दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा पुगेको हो । यसदिन ३१८ कम्पनीको ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँ बराबरको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार

विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा मंगलबारबाट सुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरे । बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन नेपालमा सुरु

प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरुबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि… Continue reading प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

काठमाडौं । विश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५. २५ विन्दुमा पुगेको हो । यसदिन ३१७ कम्पनीको ५ अर्ब ४७ करोड २२ लाख ४७ हजार ५५१ रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । गत वर्षको… Continue reading ११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित… Continue reading रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

तनहुँको बन्दिपुरमा चल्यो केवलकार

काठमाडौं । तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । उनका अनुसार १ वैशाखबाटै केबलकार आंशिक रुपमा… Continue reading तनहुँको बन्दिपुरमा चल्यो केवलकार

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । आइएमईले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गरी आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सव मनाएको हो । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ… Continue reading आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले… Continue reading नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह

श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ । कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका… Continue reading श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको हो । यसदिन ३१२ कम्पनीको ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार

झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली… Continue reading झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने

काठमाडौं। नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको छ । यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत वैशाख ३०… Continue reading अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने

मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालको महँगी ४.२२ प्रतिशत

काठमाडौं । पछिल्ला महिनाहरुको मूल्यवृद्धि सरकारको नियन्त्रणमा रहेको छ । माघदेखि लगातार मुद्रास्फीति सीमाभन्दा तल रहेको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ ।… Continue reading मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालको महँगी ४.२२ प्रतिशत

१० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको… Continue reading १० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.९ विन्दुमा पुगेको हो । यसदिन ३१४ कम्पनीको ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

झिनो अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३. १९ विन्दुमा झरेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

file

काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।नेपाली बजारमा यो अहिलेसम्मकै धेरै हो । यसअघि हिजो छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी… Continue reading सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल… Continue reading मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने

झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा झरेको हो । यसदिन ३२२ कम्पनीको ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा… Continue reading झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो

file

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुन तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन… Continue reading सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो

६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६… Continue reading ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार करिब ४ अंकले बढेको नेप्से आज साढे ५ अंकले घटेको हो । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ९ करोड घटेर आज ३ अर्ब ९९… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

काठमाडौं । मंगलबार सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। आज सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा यो १ हजार ७ सय रुपैयाँ बढेको हो। सोमबार प्रति तोला १ लाख ४१ हजार… Continue reading सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ बराबरको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.७ विन्दुमा झरेको हो । यसदिन ३१६ कम्पनीको ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ बराबरको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार

सत्ता गठबन्धनसँग छलफल नगरी बजेट आएको ओलीको आरोप

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको… Continue reading सत्ता गठबन्धनसँग छलफल नगरी बजेट आएको ओलीको आरोप

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य