुनी हो’, उनले भने, ‘त्यसैले जिम्मेवार नागरिकको हैसियतले सबैले आफूले पठाएको पैसा नेपाल पुग्ने गरी बैकिङ च्यानलबाट मात्र पठाउनुहोला।’ आफू आएदेखि यस विषयमा गम्भीर रहेको भन्दै उनले केही बैंकसँग सहजताका लागि छलफल समेत भएको बताए।

    हुण्डीका विषयमा निकै गम्भीर देखिएका राजदूत पोखरेलले प्रारम्भीक रूपमा आग्रह र अनुरोध भएको भन्दै यो नरोकिए आफूहरू अन्य कदम चाल्न पनि तयार रहेको बताए। अस्ट्रेलियामा अध्ययन गर्न आएका करिब ७० हजार नेपाली विद्यार्थीमध्ये अधिकांशले ‍हुन्डीबाटै पैसा पठाउने गरेको एक तथ्यांकले देखाउँछ। यसरी दैनिक हजारौं विद्यार्थीले एक दुई रूपैयाँको लोभमा थाहै नपाई वा लहलहैमा लागेर लाखौं डलर नेपाल पठाइरहेका छन्। पछिल्लो समय यसबारे नेपाल सरकारले पनि चासो देखाउन थालेको छ।

    बैंकबाट रेमिट्यान्स पठाउन झण्झटिलो प्रक्रिया, शुल्क बढी लाग्ने कारणले हुण्डीको कारोबार फस्टाएको पाइएको छ । यस्ता विभिन्न कारणले सोझा सिधा नेपाली विद्यार्थी थोरै पैसा र सजिलोको खोजीमा लाग्दा हुण्डीबाट लाखौँ लाख ठगिने गरेका छन्। बैंकिङ प्रणाली मार्फत रेमिट्यान्सलाई सहजिकरण गरिएमा हुण्डिको कारोबारसँगै बढ्दै गरेको अवैद्य आर्थिक कारोबारको ठगी समेत रोकिने अपेक्षा गरिएको छ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको हो ।

    यसदिन ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको ३२ लाख ९ हजार २१४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेका छन् ।

    घट्दो बजारमा आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मैलुङ खोलाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

    ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

    काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ ।

    कोरोना महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष पुनः नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ । विदेशबाट श्रमिकको माग बढ्दा यो वर्षका केही महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजारभन्दा माथि थियो । तर, पछिल्ला महिनामा यस्तो संख्या विस्तारै कम हुँदै गएको छ ।

    चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका छन् । गत साउनदेखि फागुनसम्म ५ लाख ४४ हजार ३२० नेपाली विदेशमा श्रमका लागि पुगिसकेका थिए । वैदेशिक रोजगार विभागका अनुसार चैतसम्म ३ लाख ८७ हजार ८३९ जना अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ) श्रम स्वीकृति लिएका छन् । यो अवधिमा २ लाख २४ हजार ९७९ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

    यो वर्ष मलेसियामा नेपाली श्रमिकको माग बढेको छ । खाडी देशहरुबाट श्रमिकको माग केही सुस्ताए पनि निराशाजनक अवस्था छैन । विभागको तथ्यांकअनुसार फागुन महिनामा मलेसियाका लागि १६ हजार २६५ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरबमा ११ हजार ३६४ जना पुगेका छन् । कतारका लागि ११ हजार २४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    युनाइटेड अरब इमिरेट्समा मात्र १० हजार १९३ जना विदेशिएका छन् । कुवेतका लागि २ हजार ७९४ जना, कोरियामा २ हजार ३२३ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ५७८, जापानमा ९२८, बहराइनमा ६७४, क्रोयसियामा ५४०, पोल्याण्डमा ४७८, ओमानमा ४५३, साइप्रसमा ४४४ र मकाउमा ३१९ जना नेपाली रोजगारीका लागि गएका छन् ।

  • अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

    अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

    काठमाडौं । नेपालमा लगानी विस्तारमा अपनाउनु पर्ने उपायबारे लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सुझाव प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा। महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच बुधबार छलफल भएको छ ।

    सो अवसरमा नेपालमा निजी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल भएको अर्थ मन्त्री डा. महतको सचिवालयले जनाएको छ । सो अवसरमा नेपालको विकासमा आवश्यक निजी पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डीएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा मन्त्री महतले डीएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रबारे चर्चा गर्दै मन्त्री महतले लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको बताए । सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायता कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडि बढ्न आजको छलफल सान्दर्भिक रहेको डा. महतले बताएका छन् । छलफलमा डीएफआईका तर्फबाट एडीबी, ब्रिटिसको बीआईआई, अमेरिकाको डीएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्वीसको एसआईएफईएमका प्रतिनिधि सहभागी थिए ।

  • सरकारले खुलायो जग्गाको कित्ताकाट

    सरकारले खुलायो जग्गाको कित्ताकाट

    काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनिन् ।

    यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।