Category: अर्थतन्त्र

  • झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबार पहिलो दोस्रो शेयर बजार मापक सूचक (नेप्से) २.९४अंकले घटेर २०९१.३९ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७६ कम्पनीको ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आइतवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ बटा बढेको छ भने अरु सबै उपसमूहको परिसूचक ओरालो लागेका छन् ।

    ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

  • बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही

    बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही

    काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक शेयर (आइपीओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ।

    सोमबार एक सूचना निकाल्दै घोराही सिमेन्टको प्रिमियममा निष्कासन भैरहेको आइपीओमा धेरै लगानीकर्ताहरुले एकाउण्टमा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन दिएको पाइएपछि सचेत गराएको हो ।

    खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि सेयर भर्नेहरुलाई धितोपत्र ऐन, २०६३ ले जुटा तथा जालसाजीयुक्त कारोबार भनेको व्यवहोरा ख्याल गर्न पनि भनेको छ ।

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियम मूल्यमा जेठ ३२ गतेदेखि आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले आवेदन दिने समय असार १४ गतेसम्मलाई थपिसकेको छ ।

    यसले गर्दा धेरै आवेदन रद्द हुने अवस्थामा आएपछि कम्पनीले आइपिओमा आवेदन दिन सकिने अवधि बढाएर तोकेको छ।

  • ‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ

    ‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ

    काठमाडौं । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् ।

    पत्रकार सम्मेलनमा उनले भने केही दिन अगाडी देखि विद्युत निर्यात पनि सुरु गरेका थियौँ। अहिले सिस्टममा आएको गडबडीका कारण मध्य नेपाल र पश्चिम नेपालका धेरै ठाउँहरूमा पटक पटक आपूर्तिमा अवरुद्ध भयो।

    त्यो हुँदा खेरी धेरै जसो ठाउँमा यो लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने किसिमको प्रचार गरियो मिडियाहरूमा पनि आएको हुनाले, त्यो कुनै पनि हालतमा होइन। यो वास्तवमा हाम्रो सिस्टममा गडबडी भएको हो।

    ट्रान्सफर्मर ओभर लोड भएर पड्किने भएर बत्ती गएको हो तर यहाँ विद्युत कटौती गरेर विद्युत निर्यात गरेको कुरा सत्य होइन।

    ‘गर्मी धेरै भएका कारण तराई क्षेत्रमा विद्युतको लोड निकै बढेको छ । यसले वित्तरण लाइनमा समस्या भएको छ । नेपालमा उत्पादन भएर खपत नहुने विजुलीमात्र नेपालले बेच्ने गरेको हो । यहाँ लोडसेडिङ गराएर भारतमा विजुली बेचेका होइनौं । घिसिङले भने

  • उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    कारोबार रकम बढेको छ । त्यसदिन ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

  • मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड

    मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका छन् ।

    आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय पदाधिकारीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

    काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

    सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

    विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।

  • भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी

    भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी

    काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले जनाएको छ ।

    सरकारले आउँदो आर्थिक वर्ष २०८०–८१ को लागि जेठ १५ गते घोषणा गरेको बजेटमा आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । यसैलाई लिएर व्यवसायीले आयात रोकेपछि अहिले बजारमा प्याजको भाउ महंगो भएको छ । पहिला किलोको ३५ पर्ने प्याज अहिले बजारमा एक सय रुपैयाँ पुगेको छ । बजारमा आलु प्याजको अस्वभाविक मूल्य वृद्धिपछि अनुगमन समेत थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

  • पोखरामा हुने भयो चार्टर्ड उडान

    पोखरामा हुने भयो चार्टर्ड उडान

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ ।

    पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए । प्राधिकरणका अनुसार सो दिन छेन्दुबाट पोखरा अवतरण गर्ने ए–३१९ जहाज पोखराबाट काठमाडौं आउने छ । सिचुवानले काठमाडौंबाट भने नियमित उडान गरिरहेको छ ।

  • जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च

    जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च

    काठमाडौं । जेठ महिनामा घरजग्गाको कारोबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९–८० कै धेरै हो । गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४० हजार ७३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९, भदौमा ३४ हजार ७२० र साउनमा ३३ हजार ७३४ लिखत पारित भएको थियो ।

    यो वर्षको जेठको तथ्याङ्‍कले वैशाख, २०७९ देखि घट्न थालेको घरजग्गा कारोबार अब विस्तारै बढ्दै जाने संकेत देखिएको छ । बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।

    भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत असोजमा मासिक लिखत पास करिब २६ हजारसम्म झरेपछि पुनः सुस्त गतिमा वृद्धि हुँदै आएको हो । गत जेठमा कारोबार बढ्दा पनि राजस्व संकलन भने ३ अर्ब ७५ करोडमा सीमित भएको छ । गत चैत महिनाको घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन भएको थियो । गत असोजमा २५ हजार ७ सय वटा मात्रै लिखत पास हुँदा यस्तो राजस्व २ अर्ब ५६ करोडसम्म झरेको थियो ।

    चैत २०७८ महिनामा लिखत पासको संख्या ७० हजार ८२९ थियो । तर, त्यसपछि ह्वात्तै घटेको जग्गाको कारोबार चालु आर्थिक वर्षमा मासिक २६ हजारसम्म लिखत पास हुने अवस्थासम्म झरेको थियो । घरजग्गा कारोबार शिथिल भएपछि अर्थतन्त्रको अन्य क्षेत्र पनि सुस्ताएको व्यवसायीले बताउँदै आएका छन् । मन्दीका कारण घरजग्गा नबिकेपछि ‘रियलस्टेट’का लगानीकर्ताहरुले समस्या परेको बताउँदै आएका छन् । आर्थिक समस्यामा परेपछि ठूला व्यवसायीहरु पनि आफ्ना जग्गा बेच्न कस्सिएका छन्, तर बिकीरहेको छैन ।

    बजारमा माग घटेकाले समस्यामा परेका व्यवसायीले बैंकको ऋण तिर्न जग्गा बेच्न खोजे पनि मूल्य राम्रो पाइरहेका छैनन् । ठूला सहकारीहरुको लगानी पनि घरजग्गामै फसेको छ । जसका कारण सहकारीका वचतकर्ताहरुले आफ्नो बचत समेत समयमै फिर्ता नपाउनेदेखि सहकारीहरु समस्याग्रस्त हुने क्रम बढ्दै गएको छ ।

    धितोमा राखेका जग्गाहरुको समेत मूल्य प्रभावित हुँदा खराब बैंक ऋणको धितोको लिलामीमा समेत समस्या छ । यसले बैंकको खराब कर्जा बढ्दै जाने जोखिम देखिएको छ । एकातर्फ घरजग्गाको मूल्य घट्ने, कारोबार नहुने तथा लगानी फस्ने भइरहँदा नयाँ परियोजनाका लागि ऋण लिन जग्गा नै धितो खोज्ने बैंकिङ प्रणालीको चरित्रले पनि समस्या थपेको छ । जग्गाको कमजोर मूल्याङ्‍कनका कारण ऋण लिन समेत व्यवसायीहरुलाई सकस परेको छ ।

  • लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड

    लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड बजेट ल्याएको छ।

    प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख बजेट प्रस्तुत गरेका हुन्।

    जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजिगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार छुट्याइएको छ। त्यस्तै वित्तिय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ। जुन चालु तर्फ ३३.६८ प्रतिशत, पुँजिगत तर्फ ५७.४५ प्रतिशत र वित्तिय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत हो।

    आगामी आर्थिक वर्षमा आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व दुई अर्ब ५० करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

  • सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड

    सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ ।

    आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

    चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।

    निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकता बमोजिम गुणस्तरीय भौतिक, पूर्वाधार विकास निर्माणका लागि यो कार्यक्रम ल्याइएको आर्थिक मामिला मन्त्री नरेशकुमारी शाहीले बजेट भाषणका क्रममा उल्लेख गरे।

    उनका अनुसार यो कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि ३ करोड बजेट विनियोजन गरिएको छ।

    सडक पूर्वाधारमा न्यूनतम् ५० लाख र अन्य पूर्वाधारमा २५ लाख गरेर प्रत्येक निर्वाचन क्षेत्रका लागि ३-३ करोड छुट्याइएको हो।

    चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

  • कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

    कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

    काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ ।

    प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

    जसमा चालु खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार (५८.६५ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ४ अर्ब ८० करोड विनियोजन गरिएको छ।

    बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार र संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ अर्ब ८३ करोड र संघीय अनुदानबाट ७६ करोड १६ लाख आयको अनुमान उनले प्रस्तुत गरेका हुन्।

  • बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो

    बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो

    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो।

    बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ छ । कुल बजेटको चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

    स्रोततर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणमार्फत १७ अर्ब ८१ करोड २३ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने बताइएको छ ।

  • बढेर आयो पेट्रोल र डिजेलको भाउ

    बढेर आयो पेट्रोल र डिजेलको भाउ

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

    आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो । आइओसीले निगमलाई हरेक १५/१५ दिनमा पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ ।

  • प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो

    प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ

    । यस्तै उक्त भवनको नक्सा पास नभए कानुनबमोजिम नक्सा पास गर्न निर्देशन दिएको हो । प्राधिकरणले करिब ८ वर्षअघि उक्त भवन निर्माण थालेको थियो । यो ११ तले भवन निर्माणका लागि प्राधिकरणले पौने दुई अर्ब रूपैयाँ खर्च भएको छ । प्राधिकरणको यो भवनमा एरोड्रोम र इन्जिनियरिङ विभाग सरिसकेको छ ।

  • ६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै

    ६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै

    काठमाडौं । ६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने नियम छ । आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेका हुन् ।

    कोशी प्रदेशले भने हिजो नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गरिसकेको छ । बाँकी ६ वटै प्रदेशले बजेटलेखनलाई अन्तिम रूप दिएका छन् । त्यसलाई मन्त्रिपरिषदबाट पास गरी प्रदेश सभामा प्रस्तुत गर्ने तयारी छ । सङ्घीय सरकारले दिने वित्तीय हस्तान्तरणको आकारसमेत घटेको अवस्थामा प्रदेशहरूले बजेटको आकार केही घटाएर ल्याउने भएका छन् । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ११ प्रतिशतले आकार घटाएर बजेटलाई अन्तिम रूप दिएको छ ।

    सुदूरपश्चिमले १५ प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले पनि १० देखि २० प्रतिशतसम्मले आकार घटाएर बजेट ल्याउन लागेका छन् । ०८०–८१ मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् ७ प्रदेशले एक खर्ब पाँच अर्ब ६ करोड रुपैयाँ पाउनेछन् । जुन चालु आर्थिक वर्षमा विनियोजितभन्दा २४ अर्ब ४० करोड रुपैयाँले कम हो । प्रदेशहरूले आउँदो आर्थिक वर्षको बजेटलाई कृषि, पर्यटन र रोजगारी सिर्जनामा जोड दिने बताएका छन् ।

  • काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने

    काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने

    काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने गरी निर्णय भएको महानगरपालिकाले जनाएको छ । भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन्।

    महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ। ‘बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्‍न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको छ । कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिलगायत छन्।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५ अंकले बढेर २०४२.७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटी होटल लिमिटेडको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा बढी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५.८६ प्रतिशतले घटेको छ ।

    नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४२ अंकले बढेर २०३७.६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७५ कम्पनीको ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता शेयर किनबेच भएका छन् ।

    मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

  • भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा

    भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो ।

    पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु भएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो ।

    निगमको जहाज मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको हो । निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो । निगमले मङ्गलवार र शनिबार गरी २ वटा उडान गर्ने छ भने निगमले काठमाडौँ–क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाडौँ उडान गर्न लागेको जनाएको छ । पहिलो उडानमा ९१ जना यात्रु मध्ये ३१ जना भैरहवा र ६० जना काठमाडौँ आएका छन् ।

    यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलाइन्सले भने उडान बन्द गरिसकेका छन् । हिमालयले गौतम बुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो । तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो ।

  • ‘एनसेल मुद्दामा नेपाललाई न्याय’

    ‘एनसेल मुद्दामा नेपाललाई न्याय’

    काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो ।

    बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर निर्धारणविरुद्ध विश्व बैङ्क अन्तर्गत अन्तर्राष्ट्रिय लगानी विवाद हेर्ने इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आइसिएसआइडी) मा दायर गरेको मुद्दामा नेपालको पक्षबाट मुद्दा लड्ने सबैलाई धन्यवाद दिइएको जानकारी दिए ।


    एनसेलले हालेको मुद्दामा नेपाल पक्ष हारेको भए नेपाललाई ६०–६५ अर्ब रुपियाँ सिधै घाटा लाग्थ्यो । अब अर्बिटरी फीलगायतको करिब एक अर्ब शुल्क तिरे पुग्नेछ । ठुला करदाता कार्यालयले युरोपेली दूरसञ्चार सेवा प्रदायक टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियाको आजियटा समूहलाई बिक्री गर्दा भएको लाभमध्ये ६० अर्ब रुपियाँ कर बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो ।

    कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेल सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले पनि एनसेलले कर तिर्नुपर्ने फैसला गरेपछि कम्पनीले ५० करोड डलरको क्षतिपूर्ति दाबी गर्दै आइसिएसआइडीमा निवेदन दर्ता गराएर मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको थियो ।

    सन् २०२२ को अप्रिलमै सुनुवाइ भएको यो मुद्दामा त्यसको १४ महिनापछि शक्रबार आइसिएसआइडीले करिब तीन सय पृष्ठको पूर्ण पाठ सार्वजनिक गरेको हो । एनसेलको मातृ कम्पनी आजियटा बरहद समूह अन्तर्गत बेलायतमा स्थापना भएको आजियटा इन्भेस्टमेन्ट्स (युके) र एनसेल प्रालिले संयुक्त रूपमा नेपाल सरकारलाई प्रतिवादी बनाएर २०७६ जेठ ६ गते मुद्दा दायर गरेको थियो ।

  • बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात

    बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात

    काठमाडौं । सीमाको नजिक रहेको चन्द्रौटा बजारस्थित बालाजी सिमेन्ट इन्डस्ट्रिजले उत्पादन भारत निर्यात सुरु गरेको छ । त्यहाँबाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको उद्योग संस्थापक ऋषिकेश अग्रवालले बताए ।

    पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएकोछ । यहाँको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गरिएको हो । जिल्लाबाट पहिलो पटक सिमेन्ट भारत निर्यात भएको उनले बताए । विस्तारै निर्यात परिमाण बढाउँदै लैजाने उद्योगको लक्ष्य छ ।भारतमा आईएसआई गुणस्तर चिन्ह नपाएका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगले यसै महिना आईएसआई चिन्ह पाएको थियो ।

    बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको उद्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले बताए । उद्योगले बाहुबली र श्रृष्टी ब्रान्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । बालाजी सिमेन्ट इन्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ ।

  • झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७९ अंकले बढेर १९८७. ८७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २८५ कम्पनीको २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँ बराबरको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच भएका छन् ।

    आइतवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये ७ बटा घटेको छ भने अन्य बढेको छ ।

    आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

  • ‘ संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’

    ‘ संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे गलत प्रचार गरिएको जिकिर गरेका छन्।

    आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

    उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नगरी गलत प्रचार बढी भएको बताएका छन्।

    संसदमा उठेका विषयमा जवाफ दिनुहुँदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ। यस्तो बेला निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’

    १ करोड तलको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै हुने उनले प्रष्ट पारे।

    यसैगरी, अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए। अर्थमन्त्री महतले भने, ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’’

    आफ्नो उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्नेसमेत बताए। आलु प्याज जस्ता दैनिक उपभोग्‍य वस्तुहरूमा पनि कर लगाएको तथा मूल्‍यवृद्धि हुने अवस्थाबारेको सांसदहरूको प्रश्नमा अर्थमन्त्री महतले विदेशी उत्पादनहरूलाई निरुत्साहित गर्न यस्तो गर्नुपरेको बताए।

  • काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

    काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

    काठमाडौं । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।

    विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।

    उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ। गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो।

    उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।

    सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ।

    यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ती वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ।

    पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ।

  • बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

    बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

    काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो ।

    यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा मन्त्री ज्वालाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने बताए । यस आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता बढाउने भन्दै यसले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने समेत उनले बताए ।

    दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई अहिले धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । यसबाट यस सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ ।

    विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको कार्यान्वयनबाट नेपालमा क्षेत्रीय व्यापार बढाउने बताए । यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यो आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा

    बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट कार्यान्वयनका लागि बजेट बजेट प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बजेट क्यालेण्डर परिवर्तन गर्नुपर्ने राय थापाले राखेका छन् । बजेट माथि छलफलमा बोल्ने क्रममा महामन्त्री थापाले सांसदको भूमिका बजेट निर्माण प्रक्रियामा हुनुपर्ने बताए । फागुन महिनामा बजेटको प्रारम्भिक खाका विषयगत समितिमा ल्याउँदा संशोधन गर्नुपर्ने ऐनमा छलफल हुने बताए ।

    ‘कतिवटा कानुनमा छलफल गर्नुपर्ने हो त्यहाँ व्यापक छलफल हुन्छ, । त्यसो हुँदा भोली गएर मन्त्रीले संसदलाई फकाईरहन पर्दैन,‘ थापाले भने, ‘किनकी, संसदीय समिति पनि बजेट निर्माणमा सहभागी भएको हुनाले कानुन संशोधन गर्ने कुरामा मद्धत गर्दछ ।’

    बजेट क्यालेण्डर परिवर्तन गर्दा चैत र वैशाखमा बजेट कार्यान्वयनका लागि आवश्यक सबै कानुन बनिसक्ने थापाले बुझाइ छ । बजेट कार्यान्वयनका लागि केही ऐनहरु संशोधन गर्नुपर्ने भएकाले बजेटको लक्ष्य प्राप्त गर्न कठिनाई हुनेतर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण थापाले गराए । बजेट कार्यान्वयन भए नभएको हेर्न ‘फिसकल वाचडग’ अभ्यास गर्न उनले सुझाव दिए ।

    विश्वको कतिपय देशमा बजेट कार्यान्वयनको अवस्था हेर्ने संयन्त्रको निर्माण गरिएको सुनाउँदै थापाले नेपालमा त्यसको सान्दर्भिकता रहेको सुनाए । नागरिकमा नैराष्यता रहेकाले बजेटले निराशा हटाएमा कार्यान्वयन भएको बुझिने थापा बताउँछन् ।

    ‘साना व्यापारीहरु जसले थोरै ऋण लिएका छन् । तर, आज ऋण तिर्न नसकेर उठीबास लागेको छ । सानो सानो पसल गर्ने व्यापारी जसले पसल बन्द गरेर भागेका छन्,धेरै नैराश्यता व्यक्त गरिरहेका छन् । उनीहरुले दिने अंकले अर्थमन्त्रीको सफलता र असफलताको मापन गर्दछ’, थापाले भने । आयातमा भर परेको अर्थव्यवस्था भएकाले एकातिर तान्दा अर्कोतिर घट्ने अवस्था रहेको थापाले बताए ।

  • उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार

    उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ४०.४८ अंकले बढेर १९८०.९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७५ कम्पनीको ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच भएका छन् ।

    विहीवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.७२ प्रतिशतले बढेको छ ।

    आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेरको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

    आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट र आइजीआई प्रडेन्सिियल इन्स्योरेन्स समान १०/१० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ‘ग्रीड’बारे विकास साझेदार र नेपाल सरकारबीच समिक्षा

    ‘ग्रीड’बारे विकास साझेदार र नेपाल सरकारबीच समिक्षा

    काठमाडौं । नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का कार्य र लगानी प्राथमिकतामाथि सरोकारवालाबीच समीक्षा गरिएको छ । नेपाल सरकार, विकास साझेदारसहित सरोकारवालाको बैठक शुक्रबार आयोजना गरिएको हो । विश्व बैंक र अर्थ मन्त्रालयले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिबारे छलफल गर्न शुक्रबार काठमाडौंमा उच्चस्तरीय गोलमेच (राउन्डटेबल) बैठक आयोजना गरेका हुन् ।

    कार्यक्रममा सरकार र विकास साझेदारसहित नागरिक समाज, निजी क्षेत्र, युवा समूहको सहभागिता थियो । उक्त अवसरमा सहभागी प्रतिनिधिले नेपाल सरकार र विकास साझेदारहरूबाट असोज २०७८ मा ग्रिड सम्बन्धी “काठमाडौं घोषणापत्र” संयुक्त रूपमा अनुमोदन गरिएयता भएका कार्यान्वयन प्रयासहरूको लेखाजोखा गरेका छन् । कार्यक्रममा मुख्य सचिव शंकर दास बैरागीले नेपालले राष्ट्रिय विकासको दूरदृष्टिका रूपमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी अवधारणालाई औपचारिक रूपमै अंगीकार गरेको बताए ।

    विभिन्न जोखिमका बीच यो अवधारणा समृद्धि, दिगो आर्थिक वृद्धि, राम्रा रोजगारी र जीविकोपार्जनका अवसर एवं उत्थानशीलताको साधन बन्न सक्ने उनको भनाइ छ । उक्त गोलमेच बैठकले सरकारको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनामा उल्लेखित प्राथमिकता प्राप्त कार्यहरूको समेत समीक्षा गरेको छ । ती प्राथमिकता प्राप्त कार्यमा जमिन, जल र वनलाई थप उत्पादनशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने, मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित बनाउने उल्लेख छ ।

    यसैगरी, सहरी विकासलाई हरित बनाउने, खानेपानी तथा सरसफाइको पहुँच र प्रदूषण तथा फोहोरमैला व्यवस्थापन अभिवृद्धि गर्ने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, यातायात प्रणालीको दिगोपना र उत्थानशीलता बढाउने, विपद् जोखिम व्यवस्थापन र वित्तीय लगानी सुदृढ गर्ने र विपदबाट आइपर्ने आघातहरूप्रति अनुकूलन हुन सामाजिक सुरक्षालाई सबल बनाउने रहेका छन् ।

    दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले ग्रिडले आयस्रोत बढाउने, सबैका लागि अवसर सुधार गर्ने र प्रकृतिसँगको सामन्जस्यतामा वृद्धि हासिल गर्ने कार्य गर्ने बताए । ग्रिड सम्बन्धी प्राथमिकताहरूलाई साकार पार्न विश्व बैंक लगायत अन्य विकास साझेदारहरू पूर्णरूपमा प्रतिवद्ध रहेको समेत उनको भनाइ छ । नेपालमा यसको प्रभावकारी नतिजा हेर्न आफूहरु उत्सुक रहेको उनले बताए ।

    नेपालको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनाले ग्रिड विकासको मार्गतर्फ जान अर्थतन्त्रव्यापी परिवर्तनको व्यवस्था गर्नुका साथै तयारी अवस्थामा रहेका वित्तिय प्रावधान सहितको उच्च प्राथमिकताका लगानी र प्राथमिकता प्राप्त नीतिगत प्रतिवद्धता तय गरेको छ । रणनीतिक कार्ययोजनाका प्राथमिकतामा नेपालका प्रमुख विकास, जलवायु, वातावरणीय र क्षेत्रगत रणनीतिहरूबाट साभार गरिएका छन् । यसका वित्तिय स्रोतहरूमा नेपाल सरकारको सार्वजनिक खर्च, वैदेशिक विकास सहायता, कार्बन वित्त जस्ता नवीनतम स्रोत र निजी क्षेत्र लगानी रहेका छन् ।

    बैठकले नेपाल सरकारको नेतृत्वमा रहेको ग्रिड साझेदारीलाई थप मजबुत बनाएको विश्व बैंकले जनाएको छ । यसका २० वटा विकास साझेदार छन् । उक्त बैठक आसन्न रणनीतिक कार्ययोजनाका सम्बन्धमा प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवालाहरूसँग परामर्श सुरू गर्न सरकारका लागि एउटा कोशेढुङ्‍गा बनेको समेत विश्व बैंकले जनाएको छ ।

    ग्रिडको विकास साझेदारमा एसियाली विकास बैंक, फ्रान्स, अष्ट्रेलिया, संयुक्त अधिराज्य, गणतन्त्र कोरिया, युरोपेली संघ, जर्मनी, जापान, फिनल्याण्ड, अन्तर्राष्ट्रिय मुद्रा कोष, नर्वे, स्विट्जरल्याण्ड, संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ, विश्व बैंक समूह, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ लगायत छन् ।

  • विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, एक वर्षको वस्तु आयात धान्न सक्ने

    विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, एक वर्षको वस्तु आयात धान्न सक्ने

    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड हेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई रु.१३१० अर्ब ६६ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ६८ करोड पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

    यस्तै, आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    २०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

  • शोधनान्तर स्थिति २ खर्ब १४ अर्बले बचतमा

    शोधनान्तर स्थिति २ खर्ब १४ अर्बले बचतमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार बैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको १०महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु.५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले
    घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई रु.६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ३६ करोड मात्र आएकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब
    ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ६५ करोड रहेको थियो।

    द्दद्ध। २०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी ९भ्ऋँ० अन्तर्गत दोस्रो किस्ता वापतको रु.६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।