स्याङ्जामा पहिरोमा परी आमाछोरीको मृत्यु

file

काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

बागलुङमा पहिरो, दम्पत्ति पुरिए

File

काठमाडौं । बागलुङको गलकोट नगरपालिका ८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको… Continue reading बागलुङमा पहिरो, दम्पत्ति पुरिए

काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटनामा परेको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। मृत्यु हुनेमा नागर्जुन नगरपालिका(६ खरिबोटका अन्दाजी ४०–५० वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको… Continue reading काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु

मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु

काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।… Continue reading मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना वेपत्ता

File

काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना… Continue reading लमजुङमा पहिरोले घर बगाउँदा ४ जना वेपत्ता

कास्कीमा पहिरो, कम्तिमा २ जनाको मुत्यु

File

काठमाडौं । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा… Continue reading कास्कीमा पहिरो, कम्तिमा २ जनाको मुत्यु

जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले… Continue reading जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु, ६ घाइते

डोल्पामा नदीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं । डोल्पामा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी कक्षा ५ मा अध्ययनरत १२ वर्षीयाकी रविना विष्ट र कक्षा २ मा अध्ययनरत १० वर्षीयाकी सोनी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । शनिबार बिहान फोक्सुन्डो खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका… Continue reading डोल्पामा नदीमा डुबेर दुई बालिकाको मृत्यु

भारतमा बाढी, कम्तिमा ३१ जना मारिए

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । भारतीय सञ्चारमध्यमका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण… Continue reading भारतमा बाढी, कम्तिमा ३१ जना मारिए

मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध

काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही… Continue reading मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध

पूर्वी नेपालमा भारी वर्षा, काठमाडौंमा पनि घट्यो तापक्रम

काठमाडौं । देशको पूर्वी भू–भागमा मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। जसका कारण कोशी प्रदेशका तराईका भूभागमा भारी वर्षा भइरहेकाले जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनेको छ। पछिल्लो २४ घन्टामा मोरङको लेटाङमा १८३ मिलिमिट वर्षा भएको छ। त्यस्तै झापाको कन्काइमा १४२।६ र मैनाचुलीमा १३१.८ मिलिमिटर पानी परेको छ। यता सुनसरीको… Continue reading पूर्वी नेपालमा भारी वर्षा, काठमाडौंमा पनि घट्यो तापक्रम

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

file

काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना ३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन… Continue reading पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या

काठमाडौं । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।… Continue reading बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या

कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीमा नाला बनाउनको लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ को फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा… Continue reading कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो

ताप्लेजुङमा पहिरो, कम्तिमा चार जनाको मृत्यु

file

काठमाडौं । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । गाउँपालिका अध्यक्ष… Continue reading ताप्लेजुङमा पहिरो, कम्तिमा चार जनाको मृत्यु

पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

काठमाडौं । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ९छविलाल०, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको… Continue reading पाल्पामा कार दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका ५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका… Continue reading खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

गोसाईंकुण्ड गंगादशहरा मेला; सन्तान प्राप्ति हुने किम्बदन्ति

सरस्वती न्यौपानेरसुवा रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धार्मिकस्थल गोसाईंकुण्डमा जेठ २५ गतेबाट गंगादशहरा मेला लाग्ने भएको छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, “जोडी मिलोस्” भनेर भाकल गर्दा जोडी मिल्ने धार्मिक किंवदन्ति रहेको छ। जीवनमा सके ३ पटक, नसके १ पटक भएपनि पुग्नै पर्ने ठाउँ गोसाईंकुण्ड ४ हजार ३ सय ८० मिटरको… Continue reading गोसाईंकुण्ड गंगादशहरा मेला; सन्तान प्राप्ति हुने किम्बदन्ति

मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

काठमाडौं । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर… Continue reading मुगुमा यार्सा संकलनका क्रममा चार जनाको मृत्यु

काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ । महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ ।… Continue reading काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

काठमाडौं । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए… Continue reading यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार… Continue reading दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

युवालाई रोजगारदातासँग भेटाउन आजबाट सातै प्रदेशमा श्रमाधान रोजगार मेला

काठमाडौं । आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुँदैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । श्रम मन्त्री डोलप्रसाद अर्यालका अनुसार हरेक प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजबाट शुरु हुँदैछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने छ… Continue reading युवालाई रोजगारदातासँग भेटाउन आजबाट सातै प्रदेशमा श्रमाधान रोजगार मेला

सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गतराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे आएको… Continue reading सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु

बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

file

काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका… Continue reading बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं। २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब… Continue reading चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

पोखरीमा डुबेर जनकपुरमा २ जना बालकको मृत्यु

काठमाडौं । जनकपुरमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा शनिबार बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र आदित्य महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। उनका अनुसार गर्मी छल्न पोखरीमा नुहाउन… Continue reading पोखरीमा डुबेर जनकपुरमा २ जना बालकको मृत्यु

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौं । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई… Continue reading नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

इलाममा पौंडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

काठमाडौं । इलामको माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ८–९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा… Continue reading इलाममा पौंडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नु नपर्ने बताएका छन्। झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका छन्। ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि, त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय… Continue reading कैलास सिरोहिया प्रक्राउ प्रकरणमा ओली भन्छन् : धेरै रुवाबासी गर्नु पर्दैन