काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

फाइल तस्वीर (THT)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुल आजबाट भौतिक रुपमै खुलेका छन् । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको थियो । सोही अनुसार स्कुलहरु समेत संचालनमा आएका छन् । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने… Continue reading काठमाडौं महानगर भित्रका स्कुल आजबाट भौतिक रुपमै खुले

काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

काठमाडौं । काठमाडौं साक्षर जिल्ला घोषित भएको छ । सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । सामाजिक विकास मन्त्री सुवेदीका अनुसार साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति… Continue reading काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

आज बस्दैछ संसद बैठक, अर्थसम्बन्धी विधेयकहरु प्रक्रियामा जाने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । त्यसका लागि विधेयकहरुको प्रक्रिया शुरु हुनेछ । संसद सचिवालयका अनुसार विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय छुट्याइने भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा… Continue reading आज बस्दैछ संसद बैठक, अर्थसम्बन्धी विधेयकहरु प्रक्रियामा जाने

कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण

Photo : RSS

काठमाडौं । संविधान दिवसका अवसर परि ९०३ जना व्यक्ति विभुषित बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी विभुषित हुनेको नाम आज गोरखापत्रमा सार्वजनिक गरिएको छ । संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले… Continue reading कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण

आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

काठमाडौं । आज नेपालमा संविधान दिवस मनाइंदै छ। नेपालमा सरकारले २०७२ साल असोज ३ मा संविधान जारी भएको अवसर पारी सार्वजनिक बिदा दिने गरेको छ । यस उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले… Continue reading आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?

नराम्रो सपना

लक्ष्मी श्रेष्ठ, न्युयोर्क मध्य रातमा ऊ ब्युझिन्छदेब्रे छाति छाम्छ, ढुकढुकीएकनासले बढी रहन्छपसीना पसीनाले उसको शरिरनिथ्रुक्क भिजिसकेछ!साईडको बट्टाबाट टिस्यु झिक्छनिधार र घाँटीको पसीना पुच्छसाईडको ग्लासको पानीएक्कै स्वासमा घुट्क्याउँछसिरानीमा अडेस लगाएर बस्दैलामो लामो स्वास फेर्छ! उसले एउटा डरलाग्दो सपना पो देखेछसपनामा – मुखुण्डो लगाएकाराक्षसहरुले उसको आमालाईजबरजस्ति घिच्याउँदै रहेछन्राक्षसहरुबाट बचाउन ऊ बल लगाएरआमाको फरियामा झुण्डिएर आफुतिर तान्दोरहेछराक्षसहरुले लुच्छ्दा-लुच्छ्दा… Continue reading नराम्रो सपना

सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस््िथत भएको छ । सोहीकारण बैठक समेत विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सो सम्बन्धमा निर्णय लिन सभामुखले बैठक राखेका थिए । तर, एमालेले भने समाजवादी दलका १४ सांसदलाई कारवाही गर्न वा स्वयमः सभामुखले राजिनामा दिनुपर्ने शर्त राखेको… Continue reading सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव

तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम

BBC

काबुल । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु भएको छ । बीबीसीका अनुसार तालिबान सरकारले यस्तो जानकारी गराएको हो । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने उल्लेख छ । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने… Continue reading तालिबानले अफगानिस्तानमा छात्राका लागि तोक्यो नयाँ नियम

मकवानपुरका विद्यालय आजबाट खुल्ने

हेटौडा । पछिल्लो चार महिनादेखि बन्द मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय लिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउने भएका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउने… Continue reading मकवानपुरका विद्यालय आजबाट खुल्ने

संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

काठमाडौं । संसदमा आज नेकपा एमालेले नाराबाजी गरेको छ । संसदको नियमित बैठक अवरुद्ध गरेको पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरि सभामुखविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले एमाले फुटाउन सभामुखले षडयन्त्र गरेको भन्दै विरोध गहिरहेका छन् । विरोधको माहौलका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । नेकपा एमालेले आफूले कारबाही गरेका १४… Continue reading संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु… Continue reading एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

पुष्कर बराल, न्यूयोर्क उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको… Continue reading अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

महान् पर्व तीज र यसको महत्व

सुरेशराज पौडेल(उप. प्राध्यापक)वाल्मीकि विद्यापीठ , काठमाडौं हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड,… Continue reading महान् पर्व तीज र यसको महत्व

कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को रोकिएको परीक्षा ३० भदौबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मिति तय गरेको हो । कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो । रोकिएको परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने गरि बोर्डले निर्णय गरेको हो । बुधबार एक सूचना सार्वजनिक गर्दै परीक्षाको मिति तोकिएको हो… Continue reading कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

किशनसिह धामी, न्युयोर्क गौःरापर्वको पहिलो शुक्ल पञ्चमीकादिन बिवाहिता महिलाहरु ब्रतबसी बिहान पानीको मुहानबाट तामाका भाडाहरुमा पानी ल्याएर देवताको भण्डार लिपपोत गरि पुजा आजा गरेर ठुलो तामाको भाडोमा पाँच किसिमका गेडागुडी (गहत, केराउ, मास, गहुँ, गुरास)लाई जेठी सासु वा जेठानीबाट झोडो (सगुन) गाउँदै छान्दै केलाउँदै भिजाउँने गर्दछन् । त्यसैलाई पंचबिरुडा भन्दछन् । पंचमीका दिन भिजाएका बिरूडालाई… Continue reading गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा

Photo : Deshsanchar

काठमाडौं । नेपाल, भारतसहित विश्वभर रहेको हिन्दु धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी मनाउँदैछ । भगवान श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व धुमधामसहित मनाइन्छ । सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज धर्मावलम्बीहरु कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्छन् । व्रत बसी रातभर जाग्राम बस्छन् । जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला… Continue reading आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो देशभर सार्वजनिक बिदा

कथा : कार्तिके कुकुरहरु

प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ शेरे, एउटा भुस्याहा कुकुर त्यस टोलको । उस्को सामु टोलका अरु सबै भुस्याहा कुकुरहरु डरले थर्कमान । एक हिसावमा ऊ त्यस टोलको बादशाह कुकुर । एक चोक्टा मासुको लागि बगरेको पसलमा घण्टौं कुर्ने भएता पनि बगरेले फालेको मासुको चोक्टा अरु कुकुरले टोक्न आयो भने आफ्ना तिखा तिखा दाँतहरु देखाएर परसम्म लखेटन सक्थ्यो… Continue reading कथा : कार्तिके कुकुरहरु

टेक्ससमा निबन्ध प्रतियोगिता, नियति र ओजस्वी विजेता

टेक्सस । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीका लागि गत महिना शुरु गरेको बुद्ध र उनको शिक्षा बिषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा विजेताद्वय नियति श्रेष्ठ र ओजस्वी अर्याललाई ईभ्यालुएटर्स च्वाईस अवार्ड र संसा गुलाती र रयान मान सिंह लाई अनरेवल मेन्सन अवार्ड बाट सम्मानित गरियो । नियति श्रेष्ठलाई उक्त पुरुस्कार फोर नोवल… Continue reading टेक्ससमा निबन्ध प्रतियोगिता, नियति र ओजस्वी विजेता

दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । मन्त्रिपरिषद्‌को सिफारिसमा… Continue reading दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

गायक डा.महेशराज ठाकुरको एकल गायन कार्यक्रम सम्पन्न

न्युयोर्क गायक डा. महेशराज ठाकुरको एकल गायन कार्यक्रम न्युयोर्कको ज्याक्सन हाइटस्थित गोर्खा रेष्टुरेन्टमा सम्पन्न भएको । करिब तीन घण्टासम्म चलेको गायक ठाकुरको एकल गायन प्रस्तुति हिमालय कल्चर एकेडेमी स्कुलको आयोजनामा सम्पन्न भएको हो । भारतबाट शास्त्रीय संगीत अध्ययन गरेका गायक ठाकुर सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका गायक हुन् । दुई राष्ट्रिय पुरस्कार जिति सकेका गायक… Continue reading गायक डा.महेशराज ठाकुरको एकल गायन कार्यक्रम सम्पन्न

संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छिन् । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।… Continue reading संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा

परीक्षा दिने विद्यार्थीेले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भइरहेको विभिन्न तहको परीक्षामा भाग लिने विद्यार्थीले परीक्षाको प्रवेश पत्र देखाएर खोप लगाउन सक्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप विद्यार्थीलाई प्राथमिकताका आधारमा दिने सम्बन्धमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय सरकारले गरेको… Continue reading परीक्षा दिने विद्यार्थीेले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

फाइल तस्वीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने सबै प्रकारका परीक्षा नरोकिने भएको छ । परीक्षाबारे अन्यौल उत्पन्न भइरहेको समयमा विश्वविद्यालयले यस्तो जानकारी गराएको हो । भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने त्रिविले जनाएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको… Continue reading त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

८२ नयाँ वकिललाई अवसरसहित गरिबका समस्या समाधानमा पहल गरिँदै

काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘गरिवका लागि न्याय’ ले ८२ जना नयाँ वकिललाई अवसर दिने भएको छ । अधिवक्ताको प्रमाणपत्र लिई अदालती अभ्यास गर्ने अवसर नपाएका नयाँ वकिललाई प्राथमिकता दिएको कार्यक्रम संचालक विकल गिरीले जानकारी दिए । ७७ वटै जिल्लामा एक–एक जना र काठमाडौँमा थप पाँच जना नयाँ वकिललाई कार्यक्रममा आवद्ध गराउने गिरीले जानकारी दिए… Continue reading ८२ नयाँ वकिललाई अवसरसहित गरिबका समस्या समाधानमा पहल गरिँदै

सप्तरीको छिन्नमस्ता शक्तिपिठबाट चाँदीको मुकुट चोरी

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ । प्रहरीले मुकुट चोरी भएसँगै भारतसँगको नाका सील गरि खोजी शुरु गरेको छ । आइतबार बेलुका सवा ७ बजे चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक रामपुकार महतोलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।… Continue reading सप्तरीको छिन्नमस्ता शक्तिपिठबाट चाँदीको मुकुट चोरी

मदन पुरस्कारका लागि ९ पुस्तक प्रारम्भिक सूचिमा छनोट

काठमाडौं । मदन पुरस्कारका लागि यो वर्ष ९ पुस्तक प्रारम्भिक सूचिमा छानिएका छन् । मदन पुरस्कार गुठीले हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ । मदन पुरस्कार २०७७ का लागि संकलित दुई सय २२ पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक सूचीमा सूचीकृत भएका हुन् । सूचीमा परेका नौ पुस्तकमध्ये एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नित्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे,… Continue reading मदन पुरस्कारका लागि ९ पुस्तक प्रारम्भिक सूचिमा छनोट

कथा : अब म सेतो लाउन्न आमा

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर उनी पच्चीस वर्षकी मात्र थिइन् । भर्खरै गाउँकै एक कलेजबाट राम्रै प्राप्तांक ओगटेर, स्नातक छिचोलेकी थिइन् । काठमाडौं आएर, स्नातकोत्तरसम्मको पढाइ पुरा गर्ने उनको सपना अझै केही दुरीमै थियो तर उनका अभिभावकले उनको वारेमा यति मात्र ब्याख्या गरे– छोरी, हुर्की, बढी अव उसलाई माइतीमा राख्नु भएन । एक अबला गाउँले नारी न… Continue reading कथा : अब म सेतो लाउन्न आमा

कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतलाई प्रतिगमनको बाटो नलिन स्पष्ट संकेत गरेका छन् । दुई दिन अगाडी पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतले सही थापेका थिए… Continue reading कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे

ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई साथ दिँदै सरकारमा गएको जसपाको महन्थ ठाकुर पक्ष राजनीतिक कोर्ष बदलिउपछि भने अब पार्टी भित्र कमजोर अवस्थामा पुगेको छ । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने निर्णय गरेको छ… Continue reading ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

कक्षा १२ को परीक्षा ३१ साउनबाट

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने गरि मिति तय भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको मिति तय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने भएका छन् । यो परीक्षा ९ भदौसम्म चल्ने छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिइने… Continue reading कक्षा १२ को परीक्षा ३१ साउनबाट