Category: अर्थतन्त्र

  • हिन्दू राष्ट्र माग्दै संसदमा घन्कियो गायन्त्री मन्त्र र जय श्रीरामको नारा

    हिन्दू राष्ट्र माग्दै संसदमा घन्कियो गायन्त्री मन्त्र र जय श्रीरामको नारा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

    उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’

    उनले गायत्री मन्त्र संसदमा पनि जप्नुपर्ने धारणा राखिन् । ‘यदि देश र जनताप्रति इमानदार र निष्ठावान बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस्, भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ’ उनले भनिन् ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.७ अंकले घटेर १९०४. ९८ बिन्दुमा झरेको हो ।

    यसदिन ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको २९ लाख ७५ हजार ९२० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये तीन बटा बढेको छ भने अन्य सबै घटेका छन् ।

  • ‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

    ‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् ।

    मंगलवारदेखि राजधानीमा शुरू भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताए ।

    आज नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको स्पष्ट पारे ।

    “हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनेका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका हौं,” उनले भने ।

    धेरै नेपालीको अझै पनि हरित ऊर्जामा पहुँच छैन भन्ने कुरा हामीले बुझेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौं । प्रसारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेका छौँ ।”

    औद्योगिक मागमा वृद्धि गर्दै आर्थिक रूपमा समृद्ध बन्ने आकाङ्क्षाका साथ उत्पादित बिजुलीको स्वदेशी बजारमा नै उपयोग गर्ने गरी प्राथमिकता तय गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

    स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने उनले बताए ।

    क्षेत्रीय र उपक्षेत्रीय बजारमा उपस्थिति जनाउनु आर्थिक रुपले पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

    प्रधानमन्त्री दाहालले धेरै विद्युत् खपत गर्न सक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवास्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठूलो व्यापार घाटालाई कम गर्न पनि बिजुलीको उपयोगिता बढाउनुपर्ने उल्लेख गरे ।

    कृषि क्षेत्रको आधुनिकीकरणका लागि पनि ऊर्जाको उपयोगमा तीव्रतर वृद्धि जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उद्योग क्षेत्र अझै पनि डिजेल र कोइलामा निर्भर रहेकाले त्यसको क्षमता वृद्धिका लागि पनि उल्लेख्य रुपमा बिजुलीको उपयोग बढाउनुपर्ने बताए ।

    सरकारले नेपालभरका उद्योगलाई प्रतिस्पर्धी दरमा हरित ऊर्जाको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले खाना पकाउने ग्यासको उपभोग घटाउनेतर्फ केन्द्रित गर्नुपर्ने स्पष्ट पारे ।

    “सबै नेपालीलाई हरित उर्जामा खाना पकाउन लगाउन सक्यौँ भने यसले हाम्रो वन संरक्षणमा योगदान पुर्‍याउनेछ र आयातीत ग्यासमाथिको हाम्रो निर्भरता पनि घटाउनेछ”, प्रधानमन्त्री दाहालले भने ।

    यस्तै, जीवास्म इन्धनको आयात घटाउन र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बिजुली खपत बढाउने महत्वपूर्ण क्षेत्र भनेकै यातायात रहेको बताए ।

    प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको दोहोर्‍याउँदै यस समिटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने उल्लेख गरे ।

    फरक एक प्रसङ्गमा नेपालमा भएका ऐतिहासिक राजनीतिक परिवर्तनपछि नेपाली जनतामा ठूलो आर्थिक विकासको आकाङ्क्षा बढेकाले त्यसलाई सम्बोधन गर्न पनि लगानी विस्तार गर्नुपर्ने उनले बताए ।

    जैविक विविधताको संरक्षण गर्ने विश्वव्यापी प्रयासमा नेपाल अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन् २०४५ सम्ममा ‘नेट जिरो’ को लक्ष्य तय गरिएको तथ्य पेस गरे ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र निजी क्षेत्र एकापसमा सहकार्य गरेर यस क्षेत्रको गुणात्मक विकास र परिवर्तनमा लागिपरेको बताए । उनले बिजुलीको अन्तर्राष्ट्रिय बजारको खोजी, आन्तरिक रूपमा खपत वृद्धिलगायतका काममा सरकार दीर्घकालीन सोचका साथ अगाडि बढेको उल्लेख गरे ।

    ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आजदेखि पावर समिट यहाँ शुरू भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आयोजना गरेको समिट बुधबारसम्म चल्नेछ ।

    सो सम्मेलनमा भारत, बङ्गलादेश, भूटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी छन् ।

    समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, बिजुली व्यापारसँग आबद्ध कम्पनी, बैंक तथा वित्तीय संस्था, प्रसारण र वितरण कम्पनी, परामर्शदाताहरूको पनि सहभागिता छ ।

    समिटमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापारलगायत विभिन्न १५ वटा सत्रमा छलफल हुनेछ ।

    सम्मेलनको संरक्षकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एवम् सह–आयोजकमा लगानी बोर्ड रहेको समिट आयोजक इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

  • आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

    आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

    काठमाडौं । हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् ।

    साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।

    सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता ९पीपीए०, नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

    साथै सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन पनि गरिने इपानका अध्यक्ष एवम् सम्मेलन संयोजक आशिष गर्गले जानकारी दिए ।


    उनका अनुसार सम्मेलनमा विद्युत्को लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुनेछ । सम्मेलनका क्रममा लगानी बोर्ड नेपाल तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजना प्रदर्शन गर्ने जनाइएको छ । सम्मेलनको संरक्षक ऊर्जा मन्त्रालय र सह–आयोजक लगानी बोर्ड छ । इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुंगा साबित अपेक्षा गरेको छ ।

  • आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

    आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ ।

    निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ । यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

    तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ ।

    उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए । पर्यटन प्रवद्र्धन र सन्तुलित हवाइ बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा झरेको हो ।

    यसदिन ९२ करोड ७८ हजार ५७१ रुपैयाँको ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको छ । आइतवार ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

    घट्दो बजारमा आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मैलुङ खोलाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    आज अरुण भ्यालीको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ४ करोड ३३ लाख र एनआइसी एशिया बैंक ३ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

  • स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

    स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ ।

    दूरसञ्चार ऐन अनुसार सरकारलाई बुझाउनु पर्ने २८ अर्ब रुपैयाँ नबुझाएपछि लाइसेन्स खारेज भएको हो ।

    नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ भदौमै लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।

    तर मन्त्रिपरिषदले उक्त रकम ५ किस्तामा तिर्न भनेर २०८० वैशाख ३ गतेसम्मको समय तोकेको थियो ।

    निर्धारित समयसम्म पनि स्मार्टले उक्त रकम नतिरेपछि नियम अनुसार स्वतः लाइसेन्स खारेज भएको हो ।

    स्मार्ट टेलिकमले सरकारी बक्यौता करिब ३ अर्ब, नवीकरण शुल्क २१ अर्ब र १५ प्रतिशत जरिवाना शुल्क गरी करिब २८ अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो।

    २०७० वैशाख २ गते सेवा सञ्चालनका लागि अनुमति पाएको स्मार्ट टेलिकमको म्याद गत वैशाख २ गते (शनिबार) सकिएको छ।

  • सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

    सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक, निजी पूर्वाधान निर्माण, मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन दिर्देशन दिएको हो । महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउने भनेको छ ।

    सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत महानगरले अनुरोध गरेको छ । यस्तो निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले बताएको छ । यदि सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवान गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

  • केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न

    केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न

    काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकमा निर्माण भएका भ्यु टावर र सभाहल सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितता अध्ययन नभएको जनाएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा ललितपुरको गोदावरी र बुटवलमा बनाइएको सभाहल र दमकमा बनाइएको भ्यु टावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख गरिएको हो ।

    प्रधानमन्त्री भएकै बेला केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा १८ तले भ्यु टावर बनाउन सुरु गरेका थिए । निर्माणाधीन टावरको पश्चिममा छ टुकुरे सुकुम्बासी बस्ती । राज्य कोषको डेढ अर्बभन्दा बढी लागतमा भ्यु टावर सम्पन्न भएपछि १८ तलामाथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो । वि।सं। २०२२ देखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन छन् ।


    दमक नगरपालिकाको दापगाछीमा रहेको ५ बिघा जमिनमा ७२ मिटर उचाइको १८ तले भ्यु टावर निर्माणाधीन रहेको छ । महालेखाको प्रतिवेदनअनुसार अन्डरग्राउन्ड पार्किङसहितको सुविधा सम्पन्न भ्यु टावर निर्माण गर्न २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी २०७६ असार २७ मा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएकाले २०८० असार २७ सम्म म्याद थप भएको छ ।

    उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म रू। १० करोड २७ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ । महालेखाले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको जनाएको छ।

    मुख्य कार्यमध्ये १६ औँ तल्लासम्मको सुपरस्ट्रक्चरको कार्य सम्पन्न भई १७ औं र १८ औं तल्लाको कार्य बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख छ। भ्यु टावरहरू बनाउँदा त्यसको लगानीको प्रतिफल सुनिश्चित हुन्छरहुँदैन भनेर हेरिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । ुभ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्दछ,ु प्रतिवेदनमा भनिएको छ ।

    त्यस्तै ललितपुरको गोदावरीमा ८० करोड २७ लाख १६ हजार रुपैयाँ खर्चेर ३ हजार सिट क्षमताको सभाहल बनाइए पनि संरचनाहरूको सुरक्षा ध्यान नदिइएको र जग्गा अतिक्रमणसमेत भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ुसभाहल निर्माण गर्न १४३ रोपनी १ आना ३ पैसा जग्गा उपलब्ध गराउने निर्णय भएकोमा ४३ रोपनी जग्गामा सभाहल निर्माण भएको र बाँकी जग्गा अतिक्रमण भई घर टहरा निर्माण भएको देखिन्छ,ु प्रतिवेदनमा उल्लेख छ ।

    सभाहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले प्राप्त गरी यो वर्ष ४९ लाख २८ हजार आम्दानी गरेको पनि प्रतिवेदनमा उल्लेख छ । उक्त भवनमा क्यान्टिन, सुरक्षा गार्ड बस्ने भवनहरूको निर्माण नगरेको, मुख्यद्वारमा पोर्चको निर्माण नगरिएको कारण सेवाग्राहीलाई हल प्रवेशमा असहज भएको, छानोबाट पानी चुहिएको, फल्स सिलिङ्ग भत्किएको लगायतका समस्या देखिएको पनि महालेखाले औंल्याएको छ ।

    त्यस्तै बुटवलमा ९६ करोड ४० लाख खर्चेर १ हजार ७० जना अट्ने हल बनाइए पनि सञ्चालनका लागि आवश्यक वयवस्था नगरिएको प्रतिवेदनमा उल्लेख छ । ुसभाहल निर्माण, सञ्चालन, हस्तान्तरण एवं व्यावसायिक दिगोपनासम्बन्धी कार्यविधि एवं योजना तर्जुमा गरी सभाहलको पूर्ण रूपमा उपयोग हुने व्यवस्था हुनुपर्दछ,ु प्रतिवेदनमा भनिएको छ ।

    महालेखाको प्रतिवेदनअनुसार करिब १८ अर्ब १६ करोड रुपैयाँ रकम खर्चेर मुलुकका विभिन्न स्थानमा सभाहलहरू निर्माण भइरहेका छन् । सघन सहरी तथा भवन निर्माण विभागबाट प्राप्त विवरणअनुसार ७ प्रदेशमा ४३ वटा सभा हल निर्माण गर्ने योजना रहेकोमा ११ बनिसकेको र १८ निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै १४ वटा सभा हलका लागि जग्गा प्राप्ति भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार २९ वटा हलका लागि १८ अर्ब १६ करोड १० लाख लागत अनुमान रहेकोमा ०७८र७९ सम्म ९ अर्ब ८३ करोड ३३ लाख खर्च भइसकेको छ ।

  • सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

    सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु २ खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।

    यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पूँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार ९ महिनामा सरकारले वार्षिक विनियोजनको ५२.५७ प्रतिशत खर्च गरेको छ ।

    चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब ५ करोड १६ लाख बराबर खर्च भएको देखिएको हो ।

    चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट विनियोजन भएको थियो । चैत मसान्तसम्ममा यो शीर्षकमा ५९.७३ प्रतिशतअर्थात् रु ७ खर्ब ६ अर्ब ७६ लाख ५९ हजार बराबर खर्च भएको छ ।

    पूँजीगत शीर्षकमा यस वर्ष रु ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म २८.१९ प्रतिशतअर्थात् रु १खर्ब ७ अर्ब २४ करोड ३४ लाख बराबर मात्रै खर्च भएको छ ।

    त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि रु २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकोमा चैत मसान्तसम्म ५६.०५ प्रतिशत अर्थात् रु १ खर्ब १९ अर्ब ४ करोड २३ लाख बराबर खर्च भएको छ । यो अवधिमा पूँजीगतभन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च बढी देखिएको छ ।

    चैत मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९.६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म रु ७ खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।

    यो अवधिमा आन्तरिक राजस्व वार्षिक लक्ष्यको ४८.७३ प्रतिशत बराबर छ । कुल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर आन्तरिक राजस्व उठाउने वार्षिक लक्ष्य राखिएकोमा हालसम्म रु ६ खर्ब ८३ अर्ब ८० करोड ५९ लाख बराबर मात्रै सङ्कलन भएको देखिएको हो । त्यस्तै यस वर्ष रु ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशतअर्थात् रु ४अर्ब ८० करोड २० लाख बराबर मात्रै आएको छ । रासस

  • १ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत

    १ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत

    काठमाडौं । बिहीबार बसेको लगानी बोर्डको ५३औं बैठकले विभिन्न पाँचवटा जलविद्युत आयोजनाका लागि एक खर्ब ६७ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार लगानी बोर्डको बैठक बसेको थियो।

    लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न बोर्ड बैठकद्वारा बिहीबार स्वीकृतमध्ये एक खर्ब ४६ अर्ब रूपैयाँ वैदेशिक र २१ अर्ब रूपैयाँ स्वदेशी लगानी हो। बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालका अनुसार लगानी बोर्डको बैठकले तल्लो अरूण जलविद्युत परियोजनाको मात्रै ९२ अर्ब ६८ करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो।

    भारतीय कम्पनी सतलज जलविद्युत निगमले बनाउन लागेको तल्लो अरूणमा परियोजना विकास सम्झौता (पिडिए) गर्न दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ। बोर्डको बैठकले एक सय दुई मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो मर्स्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड रूपैयाँ र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत परियोजनाका लागि २० अर्ब ३५ करोड रूपैयाँ बराबर लगानी स्वीकृत गरेको छ।

    त्यसैगरी ७०।३ मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत परियोजनाका लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत आयोजनाका लागि सात अर्ब ९३ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

    बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ। त्यस्तै ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णय भएको छ।

    डाबर नेपालको पुँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि बैठकले स्वीकृत गरेको छ। पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ। त्यस्तै बोर्डमा तमोर जलाशययुक्त जलविद्युत परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ।

  • एक वर्षमा थपियो १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु

    एक वर्षमा थपियो १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु

    काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८\७९ मा सो रकम बराबरको बेरूजु देखिएको हो । बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । असुल गर्नुपर्ने बेरूजुमा हिनामिना र मस्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरूजु उल्लेख गरिएको छ ।

    नियमित गर्नुपर्ने बेरूजुमा अनियमित भएको, प्रमाण कागजात नपुगेको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको छ । पेश्कीमा कर्मचारी, मोबिलाइजेसन र अन्य पेश्कीमा वर्गीकरण गरिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको छ ।

    यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस वर्ष बेरूजु प्रतिशत १।६८ प्रतिशत देखिएको छ । अब कुल बेरूजु रकम ५ अर्ब ८७ अर्ब ३३ करोड पुगेको छ । अद्यावधिक बेरूजु गत वर्षको भन्दा २१।४५ प्रतिशतले बढेको छ ।

    आव २०७७÷७८ सम्म ४ खर्ब ८३ अर्ब ५९ करोड बेरूजु रहेको थियो । गत आवमा १५ अर्ब १ करोड रुपैयाँ मात्र बेरूजु फस्र्यौट तथा सम्परीक्षण भएको थियो । यसबाट गत वर्षको खुद बाँकी बेरुजु ४ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ बेरूजु रहेको थियो । जसमा आव २०७८र७९ मा थप भएको १ खर्ब १९ अर्ब बेरूजुका कारण कुल बेरूजु ५ खर्ब ८७ अर्ब ३३ करोड पुगेको हो ।

  • एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ विजयी

    एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ विजयी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो ।

    अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ । पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

    महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो कार्यकालमा यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

  • अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु

    अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु

    काठमाडौं । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७।६६ प्रतिशत देखिएको हो । त्यसो त अर्थ मन्त्रालय मातहतका निकायको लेखा परीक्षणको अंक समेत ठूलो छ । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

    दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृहको १ खर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिञ्चाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करोड, खानेपानी मन्त्रालयको ८७ करोड र स्वास्थ्य तथा खानेपानी मन्त्रालयको ८६ करोड बेरुजु थप भएको छ ।

  • एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार

    एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार

    काठमाडौं । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै उछाल आएको शेयर बजारमा फेरि ओरालो लागेको छ ।

    बुधबार ९२ अंकले बढेर बन्द भएको नेप्से साताको कारोबारको अन्तिम दिन २९.७ अंकले घटेर १९३४.४७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७० कम्पनीको १ अर्ब ६५ करोड ३३लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको ४९ लाख १३ हजार ७०२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । घट्दो बजारमा ३कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मैलुङको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ८२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • विमान चार्टर गरेरै नेपाल आए चिनियाँ पर्यटक

    विमान चार्टर गरेरै नेपाल आए चिनियाँ पर्यटक

    काठमाडौं । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन्।

    नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल बिग माउण्टेन ट्राभलमार्फत बिहीवार बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

    नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे।

    स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए।

    ‘पाहुना भनेको भगवान हुन्, हामी भगवानको रूपमा सधैँ विदेशी पाहुनाको स्वागत गर्दछौं,’ उनले भने।

    मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    ‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एसियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत् थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं,’ मन्त्री किराँतीले भने।

    उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको उल्लेख गर्दै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत् प्रत्यक्ष जोड्न चाहेको बताए।

    मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे।

    मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रूपमा नेपालले मनाउन चाहेको बताए।

    नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए।

    ‘चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,’ राजदूत सङले भने। उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए। नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनको भनाइ थियो।

    नेपाल विग माउन्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुसी व्यक्त गरे।

    उनले आगामी महिना झन्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए। पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरूरी रहेको बताए।

    एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए।
    रासस

  • महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा

    महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ। तीन जनाबीच प्रतिस्पर्धा भएकामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।

    वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुनेछ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

    अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

    उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् । पहिलो चरणको चुनाव अन्जनले जिल्ला नगर, संघईले एसोसियट र उमेशलाल श्रेष्ठले वस्तुगतमा सबैभन्दा धेरै भोट ल्याएका थिए ।

    जिल्ला नगरतर्फ अन्जन श्रेष्ठले सबैभन्दा धेरै ४७ मत पाएका थिए भने रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएका थिए ।

    त्यस्तै, वस्तुगततर्फ उमेशलालले ६९, अन्जनले ४१ र रामचन्द्र संघाईले १२ मत ल्याएका थिए ।

    त्यसैगरी, एसोसियटतर्फ रामचन्द्र संघईले सबैभन्दा धेरै ६१३ मत पाएका थिए भने अन्जनले ५७५ र उमेशलालले ४२४ मत प्राप्त गरेका थिए ।

    महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।

    महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

  • राती सडकमा फोहोर फाल्नेमाथि महानगरको निगरानी

    राती सडकमा फोहोर फाल्नेमाथि महानगरको निगरानी

    काठमाडौं । सार्वजनिक ठाउँमा फोहर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि कामपाले हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको हो । जथाभाबी फोहर फालेको भन्दै कामपाले गएको हप्ता जरिबानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ । गएको बिहीवार वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिबाना असुल गरेको हो।

    जरिबाना असुल गरी गाडीलाई फोहर जथाभाबी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । दुई हप्ताअघि पनि कामपाले तोकिएको ठाउँ भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप १२ हजार रुपैयाँ जरिबाना असुल गरेको थियो ।
    वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिबाना तिराउन थालेको छ ।

    फोहरलाई तोकिएको ठाउँमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । ‘नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिबानासमेत तिराउने गरेको छ’, प्रमुख श्रेष्ठले भन्नुभयो ।

    कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिबाना गर्ने गरेको छ ।

    उपत्यकाको १८ पालिकाको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।

  • नेपाल उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी

    नेपाल उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत ल्याइन् भने अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत ल्याएका छन्।

    यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्। महासंघको चुनावका लागि बुधबार काठमाडौंमा मतदान भएको थियो। अहिले मतगणना जारी छ ।

  • ब्याजदर घटेपछि नेप्सेमा उछाल

    ब्याजदर घटेपछि नेप्सेमा उछाल

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै नेप्सेमा उछाल आएको हो।

    साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६७ कम्पनीको १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ बराबरको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । ७ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ७१ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

    संघका अनुसार अब वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत कायम हुनेछ । हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.११ प्रतिशत र संस्थागत मुद्दतीमा ९.११ प्रतिशत थियो ।

    यस्तै, बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने सहमति भएको संघले जनाएको छ । अब बैंकहरुले वैशाखमा माघदेखि घटेको निक्षेपको ब्याजदरका आधारमा बेसरेट पनि घट्ने र सोही आधारमा कर्जाको ब्याजदर घटाउने छन् ।

  • शिवरात्री मेलामा घोटाला, भेटीघाटी सङ्कलन हुने घ्याम्पो पनि चोरी

    शिवरात्री मेलामा घोटाला, भेटीघाटी सङ्कलन हुने घ्याम्पो पनि चोरी

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो।

    पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ। सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले उल्लेख गरेको छ।

  • नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा आज निर्वाचन

    नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा आज निर्वाचन

    काठमाडौं । निजी क्षेत्रका उद्यमीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति छान्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ ।

    महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् । अहिले महासंघको अध्यक्ष शेखर गोल्छा छन् ।

  • नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

    नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

    उनले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको बताए । उनले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताए । सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो रहेको उनको भनाई छ । उनले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताए ।

    पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै गएको समेत उनको भनाई छ । उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको जानकारी दिए ।


    गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदरस्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको उनको भनाई छ ।

  • शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

    शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ।

    नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको ८ महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    ‘समीक्षा अवधिसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। माघ मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा थियो।

  • स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

    स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा अवधि बाँकी रहँदै सेवा बन्द नगर्न निर्देशन दिएको छ ।

    प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्मार्टलाई सेवा चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन प्राधिकरणले निर्देशन दिएको छ ।

    प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा सूचारु गर्न भनेको छ ।

    स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिँदैछ । अनुमति पत्र बहाल रहँदैमा कम्पनीले भने केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको पाइएको छ ।

  • विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात

    विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात

    काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा रु.१४०१ अर्ब २१ करोड पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले वृद्धि भई रु.१२४४ अर्ब ९४ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २.० प्रतिशतले कमी आई रु.१५६ अर्ब २७ करोड कायम भएको छ ।

    २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।

    सञ्चिति पर्याप्तता सूचक


    द्दठ। आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    २०७९ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.९ प्रतिशत, ७८.५ प्रतिशत र २४.२ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

  • २५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

    २५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    चालू आर्थिक वर्षको फागुनसम्म २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

    मीक्षा अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई रु.८७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो ।

  • वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

    काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्। यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई सार्वजनिक गरेको थियो।

    शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो। उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। यसअघि पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्। आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो।

    उनीहरूले पीडितलाई विमानस्थलमै भेटेर कुराकानी अघि बढाउने गरेको खुलेको थियो। त्यहाँ कुराकानी गरेर बिमा रकम सहज रूपमा उपलब्ध गराइदिने भन्दै पीडितलाई केही समय काठमाडौंको एक होटलमा राख्ने गरेका थिए। त्‍यस्तै १३-१४ लाख पीडितले पाउनुपर्नेमा ७-८ लाख रुपैयाँ भने आफैंले राखेर बाँकी रकम भने पीडितलाई दिने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

  • मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

    मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ ।

    आफूले सुधारका लागि गरेको प्रयासको फेहरिस्त सामाजिक सन्जालमार्फत् सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिस पछि ९ महिनामा पटक(पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’

    उनी अगाडि लेख्छन्, ‘केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्‍यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो ।’

    बालेनले आफूले गरेका सुधारका प्रयास र सरकारी निकायबाट भएका बेवास्ताका १४ उदाहरण पनि लेखेका छन् :

    १. गृह मन्त्रालय :अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

    २. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार


    ३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको .

    ४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स ९१०२० को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन -दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

    ५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल-दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

    ६: अर्थ मन्त्रालय : ५२ वर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

    ७: सहरी विकाश स् खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

    ८: भौतिक यातायात स् रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन( दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

    ९: सूचना तथा सञ्चार स् क्ष्क्ए र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

    १०: ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

    ११: खानेपानी :मेलम्चीको पानी र पाइप व्यवस्थापनको उचित व्यवस्थापन पहल-२ मन्त्रीसँग पटक पटक पहल

    १२: भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

    १३. संघीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा-दुई मन्त्रीसँग पटक पटक पहल
    १४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल ।

    यी १४ मन्त्रालयका उदाहरण दिंदै बालेनले प्रश्न गरेका छन्, ‘५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ?

    उनी थप प्रश्न गर्छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने रु संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने र?’

    मेयर बालेनले स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकुन् र संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भन्ने चाहेको बताएका छन् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा गए पनि त्यसको अनुभूति हुने गरी कार्यान्वयन नभएको उनको भनाइ छ ।

    सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुको कारणबारे अन्त्यमा बालेनले लेखेका छन्, ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाव आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

  • ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

    ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

    चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको बताएका हुन् । लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ ।’

    रविले पैसाको लेनदेन हुनु त परेको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडाभन्दा कडा कारवाही गर्छौं । बेथितिको बचाउ गर्दैनौं । बरु उदाङ्दो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ ।’


    रास्वपा नयाँ पार्टी भएकाले मान्छे चिन्न गाह्रो भएको बताएका छन् । तर नयाँ भए पनि पार्टीमा विधि भएकाले चिन्ता गर्न नपर्ने उल्लेख गरेका छन् । ‘हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ,’ लामिछानेले लेखेका छन्, ‘‘आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’