काठमाडौं । काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् । महानगरलाई कर बुझाउनेमा… Continue reading ९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर
Category: अर्थतन्त्र
बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको भ्रमणका कारण पछिल्लो तीन दिन देखि काठमाडौंमा सवारी साधनले निकै सास्ती पाएका छन् । यसले पैदल यात्रुले समेत ठूलो कष्ट बेहोर्नु परेको छ । यो क्रम बुधबार पनि जारी रहने छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु… Continue reading बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक
सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण
काठमाडौं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो । महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त… Continue reading सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण
एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य भेटाउन नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पेरिस सम्झौता र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क… Continue reading एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री
नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको मात्रै ७५ अर्ब
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड पुगेको हो । लगानी गर्नेमा विभिन्न ५५ देश रहेको सर्वेक्षणले देखाएको छ । जसमध्ये, भारतबाट सबैभन्दा… Continue reading नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको मात्रै ७५ अर्ब
कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ
सोल । दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘वैधानिक बाटोबाट पैसा… Continue reading कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ
मिटर ब्याजीविरुद्ध २२८९ उजुरी
काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९… Continue reading मिटर ब्याजीविरुद्ध २२८९ उजुरी
केराउ, सुपारी र कालो मरिचको आयात खुला
काठमाडौं । सरकारले आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ । २१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित… Continue reading केराउ, सुपारी र कालो मरिचको आयात खुला
देश विकास गर्न अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउनुपर्छ – न्यायाधीश सिन्हा
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा न्यायाधीश सिन्हाले उक्त कुरा बताएका हुन् । नेपालले खुला अर्थतन्त्रको नीति अबलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो… Continue reading देश विकास गर्न अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउनुपर्छ – न्यायाधीश सिन्हा
चीनले अघोषित नाकाबन्दीले नाकामै अड्किए अर्बौका सामान
काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । नेपालीहरुको ठूलो चाड दशैं नजिएको तर दशैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौका सामान सडेर बिग्रने… Continue reading चीनले अघोषित नाकाबन्दीले नाकामै अड्किए अर्बौका सामान
म्यादी प्रहरीमा १ लाख १५ हजारका लागि भर्ना खुल्यो
४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आइतबार सूचना जारी गरी भर्ना खुलेको जानकारी गराएको छ । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका… Continue reading म्यादी प्रहरीमा १ लाख १५ हजारका लागि भर्ना खुल्यो
‘हेजिङ चाहिन्छभन्दा राष्ट्र बैंक र कर्मचारीले बुझेनन्, देश बर्बाद बनायो भन्ने आरोप लाग्यो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषय राष्ट्र बैंक र कर्मचारीले नबुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छभन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको… Continue reading ‘हेजिङ चाहिन्छभन्दा राष्ट्र बैंक र कर्मचारीले बुझेनन्, देश बर्बाद बनायो भन्ने आरोप लाग्यो’
नेपाली सेनाले एकसाथ माग्यो ४ हजार जनाका लागि दरखास्त
काठमाडौं । नेपाली सेनाले एक साथ ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।… Continue reading नेपाली सेनाले एकसाथ माग्यो ४ हजार जनाका लागि दरखास्त
सेना र प्रहरीसहित ७ वटा कलेजलाई १० दिनभित्र बहाल कर तिर्न महानगरको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले बिहीवार एक सूचना जारी गर्दै कर बुझाउन ताकेता गरेका हुन् । पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन… Continue reading सेना र प्रहरीसहित ७ वटा कलेजलाई १० दिनभित्र बहाल कर तिर्न महानगरको पत्र
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौदिन शेयर बजार मापक सूचक (नेप्से) २.१३ अंकले घटेर १९३७, ७४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२७ कम्पनीको १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँ बराबरको ३४ लाख १७ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । राजदूत खत्री र सहायक उपाध्यक्ष ब्रुक्सबीच गत १ सेप्टेम्बरमा वासिङटन् डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा एमसीसीको कार्यन्वयका विषयमा छलफल भएको थियो । दूतावासका एक अधिकारीले बताएअनुसार ब्रुक्सले… Continue reading एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल
मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता
काठमाडौं । काठमाडौं महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सयम दिएको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले यस्तो सूचना जारी गरेको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ… Continue reading मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता
रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.९७ अंकले घटेर २१३९.८८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको ८२ करोड ६२ लाख ३० हजार ५८२ रुपैयाँ बराबरको २९ लाख ४३ हजार ७६९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित
‘सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव’- मेयर साह
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्। नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सकेमात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनकाे भनाइ छ। इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौँ महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको… Continue reading ‘सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव’- मेयर साह
१७ संस्थालाई कर बुझाउन महानगरको १० दिने अल्टिमेटम, कुन-कुन परे ?
काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलवार पत्र लेख्दै कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो। सम्पत्ति कर नबुझाउनेमा हाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स रहेको छ । त्यस्तै कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ… Continue reading १७ संस्थालाई कर बुझाउन महानगरको १० दिने अल्टिमेटम, कुन-कुन परे ?
केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी,… Continue reading केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा खुम्चियो
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४.२९ अंकले घटेर १९७३.१ विन्दुमा झरेको हो । सोमवार २२४ कम्पनीको ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा खुम्चियो
बैंकहरुको निक्षेपमा सुधार, एकैपटक थपियो ११ अर्ब ३० करोड रुपैयाँ
काठमाडौं । दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ । असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो। नेपाल बैंकर्स संघका अनुसार भदौंको तेस्रोसाता गत साताभन्दा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ। भदौको दोस्रो सातामा ४४ खर्ब २६… Continue reading बैंकहरुको निक्षेपमा सुधार, एकैपटक थपियो ११ अर्ब ३० करोड रुपैयाँ
झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो । आइतवार २२७ कम्पनीको १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३… Continue reading झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट
असोजदेखि शुक्रबार शेयर कारोबार बन्द गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेप्से संचालक समितिको बैठकले आगामी असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर… Continue reading असोजदेखि शुक्रबार शेयर कारोबार बन्द गर्ने
सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो… Continue reading सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख
इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरूद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको… Continue reading इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ… Continue reading डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत
महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले
काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटम भित्रै भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । यो पछिल्लो ५ वर्षमा कम्पनीले उठाएको मनोरञ्जन कर वापतको रकम हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर महानगरलाई बुझाउनु पर्छ । फनपार्कले व्यवसाय… Continue reading महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले
शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार