आगामी आवका लागि प्रदेशले ल्याए ३ खर्ब भन्दा माथिको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार सात वटै प्रदेश सरकारले बजेट ल्याएका छन् । प्रदेश सरकारले कुल ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएका हुन् । ६ वटा प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेट बढाएर ल्याएका छन् भने कर्णाली प्रदेशले भने बजेट घटाएर ल्याएको छ । प्रदेशहरुले कृषि, रोजगारी, उद्योग,… Continue reading आगामी आवका लागि प्रदेशले ल्याए ३ खर्ब भन्दा माथिको बजेट

नेप्सेमा गिरावट कायमै, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

काठमाडौं । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २९.८९ अंकले घटेर १९६६.३३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading नेप्सेमा गिरावट कायमै, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

काठमाडौं । आजदेखि बिदा र कार्यालय समय पुर्ववत अवस्थामा संचालन हुने भएको छ । बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय… Continue reading आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

काठमाडौं । सातवटै प्रदेशमा आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आउँदैछ । प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट सार्वजनिक गर्नुपर्छ । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । त्यसमा आधारित रहेर बजेट ल्याउन लागेका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । प्रदेश… Continue reading सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको स्पष्टिकरण दिएका छन् । तर, उनको स्पष्टिकरणमा विपक्षी दल एमालेले भने असन्तुष्टी जनाएको छ । एमालेले मंगलबार संसदमा पुनः अवरोध गरेको छ । संसदमा सो विषयबारे सांसदले चासो राखेपछि सभामुख… Continue reading बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण

काठमाडौं । नेपालले अमेरिकासँग गर्ने तयारी गरिरहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताले पुनः एक पटक नेपालको कूटनीतिक माहोल तात्तेको छ । सडकदेखि सदनसम्म चर्को वहस भइरहेको यस विषयमा मंगलबार अमेरिकी दूतावासले समेत स्पष्टिकरण दिएको छ । अमेरिकाले यस प्रोग्राममा सामेल हुन कुनै देशलाई नभनेको बताएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने… Continue reading अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण

यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन

file

काठमाडौं । मनसुन भित्रिएपछि देशभरबाट विभिन्न घटना सार्वजनिक हुन थालेका छन् । सो क्रममा सरकारले यस वर्ष २० लाख मानिस मनसुनका कारण प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । बाढीपहिरो, र डुबानमा यस्तो पुर्वानुमान गरिएको हो । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित… Continue reading यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन

मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब पाउने गरी रोजगारीमा नेपाली नर्सहरु पठाउने भएको छ । सोमबार बजेटको मन्त्रालयतगत शीर्षकमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । उनले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् । मन्त्री… Continue reading मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

रोकिएन शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् । केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading रोकिएन शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार

काठमाडौं । केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ । त्यसैको एशियाली बजारमा प्रभाव देखिएको हो । यता अमेरिकी डलर दुई दशकमा पहिलो पटक १ सय ३५ जापानी येनमा बलियो भयो । गत महिना अमेरिकी मुद्रास्फीति ४० वर्षमा हालसम्मकै… Continue reading मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार

आइतवार बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने

काठमाडौं । शेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार संचालन गर्ने निर्णय गरेको हो। साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधादिन अर्थात् २ घण्टा (११ बजेदेखि १ बजेसम्म) मा मात्र शेयर कारोबार हुने नेप्सेले जनाएको छ । अहिले सातामा ५ दिन… Continue reading आइतवार बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने

बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै

काठमाडौं । ससदमा बजेट अधिवेशन जारी छ । १५ जेठमा ल्याएको बजेटमा आइतबारसम्म मन्त्रालयगत छलफल जारी थियो । ती छलmफलमा उठेका विषयवस्तुबारे सोमबारबाट मन्त्रीहरुले जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सोमबार ८ मन्त्रीहरुले जवाफ… Continue reading बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै

रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । रेमिट्यान्स कम्पनी आईएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका महत्वपूर्ण रहेको बताए ।‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि… Continue reading रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री

दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो । यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि… Continue reading दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको छ । मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा… Continue reading तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

काठमाडौं । स्थानीयबासीसँग सहमती जुटेसँगै काठमाडौंबाट फोहोर उठ्न थालेको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शनिवार करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो । फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध… Continue reading धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

तनहुँ । पृथ्वी राजमार्गको तनहुँमा पर्ने मुग्लिन–आँबुखैरेनी सडक खण्डमा शनिबार साना गाडी मात्र चलाउन पाइने भएको छ । आबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार बेलुकी ७ बजेदेखि… Continue reading मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिने भएका छन् । शुक्रबार इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै दुई बैंक गाभिने निश्चित बनेको छ । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता स्वाप रेसियो हुनेगरी मर्जर गर्ने प्रारम्भिक… Continue reading दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई… Continue reading रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुत्रलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

काठमाडौं । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ। अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो। गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो। त्यसको बजार मूल्यमा हिसाब गर्दा पाँच अर्ब बराबर थियो। यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन। सरकारको सार्थक… Continue reading विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२९ कम्पनीको ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको छ । गत रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्कालाई उदृत गर्दै राससले लेखेको छ । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने… Continue reading पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुका ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । यसअघि स्थानीय जनप्रतिनिधिसँग मात्र भएको चित्त नबुझाइ स्थानीयले निरनतर आन्दोलन गरिरहेका थिए । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण… Continue reading काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?

पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपैयाँ बढेको छ । १७० रुपैयाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ पुगेको छ । निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपैयाँ बढाएको छ ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन बारे शुक्रबार सर्वपक्षीय छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग शहरी विकास मन्त्रालयले छलफल गर्न लागेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री समेत सहभागी हुने बैठकमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख समेत बस्ने छन् । गत सोमबार… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच बिहीबार पुनः भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता

अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप… Continue reading अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी

प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी… Continue reading प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै आएको शतप्रतिशत एलसी मार्जिनको व्यवस्था हटाएको हो। नयाँ व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर… Continue reading सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो