Category: स्वास्थ्य

  • कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

    कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

    काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ ।

    नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न मातहतका क्वरेन्टाइन कार्यालयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशन दिएको छ ।

    पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न समेत निर्देशन दिइएको छ । दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न समेत मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

    काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको छ । देशमा ठूलो परिमाणमा कुखुरा मरेमा वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । नेपालमा भने अहिलेसम्म बर्ड फ्लू संक्रमणको पुष्टी भने भइसकेको छैन । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको छ ।

  • काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

    खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

    काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ ।

    आज बेलुकाबाट भने काठमाडौंको आकाश पुरै खुल्नेछ । यद्दपी काठमाडौंको प्रदुषण भने कायमै रहेका कारण सतकर्ता अपनाउनु पर्ने सुझाव विज्ञहरुको छ । वायु प्रदुषणको असर खतरनाक हुने भन्दै सचेत हुन वातावरण मन्त्रालयले समेत आह्वान गरिसकेको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

    देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात समेत हुनेछ । हिउँदमा हावा नचल्ने समस्याका कारण काठमाडौं उपत्यकासहित शहरी इलाकाको आकासमा बढी प्रदुषण थुप्रिएको छ ।

    विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण अत्यधिक रहेको छ । विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आह्वान गरेको छ । घरबाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउँदा उपयुक्त हुन्छ ।

  • सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए ।


    त्यसपछि सो टोलको लाइन काट्न लगाएर प्रहरी एम्बुलेन्स लिएर घटनास्थलमा खटिएको थियो । घटनामा दुबै जना गम्भीर घाइते भएका थिए । भक्तपुर अस्पतालमा बुढाथोकीको मृत्यु भएको हो । घाइते सिन्धुली कमलामाई नगरपालिका ११ का २७ वर्षीय विक्रम मोक्तानको कीर्तिपुर अस्पताल उपचार जारी रहेको छ । टप्सन इनर्जी सानोभर्‍याङ, काठमाडौंबाट खटिएका कामदारले सिमेन्टको पोलमा सडकबत्ती जडान राख्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

  • झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    झापामा बस र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    झापा । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ५ की २८ वर्षीया सलिना राई छन् । मोटरसाइकल तामाङले चलाएका थिए । राई पछाडि सवार रहेको बताइएको छ ।

    शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र १०२ ०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो ठोक्किएका थिए । त्यसपछि गम्भीर घाइते भएका दुबै जनालाई बीएण्डसी अस्पताल विर्तामोडमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनीहरुको ज्यान गएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

    नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५५ हजार ८८ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार २सय ८९ रहेको छ ।

  • कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने

    कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने

    काठमाडौं । भारत सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ सरकारले निर्यातमा रोक लगाएको हो ।

    सरकारले अक्सफोर्डको खोप उत्पादन सेरम इन्स्टिच्युटलाई अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो । सेरमका कार्यकारी अधिकृत अदार पुनावालाले खोपमा भारतका नागरिकलाई प्राथमिकता दिने निर्णयको सम्मान गर्ने बताएका छन् ।

    उनका अनुसार सेरमले खोप तत्काल निजी बजारमा बेच्ने छैन । सेरमले गरिब मुलुकका लागि एक अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरिसकेको छ । भारतले पहिलो चरणमा झण्डै तीस करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।

    भारतको निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने देखिएको छ ।

    नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्सको खोप मार्च या अप्रिल महिनामा मात्रै दिन सकिने सेरमको भनाइ छ । सेरमको खोप ७० दशमलब ४ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

  • कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

    कोरोना संक्रमणबाट कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार बिहान ११ बजे नयाँ दिल्लीमा निधन भएको हो।

    कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए ।

    केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् । निरञ्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए।

    निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा। शेखर दाजुर्लाइ भेट्न एक महिनाअघि नयाँदिल्ली पुगेका थिए । निरञ्जनका दुई जना छोरा छन्। उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

  • नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

    नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ ।

  • प्रचण्ड पत्नी अस्पताल भर्ना, स्वास्थ्यलाभको कामना गर्न प्रचण्डलाई प्रधानमन्त्रीको फोन

    प्रचण्ड पत्नी अस्पताल भर्ना, स्वास्थ्यलाभको कामना गर्न प्रचण्डलाई प्रधानमन्त्रीको फोन

    काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनमा वंशानुगत पार्किन्सन जस्तो देखिने रोग रहेको छ । सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको दाहालकी छोरी गंगाले सामाजिक सञ्‍जालमार्फत पुष्टी गरेकी छिन् ।

    सीता अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रचण्ड दिउँसो अस्पताल पुगेका थिए । पार्टीमा देखिएको विवादका बीच प्रचण्ड दौडधुपमा छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ प्रचण्डलाई टेलिफोन गरी पत्नि सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    पार्टीमा फाटो आएपछि सार्वजनिक कार्यक्रममा नेताहरुबीच एक अर्काको उछितो काड्ने क्रम जारी छ । तर, पहिलो पटक टेलिफोनमा वार्ता भएको हो । बुधबार साँझ प्रधानमन्त्रीले आफु निकट दुई नेता विण्णु पौडेल र सुवास नेम्वांगलाई समेत आफ्नो सन्देशसहित अस्पताल पठाएका थिए ।

  • नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज

    नेपालमा थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज

    काठमाडौं। नेपालमा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ ।

  • निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो

    निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो

    काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ ।

    कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य रोगको सहजै उपचार गर्न सक्ने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमण कम भएको छ । सोहीकारण निजी अस्पताललाई तत्काल कोभिड अस्पतालको सूचीमा राख्ने काम स्थगन गरिएको छ । मन्त्रालयले संक्रमितको उपचारका लागि देशभर ३० वटा भन्दा बढी निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा घोषणा गरेको थियो । ती सबै अस्पताल अब उक्त सूचिबाट हटेका छन् ।

    संक्रमण नबढेमा यो व्यवस्था निरन्तर रहने र बढेमा भने पुनः सेवा थाल्नेगरी तत्कालका लागि हटाइएको प्रवक्ता गौतमले बताए । उनका अनुसार मेडिकल कलेजहरूलाई भने कोभिड अस्पतालको सूचीबाट हटाइएको छैन ।

    उनका अनुसार यो सूचिबाट हटेसँगै अब निजी अस्पतालमा कोभिड संक्रमितको उपचार भएमा त्यसको खर्च सरकारले व्यहोर्ने छैन। अस्पतालहरूमा मात्र उपचार गराइएका संक्रमितहरूको भने उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

  • चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

    चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चाबहिलमा मोटरसाइकल पुलबाट खस्दा एक जनाको मृत्यु भएको छ । चाबहिलको गोपिकृष्णहल नजिकै पुलबाट मोटरसाइकल धोवीखोलामा खसेको हो । प्रहरीका अनुसार बा २६ प ४०२१ नम्बरको मोटरसाइकल खोलमा खस्दा चालक सिन्धुली घर भएका २७ वर्षिय लोकनारायण श्रेष्ठको ज्यान गएको हो ।

    उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए । राती भएको यो घटनालगत्तै उनलाई उपचारका लागि नेपाल–भारत अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

    हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

    हेटौंडा । हेटौंडामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

    हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    दुर्घटना गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका ८ जनाको चुरेहिल अस्पतालमा उपचार जारी छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ ।

  • नेपालमा थप ६१३ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

    नेपालमा थप ६१३ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर उल्लेख्य घटेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै अब नेपालमा संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३९ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनालाई जित्नेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५५१० जनामा कोरोना परीक्षण गरिएको हो ।

  • नवलपरासीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    नवलपरासीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गैँडाकोट । नवलपरासीको गैँडाकोटमा आज भएको ट्रक दुर्घटना तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ना ३ ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करीडोरको भित्री सडक खण्डमा दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

    दुर्घटनामा परी टेलर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका—१७ हटियाका ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा जिल्लाको ठोरी गौतमनगर बस्ने ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले पुष्टी गरेको छ ।

    सिमेन्टसहित निर्माण सामग्री बोक्ने टेलर बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदा गैँडाकोट नगरपालिका—३ को सेतिभीरबाट अन्दाजी १ सय मिटर तल खसेको हो ।

  • ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    ललितपुर । ललितपुर, धोवीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
    एकान्तकुनाबाट बल्खुतर्फ लागेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलले काभ्रेका २७ वर्षिय गोपीकृष्ण खनाललाई ठक्कर दिएको थियो ।

    उनको उपचारका क्रममा गतराती स्टार हस्पिटलमा ज्यान गएको हो । चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उपत्यकामा बढ्दो सवारी चापका कारण पैदल यात्रा समेत असुरक्षित बनेको छ ।

  • बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

    बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

    खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।

    उनले पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न बहिनीलाई दवाव दिएको खुल्न आएको प्रहरीले जनाएको छ । सकुन्तलाका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलेको राससले लेखेको छ ।

    करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी हुन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलालाई काम छ भनी घरबाट जङ्गलमा लगि हत्या गरेको खुलेको हो ।

    हत्या भएको अघिल्लो राति दाजु सञ्जीवले फोनमा समेत पटकपटक धम्की दिएको खुलेको छ । घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला परेको श्रीमानले जानकारी गराएका छन् ।

    घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको राससले लेखेको छ ।

  • नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

    नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।

    थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्।

    पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।

  • अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

    अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

    वासिंगटन डिसी । अमेरिकी नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लगाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    खोपबारे सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । उनले डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले निर्धक्क भई खोप लगाउन आह्वान गरेका छन् ।

    बाइडेन दम्पत्तिले नै खोप लगाएका हुन् । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । यहाँ अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसमा कोरोना खोप लगाइसकिएको छ । अमेरिकाले अघिल्लो सोमबारबाट सर्वसाधारणमा खोप वितरण थालेको हो ।

  • टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

    टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

    कोहलपुर । टिकटकका लागि मानिस के सम्म गर्न सक्ला ? हामीले टिकटकका लागि अनेक शाहसिक पोज देख्ने गर्छौं । तर, नेपालमा एक युवाले ज्यानै गुमाएका छन् । टिकटक बनाउन झोलुङ्गे पुलको तारमा झुन्डिदा त्यहाँबाट खसेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको छ ।

    प्रहरीका अनुसार उनको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको हो । गत शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट उनी खसेका थिए ।

    गम्भीर घाइते भएका उनको उपचार कोहलपुरमा भइरहेको थियो । उनीसँगै युवाहरुको एक टोली गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक गएको थियो । थापा टिकटक बनाउन बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए।

    झुन्डिएपछि उनले त्यहाँबाट माथि उक्लन निकै प्रयास गरेका थिए । तर, सकेका थिएनन् । त्यसपछि उनको हात गल्यो । जले गर्दा उनी २० मिटर तल रहेको बगरमा पछारिन पुगेका थिए ।

    प्रहरीका अनुसार पिकनिकमा उनले मदिरा सेवन गरेका थिए । पुलबाट खसेपछि गम्भीर घाइते उनलाई साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँबाट उनलाई कोहलपुर रिफर भएको थियो ।

  • कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

    कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

    काठमाडौं । कोरोना रोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ। यो साता मलेसियामा र केन्यामा थप एक–एक जना नेपालीको निधन भएको छ।

    एनआरएनएका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ। तीमध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो।

    शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका ३ सय १२ जना जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

    एनआरएनए अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

  • जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु

    जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु

    विराटनगर । नेपालको तराईदेखि हिमालसम्म चिसो अत्यधिक बढेको छ । यसले जनजीवन प्रभावित बनाइरहेको छ । चिसो भगाउन घरमा बालेको घुरको आगोले घर नै जलेपछि विराटनगरमा एक किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगो घरमा सल्किएको थियो ।

    विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको जलेर मृत्यु भएको छ । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार भने घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते आमा–छोराको कोशी अस्पताल विराटनगरमा उपचार जारी छ । आगलागीको समयमा राजेशकुमार घरमा नभएको पाइएको छ । घुर ननिभाई सुतेका कारण त्यसले घरमा आलो सल्किएको अनुमान प्रहरीले गरेको छ ।

  • बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

    बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

    बैतडी । बैतडीमा ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ ।

    सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो । दुर्घटनामा परी मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टी गरेको छ ।

    कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी भने सामान्य घाइते भएका छन् । कच्ची सडकमा ट्याक्टर सडकबाट तल खसेको हो ।

  • नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

    नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

    काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना भाइरसको संक्रमणको दर तिब्र गतिमा घटिरहेको छ । त्यसो त परीक्षणको दायरा समेत सोही अनुपातमा खुम्चिएको छ । अहिले नेपालमा अत्यावश्यक पर्ने बिरामी, शंका लागेर आफैले गर्नुपर्ने परीक्षण र विदेश जाने यात्रुको मात्र परीक्षण भइरहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या ६५८८ जनामा गरिएको परीक्षणबाट आएको छ । तर, परीक्षणको तुलनामा संक्रमणदर समेत उल्लेख्य घटेका कारण यसले सकारात्मक संकेत भने गरेको छ ।

    अब नेपालमा संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएको मन्त्रालयको तथ्यांक छ ।

    नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ। आज संक्रमणपछि ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ।

  • गोरखामा बस दुर्घटनामा परी २२ घाइते, चालक भागे

    गोरखामा बस दुर्घटनामा परी २२ घाइते, चालक भागे

    गोरखा । काठमाडौंबाट गोरखातर्फ लागेको यात्रुबाहक बस गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार दुर्घटनाग्रस्त हुँदा २२ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा रहेका ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

    अन्य घाइतेको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ । दुर्घटनापछि बसका चालक भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

  • स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन

    स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन

    काठमाडौं । सरकारले आफ्ना माग वेवास्था गरेको भन्दै स्वास्थ्यकर्मीले माग पुरा गर्न एक साताको समय दिएका छन् । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले माग पुरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

    मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए । उक्त दिन समितिले माग पूरा गर्न २१ दिनको समय राखेर अल्टिमेटम तोकेको थियो ।

    तर, सरकारले यस अवधिमा समेत माग पुरा गर्न गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मी थप आन्दोलित हुन लागेका हुन् । समितिले आफ्ना माग पूरा गर्न सोमबारदेखि लागू हुने गरी एक हप्ताको समयावधि थप गरेको छ ।

    अब पनि माग पूरा नभए आन्दोलनमा जाने चेतावनी स्वास्थ्यकर्मीको छ । कोरोनाको महामारी फैलिरहेको बेलामा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म पनि नपाएको उनीहरुको भनाई छ ।

  • नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त

    नेपालमा थप ८३० जनामा कोरोना पुष्टि,१५०० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय ९३ २३ पुगेको छ । थप १५०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

    हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ जना रहेको छ ।

  • नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?

    नेपालमा कसरी ल्याइदैछ कोरोना खोप ?

    काठमाडौं । संसरका विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप उत्पादन पछि वितरण शुरु गरिसकेका छन् । चीन र रुसले अघोषित रुपमा आफ्ना नागरिकलाई खोप लगाइसकेको सार्वजनिक भएको छ । बेलायतले औपचारिक रुपमै खोप वितरण थालेको छ । अमेरिका यसैसाताबाट सर्वसाधारणलाई खोप वितरण गर्ने तयारीमा छ ।

    तर, तेस्रो विश्व भने अझै अलमलमा छ । किनकी यी मुलुकसँग खोप उत्पादनको क्षमता त परै आवस, मुलुकमा भित्राएर उचित तापक्रममा राखी वितरण गर्ने क्षमता पनि छैन । यो अवस्थामा नेपालजस्ता अतिकम विकसित मुलुकले कसरी खोप प्राप्त गर्लान् ? यो चासोको विषय बनेको छ ।

    यसै सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शुक्रबार बसेको छ । खोप कसरी नेपाल ल्याउन सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रीको उपस्थितिमा सीसीएमसीले तयारी थालेको हो ।

    शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग सीसीएमसीका संयोजक इश्वर पोखरेलले सामूहिक छलफल गरेका छन् । जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको सीसीएमसीले जनाएको छ ।

    शुक्रबारको बैठकले बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने सम्बन्धमा समेत आज छलफल भएको छ ।

  • कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

    कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

    काठमाडौं । सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत बनेका कमानसिंह लामाको कोरोना भाइरसका कारण निधन भएको छ । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए ।

    कोरोना संक्रमण देखिएपछि दुई साता अघि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । पारिवारिक स्रोतका अनुसार उनको बुधबार राती ११ बजे निधन भएको हो । उनलाई १४ दिनअघि कोरोना संक्रमण भएको थियो ।

    लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनमा प्रेसर, सुगरको समस्या रहेको बताइएको छ । पछिल्लो समय मृगौलाको समस्यासँग समेत उनी जुधिरहेका थिए । उनको अन्येष्टीको व्यवस्थापन सेनाले गर्नेछ ।