Category: समाचार

  • पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

    पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गतराति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध बनेको हो ।

    सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम जारी छ । पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

  • शिक्षामन्त्री पौडेल र काठमाडौंका मेयर बालेनबीच भेट, के भयो कुराकानी ?

    शिक्षामन्त्री पौडेल र काठमाडौंका मेयर बालेनबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पौडेलले बालेनलाई शिक्षण संस्थाको गणस्तर सुधारमा ध्यान दिन आग्रह गरेका छन्। मन्त्री पौडेलले काठमाडौं महानगपालिकाका मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका हुन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरेका हुन्।

    ‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन्रु भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्यो‍,’ शिक्षामन्त्री पौडेलले शाहलाई भने। काठमाडौं महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा मन्त्री पौडेलले जोड दिए।

    ‘भौतिक पूर्वाधारसँगै नमूना विद्यालय र शिक्षण सिकाइका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुपर्यो‍,’ मन्त्री पौडेलले भने, ‘महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ।

    मेयर शाहले महानगरपालिकाभित्र भएका ९० विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए। ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमको व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रुपैयाँ रकमको व्यवस्था गर्नुपर्यो।’ शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रुंगो हुने भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए।

  • एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

    एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।

    नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको हो । बैठकपछि अध्यक्ष प्रचण्डले गठबन्धन कायमै राखेर कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको जानकारी गराए ।

    उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकताका लागि पनि सम्वाद भइरहेको हो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन कायम राख्दै वामपन्थी दल मिल्ने गरी कुराकानी अगाडी बढेको जानकारी दिए ।

  • नेपालमा थप ३५७ जनामा कोरोना पुष्टी, ६२ जना संक्रमण मुक्त

    नेपालमा थप ३५७ जनामा कोरोना पुष्टी, ६२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५७ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ गरी ३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ६२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९८२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

  • काठमाडौं महानगरले ल्यायो ३ वटा अत्याधुनिक दमकल

    काठमाडौं महानगरले ल्यायो ३ वटा अत्याधुनिक दमकल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थप तीन वटा अत्याधुनिक वारुण यन्त्र (दमकल) ल्याएको छ ।पूर्व मेयर विद्यासुन्दर शाक्यकै पालमा खरिद प्रक्रिया अघि बढाइएका ती दमकल अहिले आइपुगेका हुन् ।

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका हुन् ।

    महानगरले करिब ८ करोड रुपैयाँ लगानीमा ३ वटा दमकल ल्याएको जनाइएकाे छ । ३ हजार लिटर पानी ट्याङकरको क्षमता भएको यस दमकलले ६० मिटरमाथिसम्म आगाे निभाउन सक्ने बताइएकाे छ ।

    थप दमकलको सहयोगले आगलागीको रोकथाम र क्षति कम गर्न सहयोग पुग्ने प्रमुख शाहको विश्वास छ ।

  • जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो

    जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो

    काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो ।

    स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् । खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ ।

    बौद्ध प्रहरीले भने-‘फोहोर घरभन्दा अग्लो छ । पानीमा माटो धेरै मिसिएर आएको छ । फोहोरा निस्किएको खबर पाएपछि हामी त्यहाँ गएका थियौँ ।

    खानी विभागका पदाधिकारीहरूलाई बालाएका छौँ । उहाँहरू आइपुगेर अध्ययन गर्दै हुनुहुन्छ,’ । कुनै पनि क्षति भएको छैन ।’

    यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्कने घटना हुँदै आएका छन् ।

  • काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काभ्रे । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।

    मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

    पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान

    पोखरा । काठमाडौंमा जस्तै पोखरा महानगरपालिकामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन महानगरपालिकाले आह्वान गरेको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा आवेदन दिन आग्रह गरेको छ ।

    सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको महानगरले जानकारी दिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालका अनुसार सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको हो।

    सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचान युक्त लोगो वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ । पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ।

  • आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

    आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

    काठमाडौं । मंगलबारबाट बिहीबारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। मंगलबार बिहान प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंमा पनि आज दिनभरजसो वर्षा हुने सम्भावना छ ।

    काठमाडौं उपत्यकामा आज छिटपुट वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    भोलि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। बिहिबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै

    कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।
    यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

    कांग्रेसले सत्तारुढ दलहरुसँगको तालमेललाई निर्वाचनमा निरन्तरता दिने घोषणा गरेको छ । यद्दपी सरकारको नेतृत्व भने आलोपालो गर्न नहुने कांग्रेसको अडान छ । यो अडानमा सत्ता सहयात्री दल सहमत भएमा आगामी निर्वाचनमा एमाले विरुद्ध ५ दलको गठबन्धन हुने भएको छ ।

  • प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने

    प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने

    काठमाडौं । अन्ततः आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलबीच तालमेल गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको हो । छैठौं दिनसम्म चलेको बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्यका साथ गठबन्धन दलहरुसँग संवाद गर्दै चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएको उनले जानकारी गराए ।

    संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण, न्यूनतम साझा धारणा निर्माण गर्दै जनताको जीवनस्तरमा गुणात्मक विकास हुनुपर्ने, कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको उनले उल्लेख गरे । बैठकले स्थानीय निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धनसहित भाग लिएको र त्यसको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । कांग्रेसले स्थानीय निर्वाचनमा सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान आगामी निर्वाचन अघि आगामी भदौ २ देखि २४ गतेसम्म पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्य समितिको बैठकमा पार्टी विधान २०१७ संशोधनसहित प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ताके अनुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्ने निर्णय गरिएको छ । यसैगरी, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरिएको छ । भ्रातृ तथा शुभेच्छुक सङ्गठन सम्बन्धमा पार्टीको विधान बमोजिम आदिवासी जनजाति संघ, थारू र खेलकुद संघलाई मान्यता प्रदान गरिएको छ ।

  • निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने

    निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने

    काठमाडौं । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूह गठन हुने भएको छ । सर्वोच्च अदालतको फैसला सबै प्रक्रिया रद्द भएको यो आयोजनालाई नयाँ प्रक्रियाबाट अगाडी बढाउन भने समस्या छैन । नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समिति बैठकले आयोजना अगाडि बढाउने सम्बन्धमा अध्ययन गरी सुझाव दिने सम्बन्धमा विज्ञ समूह गठन गर्ने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार सर्वोच्चको फैसलाको मान्यता स्वतन्त्र र विज्ञ समूहबाट यस आयोजनाको अध्ययन होस् भन्ने छ ।

    सोहीकारण प्राधिकरण आफैंले विज्ञ समूह गठन नगरी मन्त्रिपरिषद्‍बाटै गराउने निर्णय भएको हो । पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद् जाने यो प्रस्तावका आधारमा निगजढ विमानस्थलको अध्ययन गरी सुझाव दिन स्वतन्त्र विज्ञ समूह गठन हुनेछ । महानिर्देशक अधिकारीका अनुसार यो समूहले सर्वोच्चको फैसलाको मर्म र विमानस्थल आवश्यकता र औचित्यबारे अध्ययन गरी सुझाव दिनेछ ।

    सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले समिति गठन गर्ने प्रक्रियाले गति लिएको जानकारी गराए । उनका अनुसार सर्वोच्चको फैसलाबाट विमानस्थलको चारकिल्ला तोक्ने, रुख कटानका लागि नेपाली सेनासँग भएको सम्झौता, वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनसहितका प्रक्रिया रद्द भएका छन् । यी सबै काम अब अगाडी बढाउनु पर्नेछ । निजगढ विमानस्थल निर्माणले ठूलो वातावरणीय क्षति पुग्ने भन्दै सर्वोच्चमा मुद्दा परेको थियो ।

  • नेपालमा एकैदिन ४५७ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    नेपालमा एकैदिन ४५७ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ गरी ४५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार ७९४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७७६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

  • एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

    एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

    सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्। पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ ।

    पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

    प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिएका स्रोतले जनाएको छ ।

    पोखरेल गैरहाजिर भएको साउन ८ गते ४५ दिन पुग्नेछ । राजीनामा नदिएको अवस्थामा उनी आउँदो साउन २० गते अनिवार्य अवकाशमा जाने थिए।

    २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलीपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए ।

    तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

  • नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ।

    सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

    पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ । दोस्रो नम्बरमा दीपेन्द्र कुमार पाल छन् ।

    थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्।

    प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद न्यौपाने, केशरबहादुर कार्की, दुदिमाया लामा लगायत रहेका छन्।

  • मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम

    मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम

    काठमाडौं । काठमाडौं उपत्यकामा मनसुनकै मौसममा ३२ डिग्रि सेल्सियस तापक्रम मापन भएको छ । सामान्यतया प्रि मनसुनको समयमा मात्र काठमाडौंमा यो तापक्रम मापन हुने गरेको थियो । मनसुनमा केही दिनयता ब्रेक लागेको छ । जसले गर्दा देशभर तापक्रम बढेको हो । गर्मीका कारण तराई भेगको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।

    वीरगन्ज, हेटौडालगायतमा विद्यालयहरु बन्द गरिएका छन् । काठमाडौंमा आइतबार ३२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र प्रदेश(१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किएको छ । मंगलबारबाट भने पुनः वर्षा हुने अनुमान गरिएको छ ।

  • बाजुरामा भुकम्पको धक्का महसुस

    बाजुरामा भुकम्पको धक्का महसुस

    बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो । भूकम्पबाट क्षतिको विवरण भने आएको छैन ।

  • ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ

    ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ

    काठमाडौं । चार किलो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी गराएका छन् । पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक ज्याक्वेस एन्टन एनजेलब्रेचमाथि प्रहरीले शंका गरेको थियो। उनको गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि निगरानी गरेको थियो।

    अनुसन्धानको क्रममा भोलिपल्ट काठमाडौं महानगरपालिका(२६ ठमेलको एउटा होटलबाट उनलाई प्रहरीले पक्राउ गर्यो। उनले ल्याएको सुटकेशमा फल्सबटमभित्र चार किलो हेरोइन बरामद भएको थियो। यस्तै लागु औषध भारतमा लैजान लागेको प्रहरीको भनाई छ। सो लागुऔषध लैजानको लागि सहयोगीको भूमिका खेलेका नुवाकोट गर्साङ गाउँपालिका(७ घर भई बनस्थलीमा बस्ने ५० वर्षीय ट्याक्सी चालक सुकेश तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    उनको बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित ठमेलबाट पक्राउ गरेको हो। अर्का व्यक्ति दिल्लीबाट काठमाडौंमा हेरोइन लिन आएका दिल्लीको जनकपुरी बस्ने ३२ वर्षीया जोथनलुआङ्गी नामकी भारतीय महिलालाई पनि पक्राउ गरेको छ। उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले उल्लेख गरेको छ ।

  • मोदीसँग नभेटी भारतबाट फर्किए प्रचण्ड

    मोदीसँग नभेटी भारतबाट फर्किए प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । तीन दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट हुने योजना थियो । तर, अन्तिम समयमा रद्द भएपछि उनी मोदीलाई नभेटी स्वदेश फर्किएका हुन् । शुक्रबार उनी भारत प्रस्थान गरेका थिए । प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

    अन्तिम समयमा आएर रोकिएको भेटबारे आफुलाई भने कुनै जानकारी नभएको उनले विमानस्थलमा बताए । बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने उनको भनाई छ । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले समेत भेट हुन नपाएको उनको अनुमान छ । उनले भारतीय विदेशमन्त्री एस जयशंकर सँग भने भेटघाट गरेका थिए ।

  • नेपालमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

    नेपालमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ गरी १३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार ४०८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार १६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

  • पशुपति क्षेत्रमा विविध किसिमका क्रियाकलाप गर्न रोक, के-के गर्न पाइदैन् ?

    पशुपति क्षेत्रमा विविध किसिमका क्रियाकलाप गर्न रोक, के-के गर्न पाइदैन् ?

    काठमाडौं । पशुपति क्षेत्रमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न क्रियाकलाप भएको भन्दै त्यसमाथि रोक लगाइएको छ।

    पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बिहानको समयमा श्लेष्मान्तक वन, भण्डारखाल र मृगस्थलीमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु भएकोले साउन १ गते देखि रोक लगाएको जनाएको छ।

    कोषले जनावरदेखि साधुसन्तको ध्यान र पूजामा समेत अवरोध भएको भन्दै यो निर्णय लिनु परेको बताएको हो ।

    कोषले बिहान ब्याटमिन्टन, फुटबल, भलिवल खेल्ने, चर्को संगित/साउण्ड सहित जुम्बा डान्स गर्ने, साइकिलिङ तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलाप गर्न रोक लगाएको हो।

    यस्ता क्रियाकलापले यस क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपंक्षिहरुको दैनिक जीवन प्रकृयामा अवरोध तथा यस क्षेत्रमा साधु सन्तहरुको ध्यान एवं पूजामा समेत अवरोध भएको सूचनामा जनाइएको छ। यस्ता क्रियाकलाप गर्नेमाथि कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

    तर, यस क्षेत्रमा हरेक बिहान हुने विभिन्न प्रकारका खेल, चर्को संगितमा गरिने जुम्बा डान्स, योगका नाममा हुने अप्राकृतिक क्रियाकलाप बढेको गुनासो आएको कोषले जनाएको छ ।

  • उपत्यकाका तीन पालिका हैजाको ‘रेड जोन’मा

    उपत्यकाका तीन पालिका हैजाको ‘रेड जोन’मा

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शनिवार थप तीन जनाका संक्रमण पुष्टी भएको छ ।

    काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् ।

    महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ ।

    उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

    काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म

    आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म

    काटमाठौं । आजबाट मुलुकमा नयाँ आर्थिक वर्ष २०७९\८० शुरु भएको छ । अब सरकारले १५ जेठमा ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ । सरकारले यस वर्ष कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आयकरमा व्यक्ति र दम्पत्तिको हकमा करमा केही सहुलीयत प्राप्त भएको छ । अघिल्लो आवमा कमजोर विकास खर्च गरेको सरकारले यस वर्ष नयाँ विकास नीति ल्याउने घोषणा गरेको छ । आर्थिक वृद्धि ७ प्रतिशत कायम गर्ने भनेको सरकारले मुद्रा स्फीतिमा समेत नियन्त्रण गर्ने भनेको छ । तर, बाह्य कारणले यो चूनौतिपूर्ण देखिएको छ ।

    घट्दो पूँजीबजारुका लगानीकर्ताले समेत नयाँ बजेटको कार्यान्वयनलाई रुचीपूर्वक हेरेका छन् । यस आवबाट वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा कोटा पाउने भएका छन् । गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी बढाउन प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यसआब बाट नेपालमा सेवा दिने विदेशी सूचना प्रविधिसँग सम्बन्धित कम्पनीले २ प्रतिशत सेवा शूल्क तिर्नुपर्छ । यसले फेसबुक, टिकटकको व्यापार करको दायरामा आएको छ ।

  • विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर

    विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर

    काठमाडौं । सरकारले विभिन्न विलासीताका वस्तुको आयातमा लगताएको प्रतिवन्धलाई अझै डेढ महिना निरन्तर जारी राखेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । विदेशी मुद्राको सञ्चिति कम भएसँगै सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

    परिमार्जन गरिएको निर्णयअनुसार आजदेखि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ । त्यस्तै मदिरा, सुर्तीजन्य वस्तुमा पनि कच्चा पदार्थबाहेक रोक लागेको छ । यस्तै ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका खेलौना, तासको आयातमा रोक लागेको छ ।

  • आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नत्र कारवाही

    आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नत्र कारवाही

    काठमाडौं । काठमाडौंमा आजबाट घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने नियम कार्याैन्वयनमा आएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाको चेतावनी छ । आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग(अलग भाँडोमा राख्नुपर्ने छ । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने नियम बनाईएका छ ।

    हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

  • एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच एकै मञ्चमा जुहारी

    एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच एकै मञ्चमा जुहारी

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच एकै मञ्चमा जुहारी चलेको छ । श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्‍ताव गरे । जवाफमा ओलीले आफुलाई कम्युनिष्ट ठान्ने भए गठबन्धन तोडेर आउन चूनौति दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी एकता नभए पनि वाम तालमेल गर्न श्रेष्ठले प्रस्ताव गरेका थिए । अहिले वामपन्थी नेताहरू एकले अर्कालाई सिध्याउन लागिपरेको उनले बताए। यसो गर्दा वामपन्थी आन्दोलन नै सिध्दिने पनि उनले बताए।

    ‘वामपन्थी आन्दोलन सिध्दिएपछि के हुन्छ त नेपाल। नेपालको ठोस सन्दर्भमा चाहिँ वामपन्थी आन्दोलन सिध्दियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ। र यो देशको अस्तित्व संकटमा पर्छ। त्यसैले देश सिध्याउने काम हामीले नगरौं,’ उनले भने। देश बचाउनको लागि वामपन्थी नेताहरूको एकताको आवश्यकता रहेको उनको भनाइ छ। एकता सम्भव नभए पनि तालमेल वा मोर्चा बनाएर जाऔं भन्ने प्रस्ताव श्रेष्ठले ओलीसमक्ष राखेका थिए। ओलीले भने अहिलेकै अवस्थामा माओवादीसँग तालमेल नहुने सन्देश दिए ।

  • २०५ जनामा कोरोना पुष्टी

    २०५ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार२४ घण्टामा तीन हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षा गर्दा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार १९९ जनाको आरटी पीसीआर परीक्षण गर्दा १५२ जनामा र एक हजार ८९१ जनाको एन्टिजेन परीक्षण गदाए ५३ जनामा सङ्क्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यसैगरी, २४ घण्टामा एक लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मुलुकमा हाल एक हजार ३८५ जना सक्रिय सङ्क्रमित छन् ।

  • हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-कुवेत उडान

    हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-कुवेत उडान

    काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ। छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो। उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो। एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ।

    अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो। नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ।

    नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो। हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरूआत पनि सोही भावनाअनुरुप रहेको बताए।

  • प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौं । भारत भ्रमणमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् ।

    भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए ।

  • कतै खडेरी कतै वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

    कतै खडेरी कतै वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

    काठमाडौं । मनसुन जारी रहेका कारण मुलुकको धेरै भूभागमा वर्षा भइरहेको छ । तर, मध्य र पश्चिम तराईका जिल्लामा भने पानी नपर्दा चर्को गर्मीले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना छ ।

    देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आइतबार दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-,दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ।

    देशभरका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । राती देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।