काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो । बजेट मन्त्रालयले निकासा गरेपछि खर्च गर्न सकिने छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने… Continue reading आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग
Category: अर्थतन्त्र
झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१८ कम्पनीको २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा… Continue reading नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान
काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु… Continue reading नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान
बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन
काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो । पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने… Continue reading बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन
दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई
काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएका छन् । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना पाएको छ । साथै ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र समेत सोही कम्पनीले पाएको छ । बिहीबार आयोजित कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने… Continue reading दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई
नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिवार २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो । खसी बजारका कारण नदी प्रदूषण भएको,… Continue reading कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन
बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?
काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध हटाउने बारे बुधबार सहमति जुटेको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न जारी अवरोध अन्त्य गर्ने सम्बन्धमा ४ बुँदे सहमति भएको छ । फोहोर बोक्ने गाडीले… Continue reading बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?
सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो
काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन… Continue reading सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो
झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डप्रति प्रश्न उठाएका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका हुन् । यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी… Continue reading बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..
नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र०७९ को १२ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असारसम्म ८.०८… Continue reading नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य
रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड… Continue reading रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो
विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै
काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको १३ प्रतिशतले छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५… Continue reading विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै
दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको छ । विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली… Continue reading दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने
भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन ३१ गते (अगस्ट १६ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै… Continue reading भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार
वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष आग्रह गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई… Continue reading वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव
बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित
काठमाडौं । बन्चरे डाँडामा सोमबार समेत अवरोध निरन्तर रहेपछि दिनभर स्थानयि र प्रहरीबीच तनाव भइरह्यो । फोहोर फाल्न ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको छ । यसबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) झनै आक्रोसित बनेका छन् । साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको र यसमा सत्तारुढ दलसँगै विपक्षीले समेत साथ दिएकोमा दुखः व्यक्त गरेका… Continue reading बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित
क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन लगाएको कारोबार नगर्न आग्रह गरेको हो । यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत… Continue reading क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी
नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन धेरै मुल्य बढ्ने कम्पनी
काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१५ कम्पनीको २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन धेरै मुल्य बढ्ने कम्पनी
आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी
काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडी सोमबार पनि रोकिएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गाडी बीच बाटोमै रोकिदिएका हुन् । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् । हिजो धादिङको धुनिबेशी नगरपालिका-१… Continue reading आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी
बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन
ढाका । बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्दा विरोध प्रदर्शन शुरु भएको छ । यस देशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको त्यहाँको सरकारको तर्क छ । दक्षिण एशियामा यसअघि श्रीलंकामा चरम आर्थिक संकटले जनजीवन नराम्रोसँग प्रभावित भइसकेको छ ।… Continue reading बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन
बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित
काठमाडौं । काठमाडौंबाट बल प्रयोग गरी फोहोर बन्चरे डाँडा लैजान खोजिएपछि आइतबारबाट पुनः फोहोर लैजाने काम प्रभावित बनेको छ । स्थानीयले आइतबार दिनभर जसो बाटोमा अवरोध गरिरहे । साथै महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी फोहोर ल्याउन नदिने भन्दै राजनीतिक दलका नेतृत्वको हस्ताक्षरमा एक विज्ञप्ती जारी भएसँगै महानगरपालिकाका मेयर बालेन साह भने आक्रोसित बनेका छन् ।… Continue reading बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित
रोकिएन नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौ. । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमै नेप्से झन्डै १०८ अंकले घटेको छ । आइतबार नेप्से २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ८७ करोड ३२ लाख ८१… Continue reading रोकिएन नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर
काठमाडौं । शनिबारबाट काठमाडौंमा फोहोर संकलन शुरु भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् । उनका अनुसार शनिबार १५२ वटा गाडी फोहोर बञ्चरे डाँडामा पुगेको छ । शनिबार स्थानीयले समेत अवरोध नगरेको उनले जानकारी गराएका छन् । अब कुनै अवरोध नभए दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा लैजाने लक्ष्य छ । काठमाडौं… Continue reading शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर
गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ
काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितलाई भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ(आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा… Continue reading गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ
वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत
काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार… Continue reading वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत
चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि… Continue reading चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका