Category: स्वास्थ्य

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०१७ पुग्यो

    थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०१७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

  • नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

    नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० रहेको छ ।

  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    सिन्धुली । सिन्धुलीमा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाका १ चिसापानीका ४० वर्षीय शेर बहादुर बुजुले ३६ वर्षीया श्रीमती राममाया घलानलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।

    हत्यापछि उनी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी घलानको जिल्ला अस्पताल हेटौडा मकवानपुरमा उपचारको क्रममा शनिबार ज्यान गएको हो ।

  • छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ५ घाइते

    छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, ५ घाइते

    काठमाडौं । सप्तरी र तनहुँमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् । प्रहरीका अनुसार सप्तरी, कञ्चनरूप नगरपालिकामा–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटनामा स्थानीय १८ वर्षीय रामआशिष रामको ज्यान गएको छ ।

    दुर्घटना बिहीबार साँझ भएको हो । ट्याक्टरमा सवार स्थानीय १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते छन् ।

    उनीहरुको सप्तरी, रूपनीस्थित युनिक अस्पतालमा उपचार जारी छ । यता, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा ग १ त ३७७० नम्बरको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

    छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको ज्यान गएको हो । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते रहेको प्रहरीले जनाएको छ ।

  • कस्ताे समस्या हुने मानिसले कोरोनाकाे खोप लगाउन मिल्दैन ?

    कस्ताे समस्या हुने मानिसले कोरोनाकाे खोप लगाउन मिल्दैन ?

    काठमाडौं । भारतले नेपालका लागि १० लाख डोज कोरोना भाइरसको खोप हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाललाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर हस्तान्तरण गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप जोखिम क्षेत्रमा काम गर्नेहरुलाई लगाइने बताएको छ । मन्त्रालयले जोखिम क्षेत्रमा खटिने चिकित्सक, सफाई कर्मचारी, सुरक्षाकर्मीलगायतलाई उक्त खोप लगाउने बताएको छ ।

    भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले ज्वरो आएका, रक्तस्राव गडबडी, एलर्जी भएका, गर्भवती महिला, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका मानिसहरुले खोप लगाउन नहुने बताएको छ ।

    यस्ता समस्या भएका मानिसहरुमा प्रतिरक्षा प्रणाली कमजोर हुने सेरमले बताएको छ । त्यस्तै पहिलो चरणको खोप लगाउँदै एलर्जी भएमा दोस्रो चरणको खोप नलगाउन पनि सेरमले आग्रह गरेको छ ।

    हालसम्म कोरोनाका खोपले मानिसहरुलाई पूर्णरुपमा सुरक्षित राख्ने वा नराख्ने कुनै ग्यारेण्टी छैन् । किनकी खोप निर्माता कम्पनीहरु हालसम्म पनि क्लिनिकल परीक्षणमा रहेकाले खोप लगाउने मानिसले ‘आफू कुन प्रकृतिको रोगसँग लडिरहेको छु’ त्यो एकिन गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

  • सर्लाहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    सर्लाहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    सर्लाही । सर्लाहीमा यात्रुबाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको हरिवन नगरपालिका–४ मा भएको दुर्घटनामा अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटनामा परेको हो ।


    दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत भइनसकेको प्रहरीको भनाई छ । दुर्घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?

    भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?

    काठमाडौं । बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा घोषणा गरेको खोप आज एयर इण्डियाको विमानबाट काठमाडौं ल्याईदैंछ ।

    भारतले पहिलो चरणमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।

    विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । खोप भण्डारणको व्यवस्था टेकुस्थित स्वास्थ्य सेवा विभागमा मिलाइएको छ ।

    विभागबाट प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने गरि तयारी छ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने भएको छ ।

    यद्दपी खोप वितरण तत्काल हुने छैन । कम्तिमा दुई साताको तयारीपछि मात्र नेपाल भित्र खोप वितरण शुरु हुने जनाइएको छ ।

  • सुनसरीमा सडक दुर्घटना, तीन जनाको मृत्यु

    सुनसरीमा सडक दुर्घटना, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीमा भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा उक्त हताहती भएको हो ।

    प्रहरीका अनुसार मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव छन् ।

    एक मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दश जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।

  • भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

    भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

    काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाल र भुटानलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । बंगलादेशलाई भने दुई करोड डोज खोप दिने निर्णय बैठकले गरेको हो ।

    भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले छिमेकी देशलाई १० करोड डोज खोप वितरण गर्ने तयारी गरेको छ । उसले सेरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिन उपलब्ध गराउने भएको हो ।

    भारतले दिने भनिएका खोप अर्को हप्ताबाट आपूर्ति शुरु हुने बताइएको छ । भारतले आफ्नो देशमा अघिल्लो शनिवारबाट खोप दिन शुरु गरिसकेको छ ।

  • भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

    भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

    नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ ।

    नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप लगाएका ५८० जना बिरामी परेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । ७ जना गम्भीर छन् ।

    भारतमा शनिबारबाट खोप अभियान सुरू भएको हो । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    भारतमा अहिलेसम्म ३ लाख ८१ हजार जनामा खोप दिइसकिएको छ । नेपालमा समेत भारतबाटै कोरोना खोप ल्याउने तयारी छ । यसैसाता भित्र खोप ल्याउने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

  • कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

    कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौं, कलङ्कीस्थित खड्का गाउँ भन्ने स्थानमा एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षिय शिवराम खड्काको जलेर ज्यान गएको हो ।

    आफ्नो घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।


    घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि थाहा पाएका थिए । त्यतिन्जेल खड्काको ज्यान गइसकेको अवस्थामा प्रहरीलाई खबर गरेका थिए ।

  • अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

    अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

    जनकपुर । अत्यधिक चिसोका कारण यो वर्ष प्रदेश नं २ मा चार जनाको मृत्यु भएको छ । अहिले पनि तराईका धेरैजसो जिल्लामा शितलहर जारी रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको ज्यान गइसकेको छ ।

    कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको ज्यान गएको छ ।

    प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध समेत गरिरहेका छन् ।

    अहिले दक्षिण पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा समेत मौसम प्रतिकुल बनेको हो ।
    चिसो बढेपछि प्रदेश नम्बर २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ।

  • नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना

    नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना

    काठमाडौं । बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना नेपालमा पनि भेटिएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रजातिको भएको पाइएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ।

    संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन।

    बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।

    केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

  • सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु

    सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु

    सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानामा पर्ने महादेव भिरमा आइचर दुर्घटनामा परी कम्तिमा तीनको ज्यान गएको छ । एक जना घाइते रहेको प्रहरीले जनाएको छ । आइतबार राति करिब साढे ११ बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटनामा परेको हो ।

    यस घटनामा धादिङ स्थायी घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते छन् । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार जारी छ । प्रहरीका अनुसार दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।

  • नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

    नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

    ओस्लो । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमलले उल्लेख गरेका छन् ।

    खोपको साइड इफेक्टपछि उनीहरुको मृत्यु भएको बताइएको छ । त्यसो त शनिबारबाट शुरु भएको कोरोना खोप लगाएपछि भारतमा समेत सयौं व्यक्ति घाईते भएको र एक जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

    नर्वेमा भने मृत्यु हुने सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको हो । मृत्यु हुने व्यक्तिमा यसअघि कै गम्भीर स्वास्थ्य समस्या रहेको जनाइएको छ । सबैजसो दीर्घरोगबाट पिडित थिए ।

    तर, ठूलो संख्यामा खोपका कारण मानिसको ज्यान गएपछि अधिकारीहरु भने यसबारे चनाखो बनेका छन् । यो मुलुकले अहिलेसम्म ४२ हजार जनालाई खोप लगाइसकेको छ ।

    नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएको छ । त्यसकारण २९ जनाकै मृत्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको छ । नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित भने नरहेको उल्लेख गरेको छ ।

  • पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

    पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

    पोखरा । बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएको छन् । प्रहरीका अनुसार यस दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जीपमा नौ जना सवार थिए । घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको छ । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

  • नेपालमा थप २४० जनामा कोरोना पुष्टी

    नेपालमा थप २४० जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३८१९ परीक्षणबाट उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    अब नेपालामा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । १९५४ जनाको मृत्यु भएको छ । हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

    अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

    काठमाडौं । संसारमा कोरोनाबाट अति प्रभावित मुलुक अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएपछि अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको हो ।

    पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४१ लाख पुगेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४२ लाख २६ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ९४ लाख ७१ हजार ८२२ जनामध्ये २८ हजार ९३७ जनाको अवस्था गम्भीर रहेको तथ्यांक रहेको छ ।

  • भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

    भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

    नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

    अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाइने भारतीय संचारमाध्यमले जनाएका छन् । भारतले पहिलो प्राथमिकतामा ३० करोडलाई जुलाईसम्ममा खोप लगाइसक्ने जनाएको छ । यस प्रयोजनका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ।

    भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन्। ‘कोभिसिल्ड’ प्रति डोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

  • रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

    रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

    अर्जुन मैनाली, न्यूयोर्क

    साधारणतया रक्तदानको माध्यमबाट कोरोना भाईरस सर्दैन । किनकी यो श्वास प्रश्वासको माध्यमबाट सर्दछ । सम्भावित रक्तदाता अर्कै सहर वा राज्यबाट आएको भए दुई हप्ता रक्तदान नगर्न भनिन्छ । कोरोना लागेका शंकास्पद ब्यक्तिसँग संपर्क भएकालाई पनि रक्तदान नगर्न भनिन्छ । मुखमा मास्क लगाइ राख्न र छिन-छिनमा साबुन पानीले हात धुन लगाइन्छ । यसरी भाईरस बिरुद्ध धेरै सावधानि अपनाइएको हुन्छ । कोरोना महामारी सुरु भएयता करोडौले रक्तदान गरी सकेका छन । त्यत्तिकै परिमाणमा बिरामीहरुले रक्तसन्चार गरी सकेका छन । कुनै पनि बिरामीलाई रक्तसन्चारकै कारणले कोरोना रोग लागेको भन्ने तथ्य आएको छैन ।

    रक्तदान गर्नका लागि देशै पिच्छे फरक फरक नियमहरु छन । अमेरिकामा ५० किलो तौल भएका, १६ बर्ष भएकाले अभिभावकको सहमतिमा रक्तदान गर्न सक्छन । १७ बर्षदेखि ७५ बर्षसम्मकाले स्वविवेकले रक्तदान गर्न सक्छन । ७५ बर्षभन्दा माथिकाले डाक्टरको स्विकृति लिएर रक्तदान गर्न सक्छन । नेपालमा ४५ किलो तौल भएका, १८ बर्षदेखि ६५ बर्षसम्मकाले रक्तदान गर्न सक्छन । रक्तदान गर्न जानु भन्दा अगाडि खाना खाएको हुनुपर्छ । बिगत २४ घण्टामा प्रसस्त पानी पिएको हुनुपर्छ । साधारणतया हाम्रो शरीरमा करिव ७० प्रतिशत तरल पदार्थ हुन्छ । यसलाई सन्तुलन गरी राख्न दिनहुँ आफ्नो शरीरको तौलको ४-५ प्रतिशत तरल पदार्थ पिएको हुनुपर्छ । यदि तीन प्रतिशत पनि तरल पदार्थ पिएको छैन भने, त्यस्तो अवस्थामा हाम्रो शरीरमा शुक्खा भई सकेको हुन्छ । त्यसै पनि कमजोरी महसुस हुनसक्छ । त्यस्तो अवस्थामा रक्तदान गर्दा शरीरमा थप शुक्खा हुन गई रिङ्गटा लाग्ने कमजोरी अनुभव हुनसक्छ । अनि रक्तदान गरेका कारण केही चक्कर, हल्का टाउको दुख्ने, कमजोरी भएँ भन्ने लाग्न सक्छ । यसैले रक्तदान गर्नु भन्दा अगाडि उपरोक्त कुरामा ध्यान दिनु पर्छ । तर लामो समयसम्म रक्तदान गरी राख्नुहुनेहरुलाई छोटो अबधिको लागि एनिमिया, तिर्खा लाग्ने, थाकेको महसुस हुन सक्ने खतरा हुन सक्छ ।

    रक्तदान गर्दैमा मानव शरीरको प्रतिरक्षा प्रणालिमा कमजोर हुँदो रहेनछ । किनकी शरीरले तुरुन्तै प्रतिरक्षा प्रणालिहरुलाई प्रतिसथापन गर्दछ । यो कोरोना महामारिमा रक्तदानको बिषयमा मसँग ठुलो अनुभव रहेको छ ।


    न्यूयोर्क सहर कोरोना रोगले अस्तब्यस्त भएको बेलामा एप्रिल २४, २०२० मा मैले पहिलो पटक रक्तदान गरेको थिएँ । त्यस यता जनवरी १२, २०२१ सम्मको १० महिनाको अबधिमा २३ पटक (४ पटक रगत र १९ पटक प्लेट्लेट्स) दान गरेछु । हरेक पटक रक्तदान गर्न जाँदा रक्तदाताको रक्तचाप, नाडी धड्कन, तापक्रम, रगतमा लौह तत्व जाँच गरिन्छ । यो दश महिनाको अबधिमा मेरो शरीरबाट ११.५ लिटर रगत र रक्ततत्व निकालेको छ । मेरो शरीरमा कुनै कमजोरीपन वा बिमारी भएको छैन । मेरो आफ्नो दैनिकी काममा पनि कुनै कमी छैन । हुन त यसरी रक्तदान गर्नु त्यो पनि विषम अवस्थामा, जुन चानचुने प्रयास थिएन । तर मैले यस्तो बेला रगतको अभाव हुन् भन्ने पढ्को थिएँ । मेरो अनुभवका आधारमा सम्भावित रक्तदाताहरुलाई कम्तिमा पनि बर्षको एक पटक रक्तदान गरौ भन्न खोजेको मात्र हुँ । धेरै देशका बिरामीहरुले रगत नै नपाएका कारण हामीले धेरै समाचार सुनेका छौ । विश्व स्वास्थ्य संगठनले हरेक देशमा बिरामीहरुले सजिलै रगत पाउन त्यस देशको जनसंख्याको करीब दुई प्रतिशत नागरिकले रक्तदान गर्नै पर्छ भनेको छ । यस अर्थले तपाईं सबै युवाहरुमा कम्तिमा बर्षको एक पटक रक्तदान गर्नु हुन अनुरोध गर्दछु ।

    कोरोना महामारीको चरम अवस्थामा गरिएको रक्तदान
  • नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

    नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

    काठमाडौं । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ

    सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो ।

    कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

    पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो। खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ।

    कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

    विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

    चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

  • वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

    वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

    वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ ।

    १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ । टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भियतनामका विज्ञ र वैज्ञानिक सहभागी रहेको बताइएको छ ।

    कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको हो । अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्ने समेत समाचारमा उल्लेख छ । चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको भन्दै प्रवेश लामो समय रोकेको थियो । चीन विश्वमा तुलनात्मक रुपमा सफल रुपमा कोरोना भाइरस नियन्त्रण गर्न सफल मुलुक हो ।

  • काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्।

    योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

  • झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

    झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

    झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए । उनको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाई छ । स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो करीव एक घण्टापछि नियन्त्रणमा आएको हो ।

  • भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

    भारतका सबैजसो राज्यमा फैलियो बर्ड फ्लु

    नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ ।

    यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको छ । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुरा बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा समेत मरेका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसको भ्रमण रोकिएको छ ।

    महाराष्ट्रमा पछिल्लो दुई दिनमा मात्र कम्तीमा आठसय कुखुरा मरेका छन् । मरेका कुखुराको नमुना संकलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो । आइतबार उत्तर प्रदेशको कानपुर सहरमा रहेको एक चिडियाखाना चरा र सुगा मरेको पाइएको छ । उत्तर प्रदेशले उक्त चिडियाखाना आसपास १० किलोमिटर क्षेत्रमा मासुको व्यापार रोकेको छ । उत्तर प्रदेशको भोपालमा समेत काग मरेको बताइएको छ ।

  • नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

    नेपालमा थप २५९ जनामा कोरोना संक्रमण, ५१३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय८० पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय १३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

  • नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

    नेपालमा थप ३६२ जनामा कोरोना पुष्टी, ४२८६ परीक्षण

    काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल ४२८६ नमुना परीक्षण गरिएको थियो । जसमा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

    यसमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । १९१२ जनाको मृत्यु भइसकेको छ । घट्दो संक्रमणका कारण देशभर मात्र ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३८९ जना होम आइसोलेसनमा छन् । १८६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।

  • महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

    महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

    काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ ।

    बिहीबार पत्रकारको एक समूह मुसहरको एकीकृत बस्तीमा पुगेपछि यसबारे खुलेको राससले उल्लेख गरेको छ । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुरा नभएपछि पुस ९ मा रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसोले सताएको थियो ।

    त्यसपछि अत्यधिक रक्तश्राव भएको उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो। उनी बिरामी भएकै अवस्थामा छोरी जन्माएकी थिइन्। केहीबेरको अस्पताल बसाइपछि उनको मृत्यु भएको परिवारले जनाएको छ । नवजात शिशुको समेत जन्मेको ६ घण्टामै मृत्यु भएको छ ।

    एकसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो। गत मङ्गलबार १३ औं दिनका पुण्यतिथिका दिन उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको समेत चिसोकै कारण मृत्यु भएको छ । यस बस्तीमा ३५० परिवार दलित मुसहर रहेका छन् ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९०० नाघेको छ ।

    बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसंगै यो संख्या १९०० नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ४ जना संक्रमितको मृत्यु भयो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।