उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपन निवासी ४५ वर्षिय शंकर पन्तको मृत्यु भएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले उनलाई ठक्कर दिएको… Continue reading उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ । चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य… Continue reading हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ । परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर… Continue reading वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । सरकारले विश्वविख्यात आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनको किरियामा लाग्ने खर्च समेत सरकारले बेहोर्ने भएको छ । शाहसी आरोही उनी हिम चितुवाका नामबाट समेत परिचित थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा निधन भएको हो… Continue reading आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

काठमाडौं । अनशनरत डा. गोविन्द केसीमाथि काठमाडौंमा प्रहरीले दुर्व्यवहार गरेको छ । उनी सोमबार जुम्लाबाट नेपालगञ्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे । तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको छ । त्यसो त उनी ट्रमा… Continue reading काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८… Continue reading काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज नयाँ मन्त्रीहरुको विषयमा छलफल हुने भएको छ । सम्भवतः आजैको बैठकबाट मन्त्रिमण्डल परिवर्तनको मोडालिटी बनिसक्ने अपेक्षा नेताहरुले गरेका छन् । मन्त्रिमण्डल परिवर्तन भने निश्चित हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठक बोलाइएको छ । आज बैठक समेत सरकारका काम… Continue reading नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो । यसअघि हलो साविक राप्रपा… Continue reading राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्। यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७… Continue reading काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय, भक्तपुरमा ८४ र ६२ पुरुष रहेका छन् । मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय… Continue reading नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे ७२ वर्षको उमेरमा निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर… Continue reading विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिस डाँडामा बस्यो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छ । नेकपा सचिवालय स्रोतका अनुसार आज पार्टीमा विभिन्न विकल्पबारे छलफल भएका थिए । त्यसमध्ये प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो प्रस्ताव सुनाएका थिए । सचिवालय स्रोतका अनुसार पुरै मन्त्रिहरुको सेट परिवर्तनदेखि केही मन्त्रीलाई मात्र परिवर्तन गर्ने… Continue reading फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८… Continue reading काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो

महोत्तरीमा जीप र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

बर्दिबास । महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको निधन भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षिय प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको… Continue reading महोत्तरीमा जीप र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

गजुरी । पेट्रोलियम पदार्थ बोकेको एक ट्यांकर त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्गस्थित धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ। बिहान तीन बजे तिर नदीमा खसेको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा परेको ट्यांकरमा आगो लागेको छ । नदीको बीच भागमा पुगेको ट्यांकरमा आगो बलेको हो । ट्यांकरले… Continue reading पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । एकै दिन ११ जना कोरोना संक्रमितको सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । शनिवार ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौमा ७७ वर्षीया महिला… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । एकैदिन १४४७ जना संक्रमणमुक्त भएका छन् । यो सहित… Continue reading नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् । उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन… Continue reading अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं । नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय… Continue reading थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६ र… Continue reading काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् । उपाध्यक्ष गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति विद्या ण्डारीले गौतमलाई आज… Continue reading राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन महिला र एक पुरुष गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिला रहेका छन्… Continue reading कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५०७ ललितपुरका ६१ र भक्तपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष, भक्तपुरमा २९ महिला र २१ पुरुष, ललितपुरमा ३१ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको… Continue reading काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९… Continue reading नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउने छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले एक सूचना जारी गर्दै दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी असोज ४ गतेबाट सेवा पुन सुचारु गर्न लागेको जानाकारी दिएको हो । यसको लागि कार्यलयले कुन दिन कुन महानगरका… Continue reading जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन

यो वर्षको मनसुन अझै केही दिन लम्बिने

काठमाडौं । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुन सकिन एकसाता बाँकी रहेपनि अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्ने तर, अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले महाशाखाले जनाएको छ । मनसुन सामान्यतया… Continue reading यो वर्षको मनसुन अझै केही दिन लम्बिने