आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवदा उत्कर्षमा रहेको छ । वर्तमान सरकार र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप सोहीकारण पुष्टी हुने तर्क गरिरहेका बेला उनले चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछन्… Continue reading आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

कंचनपुरमा विमानस्थल माग

काठमाडौं । कञ्चनपुरमा विमानस्थल निर्माण अगाडी बढाउन सरोकारवालाले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी उनीहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि… Continue reading कंचनपुरमा विमानस्थल माग

नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा… Continue reading नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान

बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशका विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम… Continue reading बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । साताको कारोबारको पाँचौं दिन शेयर बजार झिनो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँ बराबरको ३९ लाख ८ हजार… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उनीसँग सोधपुछ गरेको थियो । उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका हुन् ।… Continue reading पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा,… Continue reading राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट… Continue reading बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाकामा फोहर व्यवस्थापनको बिहीबारबाट फेरी रोकिएको छ । महानगरपालिकाका निर्वाचित भएपछि निकै प्राथमिकताका साथ काम गरिरहेका बालेनले फोहोर व्यवस्थापनलाई सहज बनाउन भने सकेका छैनन् । महानगरले १ साउनबाट कुहिने र नकुहिने फोहोर छु्टयाएर राख्न आह्वान गरेको थियो । सो फोहोर नै काठमाडौंका अधिकांश स्थानमा उठेको छैन । अर्कोतर्फ यसअघि फोहर व्यवस्थापन गर्दै… Continue reading बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

विदेश भ्रमणमा जाने नेपालीले त्रिभुवन विमानस्थलबाट २ सय अमेरिकी डलर साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा सहज गरेको छ । नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा सहज गरेको हो। नयाँ व्यवस्था अनुसार अब विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलरसम्म मात्र नोट सटही गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर… Continue reading विदेश भ्रमणमा जाने नेपालीले त्रिभुवन विमानस्थलबाट २ सय अमेरिकी डलर साट्न पाउने

बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोपका सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपाय बारे नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव… Continue reading बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

पछिल्लो एक साता सेयर बजार उकालो यात्रा कायमै

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्लो एक साता सेयर बजार निरन्तर उकालो लागिरहेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से १६.२० अंकले बढेर २०४५.६३ को विन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से परिसूचक १८.०३ अंकले… Continue reading पछिल्लो एक साता सेयर बजार उकालो यात्रा कायमै

जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो

काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो । स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् । खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ । बौद्ध प्रहरीले भने-‘फोहोर घरभन्दा अग्लो… Continue reading जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो

निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने

काठमाडौं । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूह गठन हुने भएको छ । सर्वोच्च अदालतको फैसला सबै प्रक्रिया रद्द भएको यो आयोजनालाई नयाँ प्रक्रियाबाट अगाडी बढाउन भने समस्या छैन । नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समिति बैठकले आयोजना अगाडि बढाउने सम्बन्धमा अध्ययन गरी सुझाव दिने सम्बन्धमा विज्ञ समूह गठन गर्ने निर्णय गरी… Continue reading निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १६.३५अंकले बढेर २०२७.७५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३१ कम्पनीको १ अर्ब २९ करोड २३ लाख ६६ हजार ९०६ रुपैयाँ बराबरको ३० लाख ९१ हजार ९८६… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?

रियाद । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ ।यसअघि साउदीले दैनिक १० लाख ब्यारेलसम्म उत्पादन गर्दै आएको थिया । शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको… Continue reading साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?

त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन

File

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको विवरण सार्वजनिक गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो परिमाणमा सुन आउने गरेको खुलेको हो । विमानस्थल… Continue reading त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन

सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको… Continue reading सरकारले दियो आयल निगमलाई सात अर्ब ऋण

शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १.९३ अंकले घटेर २०११.३९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ बराबरको ३० लाख ४५ हजार… Continue reading शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म

काटमाठौं । आजबाट मुलुकमा नयाँ आर्थिक वर्ष २०७९\८० शुरु भएको छ । अब सरकारले १५ जेठमा ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ । सरकारले यस वर्ष कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आयकरमा व्यक्ति र दम्पत्तिको हकमा करमा केही सहुलीयत प्राप्त भएको छ । अघिल्लो आवमा कमजोर विकास खर्च गरेको सरकारले यस वर्ष नयाँ विकास… Continue reading आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म

विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर

काठमाडौं । सरकारले विभिन्न विलासीताका वस्तुको आयातमा लगताएको प्रतिवन्धलाई अझै डेढ महिना निरन्तर जारी राखेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । विदेशी मुद्राको सञ्चिति कम भएसँगै सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने… Continue reading विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नत्र कारवाही

काठमाडौं । काठमाडौंमा आजबाट घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने नियम कार्याैन्वयनमा आएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाको चेतावनी छ । आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग(अलग भाँडोमा राख्नुपर्ने छ ।… Continue reading आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नत्र कारवाही

काठमाडौंमा भोलीबाट कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबार अर्थात साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ। तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ।… Continue reading काठमाडौंमा भोलीबाट कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै दिन गाडी आउने

विश्व बैंकद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर ९पौने १३ अर्ब रुपैयाँ० ऋण स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ऋण स्वीकृत गरेको हो। विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग पुर्याउने उद्देश्यले सो ऋण दिन लागिएको हो। जिआरआईडी ९ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट० का तीन चरणका कार्यक्रममध्ये… Continue reading विश्व बैंकद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको आयोगको म्याद थप गरेको हो । यी दुबै आयोगहरुको म्याद भोलिबाट सकिँदै छ । बैठकले दुबै आयोगको ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने गरि… Continue reading सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद तीन महिना थप

रसुवागढी नाका दुईतर्फी चलाउने सहमति, होला कार्यान्वयन ?

काठमाडौं । नेपाल र चीनबीच रसुवागढी नाका दुईतर्फी संचालन गर्ने सहमती जुटेको छ । कोभिड–१९ को कारण सुरुआतबाटै यो नाकामा अवरोध हुँदै आएको छ । रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमति भएपनि कार्यान्वयनमा भने अझै शंका छ । किनकी लामो समयदेखि चीजले विभिन्न बाहना बनाउँदै एकतर्फी मात्र सामान पठाइरहेको छ । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा… Continue reading रसुवागढी नाका दुईतर्फी चलाउने सहमति, होला कार्यान्वयन ?

जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। जिल्लाको हिमा गाउँपालिका (१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३०… Continue reading जुम्लामा जलविद्युत आयोजनाको पावरहाउस भासिँदा तीन जनाको मृत्यु

भारतले द्यौलीगाड परियोजनाको बाँध खोल्दा महाकालीमा जोखिम

File

कंचनपुर । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । यसले महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेका छन् । परियोजनाले… Continue reading भारतले द्यौलीगाड परियोजनाको बाँध खोल्दा महाकालीमा जोखिम

भृकुटीमण्डप आगलागीमा ५ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय अपाङ कोष र समाज कल्याण परिषद्ले सामान भण्डारण गरेको गोदाममा आगलागी हुँदा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुधबार साँझ र बिहीबार बिहान गरी दुई पटक आगलागी भएको थियो । बुधबार लागेको आगोलाई निभाए पनि त्यहाँ रहेको आगोका अवशेषबाट बिहीबार पुनः आगो सल्किएपछि निभाइएको थियो… Continue reading भृकुटीमण्डप आगलागीमा ५ करोड बराबरको क्षति

नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ बराबरको ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी