नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको पहिलो नोट आजबाट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविककै आकार तथा रङमा १० रुपैयाको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याइएको छ । १० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। यो साविकमा समेत थियो । गभर्नर भएपछि महाप्रसाद अधिकारीको पहिलो… Continue reading नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा

बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा

बुटवल । कुर्सिसँग राजधानी साटेको भन्दै बुटलवमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । बुटवलमा आज बिहान कांग्रेस, नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । उनी मंगलबार गृहजिल्ला पुगेका थिए । त्यसक्रममा बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शन… Continue reading बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा

अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला

काठमाडौं । सरकारले अब विदेशमा जोखिम विश्लेषण गरेर सबै मुलुकमा उडान अनुमति खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मंगलबार बसेको बैठकले जोखिम विश्लेषण गरी माग भएअनुसारका मुलुकमा उडान खोल्न पर्यटन मन्त्रालयलाई अनुमति दिएको छ । अहिले खाडी मुलुक र जापानमा उडान सूचारु भएको छ । दक्षिण एसियाली मुलुकमा भने… Continue reading अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला

सुनको भाउ तोलामा १८ सयले घट्यो

काठमाडौं । आज सुनको भाउमा उच्च गिरावट आएको छ ।एकैदिन तोलामा एक हजार ८ सय रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको हो । सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार ९२ हजार पाँच सय… Continue reading सुनको भाउ तोलामा १८ सयले घट्यो

चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा निर्यात बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना (साउन देखि कात्तिकसम्म) मा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले कमी हो । गत… Continue reading चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा निर्यात बढ्यो

नेप्से २९.६८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको छ । नेप्से आज २९ दशमलव ६८ अंकले बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार मंगलबार ५ अर्ब ४४ करोड २९ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको… Continue reading नेप्से २९.६८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

काठमाडौं । पछिल्लो दिनहरुमा निरन्तर उकालो लागेको सेयर बजारमा आज झिनो करेक्शन आएको छ । तिहार पछिका ३ कारोबार दिनमा मात्रै करिब ६५ अंकले बढेको बजारमा आज दुई अंकको करेक्शन आएको हो । सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । आइतबार इतिहासकै सर्वाधिक ६ अर्ब ९० करोड कारोबार भएकोमा आज… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

सेयर बजारमा फेरि नयाँ ऐतिहासिक रेकर्ड,एकैदिन झन्डै ७ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजारले फेरि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । एकै दिनमा करिब पौने ७ अर्ब रुपैयाँ बढीको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । गत बिहीबार मात्रै नयाँ रेकर्ड राख्दै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७० रुपैयाँ कारोबार भएको थियो… Continue reading सेयर बजारमा फेरि नयाँ ऐतिहासिक रेकर्ड,एकैदिन झन्डै ७ अर्बको कारोबार

त्रिभुवन विमानस्थलको क्षमता बढाउन एडीबीले साढे १७ अर्ब ऋण दिने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर… Continue reading त्रिभुवन विमानस्थलको क्षमता बढाउन एडीबीले साढे १७ अर्ब ऋण दिने

कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने कार्यविधि जारी

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ। कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कार्यविधि जारी भएको हो। सरकारले राष्ट्र बैङ्कबाट सञ्चालन हुने गरी राष्ट्र बैङ्कको बैङ्किङ्ग कार्यालयमा पचास अर्ब… Continue reading कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने कार्यविधि जारी

सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहिबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि… Continue reading सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र विश्व बैंकबीच आज ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण प्रदान गर्न लागेको हो । आज नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुई वटा सम्झौतामा विश्व बैंक र… Continue reading नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेका आरोप केवल पार्टी विशेषको नभई अब राष्ट्रिय मुद्दा बनेको बताएका छन् । ओलीमाथि राजनीतिक प्रतिवेदनमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका दौरान प्रधानमन्त्रीबाट भएका कैयौं कमजोरीलाई उजागर गरेका छन् । नेता नेपालले यी विषय अब केवल… Continue reading प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा कायम भएको हो । यसदिन १९४कम्पनीको ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ । १ करोड १६ लाख ७४ हजार ८ सय… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

लुक्ला । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्ट बनाउने घोषणा गरेका छन् । शेर्पा संस्कृति झल्कने गरी विमानस्थलको सजावट गरिने उनको भनाई छ । मन्त्री भट्टराई आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटनमा पुगेका थिए । सोही कार्यक्रममा उनले नेपाल नागरिक उडड्यन… Continue reading लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

काठमाडौं । तिहारको बिदाको अवसर पारी आजबाट तीन दिनसम्म बैंक तथा त्यसका शाखा बन्द भएका छन् । तिहारको बिदा अवधि शनिबार, आइतबार र सोमबार सबै बैंक र शाखा बन्द हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यसअघिका वर्षहरुमा बैंक तथा वित्तीय संस्थामा कुनै न कुनै माध्यमबाट सेवा प्रवाह जारी रहन्थ्यो । यो वर्ष कोरोना… Continue reading तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले १ सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ। नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्।… Continue reading अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् । अर्थ… Continue reading कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

सेयर बजार साढे तीवर्ष वर्ष यताकै उच्च विन्दुमा, इतिहासकै तेस्रो धेरै कारोबार

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार साढे ३ वर्ष वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ । आज नेपाली सेयर बजारको इतिहासमै तेस्रो धेरै ४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससाता लगातार ४ अर्ब बढीको कारोबार भएको आज तेस्रो दिन… Continue reading सेयर बजार साढे तीवर्ष वर्ष यताकै उच्च विन्दुमा, इतिहासकै तेस्रो धेरै कारोबार

मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका… Continue reading मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने

अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै

वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर (करिब २८ खर्ब रुपैयाँ) बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री विक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई विक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू विमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न… Continue reading अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै

नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा कायम भएको छ । यसदिन १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । १ करोड २५ लाख २३ हजार ६ सय… Continue reading नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् । प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका… Continue reading प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

काठमाडौं । सोमबार कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन कम्पनीले निर्माण गरिरहेको खोपको सफलताबारे आएको समाचारले विश्वभर सुनको मूल्यमा प्रभाव पारेको छ । आज सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयको गिरावट आएको छ । सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । लामो समय अन्तर्राष्ट्रिय बजारमा लगानी सुनमा… Continue reading सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

काठमाडौं । सरकारले चर्को आलोचनाका बीच मन्त्रीहरुको तलव भत्ता कटौती गर्ने निर्णय गरेको छ । अब यस्तो रकम कोरोना उपचार तथा रोकथाम कोष जम्मा गरिने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सुविधा कटौती आगामी चैतसम्म लागु हुने भएको छ । यसअघि जनतामाथि कर मात्र उठाउने, निःशुल्क उपचारको दायित्वबाट… Continue reading मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको… Continue reading पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

File

काठमाडौं । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको बताइएको छ ।… Continue reading अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। उनले सोमबार नै पदबाहाली गरेका छन् । शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक… Continue reading विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

काठमाडौं । उखु किसानले मन्त्रालयमा सम्झौता भएको एक वर्षसम्म पनि बक्यौता रकम नपाएपछि पुनः सरकारको ढोका ढक्ढकाएका छन् । उनीहरुले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलनको चेतावनी समेत सरकारलाई दिएका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलनको चेतावनी… Continue reading उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । साताको पिहलो दिन आइतबार नेप्से १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा कायम भएको छ । यसदिन १९८ कम्पनीको ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८६ लाख ३८ हजार ५६ कित्ता सेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार