चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीन जनाको ज्यान ज्यान गएको छ । कोरोना भाइरस पुष्टी नभएका तीन जनाकै मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो । जिल्लामा पिसिआर परीक्षण बीना अस्पतालहरुले भर्ना नलिने भएकाले बिरामी भएर गएका उनीहरुको सोमबार विभिन्न अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पतालमा निधन भएको हो । जिल्लाका मेडिकल कलेज र अस्पतालमा… Continue reading चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

१६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ८८ जना कोराना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् । यो सहित २१ हजार ४ सय १० जना व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यस्तै देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र… Continue reading १६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

चितवनमा थपिए ५३ संक्रमित

भरतपुर । सोमबार चितवनमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा आइतबार राति आएको नतिजाबाट चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिनाको १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्मलाई संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा… Continue reading चितवनमा थपिए ५३ संक्रमित

नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट आज सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने मानिसको आंकडा समेत २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ जना मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ महिला र ९ पुरुष रहेका छन् । अब देशभर ज्यान… Continue reading नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै अब वीरगन्जमा मात्र ज्यान गुमाउने व्यक्तिको संख्या ४८ पुगेको छ । शनिबार वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला, वीरगञ्ज–१२ का ४३ वर्षिय पुरुष र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष गरी कुल तीन जनाको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार… Continue reading वीरगन्जमा कोरोनाबाट थप ३ जनाको मृत्यु

धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

धरान । धरानमा कोरोना भाइरसको संक्रमणबट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो । प्रतिष्ठानका अनुसार झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ । ८३ वर्षीय पुरुषको शुक्रबार… Continue reading धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

वीरगन्ज । नेपालमा कोरोनाबाट सबैभन्दा उच्च मृत्यु भएको जिल्ला पर्सामा आज थप दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको हो । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । यी दुई सँगै अब वीरगञ्जमा कोरोना संक्रमणबाट… Continue reading वीरगन्जमा कोरोनाबाट थप २ को मृत्यु, ४४ पुगे ज्यान गुमाउने

चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

भरतपुर । बिहीबार चितवनमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी पुष्टी हुनेमध्ये एक जना पाँच महिनाको शिशु समेत छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसका बिरामी थप भएका हुन् । बिहीबार चितवनका मात्र ४५ जनामा कोरोना देखिएको छ… Continue reading चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका एकजनाको ज्यान गएको हो । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी ५ भदौमा अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताको समस्या… Continue reading बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

चितवनमा बुधबार थपिए ४४ संक्रमित

भरतपुर । चितवन कोरोना भाइरसको अर्को इपिसेन्टर बन्ने संकेत गरेको छ । दैनिक तिब्र गतिमा बढिरहेको संक्रमणले चितवन र यस आसपासका क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । बुधबार मात्र यहाँ ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति भएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण… Continue reading चितवनमा बुधबार थपिए ४४ संक्रमित

कोरोनाबाट थप दुई जनाको मृत्यु, १७४ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा एक एक जनाको ज्यान गएको हो । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको गत राती मृत्यु भएको हो । उनी काठमाडौंका बासिन्दा भएको बताइएको छ । कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय… Continue reading कोरोनाबाट थप दुई जनाको मृत्यु, १७४ पुगे ज्यान गुमाउने

काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै

काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा १५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको अनुमानका आधारमा कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाइने भएको छ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको हो । यसबाट कम्तिमा १५ हजार मानिस संक्रमित भेटिने अनुमान गरिएको छ । अहिले उपत्यकामा करीव २७ सय… Continue reading काठमाडौंमा कम्तिमा १५ हजार मानिसमा संक्रमण रहेको अनुमान, परीक्षण बढाइदै

चितवनमा बिहानै थपिए १७ संक्रमित

भरतपुर । चितवनमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार आएको नतिजा अनुसार चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमिता भरतपुर महानगरपालिका भित्रै ९ जना भेटिएको ल्यावले जनाएको छ । श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१… Continue reading चितवनमा बिहानै थपिए १७ संक्रमित

सोमबार चितवनमा थपिए २० संक्रमित

भरतपुर । चितवनमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमित भेटिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । चितवनका १४ सहित २० जनामा कोरोना पुष्टी भएको हो । त्यसबाहेक नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक, एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु २०… Continue reading सोमबार चितवनमा थपिए २० संक्रमित

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । अहिले देशभर चिकित्सकसमेत संक्रमित हुने क्रम बढेको छ । यसैक्रममा सिभिल हस्पिटलका डाक्टर र नर्सलाई क्वारेन्टिनमा राखेको होस्टेल घेर्दै स्थानीयले नयाँ बानेश्वरमा अभद्र व्यवहार गरेका थिए । मन्त्रालयले भने यस्तो काममा संलग्‍नमाथि कडा कारवाही चलाउन… Continue reading स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा… Continue reading बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु

५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले ५ वर्षभन्दा माथिका सबै मानिसले मास्क लगाउनु पर्ने नियम ल्याएको छ । किशोरावस्थाका बालबालिका बाट वयश्क सरह कोरोना भाइरसको संक्रमण सर्ने भन्दै संगठनले ५ वर्षभन्दा माथिका बालबालिकाले मास्क लगाउनु पर्ने नियम ल्याएको हो । त्यो भन्दा साना बालबालिकालाई भने लगाउन अनिवार्य गरिएको छैन । डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति… Continue reading ५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस

कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि उठाएका कदमका कारण रक्तदान हुन नसकेपछि देशभर रगतको अभाव भएको छ । औपचारिक रुपमा रक्तदान कार्यक्रम राख्न नपाउँदा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ । रेडक्रसले रक्तदान गर्न… Continue reading कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या उकालो लागेको छ । सोहीक्रममा शुक्रबार र शनिबार गरी कुल २० जनाको निधन भएको छ । शुक्रबार ११ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा भने ९ जनाको मृत्यु भएको छ । आज सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपाल स्रोतले जानकारी दिएको छ । नेता नेपाल र उनको परिवारका सदस्यको… Continue reading पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना

नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजार नाघेको छ । शुक्रबार एकै दिन ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३० हजारको आंकडा पार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अब कुल ३० हजार ४ सय ८३ जनामा कोरोना पुष्टी भइसकेको छ । यसमध्ये सर्वाधिक संक्रमित… Continue reading नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?

चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

भरतपुर । चितवनमा शुक्रबार बिहान थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यहाँ स्वास्थ्यकर्मीससहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति आएको परीक्षणको नतिजा अनुसार ११ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकामध्ये २२ जना चितवनका… Continue reading चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

चितवनमा थप ३० जनामा कोरोना पुष्टी

भरतपुर । बुधबार चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनका २० र अन्य विभिन्न जिल्लाबाट उपचार गर्न यहाँ आइपुगेका १० जनाा कोरोना पुष्टी भएको हो । भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १… Continue reading चितवनमा थप ३० जनामा कोरोना पुष्टी

नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७… Continue reading नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

कोरोनाबाट बाँकेमा थप एक जनाको ज्यान गयो

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जनाको ज्यान गएको छ । अब बाँकेमा कोरोनाका कारण ज्यान गुमाउने बिरामीको संख्या ४ पुगेको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको हो । नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोनासँग मिल्ने लक्षणसहित ज्वरो आएपछि उनी… Continue reading कोरोनाबाट बाँकेमा थप एक जनाको ज्यान गयो

ठुला सहर कोरोनाको चपेटामा; अवस्था भयावह हुने चेतावनि

काठमाडौं । काठमाडौं उपत्यका सहित देशभरका ठूला शहर क्रमशः कोरोना भाइरसको चपेटामा आउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ । यहाँ दुई हजार १३४ जना सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोमबार मात्र उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो।… Continue reading ठुला सहर कोरोनाको चपेटामा; अवस्था भयावह हुने चेतावनि

काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ। काठमाडौंमा १७०६ ललितपुरमा २८३… Continue reading काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट पर्साका एक पुरुष र मोरङका महिलाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा विभिन्न जिल्लामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चितवन, पर्सा, बारा, कास्की र तनहुँमा थप ८० जना मानिसमा कोरोना देखिएको हो । बारा र पर्सामा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये १० महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालाको नतिजामा उनीहरुमा पोजेटिभ आएको… Continue reading आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी

नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जना थप बिरामी भेटिएसँगै २६ हजारको आंकडा पार भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन् । यो अवधिमा कुल ११ हजार ४ सय ४७ जनामा… Continue reading नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण